Skip to main content

स्नातक तह प्रथम वर्षको बिधार्थीहरुबाट त्रिविका रजिष्ट्रार कार्यालयमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का स्नातक तह प्रथम वर्षको बिधार्थीहरूले आज सोमबार  १ बजे त्रिविका रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेको छ। त्रिविका बिधार्थीहरू  उपकुलपति कार्यालयमा तालाबन्दी गर्न जादा प्रहरी र त्रिविका पदाधिकारी द्वारा अवरोध गरिरहेका छन्। त्रिभुवन विश्वविद्यालय बल्खुको प. नि. का मा पनि माग पुरा नगरे ताला लाउने दावी गरेका छन्। अहिलेको अबस्थामा भौतिक परिक्षा हामी दिँदैनौ, नो भाक्सिन नो इग्जाम” भन्दै त्रिभुवन विश्वविद्यालयमा बिधार्थीहरूले तालाबन्दी लगाएका छन्।

प्रथम बर्षका बिधार्थीहरूद्वारा जारी ज्ञापनपत्रमा भनिएको छ, ‘‘यस कोभिड – १९को परिस्थितिमा त्रिविका बार्षिक परीक्षामा साउन १० गते हुनेमा बिधार्थीहरूको स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने साथै त्रिविका बार्षिक परीक्षाको सम्पुर्ण जिम्मेवारी सम्बन्धित क्याम्पसलाई दिनुपर्छ र क्याम्पसले जुनसुकै माध्यम बैकल्पिक (अनलाइन) अथवा भौतिक समेट्ने हिसाबले लिन सक्ने बनाउनुपर्छ।” पटक–पटक मागको लागि त्रि.विको अगाडि पहल गर्दा पनि पदाधिकारीले कुनै चासो नदेखाउदा आफूहरु तालाबन्दी गर्न बाध्य भएको त्रिविका बिधार्थीले जनाएको छ।
ज्ञापन पत्रमा के थियो?

श्रीमान परीक्षा नियन्त्रक ज्यू,
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर
काठमाडौँ,
विषय: त्रिभुवन विश्वविद्यालय विद्यार्थी अनुत्तरदायी भएको खण्डमा
नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अहिले देशमा भएको विषम परिस्थिति महामारी र लकडाउन परिस्थिति बारे ज्ञात हुँदा हुँदै विश्वविद्यालयले कुनै विदेशमा रहेको विदेशी विश्वविद्यलय जस्तो व्यबहार देखाई विद्यार्थीहरूको स्वास्थ्य रक्षा माथि कुनै ध्यान नदिई उदारता नदेखाई आफ्नो अनुकूलता लाई प्राथमिकता राखी समयानुकूल चल्न नसकी परीक्षा को तालिका सार्वजनिक गरेको छ! तोकिएको तालिका अनुसार परीक्षा दिन हामी तयार छैनौं! हामीले २०७८/०३/२३ मा तोकिएको तालिका अनुसार परीक्षा गराउन र विद्यार्थीको जिम्मा लिन अनुरोध सहित निवेदन पेश गरेका थियौं! तर हाम्रो अभिभावकत्व संस्था बाट कुनै जानकारी प्रस्तुत हुन नसकेको अवस्था छ! विश्वविद्यालयले विद्यार्थीमा सिर्जित प्रश्नको उत्तर दिन जरुरी माग गर्दछौ र उत्तर दिनुपर्ने हुन्छ!
१) आफ्ना कर्मचारी र शिक्षकलाई खोप लगाएर सुरक्षित गराउने तर शैक्षिक संस्थामा अध्यनरत विद्यार्थीहरुलाई कोरोनाबाट सुरक्षित गराउनु पर्छ कि पर्दैन? त्यो नसोच्ने? विद्यार्थी लाई खोप खोइ?
२) सरकारले जारी गरेको निषेधाज्ञा पूर्ण रूपमा खुलिसकेको छैन! आन्तरिक विमान सञ्चालनमा आएका छैनन्! यस्तो अवस्थामा गाउँघरमा फर्किएका विद्यार्थी कसरी आफ्नो क्याम्पसमा पुग्न सक्छन्? यदि सबै बिद्यार्थी सँग विमान चढ्ने पैसा हुन्थ्यो भने उसले केही रकम थपेर घरमै नेट जडान गर्न सक्थ्यो! अनलाइन माध्यमद्वारा परीक्षा लिएको भए भइहाल्थ्यो किन नलिएको?
३) जिल्ला भित्रका सवारी साधन सञ्चालमा आएको भन्दै विद्यार्थीलाई पायक पर्ने भनी जिल्लामा(प्राय:) एक एक केन्द्रको विकल्प दिइएको छ! विश्वविद्यालय लाई सबै जिल्ला काठमाडौं, भक्तपुर,ललितपुर जस्तै लागेको हो? की विद्यार्थी समस्या ध्यान नदिई वेवास्ता गरेर आफ्नो औपचारिकताका मात्र पूरा गर्न खोजेको हो ? की ६० किलोमीटर चिप्लो बाटो हिड्नुपर्ने  केन्द्रलाई पायक भनेको हो? यदि पायक पर्ने केन्द्रमा भएपनि एकमहिना कोठा लिएर बस्नु पर्छ भने पायक भनिएको केन्द्रको अर्थ के? यो शब्द फिर्ता लिनु पर्यो! विद्यार्थीहरु ६ घण्टा हिँडेर आफ्नो केन्द्रमा पुग्न सक्दैनन् भने परीक्षा दिन कसरी सम्भव भयो?
४) विद्यार्थीलाई परीक्षा सुरक्षित हुन्छ भनेर अहिले सम्म आश्वाथ पार्न नसकेको ? कोरोना संक्रमित विद्यार्थीले परीक्षा गुमाउनु पर्ने हो?यसबारे अहिले सम्म विकल्प खोजी किन नभएको?
यदि त्रिभुवन विश्वविद्यालय बिना सुरक्षा लिँदै परीक्षा मार्फत कोई संक्रमित भएमा ,उसको परीक्षा असर पर्न गएमा अझ भनौं ज्यान नै तलमाथि पर्न गएमा तेस्रो लहरको कारक तत्व बनेमा यसबारे त्रिभुवन विश्वविद्यालय जिम्मेवार हुने की नहुने? कोरोनाको कारणबाट विद्यार्थीको ज्यान गएमा विद्यार्थीको बीमा खोइ?
५) सिसीएमसी भनेको उपत्यका भित्रलाई मध्यनजर गर्ने संस्था हो? उपत्यका बाहिर सीसीएमसीले  मध्यनजर गर्नु पर्दैन? धेरै विद्यार्थी उपत्यका बाहिर छन्! विभिन्न जिल्लामा लकडाउन पूर्ण रूपमा थपिएको छ ती जिल्ला भित्र बस्ने विद्यार्थीले परीक्षा दिन पाउने कि नपाउने? त्यसको विकल्प खोइ?

यस्ता गम्भीर  प्रश्नमा त्रिभुवनविश्वविद्यालय मौन रहेको अवस्था छ! यस्तो विषम परिस्थितिमा विश्वविद्यालयले जिम्मेवारी र जवाफदेहिता बहन नगरी परीक्षा गराउन तर्फ सक्रिय छ! विद्यार्थीहरुलाई सम्पूर्ण स्वास्थ्य सुरक्षाको  प्रत्याभूति दिलाउनुपर्दछ! सहज वातावरण तय गरेर अहिले विषम परिस्थिति को कारण आफ्ना  आंगिक क्याम्पसहरुलाई परीक्षाको पूर्ण रूपमा जिम्मा दिई आफु र विद्यार्थीलाई सहज वातावरण बनाउन सक्नु पर्दछ!
त्यसपछि मात्रै हामी तोकिएको तालिका अनुसार परीक्षा दिन तयार छौ! नत्र भने त्रिभुवन विश्वविद्यालयले गराएको जोखिमको परीक्षा दिन तयार छैनौं।

Comments

Popular posts from this blog

नुवाकोटको बेलकोटगढीमा भेटिए जग खन्दा पुरात्विक संरचना

बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...

बेलकोटगढीको मेयरमा हिरा पाण्डे लामाको दाबी

बेलकोटगढी।सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दल नेपाली कांग्रेसले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको बेला बेलकोटगढी नगरपालिका वडा नम्बर ६ कि युवा नेता ,निडर र शाहासिक महिला हिरा पाण्डे लामाले आफ्नो मेयर टिकेट दाबी गर्ने भएको Diyale News सङ्ग कुराकानीमा बताउनु भयो।लामा नेपाली कांग्रेस महिला बिभाग प्रमुख जिल्ला  सदस्य साथै  पुर्व महिला बिभाग सम्योजक समेत हुन्।  

तामाङ चिकित्सक समाज नेपालद्वारा निशुल्क स्वास्थ्य सेवा सञ्चालन।

तामाङ चिकित्सक समाज नेपाल, नेपाल तामांग घेदुङ्ग र बोधीसत्व बिहार र जनता समाज युबा संघको  संयुक्त आयोजनामा स्वास्थ्य चेक जाँच कार्यक्रमका साथै होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन  टेस्टिङ  साथै स्वास्थ्य सामग्रीहरु बितरण गरेका छन्।  पहिलो दिनको कार्यक्रम मिति: २०७८ साल जेठ २६ गते सैलुङ  गाउपालिका, भुरुङ गाउँ , वार्ड ३, दोलखामा गरिएको थियो।जस अन्तर्गत ५७ जनामा बिरामीहरुमा एनटिजेन कीट टेस्ट गरिएकोमा ३ पोजिटिभ देखिएको थिए।कार्यक्रम पश्चात् बिरामीहरुमा मनोबल बढाउने उदेश्यले जनतामुलक सन्देश र स्वस्थ्य परामर्श समेत दिएका थिए। दोस्रो दिनमा सैलुङ गाउँपालिका ,भैसे गाउँ , वार्ड ८, दोलखामा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म ४१ जना बिरामीको एनटिजेन कीट टेस्ट गरिएकोमा ११ जनाको पोजेटिभ देखिएको हो।समयको अभावको कारण बिरामीको परिक्षण नभ्याएको भन्दै स्थानीयका अनुरोधमा  कार्यक्रम एक दिन थप गरि भैसे गाउँ , वार्ड ८मा पुनः तेस्रोदिन कार्यक्रम  सञ्चालन गरिएका थिए। उक्त कार्यक्रमको बिछ स्वस्थ्य  सामाग्री वितरण समेत गरिएको थियो।जस अनुसार स्वास्थ्य साम...

नेपाली काङ्ग्रेस बेलकोटगढीबाट उपमेयरको लागि तामाङको उम्मेद्बारी दाबी

बेलकोटगढी-डिलबहादुर लामा। चुनावी माहोल तात्दै गर्दा विभिन्न पार्टीको कार्यकर्ताहरुद्वारा पार्टीभित्र उम्मेदवारीको दाबी गर्ने क्रम बढिरहेका छन्।त्यस्तै आउने बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिकाबाट  सुनिमा थिङ तामाङले पनि उप मेयरको उम्मेदवारी दाबी गर्ने भएको छ।युवा जोस ,जागर र  पार्टीमा निरन्तर सक्रियता रहेका उनी अबको स्थानीय निर्वाचनका लागि उम्मेद्बारी दाबी गर्दै गरेको उहाँले बताउनु भयो।उहाँ आजको युगले खोजेको शिक्षित उम्मेदवारको मध्ये एक हुन्। बेलकोटगढी-६ गैराघर,नुवाकोट माइतीघर रहेका तामाङ सोही ठेगानाका ४ नम्बर स्थायी बासिन्दा समेत हुन्।उनको शैक्षिक योग्यता भने व्यवस्थापन संकायमा दस जोडा दुई (१०+२) उतिर्ण रहेको छ।समाजसेवा गर्दागर्दै राजनीतिमा प्रवेश गरेको ऊनी विभिन्न संघ संस्थाहरुमा आबद्ध रहि सामाजिक कार्यहरु धेरैमा अग्रसर रहि आएका छन्।२०७२ सालको महाभुकम्पको चपेटामा परेको समयमा समेत नागरिकहरुलाई राहत वितरण कार्यमा महत्वपूर्ण भुमिका निर्बाह गरेकी थिइन्।उनलेे लामो समयसम्म सामाजिक परिचालिकाको रूपमा एउटा जनप्रतिनिधिको भुमिका बहान गर्दै आए...

बेलकोटगढी-४का विभिन्न पार्टीका युवाहरु धमाधम काङ्ग्रेसमा प्रवेश

बेलकोटगढी।नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, प्रतिवान नेता एवम् माननीय संघिय सांसद  बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा बेलकोटगढी -४ नेपनेमा आज वडाबासीहरुसङ्ग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।लामाद्वारा हाल कोरोना भाइरस कोभिड १९ को महामारीको विषम् परिस्थितिमा पनि नुवाकोटका बेलकोटगढी ४ नेपनेमा वडाबासीहरुसङ्ग भेटघाट र  आउदै गरेको दशै तिहार तथा छठ लगायतका नेपालीहरुको महान पर्वहरुको  शुभकामना आदन प्रदान  गर्ने कार्य भएको हो। उक्त कार्यक्रममा स्थानीयहरुको उल्लेखनिय उपस्थित रहेका थिए।कार्यक्रममा साविकको  दुईपिपल गाउँ विकास समितिका पुर्व अध्यक्ष इन्द्र लामा,युवा तथा समाजसेवी शेरब लामा,प्रकाश रिजाल,सोनम लामा,वडा नम्बर ४का नेपाली काङ्ग्रेसका सभापति लक्ष्मण तामाङ,प्रत्याशी नगर प्रमुख यादव नेपाल, साबिकको दुईपिपल गाउँ विकास समितिका नेपाली काङ्ग्रेस पार्टी सभापति  मदन भुजेल,युवा तथा समाजसेवी रामचन्द्र लामा,बाबुराम तामाङ,प्रेम तामाङ ,लगायतका  उपस्थित रहेका थिए।सोही कार्यक्रमको बिच राप्रपा,पु...