बुसोकुसेकिका कविता
१,
कुरा मिलेको
खुसी साट्दै टाँसेको
बिर्सेर आफै
अँगालोमा कसिँदा
चङ्गा बनेको मन
मायाप्रेम फैलँदै ।
२,
बग्रेल्ती काम
रोकिएर रोकिन्न
तनाव लाग्ने
अँगालोमा दौडिँदै
पार्न खोज्दा सकिन्न
समय शक्तिशाली ।
३,
आँटिलो बन्दा
गगन चुम्ने मन
उच्च आकाङ्क्षा
तर्सेर मन खुम्च्यो
आफैदेखि डराइ
फेँदिमै लम्पसार ।
४,
निहु खोजेको
समाति ढाल्नलाई
मनको लड्डु
सपना बाङ्गिएको
थुक निल्दै बसेको
बुच्यो मन एक्लिँदा ।
५,
रणभूमीमा
ढुङ्गा बनेको मुटु
वज्र बनेर
छिचोल्दै टेडो बाटो
आफैमाथि आपत्ति
तर्सेर मन डरायो ।
६,
वर्षा याममा
झरीले रुझाउँदा
चिसो गाडियो
मुटु काम्न खोजेको
खस्दै होस गिमेको
न्यानो खोज्यो मनले ।
Comments