Skip to main content

Posts

Showing posts from November, 2021

हाइकु - पुष्कर लोहनी

हाइकु - पुष्कर लोहनी  १, निहुरिँदा त गँड्यौलो पो निस्केछ हातमा माटो । २, नसुनेजस्तो बाँसमुनी छहारी पातलो मन । ३, दरिलो टेवा खुकुलो अनुहार  हावा बेपत्ता । ४, अमिलो गन्ध नसुकाएको माछा घुनको थुप्रो । ५, अँगालो मार्दा जडाउरी परेछ आफैँ च्यात्तिँदा । ६, खोज्न निस्किँदा पोकैपोकाको थुप्रो झ्याङ्को बाटो । ७, खुइलिएको पित्तल अनुहार  ध्वाँसो झरेछ । ८, चुहिँदो शीत चाटेर फालिदिएँ नाक थुनेर । ९, बगेको हूल छोएरै गाडिदिएँ देखिने खाल्डो ।

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १, विश्वास गर्दा धोकै धोका बुनेर नक्कली माया मुटुमा किला ट्गोक्दै रुन्चे हासो फालेर जीवन दु:खमय । २ अप्ठ्यारो बाटो  गन्तव्य पुग्न गाह्रो  चिन्ता थुप्रेको धकेल्दै अघि बढ्दा अन्धकार लुकेको अवस्था रण्भुल्ल । ३, पीडाको पोको अत्तालिएको मन बाँच्ने कसरी  एक्लै दु:ख अगाल्दै आफ्नै जीवनकथा दु:खको चौतारी । ४, बैगुनी माया विश्वास गुमेपछि मनमा रिस कसरी बुझाउने मुटुमा काँडा ठोक्दै भत्किएको पर्खाल । ५, आफ्नो सम्झेर खुसी सबै बाँडेको मुटुमा काँडा छटपटी हुँदामा  धोका दिँदा चिप्लेको आफ्नै पनि पराई ।  ६, रसिलो बोली  दिलैबाट चाहेको मनको भाव भित्रभित्रै कोचिँदा मौका जुरेलो बेला डराएर कामेको ।

बेलकोटगढी-३ कुमरी,नुवाकोटको श्री पोखरी आधारभूत विद्यालयमा न्यानो कपडा वितरण

कुमरी-नुवाकोट।बेलकोटगढी नगरपालिकाको वडा नम्बर ३ कुमरी,नुवाकोटमा रहेको श्री पोखरी आधारभूत विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रम कृष्ण प्रसाद पुडासैनीको प्रमुख आतिथ्यतामा भएको थियो।बोधिसत्व बिहारको सहयोगमा कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा भएको सोही कार्यक्रमको बिच जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण समेत गरिएको छ। विद्यालयमा रहेको १५५ जना विद्यार्थीहरुलाई जाडो मौसममाको सुरुवात सङ्गै निरन्तर उपस्थित भै अध्ययन गर्न सहज वातावरण मिलोस् भन्ने उदेश्य अनुरुप बोधिसत्व बिहार र कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा संयुक्त रूपमा कार्यक्रम तयार गरेर अभियान सुरु गर्दै आएको कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङले बताउनु भयो।देशका विभिन्न क्षेत्रमा यी र यस्ता थुप्रै किसिमका स्वास्थ्य सेवाका साथै राहत वितरणका कार्यक्रमहरु अझै निरन्तरता दिइरहेको समेत उहाँले बताउनु भयो।

तन्का-श्रीराम श्रेष्ठ,बलौटे माटो…🖊️

तन्का १, बलौटे माटो पानीको भेलसँगै छुट्टिन्छ सबै किनारमा थुप्रेछ रमाउदै सोरेको । २, तारुकाघाट चिताको धूँवा देख्दा तोड्यो घमण्ड हातेमालो गरेर हाँसिखुशी बाँचौला ।। ३, फूलेको फुल भमराको चुम्बन हरायो बास्ना हेर्नलाई सुन्दर हराएछ सुगन्ध । ४, भूत बङ्गला मध्यान्ह बाह्रबजे अचम्म लाग्ने डरलाग्दो आवाज दैवी शक्ति बोलेको । ५, थानसिङ वस्ती हरियाली देख्दामा मन नै ताजा सम्म परेको फाँट पैसैपैसाको थुप्रो । ६, जीवनगाथा  दुइ दिनको नासो त्यागौ घमण्ड भाइचारा सम्बन्ध अडेर विश्वासमा ।

तामाङ चलचित्र संघ बागमती प्रदेश सचिवमा दावा फिन्जाे र सहसचिवमा करण तामाङ

काठमाडौं–तामाङ चलचित्र संघ प्रादेशिक संरचनामा गएको छ । संघले पहिलो प्रदेश कमिटिको रुपमा बागमती प्रदेश कमिटि गठन गरेको छ । संघीय अध्यक्ष कुमार मोक्तानको अध्यक्षतामा शनिबार आयोजित भेलाबाट प्रदेश कमिटि बनाएको हो । चलचित्र निर्देशक एवं नायक विनायक तामाङको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा आशमान वाईबा,सचिव दावा फिन्जो तामाङ,सह सचिव करण तामाङ,कोषाध्यक्ष बिना घले,सह कोषाध्यक्ष धुर्व छिरिङ तामाङ चयन हुनुभएको छ । १३ सदस्यीय कमिटिका सदस्यहरूमा रोसन तामाङ,अनिता नेगी,बिना लामा,राजकुमार तामाङ,नरेन्द्र तामाङ,सुस्मिता घ्लान,श्याम माया तामाङ रहनुभएको छ । संघीयताको मुल मर्म अनुसार नै तामाङ चलचत्रि कर्मीहरुलाई संगठित गरी गतिविधि विस्तार गर्न तामाङ चलचित्र संघको बागमती प्रदेश कमिटि गठन गरिएको संघले जनाएको छ । यसैगरी सदस्य संख्या यकिन गरी अन्य प्रंदेशमा पनि विस्तार गर्ने संघको योजना रहेको जनाईएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार,तामाङ चलचित्र संघको प्रमुख सल्लाहकार बिकु थो

अमेरिकाबाट मन बिश्वकर्माले गरे जेहेन्दार दुईजना विद्यार्थीलाई आर्थिक सहयोग।

बेलकोटगढी।बेलकोटगढी न.पा-९,नुवाकोटकी सावित्री गजुरेललाई  अमेरिकाबाट अध्ययनका लागि आर्थिक सहयोग प्राप्त भएको छ।अमेरिकामा बसोबास गर्नुहुने मनकारी सहयोगी मन भएका मन बिस्वकर्माले जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि भन्दै दुई जनालाई आर्थिक सहयोग गर्नुभएको छ। जसमा नुवाकोट बट्टार बहुमुखी क्याम्पसमा स्नातक तहको सामाजिक शास्त्रमा अध्ययन गर्दै गरिकी  सावित्री गजुरेल रु.५०,०००/- पचास हजार र चौरिदेउराली गाउँ पालिका नाग्रे,काभ्रेका बुद्ध लामालाई  बौद्धमा रहेको स्तुपा कलेजमा डिप्लोमा इन फर्मेसी अध्ययनका लागि  रु.८०,०००/- असी हजार आर्थिक सहयोग गर्नुभएको छ। दुबैजनाका लागि प्राप्त उक्त रकम हस्तान्तरण भैसकेको सामाजिक अभियान्ता तथा कान्छीमाया माया फाउन्डेसनका सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङले दियाले न्युजलाई जानकारी दिनुभएको छ। बुद्ध लामाका अध्ययनका लागि कलेजमा तिर्नुपर्ने पहिलो बर्षको भर्ना पैसा तिरी सकेको र दोस्रो साथमा तेस्रो बर्षको भर्ना तिर्ने पैसा पनि केहि दिनमा तिर्दैछौ उहाले भन्नुभयो।डाक्टर तामाङले जेहेन्दार विद्यार्थी दुबै जनालाई उज्ज्वल भविस्यको कामनाका साथमा सहयोगी मनहरुमा धन्यवाद व्य

धुलिखेल-३ कुत्तालमा रहेको श्री मण्डलि देवि आधारभूत विद्यालयमा न्यानो कपडा वितरण

धुलिखेल नगरपालिकाको वडा नम्बर  -३, कुत्तालमा रहेको श्री मण्डलि देवि आधारभूत विद्यालयमा आज न्यानो कपडा वितरण गरिएको छ।उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई  बोधिसत्व बिहारको सहयोगमा र कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा जाडोको लागि न्यानो ट्र्याक,शुट र  टि-शर्ट वितरण हो। मौसम परिवर्तन सङ्गै चिसो बढ्दै गएका कारण विद्यालय आउने बालबालिकाहरुलाई समस्या नपरुन् भन्ने उदेश्यले न्यानो कपडा वितरण गरिएको कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डा.दिलबहादुर थोकर तामाङले बताउनु भयो। यस अघि पनि बोधिसत्व बिहार र कान्छीमाया तामाङ फाउन्डेसनले विभिन्न थुप्रै ठाउँहरुमा राहत पुर्‍याउने कार्यक्रमहरुका साथै स्वास्थ्य सामाग्री र खाद्यान्न सामाग्रीहरु वितरण गरिदै आएका थिए।विभिन्न कार्यक्रमका लागि काधमा काध गर्दै हरेक समयमा साथ दिइरहनु हुने सुप्रीम मास्टरलाई हार्दिक कृतज्ञता प्रकट गर्दै न्यानो कपडा वितरणका लागि उक्त विद्यालयका शिक्षक जयरामप्रती कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डा.दिलबहादुर थोकर तामाङले धन्यवाद व्यक्त गरेका छन्।

नुवाकोटका दुई जना शारीरिक अपाङ्गतालाई फ्रेन्च नागरिक आनिकको आर्थिक सहयोग

बेलकोटगढी,नुवाकोट ।शारीरिक अपांगता भएकोलाइ साथ र माया सदैब हाम्रो हुनेछ भन्दै कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङको पहलमा बेलकोटगढी -३,नुवाकोटका नगेन्द्र पुडासैनी जसलाई हरेक साथ र सहयोग गरिरहन्थे उहाँलाई उनको  दुई जना छोराहरूका पढाईको लागि फ्रेन्च नागरिक  आनीकको सहयोगमा रु.३० हजार रकम पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जानकारी दिनुभएको छ। त्यसैगरी बिगत साढे दुइ बर्ष देखि रुखबाट खसेर दुवै खुट्टा नचल्ने बेलकोटगढी -४ नेपने,नुवाकोटका ठाकु राम तामांगलाइ फ्रेन्च नागरिक आनीकको सहयोगमा रु.३० हजार रकम उहाको औषधि उपचार र प्रोटिन युक्त खानको लागि भन्दै आर्थिक सहयोग पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जनाएको छ।

कान्छीमाया तामाङ फाउन्डेसनद्वारा ३ जना बालिकाहरुलाई गरे निशूल्क अध्ययन व्यवस्था।

सामाजिक कार्यक्रमहरुका साथ अगाडि बढिरहेको बिल्कुलै समाजसेवी व्यक्तित्व डाक्टर दिलबहादुर थोकर तामाङद्वारा  सञ्चालित रहेको कान्छीमाया तामाङ फाउन्डेसनले देशका विभिन्न कुना दुरमा रहेका विभिन्न समस्यामा परिरहेका मानिसहरुलाई सहयोग गर्दै आइरहेको छ।संस्था सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङले आफ्नो मृतक आमाको नाममा सञ्चालन गरेको उक्त तामाङ फाउन्डेसन अहिले समाजसेवाको प्रमुख पात्र बन्न सफल भैसकेको छ। समाजसेवाको नाममा चारैतिर कान्छीमाया तामाङ फाउन्डेसनको चर्चा चलिरहेको बेला यसपटक पनि तीन जनालाई निशूल्क अध्ययनको लागि व्यवस्था गर्न सफल भएको छ।रसुवा नौकुन्ठा गाउँ पालिकाको १७ वर्षे राममाया तामाङ र काभ्रे तेमाल गाउँ पालिका वडा नम्बर १ का आधिभडका मनिका तामाङ र सोनिका तामाङ गरि तीन जना बालिकाहरुलाई निशुल्क अध्ययनको व्यवस्था गरिएको छ।बालिका मनिका र सोनिकाको भने फोक्सो क्यान्सरका कारण आमा गुमाएका थिए।उनीहरुको निशूल्क खाना बस्न र पढ्न चंचल मौदित एकेडेमीमा व्यवस्था गरिएको संस्थाका सञ्चालक तथा समाजसेवी डाक्टर दिलबहादुर थोकर तामाङले दियाले न्युजलाई जानकारी दिनुभयो।

हाइकु श्रीराम श्रेष्ठ , भित्र मझेरी…🖊️

हाइकु श्रीराम श्रेष्ठ  १, भित्र मझेरी प्रेमको फूल रोपे जीवन शून्य ! २, तिम्रो प्रेममा लठ्ठिएँ नबुझेर जलेर आफू ! ३, माग्दै छु माफी झुकेर तिम्रै सामु सम्झ्यौ पराई ! ४, बिबेक गुम्दा लाज पर्‍यो पसारो आफै नाङ्गेको ! ५, लोभ लालच बाचुन्जेलको खेती  पेट नै भोको । ६, सपना देखे चितामाथि बसेको बोलेन आगो ।

हाइकु - पुष्कर लोहनी , आकाश छुँदा

हाइकु - पुष्कर लोहनी  १, आकाश छुँदा हेरेरै गालिदिएँ फलामे खिया । २, एकान्त साँझ सम्झेरै तल झारेँ हरियो बोट । ३, नजिक पर्दा अगेनोभित्र हात अगुल्टे धूँवा । ४, गाडेको देखेँ हँसिलो मुख पार्दै फर्केको बेला । ५, छोप्दाको मज्जा लुकेर हेर्दाखेरि सलक्क टिप्दा । ६, छर्लङ्ग तिमि टाढाबाट देखिँदा काँट मिलेको । ७, कसरी सम्झूँ कति चोटि पल्टाएँ रातै रित्तियो ।

नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र नं. २ क प्रदेश प्रतिनिधिको उम्मेदवारमा इन्द्रबहादुर लामा

नुवाकोट।नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र नं. २ प्रदेश सभा(क)अधिबेशनमा सभापतिको उम्मेदवार अक्कल बहादुर ढुंगानाको तर्फबाट उम्मेदवारहरुमा १.सभापति :- अक्कल बहादुर ढुङ्गाना (श्याम) २.उप- सभापती :- प्रदिप कुमार सेढाई ३.उप- सभापती :- मदन भुजेल ४.सचीव:- कृष्ण बहादुर अधिकारी(रमेश) ५.सचिव:- चेतनाथ गजुरेल ६.सह-सचिव:- सन्तोष तिमल्सिना ७.सह-सचिव:- भरतकाजी चित्रकार  रहेका छन् भने ________प्रदेश महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरुमा __________ १. वीर बहादुर लामा (खुल्ला पुरुष बेलकोटगढि-०१) २.प्रकाश जङ्ग पाण्डे (खुल्ला पुरुष बेलकोटगढी ११) ३.मधुसूदन पाण्डे (खुल्ला पुरुष बेलकोटगढी १३) ४.टंक केसी (खुल्ला पुरुष विदुर ०६) ५.राजेन्द्र बिक्रम शाह (खुल्ला पुरुष विदुर ०२) ६.गोविन्द अर्याल ( खुल्ला पुरुष विदुर०२) ७.अशोक धमला (खुल्ला पुरुष विदुर १०) ८.सिता न्यौपाने (खुल्ला महिला विदुर १०) ९.पुर्णिामा अर्याल(खुल्ला महिला विदुर ०५) १०.देवकी भट्ट (खुल्ला महिला विदुर ०५) ११.दिपक तिवारी (खस आर्य पुरुष बेलकोटगढि १०) १२.विष्णु खनाल (खस आर्य पुरुष बेलकोटगढी ०७) १३.सरस्वती आ

हाइकु - पुष्कर लोहनी

हाइकु - पुष्कर लोहनी  १, जिस्कने जून कोट्याउँदै भागेछ बादलै च्यातेर । २, गहिरो खोला झिँङे माछो उफ्रिँदा झरेको पात । ३, कुवाको पानी  भरिएको सपना  मन चुहिँदा । ४, सम्झिँदा झर्छ चाउउरिएको बैँस गलेको खुट्टा । ५, कुरुप मन भित्रै छिर्न खोजेको कोतर्ने बानी । ६, हिलोको थुप्रो छिर्न खोजेथ्यो माछो ठोकिँदा चिप्लो । ७, मीठो आवाज पग्लिएको सम्झना झरेको छाया । ८, फूल फुल्नु हो आँखा नै लोभी हुँदा  दोषी कुन्नि को । 9, सिद्धपोखरी  ढलभित्र पसेछ तर्सेको माछो ।

डोडोइट्सु - श्रीराम श्रेष्ठ

डोडोइट्सु    - श्रीराम श्रेष्ठ  १, लोभी आँखाले हेर्दै माया सार्न खोजेको तिम्रो नजिक बन्दा माया बिरानो । २, आफ्नै सम्झेर सधैं  राखेको दिल खाली  तिमी निष्ठुरी बन्दा मोडियो बाटो । ३, दु:खको साथी तिमी  विश्वास साटासाट  गर्भिलो आत्मीयता बुझौं दुबैले । ४, जोडिएको साइनो अाशङ्काले घेरिंदा बढ्दै मनको दुरी एक्लिन खोज्दै । ५, दिलको मझेरीमा राखेको तिमीलाई  तिम्रो मन तिखालु घोंच्दा आनन्द । ६, अप्सरा रुपडाल देखेको कामुकता मन चोर्न हत्तार टाँसियो लिसो ।

राहदानी विभागले आउँदो महिनादेखि ई–पासपोर्ट जारी गर्ने

काठमाण्डौ – राहदानी विभागले आउँदो महिनादेखि ई–पासपोर्ट जारी गर्ने भएको छ । अहिले जारी भइरहेको एमआरपी पासपोर्टभन्दा पनि सुरक्षित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको ई–पासपोर्ट आउँदो नोभेम्बर १५ देखि राहदानी विभागले परीक्षणको रूपमा जारी गर्न थाल्ने विभागका निर्देशक तथा प्रवक्ता शरद राज अरनले जानकारी दिनुभयो ।  अर्को महिनादेखि नै ई–पासपोर्ट जारी गर्ने तयारी भइरहेकाले अत्यावश्यक छैन भने केही समय कुरेर र्ई–पासपोर्ट नै लिन उहाँले आग्रह पनि गर्नुभयो ।  ‘अत्यावश्यक काम जस्तै भिसा आइसकेको छ तर पासपोर्टको म्याद सकिएको अवस्थामा, पासपोर्ट हराएमा, वा तत्काल विदेश उपचार गर्न जानु पर्ने छ तर पासपोर्ट छैन भने त्यस्तो अवस्थामा मात्र द्रुत रूपमा एमआरपी पासपोर्ट बनाउनुहोस् तर अत्यावश्यक नभएमा केही समय कुरेर र्ई–पासपोर्ट नै लिनुहोस्,’ निर्देशक शरद राजले भन्नुभयो,‘तर एमआरपीको म्याद छ भने त्यो म्याद कायम रहँदासम्म ई – पासपोर्ट बनाउन आवश्यक छैन ।’ ई – पासपोर्टको परीक्षण नोभेम्बर १५ मा राहदानी विभागमा हुनेछ । त्यो परीक्षण सफल भएमा राहदानी विभागले ई–पासपोर्ट जारी गर्न थाल्ने छ । विभागले ई–पासपोर्ट जारी गर्न थ

तामाङ पत्रकार सङ्घ नुवाकोटको दोस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा होमबहादुर तामाङ चयन

नुवाकोट।तामाङ पत्रकार सङ्घ नुवाकोटको अध्यक्षमा होमबहादुर तामाङ चयन हुनुभएको छ । मंगलबार सम्पन्न सङ्घको दोश्रो अधिवेशनले तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा भरतसन्तोशी लामा, सचिबमा भगवती लामा, सहसचिबमा प्रताप तामाङ र कोषाध्यक्षमा करण तामाङ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा प्रकृति लामा, रिदिमा तामाङ, डिलबहादुर लामा र सुनिता तामाङ चयन हुनुभएको छ भने केन्द्रीय प्रतिनिधिमा शक्तिमाया तामाङ र गमला लामा रहनुभएको छ । जिल्लामा कृयाशिल तामाङ पत्रकारहरुको क्षमता बृद्दि गर्न पत्रकारिता तालिमको आयोजना गर्ने नबनिर्बाचित अध्यक्ष होमबहादुर तामाङले बताउनु भएको छ ।