बेलकोटगढी,नुवाकोट ।शारीरिक अपांगता भएकोलाइ साथ र माया सदैब हाम्रो हुनेछ भन्दै कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङको पहलमा बेलकोटगढी -३,नुवाकोटका नगेन्द्र पुडासैनी जसलाई हरेक साथ र सहयोग गरिरहन्थे उहाँलाई उनको दुई जना छोराहरूका पढाईको लागि फ्रेन्च नागरिक आनीकको सहयोगमा रु.३० हजार रकम पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जानकारी दिनुभएको छ।
त्यसैगरी बिगत साढे दुइ बर्ष देखि रुखबाट खसेर दुवै खुट्टा नचल्ने बेलकोटगढी -४ नेपने,नुवाकोटका ठाकु राम तामांगलाइ फ्रेन्च नागरिक आनीकको सहयोगमा रु.३० हजार रकम उहाको औषधि उपचार र प्रोटिन युक्त खानको लागि भन्दै आर्थिक सहयोग पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जनाएको छ।
Comments