जाडो सकेर विस्तारै गर्मीसँग हात मिलाउँदै थिए माैसम , मन्द चलेको हावालाई स्नेहका साथ पिरती गाँस्दै अाफ्नाे उज्यालो बन्द गर्दै छन् नजिक भएका घरका काेठाहरु ,
अँध्यारोकाे हुलमुल भित्र लुक्न थालेको छ सानाठूला भवन , घर , राेकेका गाडी अनि अरुअरु ,
अगाडि शंख र पछाडि पंखा बनाउदै चाेकका भुस्याहा कुकुरहरुकाे अवाज अलिअलि ,
त्यही हेर्दै परेट खेल्न तयार भएका सैनिक जस्तै गरि मिलेर उभिएको छ बिजुलीको खम्बाहरु
अलि टाढा टाढा ।
गहुँगाेराे वर्ण , उचाइ 5 फिट 5 इन्च , अनुहारमा थाेरै चमकता , निलाे रङकाे फिटिङ ट्र्याक र सेताे टिसर्टमा ,
काठमाडौ सतुङगल पाँचतले पहेँलो रङकाे घर चाैथाे तल्लकाे पश्चिमी झ्यालकाे नजिक उभिएको म , यी सबै दृश्यहरुमा बटुल्न व्यस्त थिए मेरा यी अाँखाहरु ।
अाधा पेट कफि बाेकेर मेरो दाहिने हातमा बसेकाे छ राताे गुलाफी बुट्टा भएको सेताे कप । कपले घरीघरी मेरो अाेँठसँग साइनो गाँस्दैछन् ।
अझ कप र अाेँठले भन्दा भित्री साइनो कप भित्र भएको कफि र जिब्रोले लुकीलुकी गाँसेकाे साइनाे मज्जाकाे थियोे ।
सुहाउँदो, चिल्लो र चम्किलो पर्दाले झ्याललाई अाधा ढाकेर मन्द चलेको हावासँग अाफु थाेरै फिलफिल चल्दै वातमार्दै छ ।
टेबल माथी सजिएका फूलका गुच्छाहरु,
ट्रफी, अवार्डहरुले काेठा भित्र म जून हुँ भनेर बसेका बलेकाे चिमसँग मितेर गाँस्न खाेज्दैछन्
अाफु पनि चम्किएर ।
भित्तामा झुन्डिएको तस्बिरहरूले भनेको जस्तो अाभाष हुन्छ रात धेरै गैसक्याे अब त सुत ।
बाहिर हेर्दाहेर्दै रातले अँध्यारो पर्दा लगाएर मस्त निदरीकाे सुरु गरिसकेछ । झ्यालकाे पर्दालाई त्यतिकै छाड्दे गर्मी छ हावा अाउन दिनुपर्छ भनेर सम्झाउछ मनले ।
यसाे हेरेँ शुभरात्री भनेको जस्तो लाग्याे ।
ल्यापटपलाई टेबल तिर अासिन लगाईदिएँ । स्विचलाई थिचिदिएँ काेठा शुन्य भयाे ।
बेडमा पल्टिएँ , माेबाईलकाे साथी सिरानी , सिरानीकाे साथी म अनि मेरो साथी बेड । हामी एकअर्का यसरी निदायाैँ ।
ढकढक ! ढकढक !! ढकढक !!!
बाहिरबाट ढाेकामा ढकढक
अल्छी मानेर सुतिरहेँ । फेरि ढकढक अलि जाेडले अायाे ,
कर लाग्याे उठ्न ,
भित्ताकाे घडीमा हेरेँ १२:३० बजेकाे थियोे । मध्यरातमा काे अाएछ फेरि मनमनै साेच्दै ढाेका तिर पुगेँ , एकछिन ढकढक राेकियाे ।
ढाेका खाेलेर हेरेँ बाहिर काेही देखिँन ।
अचम्ममा परेँ , गेटसम्म पुगेर हेरेँ काेही देखेन ।
हावा चलेर केही सामान झरेर ढाेकामा ठक्कर लागेको भनम भने केही छैन,
फेरि ढकढक गरेको तालमा ताल मिलेको छ ।
निकै अचम्मित परेँ । फर्केर अाएँ अनि फेरि बेडमा पल्टिएँ ।
निदाउन लाग्दै गर्दा फेरि त्यही तालमा ढकढक ढकढक अायाे । मलाई लाग्याे कसैले मलाई जिस्क्याउदै छ । ख्याल नगरी बेडमा पल्टिरहेँ ।
एकैछिन पछि फेरि त्यही तालमा सुरुभयाे ढकढक तर ढाेकामा थिएन पुर्वी झ्यालमा थियोे ।
शहरमा चाेरकाे बिगबिगी भन्छ , मनले साेच्याे सायद चाेर हुनुपर्छ । मनमा त्रासका भुमरी चल्न थाल्यो , हतार हतार पश्चिमी झ्यालपनि बन्द गरेँ ।
मुटुकाे धट्कन अलि तिब्र गतिमा थियोे ।
मनलाई बलियो बनाएर फेरि बेडमा पल्टिएँ ।
केही क्षण पछि बाहिरबाट मधुर अवाज अायाे
"सायर" च्याङ्बा......
पुकुली.....
अाेहाे ! याे अवाज त मैले चिनेको जस्तो लाग्याे , सुस्तरी ढाेकामा पुगेँ , चुकुल खाेलेँ ...
गाेरी , बाटुलाे अनुहार , तेजिलाे मिलेको अाँखा, नाक ठिक्क, सलक्क परेको सुन्दर कपाल , मिलेको जिउडाल , पाँच फिट तीन इन्च कति उचाई भएकी , अन्दाजी 20 वर्ष जति उमेर भएकि युवती ढाेकामा उभिएकी , हातमा केही झाेला पनि थियो ।
म अलमलमा परेँ ! मैले भित्रा अाउनु अनुमति दिदानदिदै उ भित्र सरासर अाई । कतै देखेको जस्तो मनले भन्दै थियोे ।
मैले तपाईंलाई चिन्न सकिननी ? काे हुनुहुन्छ तपाईं ? तपाईंको नाम के हाे ? यति राति किन अाउनु भएको ? के समस्या पर्याे कि ? प्रश्नहरु साेध्ने याेजना बनाउदै बेडमा गएर बसेँ र उनलाई पनि बसाएँ ।
मैले बाेल्न नपाउँदै उ बाेल्न थालिन् , कस्तो छ तपाईंलाई अहिले ?
म डा. सबिना तपाईंकाे डिप्रेसन निकाे भएको छैन भनेर चेक गर्न अाएकाे भन्दै मेरो हातलाई अाफ्नाे अाैँलाहरुले गिरफ्तार गर्दै पाखुरा तानेर प्रेसर चेक गर्न थालि। अाेहाे प्रेसर अलि बढी रहेछ , झनै नजिक सरी ।
अनि यति राति किननी ? मैले प्रश्न राख्ने अवसर पाएँ ।
दिउँसो समय देख्दिन , उनकाे जवाफ अायाे।
सुन्दर युवती अाफ्नाे सेवाकाे लागि अाफ्नाे अगाडि देख्दा त्रासहरु बेपत्ता भए ।
तर बेग्लै त्रास सुरु भयाे , एउटा युवककाे काेठामा एउटी युवती त्यही पनि मध्यरातमा , कसैले देख्याे भने ? मनमा दाैडिन थाल्याे ।
म यहीँ पल्लो सेताे रङकाे घरकाे तेस्राे तल्लामा बस्छु ,
हामी फेरि भेट्छाैँ नी है , भाेली पनि अाउछु , उनकाे अवाज थियोे ।
थाेरै डर र थाेरै खुसी मिसाएर ए हुन्छ , मेरो सानाे अवाज थियो । म अहिले जान्छु भनेर
उ ढाेका तिर लम्कन खाेजी । अनि यति राति फर्कन सक्नुहुन्छ ? डर लाग्दैन ?
बानी परिसक्याे , ढाेका बाहिर पुगेर उनकाे जवाफ थियो ।
हस भनेर मैले ढाेका लगाएँ । अाएर बेडमा पल्टिएँ ।
मनमा अनेक शंकाहरु बेजोड उफ्रिन थाल्याे ।
किन अायाे ? कारण के थियोे ?
Comments