Skip to main content

बुसोकुसेकिका कविता श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता 

श्रीराम श्रेष्ठ 

१.

बसिबियालो

खुम्चेको सानो मन

उजाड आँखा

दुबो टेक्ने वसन्त 

शीतल चिसो हावा

फिजेपछि मात्तेको ।

२.

बिरामी हुँदा 

ओछ्यानमा पल्टेको

आँखामा आँसु

मरितुल्य जीवन

मृत्युले जिस्काउँदा

विगत सम्झि रोएँ ।

३.

त्रिशूली नदी

निलो जलप्रवाह

खिचेको मन

पानीले भिजाउँदा

डुबुल्कि मार्ने इच्छा 

पानीको वेग कुरे ।

४.

गन्तव्य पथ

जीवन तन्काउँदै

मिलेको हासो

बुझ्नुपर्छ आफैंले

अँगालोको बेलामा

चुचुरो हसाइ ।

५.

वर्षाको खोला

हुत्तिदै अधि बढ्दा

आवजै ठूलो 

लेदोपन मिस्सिदै

धमिलिदै बगेको

आत्तिदै माछा लुक्यो ।

६.

भेटेको बेला

नाता जोड्न खोजेको

लठ्ठै परेको

आँट गर्न सकिन

माया गुम्सिन थाल्दा

बतास्सिएको मन ।

७.

बन्द कोठामा 

कोचिएर राखेको

मनमा डर

आँखा चिम्म गरेको

अँध्यारो निसास्सिंदा

गन्धको उवार नै ।

८.

दुखेको मन

कति सहने कुन्नी

कर्मको फल

जिउने बाटो सिक्दा

खुल्ला ढोका मन्दिरको

उज्यालो छिरिदिंदा ।

९.

बुझ्न सकिन

अनौठो दृश्य देख्दा

रमेको मन

आखा नै झलमल 

बिहानि छाना हेर्दा

प्रकृति रमाइलो ।

१०.

जाडो महिना

निस्किनै नसकिने

कामेको मुटु 

चिसोले सताउँदा

तातो नै खोज्नुपर्ने

घाम बन्यो औषधी ।


Comments