Skip to main content

Posts

Showing posts from March, 2022

बिदुर-१ बान्द्रेमा वरिस्ता( coffee maker) तालीम तह १ उद्घाटन समारोह आज सम्पन्न

नुवाकोट।नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर  १ बान्द्रेमा रहेको पोस्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालयको ३९० घण्टाको वरिस्ता( coffee maker) तालीम तह १ उद्घाटन समारोह आज सम्पन्न भएको छ।उक्त कार्यक्रममा शिक्षालयका प्रमुख कपिल पाण्डेको सभा अध्यक्षता रहेको थियो।  सोहि कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको प्रमुख  आतिथ्यता र वडा अध्यक्ष लेनिन रन्जितको विशेष आतिथ्यता सम्पन्न भएको कार्यक्रम संचालक प्रकाश रैलाले दियाले न्युजलाई जानकारी दिनुभएको छ।

मन्त्री जमकटेलद्वारा बेलकोटगढी-३ को वडा कार्यालय समुद्घाटन सम्पन्न

बेलकोटगढी।बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको माननीय मन्त्री शालिकराम जमकटेलद्वारा नवनिर्मित वडा कार्यालय भवनको समुद,घाटन गर्नुभयो ।भवनको समुद्घाटन गर्दै मन्त्री जमकटेलले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।उहाले बाह्रबिसेबाट वडा कार्यालय गढी थुम्कासम्म ग्राबेल गरिदिने समेत वचन बद्दता जाहेर गर्नुभएको स्थानीय युवक अमृत तामाङले जनाएको छ। त्यस्तै मन्तव्य राख्ने क्रममा नगरप्रमुख राजेन्द्र रमण खानालले वडा को आफ्नै भवन निर्माण भएको हुँदा खुशी हुँदै जनप्रतिनिधिलाई बधाई दिनुभयो।नगरप्रमुमुख खनालले विगतका वर्षमा नगरमा निर्माणका धेरै कामहरु सम्पन्न भएको समेत वताउनुभयो । आगामी दिनहरुमा आफु नगरको जनप्रतिनिधि भएपनि, नभएपनि नगर विकासको निम्ति निरन्तर लागिपर्ने बताउनुभयो । नगर प्रमुख खनालले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने कुरामा जोड दिनुभएको थियो। नवनिर्मित वडा कार्या

स्थानीय चुनावका लागि वडा अध्यक्षमा दाबी-अभिषेक तामाङ

बेलकोटगढी।बैशाख ३० गते स्थानीय  चुनाव तोकेपछी विभिन्न राजनितीक दलका व्यक्तिहरुले आफ्नो उम्मेदवारी दाबी गर्ने क्रम तिब्र रूपमा बढेको छ।त्यस्तै बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का विद्यार्थी युवा नेता तथा समाजसेवी अभिषेक तामाङले वडा अध्यक्षको उम्मेदवार दावी गर्ने भएको छ। राजनितिक यात्रा नेकपा एमाले जनबर्गिय संगठन अनेरास्ववियु बागमती प्रदेश कमिटी सह- सचिब बि.स २०६६ सालमा अनेरास्ववियुको श्री कल्याणी उ. मा. बि प्रा.कको संयोजक हुँदै राजनीति सुरु गरेको तामाङले  अनेरास्ववियुमा गाउँ कमिटी, क्याम्पस कमिटी, छेत्रीय कमिटी, जिल्ला कमिटीको विभिन्न पदमा जिम्मेवारी लिएर काम गरेको समेत छ। हाल अनेरास्ववियुको  बागमती प्रदेश कमिटी सह- सचिब रहनुका साथै विभिन्न संघ सस्थामा रहेर सामाजिक सेवा काम गरिरहेको छ।

बेलकोटगढीको मेयरमा हिरा पाण्डे लामाको दाबी

बेलकोटगढी।सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दल नेपाली कांग्रेसले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको बेला बेलकोटगढी नगरपालिका वडा नम्बर ६ कि युवा नेता ,निडर र शाहासिक महिला हिरा पाण्डे लामाले आफ्नो मेयर टिकेट दाबी गर्ने भएको Diyale News सङ्ग कुराकानीमा बताउनु भयो।लामा नेपाली कांग्रेस महिला बिभाग प्रमुख जिल्ला  सदस्य साथै  पुर्व महिला बिभाग सम्योजक समेत हुन्।  

जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवार बन्न पाउने

काठमाण्डाै – स्थानीय तहको चुनावमा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवार बन्न पाउने निर्वाचन आयोगको आचारसंहितामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।  आयोगको निर्णयविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट निवेदनमाथि आज मङ्गलवार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले पक्ष र विपक्षी दुवैलाई छलफलका लागि यही चैत १३ गते इजलासमा बोलाएको छ ।  आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भाग लिनका लागि निर्वाचन आयोगले स्थानीय तह निर्वाचन नियमावली २०७३ मा भएको व्यवस्थाअनुसार अहिले बहाल रहेका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता बनाएर राजपत्रमा प्रकाशन गरेको छ । नियमावलीमा उम्मेदवारी मनोनयन गर्दा कुनै सरकारी लाभको पदमा नरहेको र सेवा, सुविधा उपयोग नगरेको स्वघोषणा गर्नुपर्ने उल्लेख रहेको छ । 

" पाँचौ रास्ट्रव्यापि हाप्किडो च्याम्पियनसिप मा:- नुवाकोट लाई ५ स्वर्ण "

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ र प्युठान जिल्ला हाप्किडो संघ को सहकार्य यहि चैत ५-७ गते सम्म आयोजना भएको "पाँचौ रास्ट्रव्यापी हाप्किडो च्याम्पियनसिप -२०७८"   भव्य र सभ्यताको साथ  प्युठान ,मान्डवी गाउँपालिका जस्पुरमा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा  सात प्रदेश र एक विभागीय टिम(नेपाल पुलिस स्कुल) सहित ८ टिम सहभागी थियो। नुवाकोट जिल्ला लाई ५ स्वर्ण , र १ रजत ,३ काश्य जित्न सफल भएको छ।  १.अमृत गुरुङ -स्वर्ण (४५-५०)  २.सुरेन्द्र गुरुङ -स्वर्ण(४५-५०)  ३.दिनेश गुरुङ -स्वर्ण (५०-५५)  ४.निमेष गुरुङ - स्वर्ण(६५-७०)  ५.रन्जिता गुरुङ -स्वर्ण(५५-६०)  ६.समीर गुरुङ - रजद(५५-६०)  ७.रमेश तामाङ -काश्य(६५-७०)  ८.अनुस्का सिबभक्ती-काश्य(६०-६५)   #डेमोस्ट्रेसन तर्फ- १ काश्य( १.सुनिल बयलकोटी २.अभिषेक बयल्कोटी ३.सुमन बयल्कोटी ४.सुजन बयलकोटी ५ सुजन बयल्कोटी ६.रोहित अछामि  ७ .दिनेश गुरुङ ८.राज राम गुरुङ ।  सम्पुर्ण बिजय खेलाडिहरुलाई  हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्ति गर्द छौ।💐💐💐  नुवाकोट जिल्ला हाप्किडो संघ ।

आयोगले अबदेखि अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने

काठमाडौं ।  शिक्षक सेवा आयोगले अबदेखि अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने भएको छ ।आयोगले यसका लागि पाठ्यक्रम तयार गरिरहेको छ ।  स्वीकृत भएपछि सो लागू हुनेछ । यसअघि आयोगले एक सय पूर्णाङ्कको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो । आयोग विशेष सूत्रले दिएको सूचनाअनुसार पाठ्यक्रम समिति गठन गरिएको छ र समितिले पाठ्यक्रम संशोधनको अन्तिम चरणमा काम गरिरहेको छ । “लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णयअनुरुप पाठ्यक्रम संशोधन गर्न लागेका हौँ” आयोग सूत्रले भने, “वस्तुगतमात्र प्रश्न सोध्दा छिटो नतिजा सार्वजनिक हुनुका साथै उत्तरपुस्तिका परीक्षणमा समेत सहज हुनेछ ।” सूत्रका अनुसार परीक्षामा ५० वटा प्रश्न सोधिनेछ । यसर्थ एउटा प्रश्नको भार दुई अङ्कको हुनेछ । गलत उत्तर दिएमा प्राप्ताङ्क घटाउने अर्थात् नेगेटिभ मार्किङ गर्ने प्रावधानलाई पाठ्यक्रममा समावेश गरिने भएको छ । ओएमआर पद्धतिबाट उत्तरपुस्तिका परीक्षण गरिनेछ । जसले गर्दा नतिजा प्रकाशनमा निकै कम समय लाग्नेछ । उत्तरपुस्तिका परीक्षण गर्न विशेषज्ञलाइ दिइरहनुपर्दैन

4 Years BSc, BBS, and BEd Third Year Exam Schedule: TU

Tribhuvan University, Office of the Controller of Examination, Balkhu has published the examination routine of 4 Years bachelor level third year BSc, BBS, and BEd for regular and partial examinees. BSc and BEd exams are going to be held from  Chaitra 23, 2078 BBS exam is going to be held from  Chaitra 28, 2078 Examination Time:  12 PM to 3 PM Examination centers will be published later. View the examination routine below:

लेखक श्रीराम श्रेष्ठको नेपाली जनजाति संस्कार र संस्कृति दोस्रो सस्करण लोकार्पण

लेखक एवम् साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नेपाली जनजातीय संस्कार र संस्कृति दोस्रो सस्करणको पुस्तक बिमोचन गरिएको छ । शनिबार  नेपाली काङ्ग्रेस पार्टी कार्यलय बिदुरमा एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसका प्रबक्ता एवम् पुर्ब मन्त्री  डाक्टर प्रकाशशरण महतले उक्त पुस्तकको बिमोचन गर्नुभएको हो । पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै डा।महतले  लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको सांस्कृतिक पक्षको खोज र अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिनुभएको छ ।  देशका सवै जातजाती, भूगोल, ईतिहास, धर्म, समुदायको अध्ययनले देश बुझ्न सजिलो हुने भएकोले आम नागरिकलाई देशको अवस्था बुझाउन र आफूले बुझ्नपनि अध्ययनको बानी बसाउन उहाले आग्रह गर्नु भएको छ । पुस्तकमा नेपालमा रहेका विभिन्न जातजातीको संस्कार, संस्कृती र जीवनशैलीवारे लेखिएको छ । पहिलो संस्करण पाठकहरुले अत्यन्तै रुचाएपछि दोश्रो संस्करण लिएर आएको बताउनुहुदै साहित्यकार श्रीराम श्रेष्ठले विभिन्न जातजातिको पाठकहरुले पनि वुझ्न सक्ने गरी पुस्तक प्रकाशन गरिएको छ ।   नेपालक

बिजय तामाङलाई प्रकाश लामा (सुरज)को पहलमा आर्थिक सहयोग हस्तान्तरण)

नुवाकोटको बेलकोगढी नगरपालिका वडा नम्बर २ निवासी पुर्ण बहादुर तामाङ को छोरा बर्ष १४को  बिजय तामाङको हाल काठमाडौं टिचिङ हस्पिटलमा भर्न भै उपचारत रहेको छ।बिरामी तामाङको मुख्या समस्या भनेको मुटुको भल्भ फेर्नु पर्ने उनको पारिबारिक स्रोतले जनाएको छ।उपचारको लागि आर्थिक सहयोग आफन्तजनहरुबाट सङ्कलन हुने कार्य भैरहेको बेला नेकपा माओवादी केन्द्र वाइसीएल नेपालको केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला वाइसीएल नेपाल् इन्चार्ज प्रकाश लामा (सुरज)को पहलमा आर्थिक सहयोग हस्तान्तरण भएको छ।  उक्त आर्थिक सहयोगका लागि  सेवा नै धर्म हो भन्दै बिहिबार नेकपा माओवादी केन्द्र /प्रदेश नम्बर क,को संयाेजक नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकाको माओवादी केन्द्र बाट पुर्ब मेयर उमेदवार बेलकोगढी जनताको प्रिय युवा नेता समाजसेवि जगत लामाद्वारा रु. २५,००० हजार रुपैयाँ नगद आर्थिक सहयोग गर्नु भएको उहाँले बताउनु भयो ।सहयोगी लामा बिगत लामो समयदेखी सामाजिक कार्यक्रममा सक्रियता रहनुका साथै पछिल्लोपटक  राजनीति क्षेत्रका एक होनहार व्यक्तित्व समेत परिचित रहेको छ।

कात्तिके दोभानबाट धादिङ कोल्पुखोला जोड्ने १६० मिटर लामो झुलुङ्गे पुलको DPR फाइनल

बेलकोटगढी-डिलबहादुर लामा।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ नयाँ बस्तीको पुच्छार कात्तिके दोभानमा झुलुङ्गे पुल बन्ने भएको छ।उक्त झुलुङ्गे पुल कात्तिके दोभानबाट धादिङ कोल्पुखोला जोड्ने छ। १६० मिटर लामो बन्दै गरेको पुलबाट वर्षातको समयमा स्थानीयहरुलाई नयाँ वस्ती,कात्तिके दोभान,धादिङ लगायतका स्थानीय गाउँ ठाउँमा आवतजावत गर्नका लागि सहज  हुने छन्।  सोहि पुल निर्माणका लागि नेकपा माओवादी केन्द्र को नगर पार्टी इन्जार्च नवीन पुडासैनी,पार्टी सचिव मानराज गुरुङ,महेन्द्र तामाङ र जिल्ला समन्वय समिती सदस्य तथा वरिष्ठ समाजसेवी जगत बहादुर गुरुङको बिशेष पहलमा रहेको विकास तामाङले दियाले न्युज-Diyale News लाई जानकारी दिनुभएको छ।बागमती प्रदेशको उप सभामुख राधिका तामाङको सकृयतामा बजेट विनियोजन हुँदै गरेको समेत तामाङले बताउनु भयो।उक्त पुल निर्माणका लागि प्राविधिक टिमसहित डिपिआर-DPR फाइनल भैसकेको समेत उहाँले बताउनु भएको छ।

भोलि फागुन १९ गते बिहिबार ग्याल्पो लहोसारको सार्बजनिक बिदा

शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार बिदा हुने भएको छ । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको सूचना जारी गरिएको छ। गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको बताएको छ । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ​ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातिले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।  नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

लिभिङ वाटर नेपालको आर्थिक सहयोगमा बन्ने भयो दियाले लगायत आसपासको ६७ घरमा एक घर एक धारा

बेलकोटगढी-४ दियाले,नुवाकोट।लिभिङ वाटर नेपालको आर्थिक सहयोगमा नुवाकोटको बेलकोटगढी-४ दियालेमा खानेपानी सञ्चालन हुने भएको छ।परियोजनाको रूपमा सञ्चालन हुन गइरहेको उक्त कार्यक्रमबाट दियाले लगायत अन्य आसपास क्षेत्रमा रहेका ६७ घरधुरी लाभान्वित हुनेछन्।जसका लागि रु.एघार लाख त्रियासी हजार पाँच सय दस रुपैयाँ बजेट रहेको छ।आज एक कार्यक्रमको बिच सहयोगी संस्था र श्री दियाले सिक्रेपिपल खानेपानी तथा सरसफाइ उपभोक्ता समितीबिच बजेट सम्झौता भएको छ। कार्यक्रममा बोल्दै समितीका अध्यक्ष चन्द्रबहादुर तामाङले अब कार्यक्रम निर्माणका लागि तिब्र रूपमा अगाडि बढाउने बताउनु भएको छ। उक्त परियोजना ल्याउन सफल यसै बेलकोटगढी-४ सालखर्क,नुवाकोटमा रहेको पिपल चौतारी युवा क्लबका अध्यक्ष तथा समाजसेवी सोमबहादुर तामाङको पहलमा भएको हो।स्थानीहरुका लागि पिउने पानी समस्या समाधान गर्ने हेतुले आफुले चिनेजानेका संघ संस्थामा सम्पर्कमा रहि कार्यक्रम ल्याउन सकेकोमा खुशी लागेको उहाँको भनाइ छ।विकासको लागि बिनास आवस्यकता छ तर बिनासबिना नै विकास गर्न सक्ने हो भने गाउँ घर अझ सुनमा सुगन्ध भर्ने समेत उहाँले बताउनु भयो। लिभिङ वाटर नेपालका कार्याकार

सोमबार भएको पहिलो चरणको वार्ता सकिएपछि झनै युक्रेन र रूस बिच बिस्फोट तीव्र

एजेन्सी। किभ — ६ दिनअघि युक्रेन प्रवेश गरेका रुसी सैनिकहरूले राजधानी किभ कब्जा गर्नका लागि त्यसतर्फ लम्किँदै गरेको बताइएको छ । राजधानी किभ पुग्न ६५ किलोमिटर परसम्म मात्रै उनीहरूले फौज खडा गरेका छन् । साथै राजधानी कब्जा गर्नका लागि उनीहरूले हमला गर्नसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । रुसी सैनिकहरूको समूहका स्याटेलाइट तस्बिरहरू मंगलबार सार्वजनिक गरिएको छ । जहाँ उनीहरू सोमबार आधुनिक हातहतियारसहित किभदेखि २१ किलोमिटरसम्म पुगेका थिए । युक्रेनका सेना प्रमुखले फेसबुकमा लेखेका छन्, रुसी सेनाले पछिल्लो २४ घण्टायता किभ र अन्य प्रमुख सहर कब्जा गर्नका लागि रुसी सेना संगठित बनेको छ । अमेरिकी कम्पनी म्याक्सर टेक्नोलोजीले स्याटेलाइट तस्बिरमा रुसी सेना किभदेखि ६५ किलोमिटर टाढा देखिएको जनाएको हो। त्यहाँ उनीहरूले सैन्य फौज नै खडा गरेको बताइएको छ । यस्तै तस्बिहरूहरूमा देखिए अनुसार उनीहरूले युक्रेनको सीमा नजिकै बेलारुसको दक्षिणी सीमा क्षेत्रमा थप सैन्य फौज र युद्ध हेलिकप्टर तयार पारेका छन् । अलजजिराका अनुसार रुसी सैनिकले रातभर आक्रमण गरेको आवाज सुनिएको जनाएको छ । जुन किभका बासिन्द