Skip to main content

Posts

Showing posts from November, 2020

कटौता-पुष्कर लोहोनी

 कटौता - पुष्कर लोहनी  १, घचेडी दियौ आँखामा आँखा च्याप्दै जमाएको पानीमा । २, धकेली दिँदा थकाउने पहाड  बजारियो खोंचैमा । ३, फुर्किने काग रुप बदल्दै छिर्ने ठुङ्ला है छोपिहाल । ४, अँध्यारो कोठा बढार्दा छिर्ला भित्रै कुचोसँगै लक्ष्मी नै । ५, तातो फलाम जमेको चिसो हिउँ  भेट मै पग्लिहाल्ने । ६, घचाडी दिँदा आँखाभित्रै डुबेछ जोगाएको माया त । ७, मन्दिर छिर्दा ढक्किभरि सपना  फर्कदा रगताम्य । ८, बाल्न खोजेको दीयो नै घोप्टिएछ भुइँ नै भिजाउँदै । ९, सुँघेको मात्र  फुलेको रातो फूल  ओइलाएको रस ।

सिजो कविता - श्रीराम श्रेष्ठ

 सिजो कविता    - श्रीराम श्रेष्ठ  १, राखेर तिमीलाई मुटुभरि सजायथेँ सम्झेथेँ विश्वासले आस्था निभ्न कहाँ देला आखिर लत्याइहाल्यौ दोबाटोमा एक्ल्याई । २, लेखेर चिठ्ठीपत्र उनीलाई पठाइयो बौलाह जस्तै भएँ तिनलाई सम्झिएर ब्यर्थको मुडे अडान देख्दादेख्दै जाकियो । ३, मायालु तिम्रो रुप हेर्दाहेर्दै लोभिएछु प्रस्ताव राख्नलाई आँट गर्दै लम्किएको मनको चाहनालाई बुझिदिँदा अनौठो । ४, तस्विर पल्टाउँदा झलझली आँखाभरि सकिनँ पन्छाउन गरेकी थ्यौ रुवाबास बाध्यता आफैं बोकेर टाढासम्म पुगेथें । ५, सोचेको माया जति घोप्टाउन सकिएन नजिक हुँदाखेरि आँखा पनि टाढा भयो  मनको पोको फुकाउँ भन्दा आफै चुँडितो । ६, इसारा बाटो बन्यो तिमीसँग भेट गर्न मनको सपनाले डोर्‍याउला तिमीलाई  तिमीले बिँउझाउँदा न्यानो घाम भागेछ ।

तान्का-श्रीराम श्रेष्ठ

 तन्का १, सुखा बगर पानी तिर्खा लाग्दामा पिएँ पसिना इज्जत जोगाउन कसिएछ पटुका । २, वरपिपल  गर्मीले सताउँदा प्रकृति देन लोभि नजर पर्दा मासिएछ चौतारो । ३, बादल लाग्यो चट्याङ बजारिदा मानव हत्या बौलाएछ प्रकृति  मान्छेमा रुवाबासी । ४, मौलिक हक कागजमा सीमित  के के हो तन्त्र  राजनीति आडमा गर्‍यो बल मिच्याई । ५, खोलाको पानी  तर्नलाई मुश्किल आँटिलो मन दह्रो खुट्टा टेकेर चल्नखोज्छ अगाडि । ६, पोखरी भित्र  गुम्सिएको पानीले गनायो माछा स्वादै नभएपछि  वान्ता गर्दै छादेको ।

करण तामाङ घ्लान "सायर"काे जापानी नयाँ डाेडाेइट्सुहरु नेपाली भाषामा

 करण तामाङ घ्लान "सायर"काे जापानी नयाँ डाेडाेइट्सुहरु नेपाली भाषामा  एक ) नबुझेर शेरेले घमण्ड हाे मृत्यु  मपाई चलाउँदै  बेलाबेलामा । दुई ) परदेशी मायालु  मुटु भित्र पसेर मच्चायाे हलचल  रच्दै कहानी । तीन) अँध्यारो काेठा भित्र  मायाकाे साइनो  हलचल बिस्तारै  राेपेछ बीउ ।  चार) बिहानीकाे क्षितिज  मुस्कानले स्वागत  नयाँ उत्साह देख्ने  तेज दिमाग ।

सिजो कविता - श्रीराम श्रेष्ठ

 सिजो कविता  - श्रीराम श्रेष्ठ  १, लिएर चोखो माया तिमीलाई साच्दै राखे निष्ठुरी बनेपछि एकलव्य बुन्दै गए मनमा सपना  बुन्दै कुर्दै बसेँ टोलाई । २, सम्झेको तिमीलाई मध्यरात आफ्नै ठानी बिर्सन नसकिने भएपछि आफै एक्लै यौवन साटासाटमा तिम्रो माया मात्तेछ । ३, सुन्दर उपहार उनीलाई साचिराखे अडिग पार्दै मन खुसी साट्दै बाँच्दै थिए  समय अपत्यारिलो निम्त्याएछ सुनामी । ४, सम्झेको तिमीलाई आफ्नो मान्छे दिलैदेखि एक्लैले चाहँदामा पूरा हुन्न मनोइच्छा बुझेर बुझ पचायो आफै पर्‍यो फन्दामा । ५, राखेथेँ तिमीलाई आफ्नै ठानी किनारामा विश्वास गरी हेर्दा धोका पाएँ तिमीबाट बाँचिन्छ छोटो समय सम्झिएर जीवन । ६, दिलको कुरा सुन्ने माया आफ्नो टाढा भयो लिलाम बिक्री हुँदा दोबाटोमा माया फस्यो कसरी भरोसा गर्ने आफैसँग टाढिने । ७, हृदय कोमलता जित्नुपर्छ माया गर्दै गरेर बलजफ्ती मूर्खतामा फसेपछि तोडिन्छ माया ममता सिसाजस्तै चर्केर ।

तान्का-श्रीराम श्रेष्ठ

तान्का-श्रीराम श्रेष्ठ  १, चुचोको डाँडो हावा चल्यो बेसरी  थामिन गाह्रो  विचार पुर्याउँदै जोड्नुपर्छ गन्तव्य । २, अम्बाबासमा आँखा चिम्लि पिएको भागेछ डर पिउँदामा फ़ुर्तिलो  मात्तिएछ समय । ३, चर्केको घाम पसिनाले निथ्रुक्क थाकेको मन खोजेको शितलता गन्तव्य मरुभूमि । ४, बसन्त ऋतु दल्नुसम्म दलियो फागु पूर्णिामा  खुशियाली उमङ्ग प्रकृति जोगाउँदै । ५, सेतो हिमाल  आफ्नै आँखा टाँसिने मोहक दृश्य  प्राकृतिक सम्पदा  देशको पहिचान । ६, सुन्दर दृश्य  क्यानभासले छुँदा बिद्रम गाउँ एकोहोरो हेर्दामा लागेछ स्वर्ग जस्तो ।

चोका कविता -पुष्कर लोहनी

 चोका कविता  -पुष्कर लोहनी  भेटै भएन आएको थाहा पाएँ गइछौ तिमी  गणेश नै छाडेर कुन्नी कहिले  कोसँग प्रिति बस्यो थाहा भएन याद आइरहन्छ झझल्को मात्र केको लागि छाडेको आकाशे रङ सपनामय आँखा सम्झिएपछि  माया बस्दो रहेछ छोएपछि त आकाश पनि खस्छ सम्झेको थिएँ  इतिहास भत्केछ एउटा चिनो तिमीले आफ्नै मार्‍यौ तल कोठामा  वास पाएको बेला रातभर नै बिहानीपख हेर्दा बिर्सन खोज्छु तिमी पो च्यापिएकी मुन्टोले पोल्छ सपना नै भिजेको खाल्डो भासिँदा ठाउँठाउँमा टाटो  जिस्किनेले जिस्किए ।

तान्का-श्रीराम श्रेष्ठ

 तन्का - श्रीराम श्रेष्ठ  १, माया जोडियो खुशी सबै तानियो नक्कली खुशी  चञ्चले भइदिंदा पीडाको थुप्रै थुप्रो । २, नक्कली हाँसो समस्या आइपर्दा चिनिन्छ मान्छे  सुखमा साथ दिने दु:खमा भागी जाने । ३, पानको पात चिप्लेकिरा टासिँदा परेछ प्वाल खोजेको लाज ढाक्न निहुरिदै हिँडेको । ४, झिंगा बनेर दु:ख दिन खोजेको ज्यानै धराप रिसराग उम्रदा पोखरी नै भासिन्छ । ५ तित्रा बासेछ ठूलो ठूलो स्वरमा लम्के सिकारी  निशाना लगाउँदा गर्भले छाति चौडा । ६, हिउँदे झरी  निथ्रुक्क भिजी हिड्दा खोजी न्यायको चिसोले जिस्काउँदा कक्रिदै एकै डल्लो ।

तान्का-श्रीराम श्रेष्ठ

 तन्का - श्रीराम श्रेष्ठ  १, माया जोडियो खुशी सबै तानियो नक्कली खुशी  चञ्चले भइदिंदा पीडाको थुप्रै थुप्रो । २, नक्कली हाँसो समस्या आइपर्दा चिनिन्छ मान्छे  सुखमा साथ दिने दु:खमा भागी जाने । ३, पानको पात चिप्लेकिरा टासिँदा परेछ प्वाल खोजेको लाज ढाक्न निहुरिदै हिँडेको । ४, झिंगा बनेर दु:ख दिन खोजेको ज्यानै धराप रिसराग उम्रदा पोखरी नै भासिन्छ । ५ तित्रा बासेछ ठूलो ठूलो स्वरमा लम्के सिकारी  निशाना लगाउँदा गर्भले छाति चौडा । ६, हिउँदे झरी  निथ्रुक्क भिजी हिड्दा खोजी न्यायको चिसोले जिस्काउँदा कक्रिदै एकै डल्लो ।

सिजो कविता -श्रीराम श्रेष्ठ

 सिजो कविता  -श्रीराम श्रेष्ठ  १, रोकिन्न रोकिएर राष्ट्रियता जागेपछि सङ्कट पर्दै गर्दा राष्ट्रप्रति बफादार शत्रुको गिद्देदृष्टिमा लड्छौँ भिड्छौँ मिलेर ! २, नेपाल शान्ति क्षेत्र भन्दै हिँड्यैाँ सबै मिली  शत्रुको आँखा लाग्दा झगडामा फस्यौँ सबै द्वन्दले दाजुभाइमा काटमार निम्त्याउछ । ३, अस्मिता लुट्दै गर्दा मन दुख्यो गहिरिँदै चेतना अभिवृद्धि कस्ले गर्ने प्रश्नचिह्न  आफैले पुनरावृत सुल्झाउन सक्तिनँ । ४, बिहानी समयमा सुर्योदय भएपछि उज्यालो चारैतिर छरिएको गाउँबस्ति प्रकृति मनमोहक परिबेश धमिलो । ५, मायाले धोकादिदा रोएको छु सम्झिसम्झी पर्खिए आउलाउ भनिबसे उनैलाई  सम्बन्ध बिर्सिएपछि अर्कैमान्छे सम्झेर । ६, कामूक हेराइमा लठ्ठपरे एकोहोरो नजिक खोज्ने मन चिनजान नभएको  कसरी बुझाउँ भन्दा तन्किएको जीवन ।

गजल-बाबुकाजी सुवाल 'विकेश निराशी'

 गजल~ बाबुकाजी सुवाल 'विकेश निराशी' किन लिनु चिन्ता सकेजति गरिन्छ धेरै नै भैहालेछ भने एकदिन मरिन्छ ।।१।। पीर लिँदैमा के टर्ने हो र संसारमा व्यर्थैमा रोगी भई अप्ठेरोमा परिन्छ ।।२।। पेटभरि खाने हो आत्मा मारी  बचाइँदैन खाएर बचे भने पो दायाँबायाँ छरिन्छ ।।३।। लालच छैन रत्तिभर अरूको उन्नतिमा आफ्नो झोली मिहिनेतले सकेजति भरिन्छ ।।४।। अहम् होइन यो मेरो अठोट हो है हजुर केही कुराले डराइँदैन निडरमा दरिन्छ।।५।। २०७७-८-८

डा.तामाङद्वारा कर्णाली प्रदेश, हुम्लाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रीहरु वितरण

 विक्रम सम्बत् २०७४ सालमा स्थापना भएको  कान्छी माया फ़ाउण्डेशनले शिक्षा र स्वास्थ्य सम्बन्धित सहयोग कार्य गर्दै आएको छ।उक्त फ़ाउण्डेसनले हाल नेपालको विभिन्न ठाँउहरुमा स्वास्थ्य शिविरका साथै मेडिकल सामग्रीहरु बितरण गर्ने कामहरु गर्दै आएका छन्।उक्त फाउन्डेसन स्वर्गीय कान्छी माया तामांङ (डा.दिल बहादुरको )आमाको स्मृतिमा स्थापना गरिएको हो।हाल बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरस -१९ तथा कोभिड को महामारीलाई मध्येनजर गर्दै कार्तिक २९ गते सिमकोट स्वास्थ्य इकाई र माथिलो हुम्लाको स्वास्थ्य चौकीलाइ स्वास्थ्य सामग्रीहरु वितरण गरिएका थिए।सोही समयमा हुम्लाका जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्सहरुलाई पी.पी. इ. सेटका साथमा आवश्यक मेडिकल सामान बितरण गरेका थिए।   रोटरी अफ धुलिखेलबाट प्राप्त ह्विल चियर सिमकोटको तल्लो गाँउमा रहेको एक जना शारीरिक रुपमा अशक्त अवस्थामा रहेका महिलालाई  वितरण गरिएका थिए।अंग्रेजी शिक्षक राजेश श्रेष्ठले लेखिएका अंग्रेजी व्याकरण  कर्णाली एकेडेमी स्कुलमा र बाल मन्दिर मा.वि. को बिधार्थीहरुलाइ प्रदान गरिएका थिए ।यसैबीच आर्थिक रुपमा कमजोर भएको तिन जना बालिकाहरुलाई काठमाडौँमा पढ्नका

तन्का- श्रीराम श्रेष्ठ

 तन्का श्रीराम श्रेष्ठ  १, जलेर ज्योति  चारैतिर उज्यालो  लुक्यो अँध्यारो जल्दा जल्दैको क्रम बचाएछ अस्तित्व । २, हरियो बाँस आकाश छुने धोको आफ्नै रफ्तारमा  अघि बढ्दा थाकेछ निउरिदै लाजले । ३, मनको बह गुम्सियो मनभित्र  बसियो मौन चुप लागेर बसें उम्रियो पीडैपिडा । ४, नजिक बन्यो आत्मीयता जोडियो कसेछ गाँठो  विश्वासमा संकट भताभुङ्ग सपना । ५, काखमा राखी माया गर्ने बहाना रेटेछ छुरा  निर्दयी मनभित्र  उठेछ ज्वारभाटा । ६, मुक्तिको छटा फिजाउन खोजेको हाँसेछ शान्ति  पिछडिएको चेत धकेलिदिंदा बसेछ ।

तन्का - श्रीराम श्रेष्ठ

 तन्का - श्रीराम श्रेष्ठ  १, शून्य दिमाग आवाज पनि शून्य  मृत्यु उत्सव रुँदै हिँडेको खुट्टा  मूर्दाघर चर्किदा । २, मलामी कुर्दा रित्तो पैताला दौडिन्छ लास बोकेको निहुँरिएको यात्रा  लास मात्रै सम्झेर । ३, खहरे खोला बगेको बग्यै भयो  आफू सम्झिँदै सधैँभरिको दु:खी सधैँभरिको पीडा । ४, जीवन गाथा  जिन्दगीको यात्रामा  एकलब्य म विश्वास हराउँदा धकेल्यो समयले । ५, जीवन चक्र  हिजो,आज र भोलि  दैवको खेल गरिबस्दा अडान थाक्दै गयो घमण्ड । ६, हुस्सु लागेछ देउराली डाँडामा रमिते आँखा जीवन परिबेश छाम्दा राम्रो आफैंले ।

Tanka poem - Shreeram Stha

 Tanka poem - Shreeram Stha 1.  Dusty path suffering of walking  Lured death Walking wearing max Teased by time. 2. Winter weather  Laying down in bed Sesrched warmth Trying to sleep Teased by coolness. 3.  Life story Memento of two days Leave the arrogance Standing in faith. 4. Dry sea shore Hunted by thirst Drank sweat To save prestige Tightened up belt. 5. Tree of ficus religiosa Opern heart of ancestors Contribution of nature Sight of greedy eyes Destruction of Rest stop. 6. Covered with cloud Bang of thundering and lightening Human murder Insane nature Cries in human being. 7 Fundamental rights Limited in paper So many reign In the base of politics  Acted forcefully. 8. Leaf leaves Sticking slug Became a hole Trying to cover the hole Walking by head daown. 9. River water Difficult to cross Courageous mind  Standing in stron leg Trying to move forward. 10. Inside the pond Suffocated by water Odour of fish After not getting taste Doing vomiting. 11. Keshar mango Sucking its endocarp

हाइकु-श्रीराम श्रेष्ठ,मनमा चिन्ता………

 हाइकु - श्रीराम श्रेष्ठ  १, मनमा चिन्ता चिसो चिसो बतास भुल्ने प्रयास ! २, दु:खित मन आस्वासनमा पर्दा शून्य प्रगति ! ३, दु:खको बेला चराएको घाउमा मलमपट्टी ! ४, मनमा त्रास लर्बरिँदा लडेछु  सपना लाग्यो ! ५, डरको पोको मुटु काम्यो बेसरी  अचेत भएँ ! ६, साइनो गाँसे बिरानो मान्छेसँग निम्त्यो आपत !

सिजो कविता -श्रीराम श्रेष्ठ

 सिजो कविता  -श्रीराम श्रेष्ठ  १, रातको सपनामा देखेथिए  तिमीलाई  मिलन विछोडको सम्झनाले तर्साएको भावुक भएर सम्झे ब्यर्थै देखे सपना । २, दुनियाँ साक्षी राख्दै अाफ्नो मान्छे बनाएथे समय कमजोर भएपछि हेपिएछ सम्झिएँ नजानिकनै तर्सिएको सपना । ३, सम्झना गहिराई पर्खाइको अवमूल्य सतायो निष्ठुरीले झुक्याउँदै वरिपरि एकल जीवनरङ्ग ब्यर्थताको सपना । ४, संसार बुझ्न खोज्यो आफैभित्र थिचिएछ जिज्ञासु मनलाई  कैद गर्दै बेहोसीमा पाहुना बन्दै पृथ्वीमा बाँचिएला चिम्लिँदै ।  ५, पोखरा मानोरम भुमीटेक्दै आनन्दित सौन्दर्य फेवाताल डुङ्गा चढ्दा यताउता  बिर्सन नसकिने भो सौन्दर्यको रमिता । ६, बादल आकाशमा रुमलिंदा अन्धकार बर्षाले भरिएको जमिनमा चिप्लिएछ प्रकृति हल्लिन थाल्दा भागदौद मच्चियो ।

सिजो कविता - श्रीराम श्रेष्ठ

 सिजो कविता  - श्रीराम श्रेष्ठ  १, छिमेकी राम्रो भए रमाइन्छ सधैँभरि विवेकी दुष्ट भए कोलाहाल मच्चिहाल्छ भनिन्छ राम्रो कामको सुरुवात आफैले । २, अकाट्य कुरा गर्दा पचाउन गार्‍हो हुन्छ सत्यता अँगाल्दामा जित हुन्छ सधैँभरि इमान खोजेर हेर्दा नियतको सपना । ३, मान्छेको स्वार्थ पनि आजभोलि कडा हुन्छ रङ्गीन सपनाको माला गुथी बाँच्न थाल्दा सदैव भाग्यले साथ कहाँ दिन्छ हेरौँ न । ४, तिमीले भनेपछि मान्नै पर्ने सबैकुरा पागल बन्दै बोल्दै अन्धभक्त बन्नुपर्ने पिल्छिए लामोसमय धोकादियौ तिमीले । ५, करायो झ्याउकिरी साँझपख करेसामा ओछ््यान तताउने तरखर निन्द्रा छैन  समय बितिनै गयो सपनामा झस्किएँ । ६, एकान्त मनपर्छ आफुलाई उभ्याउन  मनमा स्वतन्त्रता बटुलेर दौडीदौडी शत्रुता लाग्न थालेछ रिस थप्दै मैमाथि ।

अनुमानित बजेट ३करोड ५० लाखको गुम्बा निर्माण हुँदै स्थानीय सरकारी बजेट शुन्य

 पाङ्गेल गाङ तामाङ गुम्बा निर्माण कार्य तिब्र रूपमा भैरहेको छ। बेलकोटगढी -७ नन्दुटारमा अवस्थित उक्त गुम्बाको निर्माण  समितिहरु  अध्यक्षमा प्रेम ब गुरुङ उपाध्यक्षमा बलराम लामा सचीवमा  जुना लामा  कोषाध्यक्षमा  इन्द्र ब लामा र सदस्यहरुमा कृष्ण ब लामा ,मसिना लामा ,फुलमाया लामा ,अस्टमान लामा ,जय ब लामा रहेका छन् ।जसमा लामा प्रमुख दोर्जे लामा  निर्माण समितिको संयोजक जय ब लामा थिङ रहेको छ। बेलकोटगढी नगरपालिका वडा नं. ७  रहनुहुने काली बहादुर गुरुङ गुम्बा निर्माणका लागि जग्गा उपलब्ध गराउनु भएको  थियो।जग्गादाता गुरुङ  वडा सदस्य समेत रहेका छन् ।उहाँले मुल्यकान रु. २५,००,००० अक्षेरुपी पच्चीस लाख रुपैयाँ पर्ने जग्गा गुम्बा निर्माणका लागि  २-००-०० दुई रोपनी दिनु भएको हो। गुम्बाका भवन साडे २ तला र लम्बाइ ४८ फिट चौडाइ ४३ फिटपिलर २० वटा १२/१२ हुनेछ।जसको अनुमानित बजेट साढे ३ करोड को स्टमेट  निर्माण सुरु मिति २०७७ /२/१४बाट भएको हो।जसमा हाल सम्म निर्माण  कार्यमा जन श्रमदान र चन्दा बाट निर्माण कार्य भैरहेको र उक्त कार्यमा सरकारी लगानी शुन्य रहेको समेत कोषाध्यक्ष इन्द्रबहादुर लामाले जानकारी दिनु भएको छ।

सिता बिष्ट कार्कीको लघुकविता,मैले बगरलाई सुम्सुमाएर…

 लघुकविता  - सिता बिष्ट कार्की  मैले बगरलाई सुम्सुमाएर  तिम्रो मन स्पर्श गर्न खोज्दा  पानीलाई छ्चल्काएर  रङग भर्न खोज्दा  जवर्जस्ती मेरो मनको क्यानभासमा  गुलाफ फुलाएर सजाउन खोज्दा  तिमी त  गुमनाम भएछौ  बिस्तारै कानेखुसी गर्दै यि बालुवाहरुसंग  बालुवाका मनहरुसंग  शायद लेखिरहेछ जूनका गीतहरु  मिसाएर हारका रागहरु  युद्धका हरुवा सिपाहीहरुलाई घोकाईरहेछ  समयका बादलहरुमा गतिहिन भएको देखेर  वैलाएको गुलाफको फूलसरि सुगन्धहिन भएको देखेर  साँच्चै मैले बगरलाई सुम्सुमाए  बगरमै पोखेर आँशुका थोपाहरु  हेरन यी परेलिहरु अझै भिजिरहेका छ्न ।।

सिजो-श्रीराम श्रेष्ठ

 सिजो १, रोकिन्न रोकिएर राष्ट्रियता जागेपछि सङ्कट पर्दै गर्दा राष्ट्रप्रति बफादार शत्रुको गिद्देदृष्टिमा लड्छौँ भिड्छौँ मिलेर ! २, नेपाल शान्ति क्षेत्र भन्दै हिँड्यैाँ सबै मिली  शत्रुको आँखा लाग्दा झगडामा फस्यौँ सबै द्वन्दले दाजुभाइमा काटमार निम्त्याउछ । ३, अस्मिता लुट्दै गर्दा मन दुख्यो गहिरिँदै चेतना अभिवृद्धि कस्ले गर्ने प्रश्नचिह्न  आफैले पुनरावृत सुल्झाउन सक्तिनँ । ४, बिहानी समयमा सुर्योदय भएपछि उज्यालो चारैतिर छरिएको गाउँबस्ति प्रकृति मनमोहक परिबेश धमिलो । ५, झस्किन्छ कालो दिन यताउता सन्नाटामा मनमा डर त्रास हल्लिएछ थरथरी जमिन फाटिदै जाँदा भागदैड मच्चियो । ६, नदीको छङछङ निरन्तर वहावमा मिठास आवाजका धुनहरु बुलन्दित संगीत थर्कन थाल्दा परिवेश हल्लेछ ।

तान्का-पुष्कर लोहोनी

 तन्का - पुष्कर लोहनी  १, कसरी भुलूँ पत्तै पाइनँ मैले भोग्नु हो भोगेँ बिछोड भइहाल्छ घोप्टाइदिए पनि । २, बाटो खोजेको धोकै धोकाको सिँढी गुदी खोजेको खोज्दा आँखै बिर्सिएँ अलमलिँदा रोएँ । ३, समुन्द्र डुल्दा गहिरिएको माछो बिर्सेको आँखा आफैभित्र पोखिँदा एउटैमा एक्लिँदा । ४, बाँसुरी रुप लीलैलीला थुप्रेछ एक्लिँदो मिरा पोखिँदा भाँडो रित्तो  फुटेको कालो घैँटो । ५, शून्य भावना लत्याएर छाडेको पिउने रहर भोगेको इतिहास  आफैभित्र भुलेको । ६, पलाइहाल्छ काटेर फाले पनि  हुर्केको बेर्ना सुकेको बाङ्गो हाँगा आगो भएर पोल्छ ।

अञ्जु अनुको कविता भोका पेटहरु- तिथि र मिति जुराएर नीति मिलाउदै खोक्रो राजनिती गर्दै हिँडेका भरौटे लाज पचाउँदै

 कविता        भोका पेटहरु  - अञ्जु अनु तिथि र मिति जुराएर  नीति मिलाउदै खोक्रो राजनिती गर्दै  हिँडेका  भरौटे लाज पचाउँदै  त्यही बस्तिमा गएर हिजो मन्चमा गएर  भाषण ठोकेर जनाएका  प्रतिबद्धतालाई लत्याएर आज गरिबिको छातीलाइ मैदान  गराएर लडिबुडी खेल्दै चाहारेका ती अनुहारहरु पार्टी र संघठनलाई आफ्नो बाउको बिर्ता  सम्झने ती अनुहारहरु लाज  पचाएरै भए पनि  पाइला चाल्दै छन्  त्यही बस्तिमा  फेरि खोक्रो आश्वासन दिन सदियौँ देखि अचानो बनेर  पिल्सिएका ती मन  भविष्यको पर्खालमा काँडेतार  बनेको गरीबीमा केही पाउने आशामा  प्रफुल्ल बनेका अनुहारको अगाडी क्षितिजपारीबाट झुल्के  घामसँङै नजिकिँदै गरेको  चुनावको माहोलमा  टाइ सुट बुट र फुलमालामा   सजिएर भोकोपेटमा चारो  हालिदिने वाचामा  बिस्वास  दिलाउने सम्झौता पत्र सँङै  भोको पेटको   वस्तीमा पुगेर सिद्धान्त र राजनितिको  बहस गर्दै गर्दा ती भोका र नाङ्गा  अनुहारले भन्दै थिए  खान पाएका छैनौ भने आउ  दिनभरी मजदुरी गरेर भएपनी  एक छाक भात खुवाँउछौ ।

हाइकु - श्रीराम श्रेष्ठ

 हाइकु - श्रीराम श्रेष्ठ  १, पौरख आफ्नो अल्झाउने संस्कार आँखा माथिल्लो ! २, भीरपखेरा अडिन गार्‍हो पर्‍यो  बाँधेर मन ! ३, हारेको युद्ध  सम्झन्छु सधैँजसो आपत पर्दा ! ४, नेपाल भुमि  रङ्गशाला भएछ शून्य दिमाग ! ५, युद्धको भूमि  जित र हार हुन्छ जिद्दी नगरौँ ! ६, चाकडी गर्ने शक्ति प्राप्तिका लागि देशै बन्दकी ! ७,   कालो बादल       मडारिएको आँखा     आँसु झरेछ ! ८, चोर बाटोमा     आँखा छोपी लुकेको       गल्ती फुस्कियो ! ९, मझेरी भित्र प्रेमको फूल रोपेँ जीवन शून्य ।

Haiku - Shreeram stha

 Haiku - Shreeram stha 1. Stories of the heart  No place to pour Kept it hidden ! 2. A drop of water Leaking drop by drop Became a pond ! 3. Uphill road Tired of walking Stick became a company ! 4. In the young age In the absence of ideas Tongue biting ! 5. At midnight When hardened by cold Searching for Warmth ! 6. By the pool Meditating the crane Becoming clever ! 7, Sticky in the eyes Green weather Happiness is dear ! 8, Getting heat of  fire The running of the snake It hid in a hole ! 9, See it by reading Patriotic story Abandonin selfishness ! 10. Rememberin darling Rose on the lips Connecting emotion ! 11. Sweet past Unforgettable Remembered as my own ! 12. Joint border Enlighten others What a ritual ! -Trans.by Saroj Bogati

बेलकोटगढीका इन्जिनियर पर्वत पाैडेल घुससिहत रंगेहात पक्राउ

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पाैडेल एकबिहानै घुससिहत रंगेहात पक्राउ परेका छन । शनिबार बिहान जिल्लाकै विदुर नगरपालिकाको बट्टार बजारमा रहेको एक मिठाइ पसलमा बसेर घुस खाँदै गर्दा इन्जियर पाैडेल पक्राउ परेका हुन्। उनी सागर मिठाइ भण्डारबाट सेवाग्राहीसँग लिएको ७५ हजार घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ । यसअघि पनि बेलकोटगढी नगरपालिकाकै इन्जिनियर बद्री भण्डारी काठमाडौँबाट घुससहित पक्राउ परेका थिए । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पनि एक जना इन्जिनियर घुससहित पक्राउ परेको सूचना आफूले पाएको जानकारी दिएका छन । घुससहित पक्राउ परेका पौडेल बेलकोटगढी नगरपालिकाले नै भर्ना गरेका करारका इन्जिनयर हुन ।

बाछिटा-महेश तामाङ #बेलकोटगढी-६,नुवाकोट

 १) नासो छ मनमा पीडा हाँसो छ २) भावना एउटै हुने सपना ३) तिहार टीका मालाको बहार ४) पातैमा सुनको चुरा हातैमा ५) बेथाले हैरान गर्यो नेताले ६) झुक्दैन स्वाभिमान यो चुक्दैन ७) बोल्दैन दलाल भ्रष्ट पोल्दैन ८) बिलायौ बिषको प्याला पिलायौ ९) झाँङ्गिए पात नै झरे नाङ्गिए १०) गोर्खाली साहसी हामी नेपाली ११) चल्दैन दुखिको चुल्हो बल्दैन १२) भन्ने त सांसाद मन्त्री गन्ने त १३) डालिमा धान झुलेको आलिमा १४) चापले गर्मी छ यहाँ तापले १५) कहर बिरानो लाग्छ शहर लेखक:- महेश तामाङ्ग -बेल्कोटगढी-६,नुवाकोट

हाइकु - श्रीराम श्रेष्ठ

 हाइकु - श्रीराम श्रेष्ठ  १. दियोको बत्ती  उज्यालो चारैतिर       भित्रै कोच्चिँदा ! २. घमण्ड जाग्दा राइफल सलामी लाजै उदाङ्गो  ! ३. मृत्यु सम्झ्रेर अचेतमा बसियो भ्रमित बुद्धि ! ४. माग्ने बनेर नैतिकता नबेच कुर्दै दोबाटो ! ५. देशको सान प्रफुल्लित भइँदा हान्यो झापड ! ६.                    आँखा गाडेछ                              लिपुलेक भञ्याङ्ग      लोभी छिमेकी !

तान्का कविता-श्रीराम श्रेष्ठ #आस्थाको रात, छिप्पिएको सम्झना ,बिर्सेको यात्रा , हुस्सु छिर्दा बिहानी , निन्द्रा खलबलिँदा ।

 तन्का कविता  - श्रीराम श्रेष्ठ  १. आस्थाको रात छिप्पिएको सम्झना बिर्सेको यात्रा  हुस्सु छिर्दा बिहानी निन्द्रा खलबलिँदा । २. सुनेँ र देखेँ त्यो तिम्रो अनुहार गुराँस जस्तै सधैँ फुलिरहने अजम्बरी बुटिझैँ । ३. नक्कली हाँसो खित्का छाडेको आँखा चढेको बैँस  खोल्सामा चिप्लिएर  पछारिँदाको हाँसो । ४. औँसीको रात अँध्यारो खप्टिएर अलिनो स्वाद  निदाउन खोजेको चिसो बिहानी हावा । ५. सिरकभित्र जाडो कोच्चिन पुग्दा हल्लियो छाया थिलथिलो सिरक निसास्सिएको गन्ध ।

नेपाली लघु चलचित्र अंश बण्डा TF channel मार्फत डिजिटल बजारमा सार्वजनिक

डिल बहादुर लामा-  काठमाडौ।महिला निर्देशक थिङद्वारा निर्देशन गर्नु भएको नेपाली लघु चलचित्र अंश बण्डा  TF CHANNEL युट्युबबाट सार्वजानिक भएको छ ।निर्देशक कुमारी थिङद्वारा निर्देशित अंश बण्डा निर्देशक थिङले नै कथा लेखेकी हुन् ।उक्त नेपाली लघु चलचित्र अंश बण्डामा एक परिवारको घरमा बुहारीहरुको कार्यशैली र उनीहरुको जिम्मा सम्बन्धि बिशेष किसिमको मन छुने कथा सेमटिएको छ । लघु चलचित्रलाई जयन कुमार मोक्तानले छायाङकन तथा सम्पादन गरेको छ भने कलाकारहरु अर्जुन श्रेष्ठ, कबिर सेन्चुरी, सविन स्याङतान, सुस्मिता लामा, मिना तामाङ, चन्दु गुरुङले अभिनय गरेका छन्। लघु चलचित्र हेर्नका लागि यो लिंकमा थिच्न नभुल्नु होला। ttps://www.youtube.com/watch?v=kiypH3z0wRI

जापानी शैलीका तन्काहरु-करण सायर

 जापानी शैलीका तन्काहरु एक)                          प्रेमिल शब्द  थामेर नसक्ने भा सुम्सुम्याउनु त्याे बिछाेडकाे पिडा मन कति दुख्या छ ।  दुई ) मलामी लर्काे  छुट्टिदै सधै साथ पानी अाँखामा छट्पटीमा हृदय  सम्हाल्न सकिएन ।  तीन) मेरो निशानी  अाफ्नै बनाउने हाे  याे सन्ध्यालाई नडराउनु तिमी  रानी बनाई राख्ने । चार) याे चर्काे घाम रुखकाे छाया हेर्दै गर्मीले हप्प अालस्यातामा मन पानी खाेज्दै हिडेकाे ।  पाँच) बग्याे पंञ्चासे हेर्दैछ सालखर्क  सुसायाे बडो  लाेभिलाे हरियाली  फेरेछ अनुहार । छ) उ परदेशी सपना छताछुल्ल  भेट्ने अाशमा जिन्दगी उनै साेच्याे बसेछ हेर्दै बाटाे ।  सात) उनैकाे याद छाती चर्किएको छ छट्पटी बढ्याे अनिदाे सिङ्गो रात  त्याे कसरी सम्हाल्याे । अाठ) असी कराेड बढी भाे नि रहात दिए भाे फिर्ता  पुग्नुपर्ने झुपडी  त्यहाँ गन्धै पुगेन। नाै) उमेर बढ्या चुलबुल हृदय   देख्याे रङ्गिन भमरा डुल्न थाल्यो  गाह्राे भा जाेगाउन । दस) झरी माैसम रमायाे कल्पनामा रुझ्याे मुसा झैँ  पातालाे त्याे कपडा बनेछ नक्सा उस्तै  ! एघार) बलेको दियाे  हावा बन्याे दुश्मन   महासंग्राम  फेरिएन समय अनाैठा भा सम्बन्ध। बाह्र) स