Skip to main content

Posts

Showing posts from January, 2022

दशरथ रंगशालामा भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाललाई १-० को जित

काठमाडौं (हाम्रो खेलकुद) –  नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । शनिबार घरेलु मैदान दशरथ रंगशालामा भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाललाई १-० को जित दिलाउन विमलले निर्णायक गोल गरेका थिए । उनले हाम्रो फुटबल नेपालबाट २५ हजार रुपैयाँ तथा केटिएम सिटीबाट ५० हजार पुरस्कार पाए । नेपालको जितमा विमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै बिमलले गोल गर्न सफल भएका हुन् । बिमलले ५५ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । मौरिससका डिफेन्डरबीच तालमेल मिल्न नसक्दा अन्जन विष्टले बल खोस्दै दिएको पासमा अफसाइड ट्रयाप बिट गर्दै बिमलले गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो । उनले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका हुन् । यससँगै बिमलको गोलसंख्या ९ पुगेको छ । नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो । नेपालले मारिसससँग दोस्रो अन्तर्राष्ट्रिय मैत्

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १, कुरा मिलेको खुसी साट्दै टाँसेको बिर्सेर आफै अँगालोमा कसिँदा चङ्गा बनेको मन मायाप्रेम फैलँदै । २, बग्रेल्ती काम रोकिएर रोकिन्न तनाव लाग्ने अँगालोमा दौडिँदै पार्न खोज्दा सकिन्न समय शक्तिशाली । ३, आँटिलो बन्दा गगन चुम्ने मन उच्च आकाङ्क्षा  तर्सेर मन खुम्च्यो आफैदेखि डराइ फेँदिमै लम्पसार । ४, निहु खोजेको समाति ढाल्नलाई  मनको लड्डु सपना बाङ्गिएको थुक निल्दै बसेको बुच्यो मन एक्लिँदा । ५, रणभूमीमा ढुङ्गा बनेको मुटु  वज्र बनेर छिचोल्दै टेडो बाटो  आफैमाथि आपत्ति  तर्सेर मन डरायो । ६, वर्षा याममा झरीले रुझाउँदा चिसो गाडियो मुटु काम्न खोजेको खस्दै होस गिमेको न्यानो खोज्यो मनले ।

हाइबुन ( नियात्रा कविता ) श्रीराम श्रेष्ठ

हाइबुन ( नियात्रा कविता ) श्रीराम श्रेष्ठ  १, हरियो भूमी  भैरमकोट सिंगो सम्झेको पूर्खा ! २, खहरे खोला आवाजै निकालेर आँखै तर्सायो ! ३, तातो पोखरी  थकाइले लगार्दा किनारै भास्यो ! ४, उर्लदो भेल बाटो छेक्दै दौडिदा झुम्रो मकुण्डो ! ५, आँखा नजिक हिमाल ढल्केपछि स्वर्गानुभुति ! ६, खहरे खोला आवाजै निकालेर आँखै तर्सायो !

तामाङ दोहोरी गीत फतौरी कान्छी सार्वजनिक

काठमाडौं ।   समीर तामाङ र सम्झना तामाङको प्रस्तुति रहेको  तामाङ दोहोरी गीत  फतौरी कान्छी सार्वजनिक भएको छ।उक्त गीत म्युजिक मिडिया नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।गीतमा भबिन्द्र तामाङ,उर्मिला लामा,गणेश लामा,श्रृष्टि लामाको अभिनय रहेको छ।गीतको भिडियो निर्देशन तामाङ चलचित्रका लोकप्रिय नायक जंगे लोप्चनले गरेका हुन। गीतमा शब्द,सङ्गीत विशाल काल्तनको रहेको छ भने स्वर विशाल काल्तन र जितु लोप्चनले भरेका छन।गीतको एरेन्ज चाँद सिंहले गरेका हुन भने मिक्सिङ दिपेश प्रधानको रहेको छ।गीतको भिडियो गीतकार विजय तामाङको विशेष पहलमा निर्माण गरिएको हो। भिडियो तल दिएको लिंकमा खोलेर हेर्न सक्नुहुनेछ। https://youtube.com/watch?v=UV_zcD6oVKs&feature=share

कविता-नयाँ वर्ष नयाँ अनुभूति, श्रीराम श्रेष्ठ

कविता नयाँ वर्षका दिन म साथीहरूको माझ थिएँ चिसो मध्य- रातमा सपनाको राप ताप्दै विदेशी रक्सीमा झुम्दै म आफ्नो मनमा वर्षैादेखि  बिझिरहेको पीडा र वेदनालाई केही क्षण बिर्सन चाहन्थेँ  पिउदै जाँदा थाहै भएन धेरै पिएछु बिर्सन नसक्ने दु:खद् अतीतका दिनहरुलाई एकैपल भएपनि बिर्सिदिई म साथीहरूसङ्गसङ्गै क्यासेट प्लेयरमा गुन्जेका विदेशी गीत / सङ्गितमा झुमें धेरै नाचियो धेरै चिच्याइयो लाग्थ्यो त्यस समयमा  खुशीका दिनहरुले जिस्काइरहेका छन् खुल्ला चउर  खुल्ला आकाश बीचमा  म अनि  साथीहरू मात्तिरहेका थियौ रातभर  म झस्किएँ अतीतलाई सम्झेर भक्कानिएर रोए तर खुशीका दिनहरुलाई स्वागत गर्न तल्लीन  मेरा मनहरुलाई झिनो आशा देखाई सान्त्वना दिँदै थियो नयाँ वर्षको आगमनले नयाँ वर्षको प्रारम्भदेखि अन्त्यसम्म यो भूमिमा धेरै मान्छे जन्मिए धेरै मान्छे माटाेमा बिलिन भए  जन्मदै मान्छेहरुले पीडा बोक्छन् मृत्युुपर्यन्त पीडा बोक्न को- को आए  एकिन गर्न सकिएन आजसम्मको समयमा  आउने जानेको क्रम चलिरहेको छ निरन्तर  चिन्ताग्रस्त जीवन चक्रमा सपना र विपनामा अल्झिदै क्यान्सरग्रस्त सडकमा भौतारिँदै हिँडिरहेका छन् मान्छेहरू  कहाँ जान्छौं मान्छेह