Skip to main content

Posts

Showing posts from April, 2022

आमूल परिवर्तन मसिह पार्टीकोको बेलकोटगढी नगर प्रमुखमा तामाङको उम्मेदवारी

बेलकोटगढी।स्थानीय तहको आउदो बैशाख ३० गते हुने चुनावको लागि सबै राजनीति दलहरुबाट धमाधम आ-आफ्नो पदका लागि उम्मेदवारी दर्ता गर्ने काम जारी रहेको छ।त्यस्तै युवा तथा समाजसेवी साथै पिपल चौतारीका अध्यक्ष सोम तामाङले आमूल परिवर्तन मसिह पार्टीको तर्फबाट बेलकोटगढी नगरपालिकामा प्रमुख पदका लागि उम्मेदवारी दर्ता गरेको तामाङले जानकारी दिएको छ।स्थानीय गाउँ क्षेत्रमा विकासका लागि युवा नेतृत्व खाचो भन्दै भाबी योजनाको साथ आफ्नो उम्मेदवारी दर्ता गरेको उहाँको भनाई छ। नगरप्रमुखका उम्मेदवारी तामाङ बेलकोटगढी नगरपालिका वडा ४ सालखर्क,नुवाकोट स्थायी बासिन्दा हो।

बे.न.पा.६ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षमा इन्द्रबहादुर लामाको उम्मेदवारी

बेलकोटगढी-६ । आसन्न बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता इन्द्र बहादुर लामा उम्मेदवार बनेका छन् । यो नगरपालिकामा सत्तारुढ दलहरुबीच गठबन्धन गरिएको छ । उनी उक्त वडामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन । लामोसमयदेखी कांग्रेसको राजनीतिमा सक्रिय उनी नुवाकोटमा चर्चित नेता हुन । स्थानीयस्तरको विकास निर्माण, महिला सशक्तिकरण लगायतका समाजिक सेवामा सक्रिय लामा मिजासिला स्वभावका कारण नुवाकोटमा निकै लोकप्रिय छन् । सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका नेता लामाले यसअघि कयौ पटक नगरपालिकाको मनोपोली र हेपाह प्रवृत्ती विरुद्ध स्थानीलाई एकजुट गरी खबरदारी गरेका छन् । विकास र जनताको हितमा सदैव लागिरहने व्यक्तिलाई वडाकाे जिम्मेवारी दिएकोमा स्थानीय समेत निकै खुसी छन ।

बेलकोटगढी नगरपालिकामा गठबन्धनका उम्मेदवार टुंगियो।मेयरमा लामा र उपमेयरमा दाहाल

बेलकोटगढी । जिल्लाको बेलकोटगढी नगरपालिकामा गठबन्धनले उम्मेदवार टुंग्याएको छ । मनोनयनको लागि निर्वाचन आयोगले तोकेको केही समय मात्र बाँकी रहँदा गठबन्धनका तर्फबाट मेयर र उपमेयरको टिकट फाइनल भएको हो । जसअनुसार मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता जगत बहादुर लामा र उपमेयरमा कांग्रेसबाट शिव दाहाल रहेका छन् । लामो छलफल र रस्साकस्सीपछि गठबन्धनले उम्मेदवार टुंग्याएको हो । गठबन्धनबाट मेयरको उम्मेदवार बनेका लामा गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट मेयरको प्रत्यासी रहेका थिए । भने उपमेयर दाहाल नेपाली कांग्रेस नुवाकोटका पूर्व सचिव हुन् । लामो छलफलपछि गठबन्धनका तर्फबाट आफू उपमेयरको उम्मेदवार बनेको र मनोनयन दर्ता समेत गराएको दाहालले बताए ।

नेपाली काङ्ग्रेस बेलकोटगढी-४बाट वडा अध्यक्षमा भुबिन्द्र ब. बानियाँको मनोनयन दर्ता।

बेलकोटगढी-४।नुवाकोटको बेलकोटगढी-४ का नेपाली काङ्ग्रेसद्वारा सोमबार मनोनयन दर्ता गरेका छन्।वडा अध्यक्षको उम्मेदवारमा युवा तथा समाजसेवी भुबिन्द्र बहादुर बानियाँ लगायत चार जना सदस्यहरु रहेका छन्।जसमा जमुना दर्जी ,जुनिमाया तामाङ,प्रदिप गुरुङ र शुक्र बहादुर लामा रहेका छन्। सामाजिक कार्यमा अग्रसर रहेका स्वच्छ हृदयी असल व्यक्तिव बानियाँ वडाबासीको जनचाहना र अपेक्षा सहित वडा अध्यक्षमा सर्व सम्मतले सिफारिस भएको थियो।जनप्रतिनिधिको भूमिका अगावै गाउँ गाउँमा सडक सञ्जालका कार्यहरूदेखि लिएर संघ सस्थाहरु, दिन दुखी समक्ष थुप्रै सहयोग गर्दै आएका छन्।उम्मेदवारी सबैजनामा अग्रिम बधाई तथा सफलताको शुभकामना!जय नेपाल

स्थानीय चुनावमा समाजसेवी लामालाई जिताउन सामाजिक सञ्जालदेखी टोलटोलमा चर्चा

नुवाकोटको बेलकोटगढी नगरपालिकामा यतिबेला स्थानीय निर्वाचनको सरगर्मी बढिरहेको छ । सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा हुने बेलकोटगढीमा सत्तागठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनले विदुरको नगरप्रमुखमा कांग्रेसलाई र बेलकोटगढीमा माओवादी केन्द्रले पाउने सहमती गरेको छ । यसैबीच बेलकोटगढीमा माओवादी केन्द्रबाट आधा दर्जनले मेयरको लागी दावी गरिरहेका छन् । यसभन्दा अघि पनि नगरप्रमुखको उम्मेदवार रहेका जगत लामाको चर्चा रहेको छ । स्थानीयले समेत साझा व्यक्तिको रुपमा जगत लामालाई बुझेका छन् । नगरवासीले विगतमा गल्ती गरेर लामालाई जिताउन नसक्नु कमजोरी रहेको भन्दै यतिखेर पार्टीभन्दा माथी उठेर लामालाई जिताउन अघि सर्ने बताउछन् । उनलाई जिताउन पर्ने कारणसहित यतिबेला सामाजिक सञ्जाल र टोल तातेको अवस्था छ । बेलकोटगढीलाई कस्तो बनाउने,यहाँको जनतालाई कसरी सम्मृद्ध बनाउने, विकासका पुर्वाधार कसरी अघि बढाउने ? राज्य स्रोतबाट मात्रै नभइ दातृ निकायलाई समेत साथमा लिएर स्वदेशी र विदेशी लगानी भित्र्याएर नमुना बेलकोटगढी नगरपालिका बनाउने भिजन,मिसन र दृढ संकल्प जगत लामासंग रहेको छ । यी निम्नलिखित कारण लामालाई

बेलकाेटगढी नगरपालिका मेयरमा २३ वर्षिय युवालाई अघि सार्दै नेकपा समाजवादी । चुनाव चिन्ह "कार"

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी समाजवादीले बेलकाेटगढी नगरपालिका मेयर पदकाे उमेदवारमा २३ वर्षे युवालाई अघि सारेका छन् । बैशाख ३० गतेकाे निर्वाचनकाे निमित्त बेलकाेटगढी मेयरमा नेकपा समाजवादी नुवाकोट जिल्ला समिति सचिव एवम् पत्रकार महासंघका केन्द्रीय सदस्य करण तामाङलाई उमेदवारी घाेषणा गरेका हुन् । नयाँ विचार नयाँ साेच र युवा नेतृत्व आजकाे आवश्यकता महसुस गर्दै तामाङलाई अघि सारेकाे समाजवादीले जनाएको छ । चुनाव चिन्ह कार लिएर बेलकाेटगढीकाे सुनाैलाे भविष्यकाे परिकल्पना गर्दै उमेदवारी दिएकाे हाे ।

नुवाकोटमा सत्तारुढ दलहरुबिच बैठक जारी

नुवाकोटमा सत्तारुढ दलहरुको बैठक जारी छ । आसन्न स्थानिय निकाय निर्वाचनमा गठबन्धन गरेर चुनाबमा जान सोमबार दिउसो देखि नै बैठक बसिरहेको हो ।   नेपाली काङ्रेस नुवाकोटको पार्टी कार्यालय बिदुरमा जारी बैठकमा सहमती भने जुटेको छैन । बैठकमा नेपाली काङ्रेस नुवाकोटका सभापती रमेश महत, उपसभापति राजु थापा, सचिब श्रीराम श्रेस्ठ सहित नेकपा माओबादी, नेकपा समाजबादी र जसपाका नेताहरु सहभागी छ्न । १२ वटा स्थानिय तह रहेको नुवाकोटमा ६० प्रतिशत भन्दा बढी हिस्सा नेपाली काङ्रेसलाई दिन अन्य दल सहमत छ्न, तर स्थानिय निकाय बाडफाढ भने भएको छैन । 

थापा र पौडेलको साधारण सदस्यता समेत नरहने गरि कृयाशिल हटाउन प्रदेशलाई सिफारिस

वाकोट।नेपाली काङ्ग्रेस नुवाकोटको अनुशासन विपरीत काम भएको भन्दै दुई जनलाई पार्टी निष्कासन गर्न जिल्लाले प्रदेशलाइ सिफारिस गरिएको छ।आज बसेको जिल्ला अनुशासन समितिको बैठकले उक्त निर्णय गरिएको हो।नेपाली काङ्रेस पार्टीको आदर्श, सिद्धान्त नितिविपरीत हुनेगरी अनुशासन उल्लंघन गरेको भनी जिल्ला अनुशासन कार्यालय नुवाकोटमा प्राप्त सूचनाको आधारमा छानबिन गरि जिल्ला अनुशासन समितिको मिति २०७९ चैत्र २५ गते बसेको बैठकको निर्णय अनुसार नेपाली काङ्ग्रेसको बिधान २०१७ (संसोधन सहित)को धारा ३४ को उपधारा ङ ४ र (च)बमोजिम उनिहरुलाई आफूमाथि लागेको आरोप बारे सप्रमाण खण्डन गरि ५ दिनभित्र जिल्ला अनुशासन समितिमा स्पष्टीकरण पेस  गर्न पत्राचार गरिएको थियो। नेपाली काङ्ग्रेस जिल्ला पुर्व उपसभापति याम बहादुर थापा(ठेगाना-पञ्चकन्या गाउँपालिका वडा नं.५ कृयाशिल सदस्यता नम्बर( ३३२०१२०२०५००४२८/१३-१४) र क्षेत्रीय प्रतिनिधि भगवान पौडेल ठेगाना पञ्चकन्या गाउँपालिका वडा नम्बर १ कृयाशिल सदस्यता नम्बर (३३२०१२२०१०००४४/१४) उनिहरु दुबैजनाबाट तोकिएको समयभित्र स्पष्टीकरण पेस भएको थिएन।झनै २०७९ बैशाख २ गते नेपाल कम्युनिस्ट पार्टी एमालेले बिदुर

चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण

एजेन्सी ।  चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेका छन् । यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अरबौंको बजेट राखेको छ । चीनले संयुक्त राज्य अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ, जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्षयात्रीहरूको अन्तरिक्ष अन्वेषणमा दशकौंको अनुभव छ । सन् १९५७ मा सोभियत संघले स्पुत्निक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले ‘हामी (चिनियाँ) हरूले पनि भूउपग्रह बनाउनेछौं ।” यसको लागि एक दशकभन्दा बढी समय लाग्यो तर सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो। मानव अन्तरिक्ष उडानको लागि दशकौं लागेपनि सन् २००३ मा पहिलो चिनियाँ ‘ताइकोनट’ बन्न याङ लिवेइ सफल हुनुभएको थियो ।  प्रक्षेपण नजि

नेपाली काङ्ग्रेस बेलकोटगढी-४ बाट वडा अध्यक्ष उम्मेदवारमा बानियाँ सर्व सहमतले चयन।

बेलकोटगढी-४।नेपाली काङ्ग्रेस बेलकोटगढी ४ नम्बर वडाका कार्यसमितिको कार्यालय समुद्घाटन साथै वनभोज कार्यक्रम आज बिहिबार सम्पन्न भएको छ।पार्टीका नाममा वडा कार्यसमितिको वडा कार्यालय बानियाँ गाउँमा रहनेगरी खोलिएको हो।उक्त कार्यक्रममा वडाका पार्टी सभापति पुर्ण बहादुर गुरुङको सभपतित्वमा भएको थियो ।नगर कार्यसमितिको सचिव हर्कबहादुर तामाङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा काठमाडौ नुवाकोट सम्पर्क महिला संघ संयोजक सुनिमा थिङ तामाङ,युवा नेता समाजसेवी भुपेन्द्र बहादुर बानियाँ,स्थानीय युवा नेता तथा समाजसेवी शेरब लामा,पिपल चौतारी युवा क्लबका अध्यक्ष सोमबहादुर तामाङ,हिमाली खबरका पत्रकार एवम् युवा नेता राम तामाङ,क्षेत्रीय सदस्य मानराज गुरुङ,जुद्धबहादुर गुरुङ,आदिबासी जनजाति महा संघका नगरसमितिका उपाध्यक्ष निरा तामाङको उपस्थिति रहेका थिए। त्यस्तैगरी सचेतना महिला समूह ६ नम्बरका अध्यक्ष सन्तोषी लामा,दियाले सालखर्क निमारे सिरखुरे टोल कार्यसमितिको सभापति काजिमान गुरुङ,जुरेथुम,चनौटे र थाक्लेको टोल कार्यसमितिको सभापति प्रदिप गुरुङ,पेटारे तिरिङ्गे दस्तरका टोल कार्यसमितिको सभापति विकाश गुरुङ,गहते बडहारे,तिनदो

हाइबुन (नियात्रा कविता ) - श्रीराम श्रेष्ठ बट्टार, नुवाकोट

हाइबुन (नियात्रा कविता ) - श्रीराम श्रेष्ठ  बट्टार, नुवाकोट  १, हावाको बेग फूलको मीठो बास्ना सुघेर लठ्ठ । २, हिमाली छाया फेवातालमा देख्दा दृश्य नै ऎना । ३, चिसो बतास घुम्तीको चौतारीमा सम्झेको पंखा । ४, कमिनी फूल झाङिएर फुलिदा उज्यालो रुप । ५, एक्लो बसाई  मनमा कुरा खेल्दा तर्सेको आफै । ६, हिमाली जिल्ला  जीवन कष्टकर  दु:खै आनन्द । ७, सौन्दर्य रुप हेरेर झस्किदामा लागेको आफ्नै । ८, नदिको छाल पानीको उत्तेजना शक्ति सन्चय ।

नेपाली काङ्ग्रेस बेलकोटगढीबाट उपमेयरको लागि तामाङको उम्मेद्बारी दाबी

बेलकोटगढी-डिलबहादुर लामा। चुनावी माहोल तात्दै गर्दा विभिन्न पार्टीको कार्यकर्ताहरुद्वारा पार्टीभित्र उम्मेदवारीको दाबी गर्ने क्रम बढिरहेका छन्।त्यस्तै आउने बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिकाबाट  सुनिमा थिङ तामाङले पनि उप मेयरको उम्मेदवारी दाबी गर्ने भएको छ।युवा जोस ,जागर र  पार्टीमा निरन्तर सक्रियता रहेका उनी अबको स्थानीय निर्वाचनका लागि उम्मेद्बारी दाबी गर्दै गरेको उहाँले बताउनु भयो।उहाँ आजको युगले खोजेको शिक्षित उम्मेदवारको मध्ये एक हुन्। बेलकोटगढी-६ गैराघर,नुवाकोट माइतीघर रहेका तामाङ सोही ठेगानाका ४ नम्बर स्थायी बासिन्दा समेत हुन्।उनको शैक्षिक योग्यता भने व्यवस्थापन संकायमा दस जोडा दुई (१०+२) उतिर्ण रहेको छ।समाजसेवा गर्दागर्दै राजनीतिमा प्रवेश गरेको ऊनी विभिन्न संघ संस्थाहरुमा आबद्ध रहि सामाजिक कार्यहरु धेरैमा अग्रसर रहि आएका छन्।२०७२ सालको महाभुकम्पको चपेटामा परेको समयमा समेत नागरिकहरुलाई राहत वितरण कार्यमा महत्वपूर्ण भुमिका निर्बाह गरेकी थिइन्।उनलेे लामो समयसम्म सामाजिक परिचालिकाको रूपमा एउटा जनप्रतिनिधिको भुमिका बहान गर्दै आएका थिए।स्

दियालेमा सुरक्षित खानेपानी परियोजनाको काम सुरु

दियाले,बेलकोटगढी-४,नुवाकोट।नुवाकोटको बेलकोटगढी-४ दियालेमा सुरक्षित खानेपानी परियोजनाको काम सुरु भएको छ।धेरै लामो समयदेखि सुरक्षित खाने पानीको समस्या भोग्दै आएका बेलकोटगढी नगरपालिका वडा नम्बर  ४ दियाले सिक्रेपिपलका करिव ६७ घरधुरिले अब एक घर एक धाराको अवधारणा सहित सुरक्षीत खानेपानी   पिउन पाउने भएका छन्। नेभर थर्स्ट   परियोजनाको आर्थिक सहयोग र लिभिङ वाटर नेपाल को प्राविधिक सहयोग तथा सामाजिक सहजीकरणको माध्यमबाट उत्त परियोजना सुरु भएको हो । नुवाकोट जिल्लाका विभिन्न स्थानीय तह हरुमा सुरक्षित खानेपानी योजना सम्पन्न गरिसकेको र केही योजना निर्माणको क्रममा रहेको जानकारी लिभिङ वाटर नेपालको नुवाकोट जिला हेर्ने  फिल्ड प्राविधिक अर्जुन क्षेत्रीले बताउनु भयो।  फिल्ड प्राविधिक क्षेत्रीले दियाले वासिलाई सुरक्षीत खानेपानी घर घरमा पुर्याउनको लागि सहयोग गर्ने अवसर प्राप्त गरेकोमा आफुलाइ भाग्यमानी ठानेको कुरा व्यात्त गर्नु भयो । सम्पुर्ण उपभोक्ताहरुलाई खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउनका लागि आफुहरु दिनरात नभनी अहोरात्र खटेर काम गरिहहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर तामाङ ले बताउनु भय

कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकारबाट सम्मानित हुँदै श्रीराम श्रेष्ठ

नुवाकोट।“कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार” सम्मानबाट नुवाकोटका साहित्यकार एवम् पत्रकार श्रीराम श्रेष्ठ सम्मानित हुने भएको छ । काभ्रेबाट प्रकाशित हुने अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिकाको नवौं वार्षिकोत्सव अवसरमा श्रेष्ठलाई सम्मान गर्न लागिएको हो । नेपाली साहित्य र साहित्यिक पत्रकारितामा गरेको योगदानको उच्च मुल्यांकन गर्दै नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् साहित्यकार श्रेष्ठलाई यहि चैत्र २६ गते शनिबार पनौतीमा हुने वार्षिकोत्सव समारोहमा श्रेष्ठलाई सम्मान गर्न लागिएको अक्षरमार्ग पत्रिकाका प्रकाशक सूर्यप्रसाद लाकोजूले जानकारी दिए। यस्तै, श्रेष्ठसहित अन्य सात स्रस्टा सम्मान गरिने भएको छ । सम्मनित हुनेमा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट रोचक घिमिरे, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट गंगा सुवेदी, नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मानबाट डा. शैलेन्दुप्रकाश नेपाल, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट डा. साधना पन्त प्रतिक्षा, ध्रुबमिरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानबाट डा. विजय पण्डित, भारत, अक्षरमार्ग भरतराज काभ्रेली सम्मानबाट तुयुकाजी ताम्राकार र खड्गबेद अ

ने.का. नुवाकोटको जिल्ला सचिव श्रीराम श्रेष्ठको संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन

नुवाकोट। नेपाली कांग्रेस नुवाकोटले जिल्ला सचिव श्रीराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय जिल्ला अनुशासन समिति गठन गरेको छ । शुक्रबार बसेको जिल्ला कार्यसमिति बैठकले नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार श्रेष्ठको संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन गरेको हो । श्रेष्ठको संयोजकत्वमा गठित अनुशासन समितिमा नवराज घिमिरे र सीता तामाङ सदस्य छन । पार्टीको उम्मेदवारले कुनै सदस्य वा पार्टीको निकायले प्रत्यक्ष वा परोक्ष रुपमा पार्टी वा उम्मेदवारका हित विपरित काम गरेको,निष्कृय बसेको वा अन्य उम्मेदवारलाई सहयोग हुने कार्य गरेको देखिएमा जिल्ला अनुशासन समितिले त्यस्ता सदस्यलाई तत्काल सम्झाउने,चेतावनी दिने, नमानेमा सदस्यता निलम्वन गरि सोको जानकारी प्रदेश र केन्द्रीय अनुशासन समितिलाई दिने वैधानिक व्यवस्था छ ।