तन्का कविता
- पुष्कर लोहनी
१,.बाँङ्गेको माया
रित्याउन पल्केकी
भिजेको आँसु
भास्सिएको जवानी
खाल्टो पुर्दा छिरेकी ।
२
उक्लिने ठाउँ
पर्खालले धकेल्यो
झुसिलकीरा
चिनेको डल्ले छाया
पोलेको कालु मासु ।
३,
आफैले हेर्दा
खुम्चिएको निधार
सेतो कपाल
मन तातो मकल
सेलाएको जाँगर ।
४,
रातो खुर्सानी
खस खसाउँदा त
नाक पग्लियो
तात्तिँदा निस्किएछ
जमेको सिँगान नै ।
५,
ओठ सुकेछ
घोप्टिएको गिलास
जिस्किने रात
दियोको पिरो खार
एक्लिएको मन्दिर ।
६,
रित्तिने गाग्री
पानी नभरे हुन्छ
चुहिने प्वाल
सँगाल्नै नसकिने
भरिँदै नभरिने ।
Comments