सिजो कविता
- श्रीराम श्रेष्ठ
१,
छिमेकी राम्रो भए रमाइन्छ सधैँभरि
विवेकी दुष्ट भए कोलाहाल मच्चिहाल्छ
भनिन्छ राम्रो कामको सुरुवात आफैले ।
२,
अकाट्य कुरा गर्दा पचाउन गार्हो हुन्छ
सत्यता अँगाल्दामा जित हुन्छ सधैँभरि
इमान खोजेर हेर्दा नियतको सपना ।
३,
मान्छेको स्वार्थ पनि आजभोलि कडा हुन्छ
रङ्गीन सपनाको माला गुथी बाँच्न थाल्दा
सदैव भाग्यले साथ कहाँ दिन्छ हेरौँ न ।
४,
तिमीले भनेपछि मान्नै पर्ने सबैकुरा
पागल बन्दै बोल्दै अन्धभक्त बन्नुपर्ने
पिल्छिए लामोसमय धोकादियौ तिमीले ।
५,
करायो झ्याउकिरी साँझपख करेसामा
ओछ््यान तताउने तरखर निन्द्रा छैन
समय बितिनै गयो सपनामा झस्किएँ ।
६,
एकान्त मनपर्छ आफुलाई उभ्याउन
मनमा स्वतन्त्रता बटुलेर दौडीदौडी
शत्रुता लाग्न थालेछ रिस थप्दै मैमाथि ।
Comments