Skip to main content

Posts

Showing posts from July, 2021

कान्छीमाया तामाङ फाउन्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

सामाजिक कार्यमा अग्रसर रहेका डाक्टर दिलबहादुर थोकर तामाङ अहिले जनसेवामा व्यस्तता देखिन्छ।विभिन्न क्षेत्रहरुमा कार्य गरिराख्नु भएको डाक्टर तामाङ पुल्चोक प्राथमिक विद्यालय गोदावरीमा अध्यनरत विद्यार्थीहरुलाई Personal hygiene Kit, शैक्षिक तथा खेलकुद सामाग्रीका साथमा पुगेको छ।उहाँले "कान्छीमाया तामाङ फाउन्डेसन"द्वारा उक्त सामाग्री वितरण गरिएको जनाएको छ।सोहि विद्यालयमा अध्यनरत करिब ३२ जना बालबालिकाहरु रहेको छ।विद्यार्थीहरु र विद्यालय परिवारले उहालाई खुशी हुँदै धन्यवाद व्यक्त गरेका थिए। आगमी दिनहरुमा पनि निरन्तर साथ सहयोगको अपेक्षाका साथ सम्पुर्ण योजना,लक्ष्य ,उदेश्यहरु सफलता होस् भन्दै शुभकामना समेत दिएका थिए।त्यहाँका अध्यनरत विद्यार्थी सबैजनालाई गएको वर्षमा ट्र्याक सुट र जुत्ताहरु समेत वितरण गरिसकेको उहाले बताउनु भयो।

कराँते संघ नुवाकोटले मनायाे प्र.प्रशिक्षकलाई सम्मान गर्दै गुरु पुर्णिामा

नेपाल सितोरियो कराँते संघ नुवाकोट र ब्ल्याक बेल्ट कमिटी नुवाकोटले जिल्ला कराँते प्रमुख  प्रशिक्षक उत्तम राईलाई सम्मान गर्दै शनिबार गुरु पुर्णिामा मनाएको छ । नेपाल सितोरियो कराँते संघ नुवाकोटकाे भवन निर्माण स्थल विदुर - ४ समचाैर नुवाकोटमा विदुर डाेजाेका खेलाडी तथा जिल्लाका विभिन्न डाेजाेका प्रशिक्षकहरुकाे उपस्थितिमा प्रमुख राईलाई खादा, मायाकाे चिनाे तथा सम्मान पत्रले सम्मान गरिएको हाे । नेपाल सितोरियो कराँते संघ बेलकाेटगढी नगरपालिका डाेजाेका प्रमुख प्रशिक्षक एवम् राष्ट्रिय रेफ्रि करण तामाङले अाफ्नाे डाेजाेकाे तर्फबाट जिल्ला प्रमुख प्रशिक्षक राईलाई चियापान समाराेह बिच सम्मान गरेको हाे । साथमा ब्ल्याक बेल्ट कमिटी नुवाकोटले मायाकाे चिनाे सहित सम्मान गरेको छ । करण तामाङ , अमृत तामाङ , पुष्कर मल्ल , देव तामाङ लगायत ब्ल्याक बेल्ट कमिटी नुवाकोटका युनिटले समाराेह अायाेजना गरेको थियोे ।नुवाकोट जिल्लाका कराँतेकाे विकासकाे निमित्त कराँतेकाे अाफ्नै  भवन निर्माण र स्थानीय सरकारसँग समन्वय गरी जिल्लाका विभिन्न ठाउँहरुमा प्रशिक्षण विस्तार गर्नुपर्ने कुरा समाराेहलाई सम्बाेधन गर्ने क्रममा प्रमुख प्रशिक्ष

सुरुदेखि नै नेपाली काङ्ग्रेसको राजनिती यात्रा-प्रतापसिंह लामा

नेपाली कांग्रेस नेतृत्वको सरकार आफ्नो कार्यभार पूरा गर्न सक्षम हुनेछ : प्रतापसिंह लामा, महासमिति सदस्य, नेपाली कांग्रेस प्रताप सिंह लामा नेपाली काँग्रेस नुवाकोटका सक्रिय युवा नेता तथा महासमिति सदस्य हुन् । सामान्य किसान परिवारमा हुर्केबढेका उनी मिलनसार, सहनसील र सबैसंग मिल्न सक्ने स्वभावका हुनुको साथै आफुले आँटेको र जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने गरेको सुनाए । सुरुदेखि नेपाली काँग्रेससंग प्रभावित भई साधारण सदस्यबाट राजनीति सुरु गरेका उनले लोकतन्त्रमा विस्वास राखी निरन्तर देश, जनता र पार्टीको सेवा गर्दै आएको बताउँछन् । राजनीतिमा लाग्ने प्रेरणा मेरो बुबा र जिल्लाको तत्कालिन स्थानीय नेताहरुको प्रभाव र पछि विपी, कृष्ण प्रसाद भटराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला लगाायतलाई पनि बुझने अवसर पाएं । मेरो बुबा दुई पटक वडा अध्यक्ष हुनुभएको थियो । पञ्चायती राजनीतिक परिवारमा हुर्कनु भएको तपाई कसरी कांग्रेस ? साँञ्चै म राजनीतिक सामाजिक पविारमा हुर्के, बढेको हुं । २०३८ सालतिरको कुरा हो साविकको जिलिड ८ नालागाउँमा प्रहरीले एक जना जनताको घरमा गई थाममा बाँधी कृषकको कुखुरा काटेर खाए । त्यसपछि पञ

Sijo Poem By Shreeram Shrestha

Sijo Poem By Shreeram Shrestha|सिजो कविता    -श्रीराम श्रेष्ठ  १, आकाश धमिलिँदै निराशमा तनमन सोचाइ थाँती राख्दा मडारियो इच्छाहरु लियर पीडाको पोको लम्की लम्की हिँडेकाे । २, आउँछ आँधीबेरी नदेखिने बहानामा मनका रहरमा नजिकिँदो लिसोसरि स्वार्थले लत्याएपछि मर्किएको भरोसा । ३, झरीले रुझाउँदा सम्झनाको पर्खाइमा  रोएझैँ झेल गर्ने नक्कलीकाे भरपर्दा बसेथेँ एक्लो जीवन आशा गर्दै जोवन । ४, बिहान चिसो चिसो पानी पर्दा उठिहाले मनले खोजिएको ततोपन सम्झिरहे कफिको चुस्कीले गर्दा अनुभवै फेरियो। ५, इन्द्रेणी परेपछि मोहकता वरिपरि  क्षणिक परिदृस्य टिकाउन सकिँँदैन प्रकृति उपहारमा सौन्दर्य अथाह । ६, पानीको थोपाथोपा महत्त्व छ सधैँभरि अमृत जस्तो मान्छे बाँच्न पनि अति गाह्रो  सुकेछ पानी आउने मुहान पनि गर्मीले । ७, वर्षाको मौसममा गर्मी छर्दा बाँच्नै गाह्रो  बेचैनी  यताउता शीतलता खोजिपस्दा पसिनै पसिना लिई विवशता अँगाल्दै । ८, असिना पर्‍यापर्‍यै चुट्नुसम्म चुटिएछ आपत देखापर्दा ज्यान जाला होसियार  निथ्रुक्क भिजिएपछि सताएछ चिसोले । ९.     धैर्यता टुटेपछि आँखाबाट आँसुझर्छ कोमल हृदयमा क्षणक्षण रामबाण  अँध्यारो जीवन कथा ढोकै

प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ Red Bull बिक्री बितरण गर्ने ब्यक्ति पक्राउ

प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ Red Bull बिक्री बितरण गर्ने ब्यक्ति पक्राउ परेका छन्। मिति २०७६।०३।०२ मा प्रकाशित राजपत्र भाग ५ को सुचना १ को प्रकरण ४ को (ढ) बमोजिम क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (Energy Drinks), Flavoured Synthetic Drinks र यस्तै प्रकारका पेय पदार्थहरुको बिक्रीवितरणलाई पूर्ण रुपमा बन्देज गरिएकोमा काठमाडौंका बिभिन्न स्थानमा रहेका  होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित Energy Drinks Red Bull नेपालमा ल्याई बिक्री बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा मिति २०७८।०४।०५ गते यस महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले काठमाडौंको न्यूरोड, सिनामंगल, पूरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट प्रतिबन्धित निलो कलरको शक्तिबर्धक पेय पदार्थ Red Bull बिक्रीबितरण गरिरहेको अवस्थामा फेला पारी ४ जना व्यक्तिहरुबाट जम्मा २०२ कार्टुन (४८४८ थान)  रेडबुल समेत बरामद गरिएको, बरामद सामाग्री मध्ये ८४ कार्टुन रेडबुल  बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखि जिल्ला सर्लाही हरिपुर न.पा. १ घर भई हाल जिल्ला काठमाण्डौ गोठाटार बस्ने बिरेन्द्र चौधरी

कोन्ज्योसोम१ को भैरब मा.बि मा एक दिने नि:शुल्क स्वास्थ शिवीर सम्पन्न

कोन्ज्योसोम :   बुधबार  तामाङ चिकित्सक समाज र मिस तामाङ बिजेता हरुले ललितपुर को विकट मानिने कोन्ज्योसोम गाउपालिका वडा नम्बर १ को भैरब मा.बि मा एक दिने नि:शुल्क स्वास्थ शिबिर भब्य र सब्य तरिकाले सन्चालन भएको तामाङ चिकित्सक समाज को अध्यक्ष डा. दिल  बाहादुर तामाङ ले जानाकारी गराउनु भयो। तामाङ समाज ले सन्चालन गरिएको स्वास्थ सेवा हरु : १)दन्त सेवा २)हाट्जोर्नी दुखाइ को जाँच ३)बालरोग को जाँच ४)गर्भवती महिलाको भिडियो एक्स-रे ५)साधरण स्वास्थ जाँच कोन्ज्योसोम गाउँपालिकाको वडा नं. १को वडा कार्यालयमा समाजले एकदिने शिबिरको  आयोजना गरिएको थियो । उक्त स्वास्थय शिविरमा तीन  सय भन्दा धेरैले स्वास्थ्य परीक्षणको सेवा पाएकाछन्। कोरोनाको महमारीमा गाउँका दूरदराजमा रहेका बुद्धबुद्धाहरुमा हुने समस्यालाई सहयोग पु¥याउने उद्धेश्यले संस्थागत रुपमा नै गाउँ गाउँमा पुगेर सेवा प्रवाह गरेको समाजको अध्यक्ष तामाङले बताए। कोरोनाको महामारिमा हामीले गाउँको दूरदराजमा रहनुभएका बृद्धबृद्धाहरु र गर्भवती महिला जसले सेवा नै पाईरहेका हुँदैनन्, उहाँहरुको स्वास्थ्य सेवाको लागि थोरैभएपनि सहयोग पु¥याउने उद्धेश्यले सेवा भावले लागिरहे

स्नातक तह प्रथम वर्षको बिधार्थीहरुबाट त्रिविका रजिष्ट्रार कार्यालयमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का स्नातक तह प्रथम वर्षको बिधार्थीहरूले आज सोमबार  १ बजे त्रिविका रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेको छ। त्रिविका बिधार्थीहरू  उपकुलपति कार्यालयमा तालाबन्दी गर्न जादा प्रहरी र त्रिविका पदाधिकारी द्वारा अवरोध गरिरहेका छन्। त्रिभुवन विश्वविद्यालय बल्खुको प. नि. का मा पनि माग पुरा नगरे ताला लाउने दावी गरेका छन्। अहिलेको अबस्थामा भौतिक परिक्षा हामी दिँदैनौ, नो भाक्सिन नो इग्जाम” भन्दै त्रिभुवन विश्वविद्यालयमा बिधार्थीहरूले तालाबन्दी लगाएका छन्। प्रथम बर्षका बिधार्थीहरूद्वारा जारी ज्ञापनपत्रमा भनिएको छ, ‘‘यस कोभिड – १९को परिस्थितिमा त्रिविका बार्षिक परीक्षामा साउन १० गते हुनेमा बिधार्थीहरूको स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने साथै त्रिविका बार्षिक परीक्षाको सम्पुर्ण जिम्मेवारी सम्बन्धित क्याम्पसलाई दिनुपर्छ र क्याम्पसले जुनसुकै माध्यम बैकल्पिक (अनलाइन) अथवा भौतिक समेट्ने हिसाबले लिन सक्ने बनाउनुपर्छ।” पटक–पटक मागको लागि त्रि.विको अगाडि पहल गर्दा पनि पदाधिकारीले कुनै चासो नदेखाउदा आफूहरु तालाबन्दी गर्न बाध्य भएको त्रिविका बिधार्थीले जनाएको छ। ज्ञापन पत्रमा के थ

क्याम्पस प्रमुखलाई माफी माग्न समय सिमा

नुवाकोटको पूरानो क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखद्वारा प्राध्यापकमाथि दुर्व्यवहार भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको पब्लिक क्याम्पस प्राध्यापक संघले आज बिहान करिब ८:५० तिर क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले बिद्यार्थी, कर्मचारी र प्राध्यापकहरु छलफल भैरहदा प्राध्यापकहरुको मान मर्यादा नराखी दुर्व्यहार गरेकोमा खेद प्रकट गरेको छ ।क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष जितेन्द्र अर्याल र प्राध्यापक द्वारिकाप्रसाद पाण्डेमाथि अश्लिल शब्द प्रयोग गर्दै अमानविय ब्यबहार देखाएको ब्लिक क्याम्पस प्राध्यापक संघले अखबार पाटीलाई जानकारी दिएको छ ।बिगतमा पनि यसरी नै  प्राध्यापकमाथि पटकपटक गरिएको दुर्ब्यबहारले सम्पूर्ण प्राध्यापकको अपमान भएको भन्दै पब्लिक क्याम्पस प्राध्यापक संघले खेद प्रकट गरेको हो । पब्लिक क्याम्पस प्राध्यापक संघले जारी गरेको खेद पत्रमा क्याम्पस प्रमुखलाइ श्रावण ५ गते बिहान १० बजेसम्ममा क्याम्पसमा सम्पूर्ण प्राध्यापकहरुको सामु उपस्थिति भै माफी माग्न समय सिमा समेत तोकेको छ । यसी सम्पूर्ण प्राध्यापकको सामु आई माफी नम

२०२०/२१को एसिया अवार्डको हेल्थकेयर र सोसियल कियर अवार्ड डा.दिलबहादुरलाई

मृतक आमाको नाममा सञ्चालनमा रहेको कान्छीमाया तामाङ फाउन्डेसनलाई सामाजिक कार्यमा सफलता पुर्बक भूमिका निर्बाह गर्न सफल भएको छ।उनै सञ्चालक तथा सामाजिक महाभियान्त स्वस्थ्य क्षेत्रमा हरपल हरदम निरन्तर खटिरहनुहुने के रात के दिन भोक प्यास केही भन्दै नभनी सेवामूलक कार्यमा खटिरहनु हुने सबैको आँखा का नानी बन्न सफल डाक्टर दिलबहादुर थोकर तामाङ हुन्।आज त्यसै लगनशील र कोमल मन मस्तिष्कलाई सफलको अर्को सफल मिलेको छ अवार्ड पाउन। कोरोना भाइरस कोभिड-१९ को महामारीका बेला उहाँले आफ्नो गृह जिल्ला लगायत थुप्रै जिल्लाहरुमा राहत वितरण गर्नु भएको थियो।खाद्यान्न सामाग्रीहरुका साथै स्वास्थ सामाग्री लिएर गरिब दिन दुखिका घरदैलोमा मलमपट्टि बन्न ग्न सफल भएका थिए।२०२०/२१को  एसिया अवार्डको हेल्थकेयर र सोसियल  कियर अवार्ड ।आफ्नो आमाको मृतक आत्मा सन्तुष्टिको लागि स्वास्थ्य क्षेत्रमा लामो समयसम्म कार्यरत डाक्टर दिलबहादुर थोकर तामाङ दिन दुखी र गरिबी नागरिकप्रती हरपल सेवारत लागिपरेको छ।कोमल मन हृदयले र धर्मका हिसाबले समेत उहाले आफ्नो क्षमताले भ्याएसम्म साथ सहयोग जुटाउदै सहयोग गरिरहनु भएको छ।उनै सफल सेवारत डाक्टर तामाङ अवार्ड

(सिनास) ले ३५ वर्षपछि ‘नेपाल जर्नल अफ स्ट्राट्रेजिक स्टडिज’ जर्नल पुन: प्रकाशन सुरु

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले ३५ वर्षपछि ‘नेपाल जर्नल अफ स्ट्राट्रेजिक स्टडिज’ जर्नल पुन: प्रकाशन सुरु गरेको छ । अंग्रेजी भाषामा रहेको जर्नलमा नेपाल र चीनको कूटनीतिक सम्बन्धलाई लिएर बृहत् विषय समेटिएका छन् । नेपाल–चीनविज्ञ प्राध्यापकका अनुसन्धानात्मक आलेख, चीनका तीन प्राध्यापकको अनुसन्धान जर्नलमा प्रकाशित छन् । त्यसैगरी गणतान्त्रिक नेपालका राष्ट्रपतिको चीन भ्रमण अवलोकन, चीन नीतिबारे अन्तर्वार्ता र चीनका राष्ट्रपति सी चिङपिङको नेपाल भ्रमण र कूटनीतिक सम्बन्धका बारे सामग्री समेटिएको सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले बताए । ‘सिनास अब नयाँ आयाम लिएर अघि बढेको छ,’ उनले भने, ‘सिनासका तत्कालीन कार्यकारी निर्देशक कुमार खड्गविक्रम शाहले निर्माण गरेको दृष्टिकोणलाई ब्युँताउने प्रयास गरेका छौं ।’ त्यसैगरी, सिनासले पहिलो पटक नेपाली भाषामा ‘नेपाल अध्ययन जर्नल’ पनि प्रकाशन आरम्भ गरेको छ । जर्नलमा गोविन्द टण्डनको ‘भगवान् पशुपतिनाथ, पशुपतिनाथ मन्दिर र पशुपति दर्शन’, ऋषिराम रेग्मीको ‘वेदमा रुद्रका स्वरूप’, लक्ष्मणप्रसाद गौतमको ‘बौ

नेपाल टेलिकम अनलाइनमा आधारित ई–सिम ल्याउने तयारीमा

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले इन्टरनेटमा आधारित सिम कार्ड ल्याउने भएको छ । अहिले प्रयोगमा रहेका चिपमा आधारित प्लाष्टिकबाट बनेका सिम कार्डको विस्थापन गर्दै अनलाइनमा आधारित ई–सिम प्रयोगमा ल्याउन लागिएको टेलिकमले जनाएको छ । ई–सिम कार्ड मोबाइल डिभाइससहित अन्य डिजिटल डिभाइसमा पनि चल्ने खालको हुने बताईएको छ । ई–सिम मोबाइल डिभाइससहित अन्य विभिन्न खालका डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने टेलिकमले जनाएको छ । एक वर्षमा डेढ लाख ई–सिम ल्याईने टेलिकमले आगामी आर्थिक वर्ष २०७८/०७९ भित्रै यो योजनाको कार्यान्वयन सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षमा ८० लाख सिम खरिद गर्ने योजना बनाएको टेलिकमले १ लाख ५० हजार ई–सिम ल्याउने भएको छ । टेलिकमका अनुसार ७५ लाख सिम कार्ड खरिदका लागि टेण्डर भईसकेको छ । नयाँ योजना भएकाले हाललाई १ देखि डेढ लाखसम्म ई–सिम ल्याउन लागिएको टेलिकम स्रोतले बताएको छ । यसका लाथि आफ्नै आधार तयार गर्ने वा बाहिरबाट तयारित प्लेटफर्म खरिद गर्ने भन्ने विषय हाल छलफलकै क्रममा रहेको टेलिकम बताउँछ । प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी अबको प्रविधि अनुसारको ई–सिम मोडलमा टेलिकमलाई लै

मान्छे हराएको सूचना

भक्तपुर।काभ्रेको सागा निबासी बर्ष २६की सबिता खड्का(तामाङ्ग)भक्तपुरबाट गत असार २५गते गतेदेखि परिवारसंग सम्पर्क बिहिन हुनुभएको पारिवारिक श्रोतले जनाएको छ । करिब ५ फिट अग्ला गहुँगोरो रङ्ग भएकी खड्का हालसम्म पनि घरपरिवारसगँ सम्पर्क नभएको कारण घर परिवारमा निकै ठुलो पीडा भएकोले उहाँलाई कहिँ कतै कसैले भेट्नु भयो भने नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८०३०७०७८३ , ९८१८७७५४०८ , ९८१८८७६३७१ मा सम्पर्क गरीदिनुहुन पारीवारीक श्रोतले अनुरोध गरेको छ ।

भानु जयन्ती , पुरस्कार र बागलुङ यात्रा - श्रीराम श्रेष्ठ

आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा  बागलुङ जाने अवसर जुरेको थियो । यो अवसर जुराइदिएको थिए– धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले । नेपाली भाषा–साहित्य तथा भाषिक संस्कृतिका संवाहक, भावनात्मक एकीकरणका नायक आदिकविको जन्मजयन्तीका अवसरमा जुरेको यो यात्रा आफैँमा आनन्ददायक थियो । आत्मिक थियो । प्रेमिल थियो । धौलागिरि साहित्यि प्रतिष्ठानले भानु जयन्तीको उपलक्ष्य पारेर नेपाली भाषा–साहित्यमा उल्लेखनीय योगदान दिने स्रष्टालाई ‘बम–सरस्वती स्मृति पुरस्कार’द्वारा सम्मानित गर्ने गरेको रहेछ । सो प्रतिष्ठानले मलाई चयन उक्त सम्मान ग्रहण गर्न निम्ता गरेको हुनाले म सपरिवार बागलुङ पुगेँको थिएँ । काम विशेषले म काठमाडौँ गएको थिएँ । काठमाडौँबाट नुवाकोट अर्थात् घर फ्रर्कने क्रममा स्थानीय लिखु गाउँपालिकाको छहरे बजारमा चिया पिइरहेका बेला मोबाइलको रिङ बज्यो । यसो हेरेँ नौलो अर्थात् नचिनेको नम्बर । फोन रिसिभ गरेँ । धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङका अध्यक्ष काजीरोशनको फोन रहेछ । उहाँले आफ्नो संस्थाको परिचय दिनुभयो र ‘बम–सरस्वती स्मृति पुरस्कार–२०७६’ मलाई प्रदान गरिने निर्णय भएको जानकारी दिँदै पुर

सरकारले भोलिदेखि खोप अभियान संचालन गर्ने

काठमाडौं । सरकारले भोलिदेखि खोप अभियान संचालन गर्ने घोषणा गरेको छ । चीनबाट खरिद गरिएको ४० लाखमध्ये १० लाख डोज भेरोसेल र अमेरिकाबाट अनुदान प्राप्त १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आइपुगे लगत्तै सरकारले खोप अभियान घोषणा गरेको हो । सोमबार स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि भेरोसेल खोपलाई ५५ वर्ष माथिका नागरिकलाई लगाउने र जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई लगाउने निर्णय गरेको हो । भेरोसेल खोप ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लाउन बाँकी नागरीकलाई लगाइने भएको छ । जोन्सन एन्ड जोन्सन खोप भने ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपांग भएकालाई, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई लगाइने भएको छ । खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।

सिजो-श्रीराम श्रेष्ठ- साहासी गोर्खाली वीरतामा रमाउँदा…🖊️

सिजो श्रीराम श्रेष्ठ  १, रातमा पढ्दा पढ्दै कति खेर निदाउँछु यसरी दिनचर्या बित्ने भयो सधैंजसो सोच्दछु कहिलेकाहीँ भाग्यले नै लत्यायो । २, राखेथें तिमीलाई आफ्नै ठानी किनारामा विश्वास गरी हेर्दा धोका पाए तिमीबाट बाँचिन्छ छोटाे समय निराश भो जीवन । ३, हरियो बगैंचामा सजिएकि प्रियतमा नाइटो देखिएर उन्मत्तमा बैँसहरू समाल्नै गाह्रो भएछ यौनक्रिडा देखिंदा । ४, साहासी गोर्खाली वीरतामा रमाउँदा विदेशी भुमी चुम्दै लड्दैपड्दै अघि लाग्दा नेपाली गौरवगाथा राखेकोमा सलाम । ५, पत्थर जस्तो मन लिई हिंड्दा आँत्तिएछु मनमा कौहुलता सधैं जसो छटपटी सहन गार्‍हो पर्दामा आफैंलाई भुलेछु । ६, जाँगर चलाउँदा खुशीमय पलहरू आत्तियो क्षणभर पीडादायी दिनदेखि समाल्नै नसक्दा पनि गन्जागोल सोचाई । ७, भाँचियो मनमुटु विश्वासमा घात हुँदा  शङ्कालु सोचाइले चिप्लिएर लडे ओडारमा मित्रता टाडिएपछि  हुने भयो खरानी ।  ८, मनका ब्यथा टार्न खोज्दाखोज्दै आँत्तिएछु बिर्सन नसकिने आँखा भित्रै टाँसिएछ भुलले गरेको गल्ति पश्चाताप् मा अल्झदै ।  ९, गन्तव्य चुम्नलाई गर्नुपर्छ मेहनत दोधारे भएपछि बिग्री हाल्छ मनैपनि  समय गतिशीलता बुझ्नुपर्छ आफैंले ।

गजल-भगवती खनाल`सुनाखरी´मुटु किन्न मुटु चाहिन्छ…

भगवती खनाल `सुनाखरी´ •गजल• १.भन्थे पहिला नेपालमा सज्जन वीर छन। लाग्छ अहिले माटाेको गुण खै कसरी तिर्छन्।। सत्य छैन जस्तो लाग्छ त्याे झुटले ढाक्या देख्दा। यहाँ आमाकाे छाति पनि त छुरि झिकि चिर्छन्। आफ्नाे कस्लाई भन्ने हाे र लौ पैसा देखेपछि । मान्छे अमृत छाडेर किन नालिभरि गिर्छन्।। असल हुन भन्दा नी वाहवाह राेज्छ काेही। त्यसैले सज्जन भन्दा फटाहाकाे नाम भिर्छन्।। २.तिमीलाई यो  दिलमा राख्छु भन्दाभन्दै खस्न खाेज्छौ। किन प्रिय माया गर्दा मुटुभित्र छुरा धस्न खाेज्छौ।। हजार फूल  त्यो फुलेको छ पिटि फाले पाप लाग्छ। तर तिमी काेपिलाहरुकाे गलाहरु कस्न खाेज्छौ।। उज्यालो ती जुनभरि सारा सन्सार रमाइलो छ। सत्य छाडि सारा झुटमा के गर्नलाई पस्न खाेज्छौ।। ३. हारे पनि जिन्दगीमा जितेँ भन्नुपर्ला अब। चोटैवाट धेरै कुरा सिकेँ भन्नुपर्ला अब।। आफ्नै निधारको  थोरै त्यो भाग्यहरु मेटेर। हाँस्दै आँसु आँखा बाट झिकेँ भन्नुपर्ला अब।। मुटु किन्न मुटु चाहिन्छ भन्ने पनि हो उता। कसोगरी पैसामै पो बिकेँ भन्नू पर्ला अब।। मेरो हजुर सारै सिधा भन्नू हुन्थ्यो उहाँले । कस्ले गर्दा छुरा हान्न सिकेँ भन्नुपर्ला अब।। आगो पानी भए त जलाउँदैन

डा.दिलबहादुरको पहलमा विभिन्न ६ जिल्लामा कोरोना स्वास्थ्य सामाग्री वितरण

डाक्टर दिलबहादुर थोकर तामाङको विशेष पहलमा बोधिसत्व बिहारको सहयोगबाट प्राप्त ७ वटा  Oxygen  concentrator र ४ वटा मेडिकल सेटहरुमा मध्ये हुम्लाको लागि Oxygen  concentrator-१ , गुल्मीको लागि Oxygen  concentrator-१ ,ओखल्ढुंगको लागि Oxygen  concentrator-१ ,बाग्लुंगको लागि Oxygen  concentrator-१ र मेडिकल सेट बितरण गरिसके उहाले  बताउनुभयो।बाकी रहेकोे स्वास्थ्य सामाग्रीहरुमा नुवाकोट बेलकोटगढि नगरपालिकाको लागि Oxygen  concentrator-१ वटा , महाभारत गाउपालिकाको लागि Oxygen  concentrator-१ with medical set र डि. सी .डब.लु.सामुदायिक अस्पतालको लागि Oxygen  concentrator-१ with medical set चाडै नै बितरण गर्ने समेत डाक्टर तामाङले जानकारी दिएको छ।उक्त स्वास्थ्य सामाग्रीहरु उपलब्ध गरेकोमा Supreme Master,  Tzu Chi Foundation र  Boddhisatva vihara प्रती डाक्टर  दिलबहादुर थोकर तामाङले धन्यवाद व्यक्त गरेको छ।

तामाङ चिकित्सक समाज र मिस तामाङ बिजेता समाजको संयुक्त आयोजनामा स्वास्थ्य सामाग्री वितरण

तामाङ चिकित्सक समाज   र मिस तामाङ बिजेता समाज को संयुक्त आयोजनामा भएको हो।उक्त कार्यक्रममा गर्भवतीको भिडियो एक्स -रे  जाच , यनटिजेन किट टेस्टिङ्ग, नि:शुल्क स्वास्थ्य परिक्षण साथै  स्यानिटरी प्याड र personal hygiene किट बितरण वितरण गरिएको थियो।कार्यक्रमलाई भव्य र सब्य साथ सम्पन्न गर्न मेघाङ गाउँपालिकाका अध्यक्ष्य, उपाधक्ष्य, वडा अध्यक्ष्य र सामरी  स्वास्थ्य चौकी लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उक्त कार्यक्रममा २०० जना बिरामीहरुको स्वास्थ्य परिक्षण, ७० जना गर्भवती महिलाहरुको भिडियो एक्स-रे गर्नुको साथै स्यानिटरी प्याड र personal hygiene kits बितरण गरिएको थियो |कार्यक्रमको सहयोगी दाताहरु, नेपाल तामाङ घेदुङ र बोधिसत्व बिहार प्रति तामाङ चिकित्सक समाज नेपाल र मिस तामाङ बिजेता समाजले धन्यवाद व्यक्त गरेका छन्।आगामी दिनहरूमा पनि यसैगरी सहयोगी दाताहरुका साथ सहयोगमा सहकार्य गर्ने मौका तामाङ चिकित्सक समाज  र मिस तामाङ बिजेता समाजलाई सहकार्य गर्ने मौका मिलिरहुन् शुभकामना।

हाइकु-श्रीराम श्रेष्ठ-बैँसको माया…

हाइकु श्रीराम श्रेष्ठ  १, बैंसको माया एक्लो बस्दाको क्षण  आलो सपना । २, रहर जाग्यो अठ् यार बसेको मन नै पापी । ३, मौका मिलेछ छोएको मात्र थिथो लिसो टासेछ । ४, मध्यरातमा  सम्झनाले तर्सायो ब्यर्थै जीउनु । ५, मीठो बोलिमा नजिक पर्दा पर्दै पारेछ खोक्रो । ६, मित्र सम्झेर दिल दिए सदैव भएछ गल्ति । ७, झुठो बोलिमा अडिन गार्हो पर्दा लाज टिकेन । ८, आफू जलेर तिमीलाई बचाएँ स्वार्थी संसार ।

यूएईमा कार्यरत डाक्टर रविन्द्रकुमार यादवले पाए यूएईको गोल्डेन भिसा

यूएई - यूएईमा कार्यरत डाक्टर रविन्द्रकुमार यादव यूएईको गोल्डेन भिसा पाउने पहिलो नेपाली नागरिक बन्नुभएको छ । आठ वर्ष पहिलेबाट यूएईमा कार्यरत विराटनगरका डाक्टर यादवले यूएईले प्रदान गर्न सुरु गरेको सुनौलो भिसा अन्तर्गत १० वर्षे गोल्डेन भिसा मङ्गलवार पाउनु भएको हो । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले गएकाे केही महिनादेखि विशेष व्यक्ति र पेसामा आबद्ध गैर नागरिकहरुलाई गोल्डेन भिसा दिन सुरु गरेको छ । यूएईले डाक्टर, शिक्षक, शिक्षिका, वैज्ञानिक, व्यावसायिक व्यक्तित्व, कलाकार तथा यूएईलाई विशेष योगदान दिँदै आएका व्यक्तिलाई गोल्डेन भिसा दिन सुरु गरेको हो । सन् २०१३ मा यूएईको अलएनको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुभएका डा. यादव अहिले आबुधाबीको रिम आइल्यान्डमा रहेको बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जबाट एमबीबीएस उत्तीर्ण गर्नुभएका डा. यादवले बनारस हिन्दु युनिभर्सिटी बारानासी भारतबाट एमडी गर्नुभएको छ । काठमाण्डौको नोबेल मेडिकल कलेजमा मेडिकल सहायक निर्देशकको रुपमा काम गरिसक्नु भएका उहाँले सन् २००२ मा यातना

अबिरल बर्षाका कारण राजधानी काठमाडौ समेत डुबानमा

काठमाडौ । जारी अबिरल बर्षाका कारण राजधानी काठमाडौ समेत डुबेको छ । मनसुनी वायुको सक्रिय प्रभाव अनि तराई क्षेत्रनजिक मनसुनी न्यून चापीय रेखा रहेकाले काठमाडौं उपत्यकासहित देशभर वर्षा निरन्तर जारी छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भारी बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदलीको अवस्थामा छ । उपत्यकाका माझबाट बग्ने खोलाहरू उर्लिएका छन् । बागमती, बिष्णुमती, धोवीखोला, हनुमन्तेले उग्र रुप लिइरहेका छन् । आज काठमाडौं उपत्यकाको जमल, कुपण्डोल, कालीमाटी, सानेपालगायत क्षेत्रमा जलमग्न भएको छ । त्यहाँ देखिएका यो तस्बिर हेर्नुहोस् । मौसम विश्लेषण (Meteorological Analysis) देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थ