Skip to main content

Posts

Showing posts from June, 2022

नुवाकोटको दियालेमा लिभिङ वाटर नेपालद्वारा साठी घरधुरीलाई फिल्टर हस्तान्तरण।

दियाले।नुवाकोटको बेलकोटगढी नगरपालिका -४ दियालेमा आज बुधबार खानेपानी योजनाका साथै फिल्टर हस्तान्तरण गरिएको छ।लिभिङ वाटर नेपालद्वारा दियालेमा संचालित खानेपानी तथा सरसफाइ परियोजना-२०७८ सम्पन्न भएको हो।उक्त हस्तान्तरण कार्यक्रमको बिच प्रत्येक घरका लागि एक एक थान फिल्टर वितरण समेत गरिएको छ।सोही स्थानमा एक घर एक धारा निर्माण गर्ने क्रममा धार्मिक क्षेत्रहरु गुम्बा,छोर्तेन र चर्च गरि साठी ओटा धारा निर्माण गरिएका थिए।वैद्य वन मुहानगरी दियालेको बस्तीमा ल्याइपुर्‍याएको पानी दियाले लगायत आसपासका केही घर परिवारलाई सहितका बासिन्दाहरुका लागि पनि पानी व्यवस्थापन गरिएका छन्।सो कार्यक्रम श्री दियाले सिक्रेपिपल खानेपानी तथा उपभोक्ता समितीको अध्यक्ष चन्द्रबहादुर तामाङको सभापतित्वमा भएको हो। लिभिङ वाटर नेपालका कार्यकारी निर्देशक बिजय गुरुङको प्रमुख अतिथि रहेका थिए। अतिथि तर्फ फिल्ड प्राविधिक अर्जुन रोकाय ,फिल्ड अधिकृत आमोस तामाङ,जिल्ला संयोजक एनोक तामाङ,सवारी चालक विक्रम मगर, र स्थानीय युवा तथा समाजसेवी सोमबहादुर तामाङ,शेरब लामा,राजन सुवेदी,विजय तामाङ लगायत उपभोक्ताहरुका उल्लेखनीय उपस्थिति रहेका थिए।पार

तामाङ चलचित्र संघ बागमती प्रदेशको सचिवमा करण तामाङ निर्वाचित

तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशन असार १३ गते सोमवार काठमाण्डौको नाचघर जमल स्थित माननीय वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । आशमान तामाङको अध्यक्षमा २१ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ । कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय अध्यक्ष विक्रम जंग शाह ,  तामाङ चलचित्र संघका पुर्व अध्यक्ष जेनिश दोङ, तामाङ चलचित्र संघका उपाध्यक्ष जयन कुमार मोक्तान, तामाङ चलचित्र संघका उपाध्यक्ष दिपक तामाङ लामा, जनता समाजबादी तामाङ संघका महासचिव कान्छामान तामाङ लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको अतिथि रहेको थियो । देश निर्माणमा तामाङ चलचित्रको ठूलो योगदान हुन सक्ने र पर्यटन बिकासमा तामाङ चलचित्रले ठूलो टेवा पुराउन सक्ने समेतका मन्तव्यमा प्रमुख अतिथि माननीय वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादव ज्यु ले बताउनु भएको थियो । जेनिश दोङको निर्वाचन मन्डल संयोजक र जयन कुमार मोक्तान, दिपक तामाङ लामा निर्वाचन मन्डल सदस्य रहेको अधिबेशनबाट अध्यक्ष आस्मान वाइबा, बरिस्ठ उपध्यक्ष धुर्ब सिंह तामाङ, उपध्यक्ष अनिता नेगि तामाङ, उपध्यक्ष राजकुमार

नेपाल सरकार राष्ट्रिय युवा परिषदकाे कला संगित तथा साहित्य सञ्जालकाे केन्द्रिय सदस्यमा करण तामाङ

नेपाल सरकार राष्ट्रिय युवा परिषदकाे कला संगित तथा साहित्य सञ्जालकाे केन्द्रिय सदस्यमा  करण तामाङ                                                नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद अन्तर्गत  कला , संगित तथा साहित्य सञ्जालकाे केन्द्रीय सदस्यमा नुवाकोटका करण तामाङ नियुक्त भएका छन्  ।  साेमबार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद सानाेठिमी भक्तपुरमा भएको युवा परिषदका भेला तथा समारोहले तामाङलाई केन्द्रीय सदस्यमा चयन गरेको हाे । कला संगित तथा साहित्य सञ्जालकाे कार्यसमिति संरचना अधिवेशन अनुरुप भएको थियोे । अध्यक्षमा लाेकप्रिय हाँस्यव्याङग्य कलाकार सुबाेध गाैतमले नेतृत्व पाएका छन् यसै साथ तामाङले पनि केन्द्रीय सदस्य बनेका हुन्  ।

Haibun By Shreeram Shrestha

Haibun Shreeram Stha 1. In the full moon day At Dupcheshwar Fair Exchanged the love! 2, When diving Depth of sea Dark pit! 3, Green land The whole Bhairamkot Remembered the ancestors! 4, The youthful river By making a noise Scary eyes! 5, The hot pond Hunted by tiredness  The shore floated! 6, Curving wave Running across blocking the road old mask 7, Close to the eyes After the Himalayas turns Heavenly feeling! -Trans: Saroj bogati

साहित्य सर्जक भगवती खनाल"सुनाखरी"द्वारा रचित-गजल-चोरलाई चोर…

चाेरलाई चाेर भन्दियाे भने रिसले चुर हुन्छ जाेरलाई जाेर भन्दियाे भने रिसले चुर हुन्छ। साेझाहरु मर त्यसै अव हेपि सदा गल्ती गर्न छाड घनघाेर भन्दियाे भने रिसले चुर हुन्छ। आफै सर्वेसर्वा ठान्नेले सम्मान गर्दैन कसैकाे गर्छु भण्डाफाेर भन्दियाे भने रिसले चुर हुन्छ। अन्याय खेप्न नसक्नेहरुले ढाेका खाेलेरै गर्छौँ ओहाेर दाेहाेर भन्दियाे भने रिसले चुर हुन्छ। मार्नेहरुले मारेर नि मरेन जिन्दगी बचाँउन नमान्नुस बाेर भन्दियाे भने रिसले चुर हुन्छ। भगवती खनाल (सुनाखरी) नुवाकोट

विद्यार्थीको अधिक चाप हुने नेपालको विद्यालयहरुमा तरुण माध्यमिक विद्यालय, बालाजु पनि एक हो।

उत्कृष्ट सरकारी विद्यालयको सबैभन्दा पहिलो लिस्टमा पर्छ– तरुण माध्यमिक विद्यालय । यसको स्थापना २०३० सालमा भएको थियो । दशौं पटकभन्दा बढी राष्ट्रिय, क्षेत्रीय र प्रादेशिक रूपमा पुरस्कृत भएको यो विद्यालय काठमाडौंको उत्कृष्ट सरकारी विद्यालयभित्र पर्छ । यो विद्यालयले १७ वर्षमा राष्ट्रियस्तरमा चार पटक सर्वोत्कृष्ट भएर पुरस्कृत भयो । एक पटक दोस्रो र तीन पटक क्षेत्रीय स्तरमा सर्वोत्कृष्ट ठहरियो भने दुई पटक वागमती प्रदेश स्तरमा उत्कृष्ट ठहरियो । यस विद्यालयको उचित व्यवस्थापन, उत्कृष्ट पढाइ र विद्यार्थी मैत्री वातावरणले धेरै अभिभावक तथा विद्यार्थीलाई लोभ्याउँछ । अंग्रेजी माध्यमबाट पढाइ हुने भएकोले निजी विद्यालयका विद्यार्थी पनि तरुणमै पढ्न आउने गर्छन् । विद्यालयमा उत्कृष्ट शिक्षकको समूह छ । पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई संलग्न गराइन्छ । तरुण माविमा पूर्व प्राथमिकदेखि कक्षा–१० सम्म पढाइ हुन्छ । तरुण माविमा यो वर्ष भर्ना भएका सबै गरेर २ हजारको हाराहारीमा विद्यार्थी छन् । यी विद्यालयमा पढ्ने विद्यार्थीलाई आफैं सक्षम हुनको लागि अभिप्रेरित गरिन्छ । सिक्ने वातावरण पनि आफैं सिर्

लायन्स तथा लियो जिल्ला परिषद ३२५ बि नेपालको समन्वयनमा छात्रवृत्ति वितरण

समाजसेवाको पर्यावाचिको रुपमा स्थापित विस्व कै ठुलो सामाजिक संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय अन्तर्गत नेपालमा रहेको प्रशासनिक क्षेत्र लायन्स तथा लियो जिल्ला परिषद ३२५ बि नेपालको समन्वयनमा अमेरिकाको प्रशासनिक क्षेत्र लायन्स जिल्ला ४-३सि क्यलिफोर्निया मार्फत २४ जना गरिब तथा जेहेन्दार विद्यार्थिहरुलाई रु ५,००,००० (पाँच लाख  बराबर )छात्रवृत्ति प्रदान गरिएको छ। लायन्स तथा लियो जिल्ला परिषद ३२५ बि १नेपालले यहि बर्ष भगिनि सम्बन्ध स्थापित पछिको यो पहिलो ठुलो योजना रहेको कार्यक्रम संयोजक तथा लियो जिल्ला परिषद ३२५ बि १का अध्यक्ष लियो प्रकाश थापा क्षेत्रिले जानकारि दिनु भयो। बसुन्धारा स्थित हेराल्ड  कलेजमा भएको कार्यक्रमको अध्यक्षता लायन्स विशेस्वोर आचार्य हुनुथ्यो भने प्रमुख अथिति डिष्टृक्ट गभर्नर लायन जमेश वर्गिश तथा बिशेष अथितिको रुपमा पुर्व गभर्नर लायन्स रजेन थापा,डिष्टृक्ट गभर्नर इलेक्ट लायन्स बिष्णु भाई श्रेष्ठ ,डिष्टृक्ट गभर्नर इलेक्ट लायन्स कर्मा गुरुङ, लायन्स गिता शर्मा चापागाईं,हेराल्ड स्कुलका भाईश प्रिन्शिपल त्रिलोचन शर्मा,डिष्टृक्ट प्रेसिडेन्ट इलेक्ट लियो बिजय श्रेष्ठका साथै विभिन ला