Skip to main content

Posts

Showing posts from October, 2021

बागमती प्रदेशको सामाजिक विकास मन्त्री बने कुमारी मोक्तान

हेटौंडा – १६ वर्षको उमेरमा जनयुद्धमा होमिएकी नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्री बनेकी छिन् । नेकपा माओवादी केन्द्रबाट मकवानपुर २(क) मा प्रदेशसभा सदस्य निर्वाचित मोक्तान यस अघि दुई पटक सांसद भइसकेकी छिन् । उनी १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् । तत्कालिन नेकपा माओवादी शान्ति सम्झौता मार्फत संसदीय राजनीतिमा आएपछि २०६३ सालमा मोक्तान संसद सदस्य मनोनित भएकी थिईन् । उनी २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् । हाल नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रहेकी मोक्तान नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको उपनेता पनि हुन् । मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् । एक वर्ष जेल जीवन बिताएकी उनी २०५८ सालमा तत्कालिन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन् । तत्कालिन नेकपा माओवादीले २०५२ स

उत्तरीनाका रसुवागढीबाट २२ वटा विद्युतीय माइक्रोबस बुधबार भित्रिए

नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ । चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए । दसैँअगावै १०० विद्युतीय कार आयात भएका थिए भने पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । सहरी क्षेत्र केन्द्रित गरी आयात गरिएका माइक्रोबसका पाङ्ग्रा होचा भएका कारण कच्ची सडकमा गुडाइ काठमाडौँ लान निकै चुनौती रहेको सवारी चालकले प्रतिक्रिया दिएका छन् । रसुवागढीदेखि गल्छीसम्मका अधिकांश सडकमा बढी खाल्डाखुल्डी भएकाले साना र होचा सवारी साधन सहजरूपले लैजान बढी असहज हुने गरेको बताइन्छ । दसैँ अगाडि आयात भएका सानाखाले केही सवारी साधन भने मालधनी एवं उसका प्रतिनिधि नपुग्दा भन्सार हातामा थन्किएका छन् । विद्युतीय सवारी साधनको आयातले प्रदूषणको न्यूनीकरण एव

लक्ष्मीप्रसाद देवकोटा साहित्य प्रतिष्ठान, नुवाकोटद्वारा साहित्यकार सुमि सम्मान हुँदै।

नुवाकोट। २०७८ सालको लक्ष्मीप्रसाद देवकोटा साहित्य प्रतिष्ठान, नुवाकोट सम्मान साहित्यकार सुमित्रा सुमि र नवदिप अजनवीलाई प्रदान गरिने भएको छ ।प्रतिष्ठानको बैठकले हरेक वर्ष प्रदान गरिँदै आएको सम्मान यसवर्ष सुमी र अजनविलाई प्रदान गर्ने निर्णय गरेको हो । बैठकले देवकोटा जयन्तीको अवसरमा यही कार्तिक १७ गते विद्यालयस्तरीय कविता प्रतियोगिता गर्ने निर्णय समेत गरेको छ । बेलकोटगढी ५ खडगछापमा हुने प्रतियोगितामा प्रथम हुनेलाई २ हजार ५ सय, द्वितिय हुनेलाई २ हजार र तृतिय हुनेलाई १ हजार ५ सय प्रदान गरिने तथा प्रोत्साहन स्वरुप एक हजार दिइने प्रतिष्ठानका सचिव नारायण नेपालले जानकारी दिएका छन् ।

हाइकु - पुष्कर लोहनी

हाइकु - पुष्कर लोहनी  १, जिस्कने जून कोट्याउँदै भागेछ बादलै च्यातेर । २, गहिरो खोला झिँङे माछो उफ्रिँदा झरेको पात । ३, कुवाको पानी  भरिएको सपना  मन चुहिँदा । ४, सम्झिँदा झर्छ चाउउरिएको बैँस गलेको खुट्टा । ५, कुरुप मन भित्रै छिर्न खोजेको कोतर्ने बानी । ६, हिलोको थुप्रो छिर्न खोजेथ्यो माछो ठोकिँदा चिप्लो । ७, मीठो आवाज पग्लिएको सम्झना झरेको छाया । ८, फूल फुल्नु हो आँखा नै लोभी हुँदा  दोषी कुन्नि को । 9, सिद्धपोखरी  ढलभित्र पसेछ तर्सेको माछो ।

तन्का श्रीराम श्रेष्ठ १, मनको पीडा…✍️

तन्का श्रीराम श्रेष्ठ  १, मनको पीडा पोख् ने  ठाउँ   पाइनँ जलेको जल्यै भुसको आगोसरी । २, खहरे खोला बगेको बग्यै भयो सधैभरिको दुःखी सधैंभरिको पीडा । ३, सम्झिने बानी  लामो समय कुर्दा तितो सम्झना  कसरी बिर्सने हो दाग लागेको रात । ४, निष्ठुरी  मन सहनै नसकिने खुट्टा तन्काई खाल्टो खोज्दै हिँडेको पापै पापको मन । ५, सुनगाभाझैँ मगमग बासना जवान तिमी कति टाढा हुने हो वरिपरि  भए त । ६, सम्झिने बानी लामो समय कुर्दा तितो सम्झना कसरी बिर्सने हो दाग लागेको रात

हाइकु - पुष्कर लोहनी…✍️

हाइकु - पुष्कर लोहनी  १, चाख्न खोजेको हल्लाउँदाको चोट मस्केको रुख । २, झार्नु झारेछ पछि पो थाहा पाएँ भुइँभरि नै । ३, चङ्गा उडाएँ अकासिँदै लैजाँदा धागो काटियो । ४, बाटो लम्बिँदा कोपरिएको छाया लुतो सरेछ । ५, स्याल करायो निबुवा झार्न खोज्दा बाख्री थचक्कै  । ६, खोल च्यात्तिँदा तन्किएको सिरक चिसाम्मे रात । ७, धारिलो चुप्पी बज्रिएर सुन्निँदा आगोको डाम ।

गजल-अम्बु बिहानी,केही छैन यहाँ मसँग

गजल केही  छैन यहाँ मसँग भने धेरै चोटी । फिक्का छ योवनको रङ्ग भने धेरै चोटी । साझ बिहान पटक - पटक  उ धाउँदा  , गरिदेउ यो मोह भङ्ग  भने धेरै चोटी । कहिले नसुन्ने केही कुरा बानी अनौठो , शुरु नगर नयाँ  जङ्ग  भने  धेरै  चोटी । मेरा लागि त्याग्ने भयो समाजलाई नि , फेरी देउ यो सोच्ने ढङ्ग  भने धेरै  चोटी । समिप आउँदा डरले मेरो मुटु  काप्छ , नछोईदेउ मेरो अङ्ग  भने धेरै  चोटी । अम्बु बिहानी…✍️

कटौता - श्रीराम श्रेष्ठ , मन सम्झिदै…✍️

कटौता - श्रीराम श्रेष्ठ १, मन सम्झिदै आफै नै उभिएको एक्लै एक्लै हासेको । २, किनारा छेक्दै उभिएको विश्वास शङ्का नै टुसाएछ । ३, मन त चोखो रहर भित्र घुस्दा खडेरी निस्किहाल्छ । ४, मीठो वचन झ्याङ्गिएको लहरा उखाल्न खोज्ने हावा । ५, तातो समय मुसलधारे पानी भिजाउँदा निथ्रुक्क । ६, शहर छिर्दा छरिएको फोहर नाक थुन्दै दौडेको । ७, पूर्खाको देन गोरेटो बाटो बन्दै फाडिएको जङ्गल ।

हाइकु -श्रीराम श्रेष्ठ , अँगालोभित्र……✍️

हाइकु श्रीराम श्रेष्ठ  १, अँगालोभित्र सुखको खोजी गर्दा मनै कुहियो ! २, हरेक पल सम्झनाले झस्कायो रित्तो पलङ ! ३, फुलको काँडा रिसाउँछ सधैं नै घोच्न पल्केको ! ४, आफ्नै सम्झेर दिलमा राख्दै गएँ हानेछ छुरा ! ५, समय बित्यो चुपचाप बसेर लागेछ लाज ! ६, प्रत्येक दिन पटुका बाँध्ने पेट  इज्जत खोज्छ !

सिजो, श्रीराम श्रेष्ठ

सिजो श्रीराम श्रेष्ठ  १, गरम सडकमा अत्तालिए दिनभर शीतल खोज्दैँ हिडे धाक्रेजस्तै रुखमूनि अनौठो अनुभूतिमा क्षणभरै आनन्द । २, एकान्त मन पर्यो भेटघाट हुँदाखेरी  विश्वास गरेकै हो मनमुटु मिलाएर  डुबायो मायाको आस्था पिंधमा नै थेक्रियो  ३, अागाध मायाप्रेम कस्सिएर लगाइयो विश्वास गरेकै हो दिलदिए तिमीलाई  नौटकी रहेछौ तिमी ,माया बाढ्यौ रण्डी झैँ। ४ आँखाको इशाराले उनीलाई पट्याइयो मलाई भेट्नासाथ रमाउँछे दिलखोली  भेटमा भलाकुसारी झनै बढ्यो मित्रता । ५, चाहना असङ्य भो चिन्तामा नै बित्योदिन झस्किन्छ तनावले सधैं जसो आफैं भित्र  प्रफुल्ल हुनपाएमा आत्मा शान्ति भइन्थ्यो । ६, बाँचेर सबै कुरा देखिने भो हामीबीच  बाँच्नुको अर्थलाई बुझ्नुपर्छ सधैंभरि अल्झिँदा जीवनलाई बचाएर राख्नुपर्छ ।

ए ङला माया " - करण तामाङ "सायर" जापानी हाइकु कविता तामाङ भाषामा

जापानी साहित्यकाे एक महत्त्वपूर्ण एवम् लाेकप्रिय साहित्यकाे विधा "हाइकु"लाई नुवाकोट साहित्य प्रतिष्ठान नेपाल अाजीवन सदस्य एवम् प्रवक्ता करण तामाङ सायरले अाफ्नै शब्दमा नेपाली देखि अाफ्नाे मातृ भाषा हाइकुलाई रचना गर्न निरन्तरता प्रदान गरेका छन् ।  एक) सेमला माया छार्न लदाेबा तिनी म्हेन्दाेला ताेङ । दुई ) थे मिला ह्युल्सा थटिउ यागाेनुन ङ डान्सी खउ । तीन ) याम्बुला ब्याेन प्रन्सी टिबा मायादा छारछाररी । चार) नम्सा तिम्रीमी एदा माइबा सेम्जे याेना खउले । पाँच) न्यानाेले कान्छु ङ खेप्पा ए ताै खुयु म्रङमा थेजे । छ) ख्लासी अनिउ  तिङरी थान्ला एदा च्याबा मिरीमी । सात) ए ङला माया छ्यामनुन टिदाेबा  जम्बुलिङरी । अाठ) ए अतजम साेबरी अखम ङ पङ्बा रानीसे । नाै) डम्फू टुङ्नासे काेबला ह्वाइ ज्याबा थे सेमरङ । दस) म्हाङ सेब्सम गुम्बारी सेगे ए ङा  माेलम लसे ।

नियात्रा कविता हाइबुन श्रीराम श्रेष्ठ

नियात्रा कविता  हाइबुन श्रीराम श्रेष्ठ  १. औसीको रात अध्यारो घोप्टिएको मनमा शङ्का ! २. घामाको ताप चिसिएको मौसम  उफ्रिदा न्यानो ! ३. यार्सा गाउँमा चिसोसँग मात्तिदा तर्सेको निद्रा ! ४. देशको सान शीरमाथी राखेर बन्दै रक्षक ! ५. हिउँको वर्षा बाटोभरी पोतेको हिड्नै समस्या ! ६. नदीको छाल रोक्नलाइ आटेको विजुली झट्का !

सिजो -श्रीराम श्रेष्ठ

सिजो श्रीराम श्रेष्ठ  १, बाधेर अङ्गालोमा मायाप्रिति लाए थियौं कसरी बिछोडिए कसलाई के भनुँ मैले अतीत खोलेर हेर्दा डरलाग्दो घटना । २, गाउँमा रमाइलो मेलापात सङ्गीसँगै रमेर आफैंभित्र मायाप्रेम जाग्न थाल्यो अँध्यारो गाह्रो पर्दामा मनभित्रै बिर्सन । ३, राखेर तिमीलाई मुटु भरी सजाउथें सम्झेथे विश्वासको आस्था निभ्न दिदैनौ कि आखिर लत्याई छाड्यौ दोबाटोमा एक्ल्याई । ४, सम्बन्धै तोडेपछि देखापर्नु ब्यर्थ हुन्छ नगरौँ रिसराग आफ्नो सुर आफै गरौँ नदीको दुई किनारा तिमी पारि एक्लिँदै । ५, खेलेको राजनीति सोझोबाटो बटारिदै सोचेर गरिएको आफैलाई साक्षी राख्दै दिलायो आत्माविश्वास कमजोर ठानेर । ६, रातको सपनामा देखेको"थे तिमीलाई  मिलन बिछोडको सम्झनाले तर्साएको भावुक भएर  सम्झे ब्यर्थ देखे सपना ।

नियात्रा कविता हाइबुन श्रीराम श्रेष्ठ,गोरेटो बाटो....✍️

नियात्रा कविता  हाइबुन श्रीराम श्रेष्ठ  १. गोरेटो बाटो लम्केको आफ्नै गति ताक्दै उज्यालो ! २. थकित मन जीवनको भारीले थिच्दा आत्तिए ! ३. उज्यालो कुर्दा ठुस्सेको अनुहार  शत्रुअको आखा ! ४. गाढा कुहिरो अध्यारोले ढालेछ खुम्चेको मन ! ५. लड्न पुगेछु भुइँ चिसो हुँदामा फुट्दै पसिना ! ६. प्रकृति प्रेम  हरियाली हेरेर गीत गुज्जेछ !

नियात्रा कविता हाइबुन श्रीराम श्रेष्ठ ,काली गण्डकी…✍️

नियात्रा कविता  हाइबुन श्रीराम श्रेष्ठ  १. काली गण्डकी  सुसाएर बगेको कालो पोखेर ! २.. जिवन भन्नु गोरेटो पदचाप हिड्दै मेटेको ! ३. गुरासे डाडा राताम्य फुल फुल्दा आखै रित्तेको ! ४. देसको माया प्रदेशी मनभित्र  हुन्छ उदाङ्गो ! ५. तोरीको फुल पहेलाम्ये फुलिदा आखै क्यामरा ! ६. डर बोकेर अध्यारो गुफाभित्र लुक्नै तम्सेको !

हाइकु- श्रीराम श्रेष्ठ , भेट्ने कहिले…✍️

हाइकु श्रीराम श्रेष्ठ  १, भेट्ने कहिले  निउखोज्ने मन छ रिस खोतल्दै । २, बगेको पानी भेट्टिन्न छुट्टेपछि  सम्झन छाड्दे । ३, मनमा खुशी  चन्चलता छायो बोली फुटेन । ४, गहिरो ताल हामफाल्न खोजेको आँत्तिदै अडे । ५, कालो पोखरी  पानी झिकी हेर्दामा सेताम्मे देखे । ६, मीठो ठानेर मुखमा घुसाएको वान्ता भएछ ।

चौथो अर्चले सेभेन ए साइट फुटबल प्रतियोगिता आइतबार पहिलो दिन समूह चरणका ६ खेल सम्पन्न

बेलकोटगढी।चौथो अर्चले सेभेन ए साइट फुटबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । १६ समुह सहभागी प्रतियोगिताको पहिलो दिन समुह चरणका ६ खेल सम्पन्न भएका छन् । क्वाटर फाइनलका लागि भएको खेलमा दि मालिका, चकमके युवा क्लव, लाउरेगाइज नलागाउँ, न्यु भिजन युवा क्लव, समाज कल्याण र शुभारम्भ युवा समाज गल्छी विजयी भएका छन् । पहिलो दिनको खेलमा दि मालिका र बेलकोटगढी ६ बिच भएको खेलमा १ का विरुद्ध २ गोल गर्दै दि मालिका दोस्रो चरणमा प्रवेश गरेको छ । यस्तै चकमके युवा क्लव र घोरेढुंगा युवाक्लवबिचको खेलमा पनि १ का विरुद्ध २ गोल गर्दै चकमके अघिल्लो चरणमा पुगेको छ । यस्तै लाउरेगाइज नलागाउँ अभिसुरा युवा क्लवमाथि जित हात पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । अभिसुराले २ गोल गर्दा लाउरे गाइजले ३ गोल फर्कायो । गोगनपानी युनाइटेडलाई १ का विरुद्ध ४ गोल गरेर न्यु भिजन युवा क्लव दोस्रो चरणमा पुगेको छ । यस्तै नमुना सिउरानीको २ गोलका विरुद्ध ३ गोल फर्काएर समाज कल्याण अघिल्लो चरणमा पुगेको छ ।  आरुखर्कमाथि शानदार जित निकाल्दै शुभारम्भ युवा समाज गल्छी दोस्रो चरणमा पुगेको छ । आरुखर्कले २ गोल गर्दा जवाफमा शुभारम्भवले ९ गोल खुवायो

सिजो श्रीराम श्रेष्ठ

सिजो श्रीराम श्रेष्ठ  १, दृढता लिनुपर्छ समालेर आफैंलाई  बुझेर इतिहास खोज्नु पर्ने गोरेटोमा आफैंले खोजेको गाथा सुनाउनु बेसरी । २, साथीको आत्मीयता मनभित्र राख्दै गए खुशीले जोडिएको नाता गास्दै बाचिएको मस्तिमै जिउ साटेर अडिएको मित्रता ।  ३, पाएको समयमा स्वार्थी पुर्ति गरिएन भएर इमान्दार लाग्दै गर्दा सोझोबाटो ढुकेर बलमिचाई किनारामा पारेर । त्रासमा होमिएर युद्ध जित्न खोजिरहें बाचेर आफैलाई भाग्यमानी सम्झी हाले काथर भएको मन आफैदेखि डरायो । ४, अनौठो निरकुंश शासनले दबिदैछु स्वतन्त्र चराजस्तै हावा खान आतुरछु आटले अन्याय तोड्दै सबैलाई सिध्याए । ५, आकाश धमिलिदै निराशमा तनमन सोचाई थातिराख्दा मडारियो इच्छाहरु लिएर पीडाको पोको लम्की लम्की हिडेको । ६, एकाग्र भइबस्दा सपनाले बिमजायो सन्त्रास छायपछि कोलाहल मन भयो अन्यौल भुमरीसँग लुकामारी खेलिदै ।

नियात्रा कविता हाइबुन, श्रीराम श्रेष्ठ

नियात्रा कविता  हाइबुन श्रीराम श्रेष्ठ  १. कालो ग्रहण अध्यारोमा लुकेको शुन्य उज्यालो ! २. कालो जङ्गल रुखको बाक्लो वस्ती छाया लपक्कै ! ३. सेताम्य हिउ पानीको छाया बन्दा पिउने मन ! ४. जीवन यात्रा  आपतको पहाड  खुट्टै भुलेको ! ५. झरिको बेग घुमेको लामोबाटो रुझ्दै थाकेको ! ६. आँखा उघार्दा लोभ लाग्दो बिहानी खुम्चेको मन !

सितोरियो कराँते संघ नुवाकोटले सम्पन्न गर्याे चियापान समारोह

नेपाल सितोरियो कराँते संघ नुवाकोटले संघीय सांसद युवा नेता बहादुर सिंह लामा तामाङकाे प्रमुख अातिथ्यतामा शुभकामना अादान प्रदान तथा चियापान समारोह कराँते भवन निर्माण स्थल  विदुर ४ सिमचाैर नुवाकोटमा शनिबार सम्पन्न भएको  छ । जिल्ला कराँते प्रमुख प्रशिक्षक उत्तम राई , कराँते  राष्ट्रिय निर्णायक अष्ठविर लामा , राष्ट्रिय निर्णायक करण तामाङ घ्लान , सिमचाैर डाेजाेका प्रशिक्षक काेच खेलाडीहरु , कराँते संघ नुवाकोटका अध्यक्ष राजु थापा लगायतकाे पहलमा सितोरियो कराँते संघ नुवाकोटले याे समारोह सम्पन्न गरेको हाे । नेपाली काँग्रेस केन्द्रीय सदस्य , सांसद बहादुर सिंह लामा , नेपाली काँग्रेस पुर्व जिल्ला सभापति ध्रुव अधिकारी लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए । नुवाकोटको कराँतेलाई भवन निर्माणकाे निमित्त केन्द्रीत रहेर सम्बाेधन रहेको थियोे ।

तामाङ चलचित्रकर्मीको साझा संस्था तामाङ चलचित्र संघको छैटौ महाधिवेशन सम्पन्न

तामाङ चलचित्रकर्मीको साझा संस्था तामाङ चलचित्र संघको छैटौ महाधिवेशन सम्पन्न भएको छ।उक्त महाधिवेशनबाट निर्वाचित तामाङ चलचित्र संघका कार्यसमितिमा अध्यक्ष - कुमार मोक्तान  उपाध्यक्ष - भुइसाल लामा उपाध्यक्ष - दिपक तामाङ लामा उपाध्यक्ष - जयन कुमार मोक्तान  उपाध्यक्ष - अजय स्याङतान  महासचिव - सुनिता लुङ्बा  सचिव - ऋतुराज पाख्रीन  कोषाध्यक्ष - अनिता गोले सह- कोषाध्यक्ष - अमर लामा       सदस्यहरु  सुस्मा लामा (सुस्मा मोक्तान) बिनायक तामाङ युद्ध लामा   हुत्त बहादुर तामाङ (संजय हुत्त) डिलबहादुर तामाङ ( डि.बी. दोङ) लक्ष्मी ग्यावा (पुजा लामा) आइते सिं तामाङ (निमा लामा) बिक्रम मोक्तान दिपक तामाङ टुल्साङ मोक्तान उत्तरध्वज तामाङ (उत्तर संगुल) माया मोक्तान ङेमा लामा ( निमा दोङ) नयन बहादुर तामाङ (सागर घिसिङ) बाबुराम थिङ (बाबू थिङ) पदम दोङ  अभि लामा उर्मिला वाईवा जोगलाल लामा  सुनिता दोङ निर्वाचित अध्यक्ष कुमार मोक्तान लगायत सम्पुर्ण कार्यसमितिका मित्रहरुलाई हार्दिक बधाई साथसाथै सफल कार्यकालको शुभकामना 

नियात्रा कविता हाइबुन - श्रीराम श्रेष्ठ

नियात्रा कविता  हाइबुन - श्रीराम श्रेष्ठ  १. चिम्से आँखाले संसार चिहाउँदा मात्तेको मन ! २. उम्लेको मन खुसीले मस्त हुँदा नौलो संसार ! ३. स्वतन्त्र पंक्षी उडेको आकासिदै रफ्तार आफ्नै ! ४. भैरमकोट साहित्य पदयात्रा अक्षरखेती ! ५. कर्मी डाँडामा बिताएको समय आँखै उज्यालो ! ६. चिसो समय सरीर तताउँदै लुट्यो आनन्द !

नियात्रा कविता हाइबुन - श्रीराम श्रेष्ठ

नियात्रा कविता  हाइबुन - श्रीराम श्रेष्ठ  १. चलेको हुरी बित्यास निम्त्याएर चिन्ता बढेको ! २. आँखै अगाडि  भद्रगोल समय भावुक बन्दै ! ३. एकान्त साँझ अँध्यारोले घेरिंदा फैलेको छाया ! ४. चराको हुल आकास्सिदै उडेको छाया पानीमा ! ५. डाँडाको दृश्य  चारैतिर उज्यालो  बाफिलो हावा ! ६. चिसो बतास तात्तिएको आकाश पसिनै झर्दा !

Tanka/तन्का-Shreeram Shrestha/श्रीराम श्रेष्ठ,जुन झरेछ…✍️

तन्का श्रीराम श्रेष्ठ  १, जून झरेछ टाढाको चिप्लो बाटो  थकाइ लाग्दा अर्कै बाटाेमा बास  समय पछि पछि । २, नीलो आकाश घुम्टो हालेको माया सुर्यास्त हुँदा पहेँलिँदै रोएको  अँध्यारो बाटो छेक्दा । ३, गयो जवानी  तिमीलाई  पर्खिँदा किन बिर्सेको एक्लोपनको बीच एक्लै भागेको आँखा । ४, भूत हिँडेछ कालो मोसो दलेर बत्ती नै कालो अँध्यारो नै बोकेको फ्याँकेको लाज हेर्दै । ५, सपना भाग्दा झुक्किँदो अनुहार  निन्द्रा आत्तिँदा निदाउन सकेन मुख छोप्दै लुकेको । ६, मध्यरातमा  अँगालोभरि माया बाँधेको मन फुत्कन खोज्दाखेरि  गर्भिणी मृग भाग्छे ।

स्यानिटरी प्याड खरिदमा लगाएको कर छुट गर्न भन्दै माइतीघरमा प्रदर्सन

काठमाडौं ।सरकारले महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड  लगायतका सामाग्रीहरुमा कर लगाएको भन्दै यसको कर छुट गर्नको लागि माग सहित माइतीघरमा युवतीहरुले प्रदर्शन गरेका छन्।

चर्चित गायक सौगात सायरको “सानु” बोेलको गीतको भिडियो सार्वजनिक

काठमाडौं।चर्चित गायक सौगात सायरको शब्द/संगीत तथा स्वरमा सजिएको  “सानु” बोेलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा सिर्मन पौडेल, रुपेश राज खड्का र श्री कृष्ण थापाको अभिनय छ । भिडियोमा पदम बोहोराको छायांकन, श्याम कार्की र नरोत्तम पाण्डेको सम्पादन छ । भिडियोलाई वरिष्ठ नृत्य प्रशिक्षक तथा नृत्य निर्देशक विवेक कार्कीले निर्देशन गरेको हुन् । यो गीतमा आफ्नो प्रेमीको बिछोडको पिडालाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ । उक्त गीतको म्युजिक भिडियोलाई ओजस फिल्मस् स्टुडियोले बजारमा ल्याएको हो।गीतको म्युजिक भिडियोका लागि तल दिएको Youtube क्लिक गर्न  नभुल्नुहोला।                https://www.youtube.com/watch?v=9her_A8fz6U    

नुवाकोटको त्रिशुली अस्पतालमा ईन्डोस्कोपी सेवा सुचारु

त्रिशुली । देशको राजधानीसँगै जोडिएको जिल्ला भए पनि केही महिना अघिसम्म सामान्य बिरामी हुनासाथ काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि लैजानुपर्ने सकस नुवाकोट र रसुवावासीले भोग्दै आएका थिए । सरकारी अस्पताल, त्यसमा पनि भवनको अभावसँगै थोरै शैया र एकदुईजना डाक्टरको भरमा बिरामी उपचार सेवा दिनुपर्ने हविगत देखेरै नागरिकहरुको यसप्रति विश्वास र भरोसा खासै थिएन । तर, अब राजधानीका ठुला र सुविधासम्पन्न अस्पतालभन्दा कम स्तरको छैन, त्रिशुली अस्पताल । उत्तरी धादिङसहित रसुवाले समेत स्वास्थ्य सेवा लिँदै आएको नुवाकोटको यो जिल्ला अस्पतालले दुईदेखि तीन वर्षको अन्तरालमा विभिन्न जटिल शल्यक्रियासहितको उपचार सेवादेखि पर्याप्त जनशक्ति र भौतिक पूर्वाधारको विकास गर्दै विगतमाझैँ राजधानीका अस्पतालहरुमा बिरामी बोकेर दगुर्नुपर्ने झन्झट तथा बाध्यताबाट यहाँका सर्वसाधारण मुक्त भएका छन् । नुवाकोटको त्रिशुली अस्पतालमा ईन्डोस्कोपी सेवा सुचारु गरिएको छ । अस्पतालमा १६ गते शनिबारबाट इन्डोस्क्रोपी सेवा सुचारु गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए । अस्पतालमा उक्त सेवा सुरु भएसँगै ईन्डोस्कोपी

हाइकु-श्रीराम श्रेष्ठ/आँखा नाङ्गिँदा…✍️

हाइकु-श्रीराम श्रेष्ठ १, आँखा नाङ्गिँदा रङ्गीचङ्गी दृश्यमा मोहित हुन्छ ! २, मेरो जीवन  बिहानको उज्यालो  लाचार बन्दै ! ३, बाठी रहिछे स्वार्थी प्राप्तका लागि नाटक गर्छे ! ४, रमाइ बसेँ आफुलाई बिर्सेर घमण्डी बन्दा ! ५, लाज मानेर दबिएर बसेछ बन्दकि मन ! ६, मनमा पीडा खुसीमा रमाउँदा बल्झियो दु:ख !