Skip to main content

Posts

Showing posts from February, 2021

Tanka poem by Shreeram Stha

 Tanka poem - Shreeram Stha 1. Fragrance spreads Joy in heart  Smile is not durable In the achievement of joy Entangled time. 2. Wild date- plam Ripe while flowering Sweet fragrance  Tasty while eating  Hunger won't be satisfied . 3. Beautiful cuckoo Singing in a pretty tone Heart lured by it Doing visit in jungle Delightful heart. 4. Journey of lumle Touch with himalayas Basking in the fire Connecting with warmth Coldness also scared . 5. Our relation  Lost confidence  Being not well The moment of being forever Memory around. 6. Debate Black mind suffocated Scared love Gossiping politely Ones own stand . 7. Difficult to stand  Resentment increased  Being alone oneself  Suppressing to honest Selfish word. 8. Crystal clever love In the corner of heart  Keeping it decorated  Mind became playful Strong time . 9. Yours and mine Crack in relation  Flowing water Mistake of both of us Anger growing and amplified.

शक्रबारदेखि ‘प्रथम ऐतिहासिक छहरे महोत्सव तथा व्यापार मेला २०७७’ सुरु हुने

नुवाकोटको दोश्रो सदरमुकाम’ मानिने छहरेमा भोलि शक्रबारदेखि ‘प्रथम ऐतिहासिक छहरे महोत्सव तथा व्यापार मेला २०७७’ सुरु हुने भएको छ । समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला, संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ छहरे चोकनजिकैको लिखु बगरमा फागुन १४ गतेदेखि २२ गतेसम्म महोत्सव हुनेछ । महोत्सवको तयारी पूरा भएको आयोजका लिखु गाउँपालिकाका प्रमुख धुर्व श्रेष्ठले जानकारी दिए । महोत्सवले गर्दा छहरेको बजार क्षेत्र दुलही जसरी सिँगारिएको छ । महोत्सवको प्रचार–प्रसारलाई तीवता दिइरहेको छ । भोलिदेखि सुरु हुने महोत्सवको काङ्ग्रेस सहमहामन्त्री, पूर्वमन्त्री एवम् नुवाकोट क्षेत्र नंवर १ का नेता प्रकाशशरण महत र नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य, प्रतिनिधिसभा सदस्य तथा नुवाकोट क्षेत्र नंवर २ का नेता बहादुरसिंह लामाले संयुक्तरुपमा उद्घाटन गरिने कार्यक्रम रहेको आयोजक लिखु गाउँपालिकाले जनाएको छ। आयोजकले महोत्सवको गेट, मञ्च,स्टल निर्माण, मेला व्यवस्थापन लगायत मनोरञ्जन तथा बाल उद्यान, झाँक्रीको तयारी समेत गरिसकिएको बताएको छ । महोत्सवमा एक सय ५० स्टल रहनेछन् । महोत्सव अवधिभरका लागि विशेष सुरक्षाको

ठमेल बजारमा गीत सेवा इन्टरटेन्ट्मेन्ट मार्फत डिजिटल बजारमा

  चर्चित गायक अशोक मुकारुङको ठमेल बजारमा  गीत भर्खरै मात्र सेवा इन्टरटेन्ट्मेन्ट युटुब च्यानल मार्फत  सार्वजनिक भएको छ ।इलामे शहर च्याबारी राम्रो,झुल्केको घाम,पिखुवा खोला ,झम्के फुली ,चैते दशै जस्ता चर्चित गीत लगायत अरु सयौं  गीतहरुमा आफ्नो मिठो साङ्गीतिक कोसेली पस्किसक्नु भएका गायक अशोक मुकारुङ भुतपुर्व सिङगापुर गोर्खा अफिसर साथै एक सफल ब्यबसायी समेत  हुनुहुन्छ।यो ठमेल बजार गीतमा शब्द करबीर तामाङ , सङ्गीत सम्योजन पदम रजान मगर र स्वर अशोक मुकारुङ र सुनिता थेगीमको रहेको छ भने उक्त गीतमा चलचित्र निर्माता एवं  नायक रमेशचन्द्र  राई र सीता राइले  अभिनय गर्नु भएको छ ।यो गीतको भिडियो कन्सेप्ट चर्चित कोरियोग्राफर गोबिन्द राईको रहेको छ।सन्दीप भुजेलको निर्देशन र कोरियोग्राफी रहेको यो गीतमा सन्जीत घिसिङले छायांकन र सम्पादन गरेका छन् ।यो गीत निकै मिहिनेतको साथ बनाइएको सम्वन्धित स्रोतले बताएको छ ।यो गीत नयाँ पुस्ताहरुको निकै रुचाउने खालको मिठो बनेको छ र यो गीतले राम्रै चर्चा बटुल्ने ठुलो विस्वास र आशा लिन सकिन्छ।

लक्ष्मिश्वरी उ.मा.वि.मा अध्ययनरत दलित विद्यार्थीलाई न्यानो कपडा वितरण

नुवाकोटका ।बेलकोटगढी न.पा.३ रुपिंङ अवस्थित  श्री लक्ष्मी स्वरी  उच्च मा.बि.मा  अध्यनरत करिब ३२ जना दलित बालबालिकाहरुको लागि  युवा तथा समाजसेवी डाक्टर दिल बहादुर तामाङको पहलमा न्यानो कपडा वितरण भएको छ।उक्त कार्यक्रमका लागि नेपाल तामाङ  समाजको सहयोगमा ३२ वटा न्यानो ज्याकेटहरु  टिकाराम सार्कीलाइ हस्तान्तरण गरिएको थियो |डाक्टर तामाङ कान्छिमाया फाउन्डेसनका अध्यक्ष समेत हुनुहुन्छ।उहाँले सो कार्यक्रमका लागि सहयोग गर्नुभएकोमा बिशेष धन्यबादका साथै नेपाल तामाङ समाजका अध्यक्ष पेम लामालाई हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको  छ। हरेक बर्ष ल्होछार कार्यक्रम र अन्य सामाजिक कार्यक्रमहरुको अवसर पारेर स्वास्थ्य शिविर गर्दै आइएको भए पनि यसपटक नेपाल तामाङ  समाजले कोरोना भाइरस  कोभिड -१९को कारणले  ल्होछार कार्यक्रममा गरिने आर्थिक खर्चलाई शैक्षिक क्षेत्रमा नयाँ आयम स्वरूप न्यानो कपडा वितरण कार्यक्रम ल्याएको समेत उहाँले वताउनु भयो।तामाङ जात्तित्व संस्था भए पनि नेपाल समाजको लागि आवश्यक सर सहयोगका लागि सेवा रहने नेपाल तामाङ समाज अध्यक्ष लामाले बताउनु भयो |विगत को दिनहरुमा नेपाल तामाङ समाजले नेपालको विभिन्न स्वास

Tanka poem - Shreeram Stha

 Tanka poem - Shreeram Stha 1. Fragrance spreads Joy in heart  Smile is not durable In the achievement of joy Entangled time. 2. Wild date- plam Ripe while flowering Sweet fragrance  Tasty while eating  Hunger won't be satisfied . 3. Beautiful cuckoo Singing in a pretty tone Heart lured by it Doing visit in jungle Delightful heart. 4. Journey of lumle Touch with himalayas Basking in the fire Connecting with warmth Coldness also scared . 5. Our relation  Lost confidence  Being not well The moment of being forever Memory around. 6. Debate Black mind suffocated Scared love Gossiping politely Ones own stand . 7. Difficult to stand  Resentment increased  Being alone oneself  Suppressing to honest Selfish word. 8. Crystal clever love In the corner of heart  Keeping it decorated  Mind became playful Strong time . 9. Yours and mine Crack in relation  Flowing water Mistake of both of us Anger growing and amplified. - Trans. By Saroj Bogati

हाइकु - पुष्कर लोहनी

 हाइकु - पुष्कर लोहनी  १. दाउरा निभ्छ जति सल्काए पनि ओसिलो चुलो ! २. टुसो उम्रेछ बोराभोत्र कोचेको आँप निकाल्दा ! ३. माछा फुत्कियो पोखरीमा चिप्लिँदा घाउ नै घाउ ! ४. हिउँको दाग कालो खाडल पुर्दा बिँडै फुत्कियो ! ५. ढुसी परेछ घाम छिर्न नपाउँदा सर्पको वास ! ६. सियोको प्वाल छियाछिया भएछ  घागो घुसार्दा !

सिजो कविता - श्रीराम श्रेष्ठ

 सिजो कविता  - श्रीराम श्रेष्ठ  १. राखेर तिमीलाई मुटुभरि सजाएथेँ सम्झेथे  विश्वासले आस्था निभ्न कहाँ देला आखिर लत्याइहाल्यो दोबाटोमा एक्ल्याई । २. बाँधेर अँगालोमा मायाप्रिति लाए थियौँ कसरी बिछोडिएँ कसलाई भनु मैले अतीत खोलेर हेर्दा डरलाग्दो घटना । ३. हिउँदे न्यानो घाम सबैलाई अति प्यारो बिहानी आगमन खुसीयाली सबैतिर  सूर्यास्त हुन खोजेको चिसोपन आफैमा । ४. मायाले धोका दिँदा चिच्याउँदै ढलिहाले पर्खिएँ आउलाउ भनिबसे तिमीलाई  सम्बन्ध बिग्रिएपछि अर्कै मान्छे सम्झेर । ५. सोचाई भीर छुने बुझ्नलाई तल जाने लिएर कालो मन छोप्दै जाँदा डरैडर बेदना थुपारिएको कालो भीत्ता झस्केछ । ६. सोचाई भीर छुने बुझ्नलाई तल जाने लिएर कालो मन छोप्दै जाँदा डरैडर बेदना थुपारिएको कालो भीत्ता झस्केछ ।

युवा कवि ‘देवकी अभिलाषी’ को एकल कविता वाचन सम्पन्न

 नुवाकोट – युवा कवि ‘देवकी अभिलाषी’ को एकल कविता वाचन सम्पन्न भएको छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालको आयोजनामा विदुरमा भएको एकल कविता वाचन कार्यक्रममा कवि अभिलाषीले आफ्नो साहित्यिक यात्राका क्रममा लेखेका कविताहरू वाचन गरेका थिए । विगत १५ वर्षदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आएकी कवि अभिलाषीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७७ मा तृतीय स्थान हासिल गर्न सफल भएको ‘आमा: एक विश्वविद्यालय’ कविता समेत वाचन गरेका थिए । दोलखाका स्थायी निवासी अभिलाषीको सिर्जनामा महिला र प्रकृतिको भावधारा पाईन्छ । उनका ‘धरातलभित्रको जिन्दगी’, ‘भावनाको फूलहरु’ नामका कविता संग्रह र ‘आसु पिउँदै हाँस्नेहरु’ नामक गीत संग्रह बजारमा छन् । उनी एक बुटिक व्यवसायी पनि हुन् । कार्यक्रमका प्रमुख अतिथी संविधान सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले राजधानी कविता वाचन गरेका थिए । राजधानीको चक्रपथ, धुलो लगायतका तार्किक विषय समेटेर समसामयिक राजनीतिक अस्थिरतालाई प्रस्तुत गरेका थिए । कार्यक्रममा कविहरु श्रीराम श्रेष्ठ, रामकृष्ण भट्ट, रामकृष्ण ‘अमर’, भगवती लामालगायतले कवि

हाइकु - पुष्कर लोहनी

 हाइकु - पुष्कर लोहनी  १. बिर्सन खोज्छु मान्दै मान्दैन मन आँखैमा घोचो ! २. बिर्सने मन छिरेको भुइँचालो  आँखा चिम्लदै ! ३. मन मिलेरै लुगा फेरेको थियौ कोठै भास्सियो ! ४. सँगै सुतेको सपना बाउँठिदा रक्सी मात्तेको ! ५. आफ्नै ठानेर सपना ओर्लिएछ खोतल्दा जिल्ल ! ६. माया ठानेको निचिरिंदा खुम्चेको बाटै ढलेछ ! ७. तर्सेर भाग्दा झस्किएको गोमन जिब्रै खोजेको !

Tanka poem - Shreeram Stha

Tanka poem - Shreeram Stha 1. Life journey  Seeing heaven while living  Understanding oneself  Trying to reach in peak of world Halted destination . 2. Being ambitious In the garden of love  Exchanged heart Colourful aroma Spoiled heart empty. 3. Embracing stupid  Being me myself  Arrogance reached in peak Being arrogant Stand became a trouble. 4. In the day of sunset Watching the sun setting  Cool oneself  Crossing dark shadow Hurry to search warmth. 5. Baishak 12 Black painted day Hard to forget  A recovered wound Sorrowful past. 6. Naked heart Covering  with shame Arrogance in a peak Forgetting own status  Prestige in auction. 7. Inserting In to soft heart Being a supporter When heart became impotent Anguished by exchanging sorrows. 9. Twilight night Silence ahead  Pack of fear Alluring darkness  Eyes became dazzling . - Trans.by Saroj Bogati

चोका कविता - पुष्कर लोहनी

 चोका कविता  - पुष्कर लोहनी  मिल्दो काँटको मिलेको जीउडाल लयालु तिमी  बल गर्ने नपर्ने  कति हो कति गहिराइ भित्रको थाहा पाइनँ कुर्दैकुर्दै हिँडेको तानातान पो कोपिरिएको कान्ला फुटेको चुरा कमिज च्यातिएको आवाज निस्क्यो रातभर टासिँदा चम्क्यो बिजुली  तन्ना मडारिएछ पूर्णचन्द्रमा छिर्‍यो पहेँलो दाग रङै टासिँदा पर्दा नै टाटेपाटे प्रेमै टोकियो थुतुनो त मुसाको खनेछ दुलो राताम्मे थोपाहरु इच्छा फाटेछ ढोका खोल्दा लाउँदा सिउन खोज्दा धोकैधोका सियोको सम्म परेको  एक्लै भएकी तिमी  घोच्दा पनि सहेकी ।

तन्काहरु - श्रीराम श्रेष्ठ

 तन्काहरु     - श्रीराम श्रेष्ठ  १, काठको फड्को हिड्दा हिड्दै भाँचियो हास्यो समृद्धि  अडेर अघि बढ्दै जोखिम मोल्दै आफैं । २, भित्ताको प्वाल नियालेर हेरेको बन्यो आकृति  मनले कोर्‍यो चित्र हेर्दा हेर्दै अनेक । ३, रानी चौतारी  शितल छोप्न बस्दा गर्मीको छायाँ पसिनाले निथ्रुक्क चिसोको अनुभूति । ४, पेट दुखेछ छेउकुना अङ्गाले सिस्नुको झाङ स्वाद लिदैं खादा पचाउन मुश्किल । ५, थुप्रेको भीड ठेल्दै घुस्न पल्केको पसिना पुछ् दै अगाडि सर्न खोज्दा खुट्टै खुट्टाको थुप्रो ।               - बट्टार,नुवाकोट