Skip to main content

Posts

Showing posts from May, 2021

सिजो (कोरियन शैलीको गीति कविता ) शीर्षक : माया

सिजो (कोरियन शैलीको गीति कविता )   शीर्षक : माया       - श्रीराम श्रेष्ठ  १, तिमीले माया दियौ लुकाएर भित्रै राखेँ खुसीका लामो यात्रा  टेक्दै टेक्दै तिमीसँगै गहिरो जोडेको माया हाँस्दाहास्दै बितेछ ।  २, मायाको मनभित्र लुक्न खोज्दा मनै रित्तो फाटेको मायालाई मिल्काउनै गार्‍हो भयो  जिन्दगी अधुरो हुँदा आफैलाई धकेलेँ । ३, ईष्यालु मायालुले जाल बुन्न थालेपछि  आत्तिँदै बाटो खोज्दा बितिगयो मेरो मन उजाड लाग्न थालेछ फुलबारी आफैको । ४, लिएर चोखो माया तिमीलाई साच्दै राखे निष्ठुरी बनेपछि एकलव्य बुन्दै गए मनमा सपना बुन्दै कुर्दै बसेँ टोलाई । ५, सकिनौ माया दिन चुपचाप बसिरह्यौ सम्झेको बेला तिमी लजाएको हुनुपर्छ  पर्खिएँ लामो समय सपनीमा रहेछु । ६, राखेछु तिमीलाई दिलभित्र माया गर्दै विश्वास दिँदा पनि शङ्का गरी हेर्छौ किन ? आत्तिएँ सहन गाह्रो आफैदेखि टाढिए ।                                    - बट्टार,नुवाकोट

बेलकोटगढी-३ नयाँबस्ती,नुवाकोटमा अमृत तामाङद्वारा राहत वितरण

बेलकोटगढी-३ नयाँबस्ती,नुवाकोट । कोरोना भाइरस कोभिड-१९ को दोस्रो वर्षको चरणसङ्गै बेलकोटगढी-३ नयाँबस्ती,नुवाकोटका युवा तथा समाजसेवी अमृत तामाङले गाउँका स्थानीयहरुलाई राहत वितरण गरिएको छ।तामाङले पहिलो वर्षको सुरुवाती समयमा पनि यसैगरी राहत वितरण गर्नु भएको थियो।जस्तोसुकै परिस्थितिमा पनि आफुले सकेको गाउँका दाजुभाइहरुलाई सहयोग गर्ने उहाँको भनाइ छ।रोजगारको शिलशिलामा यु.ए.ईमा रहेको सुबि बुढाथोकी र उहाँका टिम(कुमार लम्साल,नबराज श्रेष्ठ र अञ्जली कोइराला,प्रकाश भण्डारी)हरुद्वारा एकमुष्ट बुढाथोकीको जन्मदिनको अवसर पारेर खाद्यान्न सामाग्री खरिद गर्नका लागि आर्थिक उपलब्ध गराउनु भएको उहाले बताउनु भयो।खाद्यान्न सामाग्रीहरुमा नुन,दाल,तेल,चामल,स्वयविन रहेका थिए।जस अनुसारको १.कान्छा सुनार २.सबिन सुनार  ३.कुबेर दमाई  ४.चिनि माया सुनार ५.राजन सुनार ६.कृष्ण प्रसाद भण्डारी ७.जङ्ग ब.सुनार  ८.सन्तलाल सुनार  ९.प्रेम ब.लामा  १०.फुल माया तामाङ  ११.ललित मन तामाङ रहेका थिए।राहत वितरणका क्रमममा आर्थिक स्रोत उपलब्ध गर्नुहुने बुढाथोकी लगायतका सम्पुर्ण टिमलाई गाउँबासीका तर्फ र तामाङले हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको

Tanka poem - Shreeram Stha

Tanka poem - Shreeram Stha 1. Every dusk After fading away the sun Light cries If darkness enters The heart will agitate . 2. Gathered crowd Iured to entering in Stumblimg block Cleaning to move forward Pile of many legs. 3. Fragrance of love Suddenly entering inside  sticking oneself Trying to search as wish Living beimg alone . 4. Mercury fish Swimming by skying Falling being exhausted  Seeing after waking up My own little world . 5. Water of arum taro leaf In the kiss of sun Became smoke  With the shining sun Life going to be dry . 6. Being love Sticking inside the heart Vomited fire Gimmick love affair Only habitual on cheating . 7. In a locked room Living in suffocation earched help  Difficult living  Tolerating by facing pain . 8. Powerful sunlight Sleeping in cool way Heart trembled Shocking form deep sleep Crying in supine position. 9. Clearing sweat Slope upward of bridim Moving forward Exhausted by walking and walking  Halted step. - Trans. by saroj bogati

करण "सायर"काे नयाँ बुसाेकुसेकीका जापानी साहित्य

नुवाकोट । करण तामाङ घ्लान सायरले नयाँ बुसाेकुसेकिकाहरु सार्वजनिक गरेका छन् । बुसाेकुसेकिका जापानी साहित्यकाे एक लाेकप्रिय कविता विधा हाे । सायरले जापानी साहित्यलाई अंगाल्ने क्रममा जापानी साहित्यकाे धेरै विधाहरुमा कलम चलाईसक्नु भएको छ । जसमध्ये बुसेकुसेकिका एक हाे । नेपाली भाषामा बुसाेकुसेकिका यसरी लेख्नुभएको छ :-  एक)  हिमाली गाेरी  टुङ्नाकाे टुङटुङ शेर्पेनी कान्छी  भेँडी गाेठमा बाँस अँधेरी रातभर गाँसेकाे रे पिरती । दुई ) सन्ध्याकाे प्रेम मिलेको स्पर्शहरु झन झमक्क मितेरी सुरुभयाे रसाए विस्तारमा  टुट्दै छ बाँधहरु । तीन) सारङ्गी राेयाे फकाउने बाँसुरी मधुर धुन  त्याे अाडमा बसेकाे सुरमा ताल छैन  भनिन्छ जिन्दगानी । चार) मन्द मुस्कान ढाकिदियाे सिरक पहिलाे भेट अंगालोनै च्यापेर जाेडिएकाे निधार  सुस्तरीमा पिरती । पाँच) मै मात्र मिठाे बेस्सरी भर्याे रस घमण्डी फल सकेपछि चुसेर छाडिदिए सबले चाउरीए जवान । छ) फूल्ने बेला थ्याे भन्छ दुर्घटनामा  सपनाहरु छलकपट जिन्दगी  अाशाका त्यान्द्राेहरु पलुवा बनेको छ । सात ) जवान भयाे स्याना तन्नेरीहरु निमय उस्तै  हलक्क बढेपछि  अटेसमटेस छ दुई अाँखाकाे यात्रा ।

हाइकु श्रीराम श्रेष्ठ

हाइकु श्रीराम श्रेष्ठ  १, जोखिम भयो तिम्रो र मेरो प्रेम शङ्का बढ्नाले । २, ख्याल ठट्टामा नाता तोड्यौ तिमीले मुटुमा किला । ३, मायालु हात कोमल स्पर्श गर्दा मन नै चङ्गा । ४, बैंसको जोस सम्बन्ध जोडिदामा मायाको खानी । ५, इर्स्यालु मन घृणाले हेरिदिदा एक्लदैं आफू । ६, सपना लाग्यो तिम्रो त्यो प्रतिबद्धता  मन नै खिन्न ।

करण तामाङ "सायर"काे "उपन्यास A cute Dreamer"काे शृङ्खला एक सार्वजनिक

जाडो सकेर विस्तारै गर्मीसँग हात मिलाउँदै थिए माैसम , मन्द चलेको हावालाई स्नेहका साथ पिरती गाँस्दै अाफ्नाे उज्यालो बन्द गर्दै छन् नजिक भएका घरका काेठाहरु , सायद अाराम चाहियो हाेला ।  अँध्यारोकाे हुलमुल भित्र लुक्न थालेको छ सानाठूला भवन , घर , राेकेका गाडी अनि अरुअरु , अगाडि शंख र पछाडि पंखा बनाउदै चाेकका भुस्याहा कुकुरहरुकाे अवाज अलिअलि ,  त्यही हेर्दै परेट खेल्न तयार भएका सैनिक जस्तै गरि मिलेर उभिएको छ बिजुलीको खम्बाहरु अलि टाढा टाढा । गहुँगाेराे वर्ण , उचाइ 5 फिट 5 इन्च , अनुहारमा थाेरै चमकता , निलाे रङकाे फिटिङ ट्र्याक र सेताे टिसर्टमा , काठमाडौ सतुङगल पाँचतले पहेँलो रङकाे घर चाैथाे तल्लकाे पश्चिमी झ्यालकाे नजिक  उभिएको म , यी सबै दृश्यहरुमा बटुल्न व्यस्त  थिए मेरा यी अाँखाहरु ।  अाधा पेट कफि बाेकेर मेरो दाहिने हातमा बसेकाे छ राताे गुलाफी बुट्टा भएको सेताे कप । कपले घरीघरी मेरो अाेँठसँग साइनो गाँस्दैछन् । अझ कप र अाेँठले भन्दा भित्री साइनो  कप भित्र भएको कफि र जिब्रोले लुकीलुकी गाँसेकाे साइनाे मज्जाकाे थियोे । सुहाउँदो, चिल्लो र चम्किलो पर्दाले झ्याललाई  अाधा ढाकेर मन्द चलेको हावासँग