Skip to main content

Posts

Showing posts from December, 2020

दिव्य गिरिको कविता#जनता

 कविताः जनता – दिव्य गिरी  तीन अक्षरको यौटा शब्द छ – जनता  राजनीतिमा अत्यधिक प्रयोग हुने शब्द – जनता  संसारभरका शासकहरूलाई शासन गर्न नभई नहुने – जनता  हो, जनताले नै बनाउँछ  शासकलाई वास्तबिक शासक ! तर तेही जनता सृष्टिकालदेखि नै युद्ध र लँडाइको नाममा मारिन्छ क्रान्तिको नाममा काटिन्छ निरीह र निरपराध हुँदाहुँदै पनि आत्मघाती हमलामा पारिन्छ । यस प्रकार जनता    अन्याय र असुरक्षाको गुफामा सँधै निसासिन्छ अशान्तिको भूमरिमा दिनदिनै अतालिन्छ । बिचरा जनता ! आफैमाथि शासन गराउन आफैमाथि शासन गर्ने  शासक चुन्नको निम्ति घन्टौँसम्म लाइनमा उभिन्छ  र मनमनै कामना गर्छ –  यो पटक जित्ने नेताले गाउँमा स्कूल, बाटो   र खोलामा पूल हालिदिन्छ  गाउँमा अस्पताल र पिउने पानीको धारा ल्याइदिन्छ । कति सोझो र निष्कलङ्क छ जनता  सँधै सपना पालेर राख्छ आँखामा  सँधै सपना गोडेर बस्छ मनमा । हो, आज त्यही जनाता  सँधै अभाव र महँगीको भारले थिचिएकै छ सँधै भ्रष्टाचारको आकाशले किचिएकै छ  सँधै न्यायको निम्ति तड्पिएकै छ  सँधै शान्तिका निम्ति कहालिएकै छ  बिडम्वना  जनतालाई थाहै हुँदैन  उसलाई हरेक चुनावमा  बलिको बोको बनाइएको हुन्छ भन्न त सबै

तन्का कविता - पुष्कर लोहनी

 तन्का कविता  - पुष्कर लोहनी  १ , रुख चषेथेँ नअघाने स्वाद  समाल्नै गाह्रो  जसरी पनि टिपेँ जसरी पनि चाटेँ । २, आँटिलो आँखा फुटिहाल्यो भने त बगिहाल्छ नि फुत्त चिप्लियो भने खोज्न जाने कसरी । ३, कति जिस्किने एक्लो रात एक्लिँदा आँखामा छाया  च्याप्पिएको तकिया खोल निस्किने बानी  । ४, दौडिन खोज्दा साँझले अल्झाएछ रातै अल्झाएछ रातै थचक्क खोज्दै खोज्दै हेरेको औँलो चुसेको चुस्यौ । ५, बादल झस्क्यो अन्धकारभित्र खस्दा पानीको थोपा आफ्नै छाया भिजेको सुकाउँदा लत्रेको । ६, झरेछ आँखा चाटेछ कमिलाले जिब्रो निस्किँदा बिर्सन खोज्दा पनि उत्रेछ सापटी माया ।

सेडोका कविता - श्रीराम श्रेष्ठ

 सेडोका कविता  - श्रीराम श्रेष्ठ  १, दु:खेको बेला आफन्त नै पराइ बाँधेर मन कस्दै । हाँसेको रुप सबैसँग जोडिन्छ कसिएको मित्रता । २, लुट्नु लुटेको लाज पोको पारेर भागेछ मुख छोप्दै । वैँशको बेला गति छाडा बनेर  मौका छोप्ने दाउमा । ३, वैशको गन्ध मात्तिएको मनले थामिएन हिर्काइ । चढ्दो उमेर उत्ताउलो बनेर खेलेको नाङ्गो नाँच । ४, पानीको वर्षा  बिनाछाता दौडँदा भिजेर लत्रिएको । थामिन गाह्रो दगुर्दै अडिँदामा पाइनाले भिजेको । ५, दिलको कुरा बुझ्ने कोही भएन दोबाटोमा अल्पिएँ । जोडेको प्रेम मन खोल्दै गफिँदा टाँसिएको चुम्बक । ६, निद्राले लठ्ठ बिछ्यानमा पल्टिँदा सपना बन्यो जोडी । चिम्लेको आँखा  कुरा खेल्दा मनमा छट्पटियो निद्रा ।

हाइकु - पुष्कर लोहनी

 हाइकु - पुष्कर लोहनी  १, नीमको पात भँगेराले थुकिदिँदा बाटै अँध्यारो । २, जमेको दही  कचाैरामा भरिँदा पोखिन खोज्ने । ३, जुधेको हावा फूल ओइलाएछ पानी खोजेको । ४, झस्किने रात एक्लिदो मध्यरात घन्टा ठोक्किन्छ । ५, सुकेको काँडा टुप्पो नै छिरिहाल्छ टुक्रा भाँचिओदा । ६, इन्द्रेणी पर्दा खिलेको सेतो मन झरेको पात । ७, डढेँलो लाग्दा पोतेको कालो ढुङ्गा  आफै तर्सिने ।

Tanka Poem - Shreeram Stha

 Tanka Poem - Shreeram Stha 1. Sindhure fair Crowd of people  Hard to cross Steamed out of heat Suffocating long breath. 2. When the sky uncovered  Mature also laughed Time cycle Stron time Can't be stopped by stopping . 3 Tribeni dham Doing virtuous act Recalled sin giving title of religion  Chanted RamRam. 4. chewed unripe Raddish of ranipauwa Pungent taste  Caused belches. 5. Wooden bridge Broke up while walking walking Prosperity laughed Move forward by standing  Taking risk oneself . 6. The hole of wall staring at it formed an imagine  Mind drew an image Variation while looking . 7. Rani rest stop Sitting for covering coolness Shadow of summer  Soaked by sweat Feeling of coldness . 8. In the day of dashain Endeavour of sacrificing goat Blunt knife Killing the animal  You made God happy . 9. In a slippery road Teying to step forward  Awful situation  Gift of rain You digested very well. -Trand.by saroj bogati

प्रत्येक वर्षमा झै यसपटक पनि झिल्टुङ क्रस कन्ट्री दौड प्रतियोगिता हुने

 काठमाडौं । झिल्टुङ्ग क्रसकन्ट्री दौडको पाँचौ संस्करण माघको दोस्रो साता आयोजना हुने भएको छ । नुवाकोटको वेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा काठमाडौं एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालन हुने दौड माघ १० गते सञ्चालन हुन लागेको हो ।दौड नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुने रुट रहेको छ ।   प्रतियोगिताको पुरुष तथा महिला विजेतालाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ । स्थानीय बेलकोटगढी नगरपालिका भित्रका पुरुष धावकबाट प्रथम, दोस्रो र तृतीय हुनेलाई समेत पुरस्कारको ब्यवस्था गरिएको छ । यस्तै, १३ दशमलव ४ किलोमिटर दुरीमा विगतको पुरुष रेकर्ड ५४ मिनेट ८ दशमलव ३ सेकेन्ड र महिलातर्फ पुष्पा भण्डारीको १ घण्टा ०६ मिनेट ४३ सकेण्डको रेकर्ड तोड्ने प्रतियोगीलाई थप ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ । दौडमा १३ दशमलव ४ किलोमिटर कच्ची बाटो हुने आयोजकले बताएको छ । जसमा ४ दशमलव ५ किलोमिटर उकालो, २ किलोमिटर समथर र बाँकी बाटो ओरालो हुनेछ । गत वर्ष जस्तै छात्र, छात्र

अर्यान मोक को पहिलो म्युजिक भिडियो सर्बजनिक

 अर्यान मोक को पहिलो म्युजिक भिडियो सर्बजनिक ✅👉️✅ इराकमा म्युजिक भिडियो सहिद नेपाली लाई सन्देश २०६१/५/१४ इराकमा मारियको १२ नेपालीको गटन भएको ठाँउमै यति मिठो म्युजिक भिडियो संसार कै खतरा नाक ठाउ भनेर चिनिने ठाउमा  यक्दमै उत्कृष्ट मिठो गित सुटिङ गरेको भिडियो सर्बजनिक इराकको विभिन्न ठाँउ समेटिएको छ यस भिडियो लाई सेयर गरेर हरेक नेपाली सामु पुराइ दिन इराकमा रहेको नेपाली कलाकार मन मुटु हरुको सन्देश कलाकार टिम  👍️✅👉️ स्वर = प्रताप दास /सिला राई  संगीत = अनिल शाहि  सब्द= बिनिता क्षेत्री  अभियन = अर्यान मोक )) सिम्रन तामाङ को रहेको छ  निर्देशक = भेष गुरुङ  यश भिडियो इराकको कुर्दिस्तान सुलेमानी र अन्य ठाउमा छाँयाकन भएको छ बिकत लामो समय देखि इराक सुलेमानी भन्नी ठाउमा केही अफ्नो व्यावसाय गर्दै आएको आर्यन मोक अब म्युजिक भिडियो मा देख्न पाउदा नेपाली दाजुभाइ दिदिबहिनी तथा आमा बुबा हरु निकै खुसी को साथ यक सन्देश हामी सबै नेपाली लाई १८ बर्ष अगाडि नेपालीको ज्यान गुमेको ठाउमा नेपालीको सस्कृती पनि गुमेको यक इतिहास छाहेको कलाकार मन मुटु हरु पनि बनाइ छ यश भिडियो पुस ८ गते नेपाली समय बेलुकी ९ बजे 👉️nepal

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १, स्वार्थी संसार एक्लो जीवन रोज्दा मन कुडिँयो आनन्द भोग्ने इच्छा  सपनाले गिजोल्दा लाज नै प्रिय लाग्ने । २, गाढा सम्बन्ध विश्वास गुमेपछि भइन्छ टाढा विगत कोट्याउँदा तेजिलो अनुभूति  आँखामै टाँसिएको । ३, प्रतिस्पर्धामा कमजोर ठानेर आँखा चिम्लिँदा पाखा लाग्दै चिप्लिएँ लाजबोध मनमा पहिरोको सन्नाटा । ४, गहिरो ताल मन रमाउँदामा चिप्लिँदै घुसेँ उत्ताउलो बनेर स्पर्श गर्न खोजेको वान्ता गर्दै झस्किएँ । ५, पीडाको थुप्रो  आफैमाथि कुजिँदा थला नै परेँ जीवन नै नरक अचेत बनी बस्दा होस गुम्दै ढलेको । ६, लोकतन्त्रमा अन्याय, अत्याचार खुम्चेको मन स्वतन्त्रताको हाँक न्यायनिसाप लुक्दा सम्झेको आन्दोलन ।

हाइकु - पुष्कर लोहनी

 हाइकु - पुष्कर लोहनी  १, घोडा सम्झिँदा कुकुरले सुँघेछ झूलमा माखा । २, सग्लो सपना  बजारिँदा टुक्रेको मन भत्किँदा । ३, लुलो नर्कट लहराले बेरिँदा भाँच्चेको मन । ४, ढल्केको माया कालो रङ पोखिँदा चिप्लेको मन । ५, लामो घिरौँला झुन्डिएर लत्रिँदा खाल्टै थचक्क । ६, चुहिने भाँडो सपना भरिएछ छिप्पेको काँक्रो । ७, ढुङ्गा बर्सियो जोल्ठिएछ बाटैमा झ्यालमा आँखा । ८, सुनेको थिएँ भित्ताको कान हुन्छ आँखामा तिमी । ९, जलिरहेछ जल्न देउ त्यसैमा तातेको ओठ ।

तन्का कविता - पुष्कर लोहनी

 तन्का कविता  - पुष्कर लोहनी  १,.बाँङ्गेको माया रित्याउन पल्केकी भिजेको आँसु भास्सिएको जवानी खाल्टो पुर्दा छिरेकी । २ उक्लिने ठाउँ पर्खालले धकेल्यो झुसिलकीरा चिनेको डल्ले छाया पोलेको कालु मासु । ३, आफैले हेर्दा खुम्चिएको निधार सेतो कपाल मन तातो मकल सेलाएको जाँगर । ४, रातो खुर्सानी  खस खसाउँदा त नाक पग्लियो तात्तिँदा निस्किएछ जमेको सिँगान नै । ५, ओठ सुकेछ घोप्टिएको गिलास जिस्किने रात दियोको पिरो खार एक्लिएको मन्दिर । ६, रित्तिने गाग्री  पानी नभरे हुन्छ चुहिने प्वाल  सँगाल्नै नसकिने भरिँदै नभरिने ।

सेडोका कविता - श्रीराम श्रेष्ठ

 सेडोका कविता  - श्रीराम श्रेष्ठ  १, मनको स्वार्थ आत्मकेन्द्रित बन्दै ढल्किएको तराजु । खुलेको दिल उदार बनेर नै हातेमालो सबैमा । २, संसार बुझ्न चनाखो बन्दै हिँड्दा थाकेको मन घाँडो । साँघुरो सोच खुम्चेको मन बोक्दै चलाख बन्न खोज्यो । ३, छिप्पेको रात घोप्टिएको अँध्यारो निद्रामा लुटुपुटु  बिहानी पख उज्यालो छिर्न खोज्दा बिलाउँछ अँध्यारो । ४, कुण्ठा बोकेर जीवन बाँच्न खोज्दा भार बन्दै थाकेको । खुल्ला आकाश रमेको स्वतन्त्रता  जिरीवन नै उमङ्ग । ५, डु:खको साथी बिग्रेको व्यवहार पन्छाउन सकिन्न । समस्या पर्दा मिलेको सहयोग  बन्यो अमिट छाप  । ६, दोधारे मन बाध्याता भोगेर नै सिकेको पाठ राम्रो । दानी बनेर  थैलीभरी सापटी बनेको शत्रु घाँडो ।

तन्का कविता - पुष्कर लोहनी

 तन्का कविता  - पुष्कर लोहनी  १, खुट्टा चिप्लियो टेक्ने ठाउँ खोज्दैमा पानीको भल हाँस्दै तिमी दौडियौ यसै अलमलिएँ । २, एक्लै भेट्टाएँ तिमी पनि थिइनौ राताम्य गाला आफैँले आफ्नो हेरेँ आफैँले नै मुठ्याएँ । ३, पुसको चिसो नजिक भए पनि  बैँस जमेछ  तिमी डल्लो भएर हानिरहँदा पनि । ४, पुग्यो पुगेन थाहा छैन मलाई  सुनेको मात्र डाँडो चढेकी तिमी  छाया खप्टिँदै गयो । ५, मस्केकी तिमी  हेर्दैमा मात्र पनि  उक्लिनु पर्ने सहनै नसकिने थामथुमै भएन । ६, आवाज सुनेँ तिमीले बोलाएको रित्तो गिलास चुचुरो छुन पुगेँ स्वर्गको खोँच टेकेँ । ७, तिघ्रा च्याप्दा रहरलाग्दी तिमी  चलेको हात भित्तामा बजारिँदा जवानी नै ढलेछ ।

हाइकु - श्रीराम श्रेष्ठ

 हाइकु - श्रीराम श्रेष्ठ  १ जाडो मौसम  पसिनाले भिजेको लाग्यो थकाई ! २, हिमाली गाउँ  चिसोले लछारिंदा दरिलो बन ! ३,  साँझ ढल्किदा ओइलिएको घाम चिसो उज्यालो ! ४, घामको छायाँ पृथ्वीमा पर्नासाथ  न्यानोको स्पर्श ! ५, जाडो मौसम न्यानो खोज्ने प्रयास बित्यो समय ! ६, तातो खरानी  अगेनाभरि धूलो चिसो छ मन !

हाइकु - पुष्कर लोहनी

 हाइकु - पुष्कर लोहनी  १, घाम चर्किंदा उडेको कालो मन चुलो भत्किँदा । २, सूर्य छिरेछ  आँखेझ्याल छेडेर उज्यालो झर्दा । ३, तातेको सूर्य लल्याकलुलुकमै आफै सम्झिँदा । ४, कालो सपना  कालो सर्प बेरिँदा लत्रेको रात । ५, झपरी केरा छोडाउँदा जिस्कियो दहीको भाँडो । ६, नाक रसायो ढुङ्गेधाराको पानी  नुनिलो स्वाद । ७, आँपको चोप हातभरि टाँसिँदा निकाल्दा आँसु । ८, असह्य हुँदा  माडिएछ तकिया शरीरै हल्का । ९, जाडो बढेछ पिएँ रक्सी मस्तले आगोको धूवाँ ।

सेडोका कविता - श्रीराम श्रेष्ठ

 सेडोका कविता  - श्रीराम श्रेष्ठ  १, नियतै सानो जलेको खरानीमा खोतलेको जीवन । मुढो बनेर तपस्वीको रुपमा खोजेको हैसियत । २, सीमित घेरा आत्मा सन्तुष्टि मिल्दा सोच- विचार  तरल भएपछि  रमाइदिन्छ मन । ३, फिँजेको स्वार्थ आफैभित्र हरायो ओझेल पार्‍यो छायाँ। मान्छेको सोच आफुभित्रको चुली घमण्ड छताछुल्ल । ४, रसुवा जिल्ला  सुम्दर गाउँवस्ती लोभले मन चिर्दै। विकट बस्ती प्रकृतिको छटामा पोखिएको यौवन । ५, गोला बारुद  बाँचेर हिँड्न खोज्दा मृत्यु पनि तर्सेको । डरत्रासमा रुमलिएको मन शान्ति खोज्दै अल्पेको । ६, दिन दैनिकी  समस्याको डङ्गुर भाग्यमाथि अँध्यारो । समात्न खोज्दा चिप्लिएको माछाले तातेको भाँडो खाली ।

कटौता - पुष्कर लोहनी

 कटौता - पुष्कर लोहनी  १, खरानी दल्दा टल्केको अनुहार  पात्तिएको मुस्कान । २, डुब्न खोजेको खिया लागेको सियो फुल्दा फुल्दैको फुल । ३, भत्केको मन  मन्दिरलाई छोप्दा थिचिएको तुँवालो । ४, मन्दिर भित्र छिर्न खिज्दा चिप्लेको ढोका नै आऐ बन्द । ५, हरियो थोपा बाँधौ मनलाई नै आँखाभित्र खसाल्दै । ६, गजुर ढोगेँ पर्खिदा बैँस ढल्यो हातको हातै दीयो ।

Tanka poem - Shreeram stha

 Tanka poem - Shreeram stha 1. Red chilli Biting by taking taste Body became hot  Sweating abundantly Trying to handle it. 2. Eyes closed Walking fast and fast In the same place Soaked with sweat Tiredness became a joy . 3. Contribution of the ancestors Digging the history Dispute arises in hot discussion Not being written Lost its identify . 4. Will do illogical reasoning Pretends to be experienced Digested intelligence  Broken arrogance . 5. Being flies Trying to give trouble  Life in a trap Growing anger and resentment  Pond will fall down . 6. Being nipple Changing into ploughshare Original looks  While doing greed Respect will be mildew. 7. Call of partidge In a loud voice Heading hunter While targeting by a gun Chest widen by pride . 8. In panche baja Walking ahead and back  For and against  While drowing in addiction Respect uncovered . 9. Ox fight People are spectatar Tasteless culture  In losing and winning situation  Enemies have increased. 10. Heavy bacame the rainfall In we

हाइकु - पुष्कर लोहनी

 हाइकु - पुष्कर लोहनी  १, सिउने बानी  मुजा पार्दै सपना  मुठी बटार्दा । २, धुजा नपार्दै च्यात्तिएको सपना  आँखामा फुलो । ३, टुक्रुक्क बस्छ सपना खेलाएर फोहोरी हात । ४, सपना निल्दा बोकिरहेको हुन्छ भरिँदो गाग्री । ५, कोट्याऊँ भन्दा घिनै लागेर आयो छुँदै छोइनँ । ६, भिजेको लुगा सपना हल्लिएर बाँस बाङ्गिँदा । ७, कालो सपना  उत्ताउलो टोकाइ  खुट्टाको छाया । ८, निभेको धूप काँधमाथि सपना  पर्सेको बोको । ९, सपना उम्क्यो समाउने रहर फिँज फालेर ।

सेडोका कविता - श्रीराम श्रेष्ठ

 सेडोका कविता - श्रीराम श्रेष्ठ  १, मन परेको धोका आइलाग्दा सोच पनि बदलेँ । आफ्नै सम्झेर दिल दिएँ खोलेर नाङ्गो बनेको आफैं । २, मन बाँधेर दु:खलाई बिर्सँदा समय नै छायाँमा । पीडालाई खपेर जीवन तन्काउँदा सङ्घर्ष लम्बेतान । ३, विश्वास घात मुटुमा बज्रपात सम्झाएँ आफैलाई । कुरेर बस्दा समय नै बोझिलो आफैँलाई बिर्सेको । ४, दुई बीचमा विश्वास तोडेपछि भाँचियो मन सबै । नदीको किनारामा  सुस्ताएको जीवन आफैँदेखि भागेको । ५, बैगुनी माया  टाढिएर बस्दामा जलिरहेको मुटु । सम्झेर आफ्नै  सँगै बाँच्ने कसम बाटो हेर्दै पर्खेको । ६, उनको रुप धपक्कै बलिदिँदा स्वार्थ लुट्ने दाउमा । बित्दै समय  नजिकिन खोजेको छाया पार्‍यो आफैँमा ।

तन्का कविता -श्रीराम श्रेष्ठ

 तन्का कविता  -श्रीराम श्रेष्ठ  १, फूल फुलेछ उज्यालो छिरेपछि  खुम्चेको मन सुगन्ध परिवेश  मन नै चङ्गा सरी । २, खोक्रो पेटमा रित्तिएछ सपना  आँखा चिम्लदै मनमा पीडा बोकी छरेछ आफुलाई । ३, निलो आकाश उज्यालो छरिदिदा रसायो मन  भाग्यले साथ दिदा गन्तव्य नै उज्यालो । ४, उकालो बाटो  सम्झिएर बढेथेँ आफै रोकियो जिन्दगीको यात्रामा  अडिन नै मुस्किल । ५, हरियो वन फैलिएको लहरा पात हल्लिंदा शितलता छाएछ भिजाइदिंदा अर्कै । ६, बिषादी मन जतिन्जेल बाचिन्छ भाग्य बिधाता जानाजान खाएर जीवन धान्ने आश ।

हाइकु - पुष्कर लोहनी

 हाइकु - पुष्कर लोहनी  १, भरिन खोज्ने रित्तो भाँडो अगाडि  पोखिने हो कि । २, गाढा सपना  घाम छिरिहालेछ रापिलो माया । ३, सर्पको आँखा  रगताम्य सम्झना आँखा अगाडि । ४, पानीको तिर्खा जति नै पिए पनि  सधैँ उस्तै नै । ५, भ्यागुतो लुक्ने झ्याङचाहिँ तर्सिने सर्प दगुर्ने । ६, खोला तरेको लछार्न थालेपछि  रित्तो अभाव ।

हाइकु - श्रीराम श्रेष्ठ

 हाइकु - श्रीराम श्रेष्ठ  १, चिसो पानीमा आँत्तिदै नुहाउँदा बिर्सेछु आफैं । २, इनारभित्र गुम्सिएको आवाज भित्रै दबेको । ३,  चिसो चौरमा नाङ्गो खुट्टाले हिंड्दा मनै बरफ । ४, जाडाेको बेला घाम खोज्दैं हिडेंको लुकेछ सूर्य । ५, झरिले पेल्दा जमिन भिजेपछि उम्रेको टुसो । ६, रङ्गीन दृश्य  हेर्दाहेर्दै थाकेछ  बुझेन मन !

हाइकु - श्रीराम श्रेष्ठ

 हाइकु - श्रीराम श्रेष्ठ  १ सम्झेँ विगत रसाउन खोजेछ गल्ति स्विकार्दा ! २, रिस उठेछ आँखा चिम्ली बसेको बुद्ध भएछु ! ३, शङ्का लागेथ्यो शत्रुको व्यवहार आफै सिद्धिएँ ! ४, झुटो बोलीमा अडिन गाह्रो पर्दा लाज टिकेन ! ५, आपसी द्वन्द  काटमारको स्थिति  अपाङ्ग खेती ! ६, दु:ख सहेर खोजी पस्दा थाकेछ गह्रुगो भारी !