बेलकोटगढी-४।नेपाली काङ्ग्रेस बेलकोटगढी ४ नम्बर वडाका कार्यसमितिको कार्यालय समुद्घाटन साथै वनभोज कार्यक्रम आज बिहिबार सम्पन्न भएको छ।पार्टीका नाममा वडा कार्यसमितिको वडा कार्यालय बानियाँ गाउँमा रहनेगरी खोलिएको हो।उक्त कार्यक्रममा वडाका पार्टी सभापति पुर्ण बहादुर गुरुङको सभपतित्वमा भएको थियो ।नगर कार्यसमितिको सचिव हर्कबहादुर तामाङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा काठमाडौ नुवाकोट सम्पर्क महिला संघ संयोजक सुनिमा थिङ तामाङ,युवा नेता समाजसेवी भुपेन्द्र बहादुर बानियाँ,स्थानीय युवा नेता तथा समाजसेवी शेरब लामा,पिपल चौतारी युवा क्लबका अध्यक्ष सोमबहादुर तामाङ,हिमाली खबरका पत्रकार एवम् युवा नेता राम तामाङ,क्षेत्रीय सदस्य मानराज गुरुङ,जुद्धबहादुर गुरुङ,आदिबासी जनजाति महा संघका नगरसमितिका उपाध्यक्ष निरा तामाङको उपस्थिति रहेका थिए।
त्यस्तैगरी सचेतना महिला समूह ६ नम्बरका अध्यक्ष सन्तोषी लामा,दियाले सालखर्क निमारे सिरखुरे टोल कार्यसमितिको सभापति काजिमान गुरुङ,जुरेथुम,चनौटे र थाक्लेको टोल कार्यसमितिको सभापति प्रदिप गुरुङ,पेटारे तिरिङ्गे दस्तरका टोल कार्यसमितिको सभापति विकाश गुरुङ,गहते बडहारे,तिनदोभानका टोल कार्यसमितिको सभापति दिनेश गुरुङ,नगर तरुण दलका सभापति इश्वर तामाङ,विभिन्न संघ संस्था,साथै उल्लेखनीय वडाबासी काङ्ग्रेसी मनहरुका उपस्थिति रहेका थिए।कार्यक्रमको बिचमा विभिन्न अतिथिहरुद्वारा नयाँ वर्षको शुभकामना साथै चुनावी माहोलको विषयमा व्याख्या गर्नुभएका थिए।
पार्टीको बिषयमा मन्तव्य प्रस्तुत गर्ने क्रममा नगर कार्यसमितिको सचिव हर्कबहादुर तामाङले पार्टीको देशप्रती जुनसुकै काल खण्डमा पनि सहभागिता जनाएको र महत्त्वपूर्ण भुमिका निर्बाह गरिसकेको समेत मन्तव्य व्यक्त गर्नुभएको थियो।सचिव तामाङले पार्टीको भावी योजना सम्बन्धि समेत थप बताउनु भएको थियो।अब हुने बैशाख ३० गतेका स्थानीय चुनावका लागि नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षका लागि उम्मेदवार रूपमा स्वतः सर्व सहमतले भुपेन्द्र बहादुर बानियाँ चयन भएको छ।उम्मेदवार बानियाँ एक समाजसेवी र बुद्धिजीवी समेत हुनुहुन्छ।
Comments