Skip to main content

Posts

Showing posts from October, 2020

सिजो कविता - श्रीराम श्रेष्ठ

 सिजो कविता  - श्रीराम श्रेष्ठ  १. अँध्यारो आधारात संझनामा तिम्रो याद कोल्टदै निदाउन नसकेको अवस्थामा जिस्कायो आँखा तरेर तिम्रो मेरो सम्बन्ध । २. घामको उज्यालोमा रमाइलो अनुभूति  समय पर्खिबसे रोकिएन मेरा लागि  अन्तत जिउनै पर्‍यो  भाताभुङ्ग जीवन । ३. निधार खाली रह्यो तिहारको समयमा  प्रदेस गएकाले बहिनीको मन रोयो सम्झना मडारिएर देखा पर्‍यो तिहार ! ४. राखेको तिमीलाई हृदयको छहारीमा ममता जगाउनु पर्ने थियो तिमीबाट  मरेको जीवन कथा अल्झिरह्यो हाँसेरै । ५. राखेको तिमीलाई हृदयको छहारीमा ममता जगाउनु पर्ने थियो तिमीबाट  मरेको जीवन कथा अल्झिरह्यो हाँसेरै । ६. संयोग भन्नैपर्छ भेटघाट तिम्रो मेरो  विश्वास गरेकै हो घात भयो तिमीबाट ढिला भो प्रेम प्रस्ताव यो मनले स्वीकार्न ।

हाइकु - श्रीराम श्रेष्ठ

 हाइकु - श्रीराम श्रेष्ठ  १. पशु मारेर बहादुरी सम्झने मूर्ख मानिस ! २. दु:खेको मन बिर्सने प्रयासमा बल्झियो झन ! ३. जिउँदो लास  जिस्कायो समयले बिर्सिदै लाज ! ४. डाँडाको घाम उज्यालो खोज्ने दाउ अँध्यारो छिर्दा ! ५. शङ्कालु मन आफू मात्र सम्झने यस्तै चलन ! ६. भेट्ने कहिले निउ खोज्ने त्यो मन रिस खोतल्दै !

सिजो कविता - श्रीराम श्रेष्ठ

 सिजो कविता  - श्रीराम श्रेष्ठ  १. आपत्ती खेप्दै जादा नाङ्गो मन छरिएछ मान्छेको चरित्रमा हिलो छ्याप्ने जतासुकै कारण बिनाको शङ्का पचाउने फलाम । २. सम्बन्धै तोडेपछि  देखापर्नु ब्यर्थ हुन्छ नगरौ रिसराग आफ्नो सुर आफै गरौ नदीको दुई किनारा तिमी पारि म वारि । ३. कसम खाएपछि दह्रो मन हुनुपर्छ  बोलेको कुरालाई आफ्नो ठान्न सक्नुपर्छ  सत्यता सबैको प्रिय बचाउन गाह्रो छ । ४.  अमुल्य जीवनमा बुझ्नुपर्छ आफैलाई सङ्घर्स गाथा बोक्दा खुट्टा चाल्न जान्नैपर्ने अडेको समय सीमा बचाएर हेरेमा । ५. भाग्यले साथ दिंदा सफलता मिल्दै जान्छ बुझेर खुसीलाई अँगालोमा बेर्नुपर्छ सम्झेर कर्तब्यबोध भइदैन निराश । ६. रहस्य खोजी गर्दै आफैलाई भुलेपछि बाध्यता बिताउदै घमण्डमा फसेपछि बेकार शङ्कामा फस्दा चिप्लिएछ समय ।

बेलकोटगढीका केही वडाहरुमा ७ दिनका लागि निषेधाज्ञा जारी

  नुवाकोटको बेलकोटगढी नगरपालिकाको ३, ७, ८, ९ र १० नं. वडाहरुमा ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । कार्तिक २ गते लिईएको स्वावमा ८ जनाको रिपोर्ट पोजेटिभ आए संगै नगर क्षेत्रमा संक्रमण दर बढ्न सक्ने भएकाले निषेधाज्ञा गरिएको नगरपालिकाले जनाएको छ । उक्त वडाहरुमा आज(कार्तिक ९ गते) बिहान १० बजे दखि ७ दिन सम्म लागु हुने गरी निषधाज्ञा जारी गरेको छ ।

हाइकु - श्रीराम श्रेष्ठ

 हाइकु - श्रीराम श्रेष्ठ  हाइकु १. दशैँ तिहार रमाइलो मानिन्छ   टोकेर जिब्रो ! २. साइनो जोडेँ विश्वास साटे पनि  धोका उम्रियो ! ३. विश्वास गर बनेर फराकिलो खुम्चेला आफै ! ४. जुवाडे बन्छौँ आफैलाई बिर्सेर चिम्लदै आँखा ! ५. हारेको युद्ध  सम्झन्छु सधैंजसो आपत पर्दा । ६. आँखा चिम्लदै मायाको अङ्गालोमा सपना हास्यो । ७. एकान्त बास मनमा कुरा खेल्यो भुँइ रित्तो छ । ८. तानेर हाले रित्तियो पानी सबै मन बुझेन । ९. कालो पोखरी  स्पर्श गर्न खोजेको आएछ वान्ता । १०. आगोको लप्का सबैतिर छरिदा खरानी मन । ११. जाडो छ अति  हिउँको थुप्रोभित्र  खोजिदै तातो ।

सेडोका कविता - श्रीराम श्रेष्ठ

 सेडोका कविता  - श्रीराम श्रेष्ठ  १. मायाको बाटो  तगारो बिछ्याउँदा गन्तव्य नै रोकिने । साँघुरिएछ पन्छाई मनलाई चुम्नुपर्छ उद्देश्य । २. कपटी माया विश्वास गर्न गार्‍हो  मन सधैँ शङ्कालु । बैगुनी हुँदा  चुलिएको झगडा परालको आगो भो  । ३. पुरानो माया आँखा भित्रै टाँसिदा हुन पुगे भावुक । ताजा सम्झना जिस्काउँछ यादले पुगेछु टोलाउन । ४. प्रेम प्रस्ताव  हतारमा राखेको करेन्ट बन्दै टाँस्यो । हृदय खोल्दै नाता गाँस्न खोजेको जागेको माया साटिँदै । ५. मायालुलाई अँगालोमा बाँधेर खोजेको साट्न । दिलकी रानी जिस्क्याउँन आउँछ  घाइते मन बोक्दै । ६. टाढाको माया बिर्सन खोजे पनि भूत बन्दै तर्सायो । लामो समय अतीतका घटना  सम्झिदिँदा आनन्द ।

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १. मायाको बाटो  सपना साँच्दै हिँडे लैला मजनु आँसुको भेल बग्यो एक्लो जीवनकथा तर्सिएको सपना । २. अँगालो मार्दै मायामा बेरिएको मीठो सपना  गुलाबी रातो मन अडेर माया गाँस्दा संसार रमाइलो । ३. वीर पुरुष  बलिदानी आफैमा खुम्चेकाे सान निरङ्कुशता ढल्यो गौरवमय गाथा मेटियो योगदान । ४. धमिलो छाया मान्छेको जिन्दगीमा  बगेको खोला आँटले तर्न खोज्दा लर्बराएको खुट्टा  सुख खोज्दै हुत्तिएँ । ५. अङ्कुश थाप्दा तन्काउँदै समय दु:खित मन मरेतुल्य जीवन  सङ्घर्षको चपेटा सुख लुट्ने प्रयास । ६. आगोको मुस्लो दनदनी बलेर खरानी रुप गरेको रिसराग समस्याको पहाड रातो आँखा तर्सिँदा ।

लाेकप्रिय गायक तथा संगितकार जनक लामाकाे संगितमा रहेको तामाङ भाषाकाे “नाम्स खानारी" गीत चर्चामा

करण तामाङ । फूलमाया तामाङकाे अवाजमा रहेको तामाङ भाषाकाे गित “नाम्स खानारी”ले चर्चा बटुल्न थालेको छ । पुरुष अवाजमा राेज तामाङकाे अवाज , अभिनयमा एरिन तामाङ र सुनिता बाईवा तामाङ , लाेकप्रिय गायक तथा संगितकार जनक लामाकाे संगित , जाेन राईकाे निर्देशन र तेजमान तामाङले शब्द रचना रहेको तामाङ भाषाकाे “नाम्स खानारी” पछिल्लो समयमा लाेकप्रियता कायम गर्न सफल रहेकाे हाे । गितलाई सबैले माया गर्दिनु भएकोमा भगवानरुपी दर्शक महानुभावहरुमा हाम्रो संवाददाताहरूसँग कुरा गर्दै गायिका फूलमाया तामाङले कृतज्ञता ज्ञापन गर्नुभएको छ । गायिका तामाङले अहिलेसम्म तीन दर्जन भन्दा बढी गितहरुमा अवाज दिई सक्नु भएको छ।पूरा भिडियो हेर्नका लागि दिएको लिंक थिच्नुहोला।

युवाहरुद्वारा बेलकोटगढी-४मा अपांग तामाङलाई ह्विल चियर हस्तान्तरण

 बेलकोटगढी।सुकुमान मेमोरियल पोलिक्लिनिकमा कार्यरत  MBBS डाक्टर दिल बहादुर थोकर तामाङद्वारा बेलकोटगढी -०४ दियाले,नुवाकोटका स्थानीय युवा तथा समाजसेवी शेरब लामालाई ह्विल चियर हस्तान्तरण गरिएको छ।उक्त ह्विल चियर समाजसेवि तथा युवा लामाले अपांग कान्छी माया तामाङलाई वितरण गरिएको छ।अपांग तामाङले ह्विल चियर प्राप्त पश्चात् खुशी व्यक्त गरे।

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १. एकअर्कामा विश्वास पस्दै गर्दा बन्दै आफन्त नछुटिने विश्वास समय बित्दै जाँदा कुडियो आफ्नै मन । २. अल्पिँदै बस्दा मनोभाव लुकेछ जाग्यो वितृष्णा वैरागीले घेरेको टोलाइ बस्दा एक्लै सम्झे भिखारी माया । ३. कालो समय अन्धकार छिचोल्दै कठोर बनेँ विद्रोहको मसाल घिस्रिँदै अघि बढ्दै सुख बटुल्ने धोको । ४. स्वर्गीय स्वप्न आँखामा टिलपिल बिर्सेको सम्झे जोडिएको विश्वास भताभुङ्ग सपना  वेदनाले झस्कायो । ५. जोडेको मन विश्वास गुमेपछि टाढियो माया सम्झनाले तर्सेको भूत बनी आँखैमा सम्झेको आफ्नोलाई । ६. प्रतिस्पर्धामा कमजोर ठानेर कामेको मुटु  डरले सातो लिँदा तेर्सिएर गुमेको समालिने कसरी ।

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता   - श्रीराम श्रेष्ठ  १. बगैंचाभित्र रङ्गीचङ्गी दृश्यले खिचेको मन आँखामै टाँसिएछ सफा वातावरण  सुन्दरता हाँसेको । २. गहिरो प्रेम मुटुको धड्कनमा राख्न खोजेको एकोहोरो सोचाई  चिप्लेको हिले माछा माया अन्धो भएछ । ३. आँखा उघार्दा सम्झेको उनीलाई रित्तो पलङ मुटुभित्र साँचेको  धोका पाउँदा पनि भुल्न नसक्ने माया । ४. मान्छेको भाग्य समयचक्र भित्र ऐना बनेर आँखा एक्लै तेर्सिदा तर्सिएको समय धकेलिन पुगेछ । ५. आफु जलेर उज्यालो छर्न खोज्दा पीडा दबेको सुख ओकल्न खोज्दा अँगालेको दु:खले दबाउँछ प्रशंसा । ६. रमेको मन खुसीले उफ्रिएको उडेको चरा कावा खाँदै उडेको मीठो ध्वनि गुन्जिँदा सौन्दर्य पोखिएको ।

युवा तथा समाजसेवी गुरुङद्वारा मेरुदण्डको बिरामीलाई आर्थिक सहयोग

 युवा तथा समाजसेवी शेर बहादुर गुरुङद्वारा नुवाकोटको बेलकोटगढी-०४ नेपने स्थायी बसोबास रहेका ठाकुराम गुरुङलाई आर्थीक सहयोग गर्नु भएको छ।समाजसेवी गुरुङ पनि सोही ठेगानाको वडा नम्बर ०४ चनौटे घर भै हाल काठमाडौमा रहदै आउनु भएको छ। उहाँले आफ्नो स्व-इच्छाले रु.५,११० अक्षेरुपी रु. पाँच हजार एक सय दस रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो।ठाकुराम गुरुङ बिगत लामो समयदेखि मेरुदण्डको समस्यामा हुनुहुन्छ।स्याउला झार्ने समयमा रुखबाट खसेर उहाँको मेरुदण्ड भाचिएर शारिरिक समस्य उत्पन्न भएको उनका परिवारले बताए।

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १. सोझो बनेर हृदय फुकाउँदा मनमा काँडा फैलिएको वितृष्णा चोटको पीडा खप्दै दु:ख लुक्दै हाँसेको । २. सङ्कटकाल दाजुभाइको फाटो आपसी द्वन्द  घमण्ड चुलिएको आफैमा काटमार आँखा चिम्लदै बुद्ध । ३. वाचा बन्धन धर्म राख्छौ बन्धकी घेराबन्दैमा बाँधिएको सत्यता  विश्वासमा जेलिँदा उल्टिएको संसार । ४. मन खुम्चिँदा नरमाइलो सोच  एक्लिँदै आफै खुसी बटुल्न खोज्दा समस्या आफैमाथि मित्रता नै पराई । ५. मनुस्य चोला विश्वको रङ्गमन्च  सङ्घर्ष गाथा जीवन घामपानी बामे सर्न खोजेको बुद्धि नै सर्वेसर्वा । ६. बिरानो देश भूगोलमा पाइला  आँखा उघार्दा निश्चल परिदृश्य जिम्मेवारी बनेर जित्नुपर्छ समय ।

बिसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बिसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १. अस्थिरपञ्जर गरिबीले च्यापिदा भोको पेटमा रोगसँग लडेर हराउँदा आफैमा स्वीकारेँ मृत्यूलाई । २. एक्लो जोवन स्वतन्त्र मनभित्र  माया जागेको कोमल मन हुँदा  चन्चलता बनेर मायाको बिउ रोप्दै । ३. अँध्यारो छाया भूत बन्दै तर्सायो गड्यो वितृष्णा  मन खुकुलो पार्दा हेपिएर खुम्चेको सम्झिए आफ्नो गल्ती । ४. खुसी प्रफुल्ल  आँटेको काम पुरा सपना साँच्दै फराकिलो सोचाइ दिवा स्वप्न सम्झेर गन्तव्य चुम्न खोज्दै । ५. ठिङ्ग अभाव  जीवन सङ्घर्षमा रित्तो सपना  चुपचाप घुरेको समयले जिस्कायो दुलो छिर्दै लुकेको । ६. युद्धभूमि रे जीवनको मैदान निडर बन्दै सङ्घर्षमा होमिँदा इज्जत अँगाल्दैमा बेहोछौ सुखदुःख ।

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता   - श्रीराम श्रेष्ठ  १. निथ्रुक्क भिजेँ मायाको डुबुल्कीमा रमायो मन आफैलाई साटेर जीवन तन्काउँदै झस्केको खल्लो मन । २. दुखी मनमा सुखी बन्ने प्रयास देख्दै सपना  मतलबि दुनियाँ घेरैमा रमाउछ दयाभाव मरेको । ३. उकालो बाटो  हुत्तिँदै अघि बढ्दा बाटो छोट्टेको बुझ्न खोज्दा सकिनँ जिन्दगी डरलाग्दो समयले धकेल्दा । ४. धान्दै इज्जत  समाजमा ठडिएँ नाङ्गो सपना आँखाभरि उज्यालो  कम्मर कसेरे नै पीडा बोक्दै बाँचेको । ५. पातको शीत घामको चुम्बनमा बाफिलो मन आफैभित्रको रिस भौँतारिँदा सन्केको ओइलिएको रुप । ६. लोकतन्त्रमा निरङ्कुस लादेको लाग्यो सपना  आन्दोलन मच्चिँदा अघिअघि बढेको  सम्झे गोलाबारुद ।

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १. धान्दै इज्जत  समाजमा ठडिएँ नाङ्गो सपना आँखाभरि उज्यालो  कम्मर कसेरे नै पीडा बोक्दै बाँचेको । २. पातको शीत घामको चुम्बनमा बाफिलो मन आफैभित्रको रिस भौँतारिँदा सन्केको ओइलिएको रुप । ३. लोकतन्त्रमा निरङ्कुस लादेको लाग्यो सपना  आन्दोलन मच्चिँदा अघिअघि बढेको  सम्झे गोलाबारुद । ४. प्रेमको फूल गन्तव्य असीमित  गम्दै अडिएँ आफैलाई बिर्सेर झटारो हान्न थाल्दा मेहनत नै व्यर्थ । ५. न्यानो अँगालो आत्मीयता साटेको मनै चञ्चल संसार जितिसक्दा खुसीको फुलवारी वासनाले उन्मक्त । ६.. निरीह मान्छे जिन्दगीको यात्रामा झेल्दै तनाव जान्दाजान्दै हौसिँदा मौनताअँगालेको खोक्रो बन्यो जीवन ।

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १. बहानाबाजी  आँखा चिम्ली बसेको डरायो निद्रा  निदाउने प्रयास अँध्यारो मडारिदा उज्यालो तेर्सिएको । २. दयालु मान्छे  समस्या विकराल चिम्लेको आँखा पीडाले जिस्काएको रमिते बनिी बस्दा डरले मुटु कामेछ । ३. असह्य पीडा आफैभित्र दबाएँ बसेर मौन समय बित्दै जाँदा गुम्स्यो रहरहरु छाया पर्दै जिन्दगी । ४. होलिको दिन रङसँग खेलेको नक्कली हाँसो शरीर रङ्ग्याउँदै खुसी लिन खोजेको नौटङ्की रुप देखेँ । ५. रानीपोखरी जमेको पानीसँग मितेरी गाँस्दै चिहाउन खोजेछ पानीको भुल्का देख्दा आकासिने रहर । ६. खोलाको छाल शक्तिशाली बनेर खुम्चेको धार छरिएको पानीमा माछा पौडन खोज्दा रुझ्दै थाकेको मन ।

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १. झरि परेछ चिस्सिएको समय रुन्चे मौसम चारैतिर चिहाएँ उज्यालो धमिलियो मन बन्यो अमिलो । २. अँध्यारो पन्छ्यो कुखुरा बासेपछि फाट्यो अँध्यारो उज्यालो छर्दै गर्दा दृश्य बन्यो मोहक खुसी नै उपहार । ३. मद्दत मागेँ आपतमा आफैले बनेछु एक्लै समयले हुत्यायो आफन्त नै टाढिएँ खुसी बन्यो लिलामी । ४. जाडो महिना निस्किनै नसकिने कामेको मुटु  चिसोले सताउँदा तातो नै खोज्नुपर्ने  घाम बन्यो औषधी । ५. बाटो छोटिँदा थकाइ मार्न बसेँ मिठो बसाइँ  शीतल चुम्दै बस्दा खेल्यो मनमा कुरा आशङ्काले घेरियो । ६. शीतल हावा जीवन खुसीमय प्रकृति देन क्षणिक भए पनि  चङ्गा भएको मन आकासिँदा आत्तिएँ ।

बेलकोटगढी-४का विभिन्न पार्टीका युवाहरु धमाधम काङ्ग्रेसमा प्रवेश

बेलकोटगढी।नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, प्रतिवान नेता एवम् माननीय संघिय सांसद  बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा बेलकोटगढी -४ नेपनेमा आज वडाबासीहरुसङ्ग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।लामाद्वारा हाल कोरोना भाइरस कोभिड १९ को महामारीको विषम् परिस्थितिमा पनि नुवाकोटका बेलकोटगढी ४ नेपनेमा वडाबासीहरुसङ्ग भेटघाट र  आउदै गरेको दशै तिहार तथा छठ लगायतका नेपालीहरुको महान पर्वहरुको  शुभकामना आदन प्रदान  गर्ने कार्य भएको हो। उक्त कार्यक्रममा स्थानीयहरुको उल्लेखनिय उपस्थित रहेका थिए।कार्यक्रममा साविकको  दुईपिपल गाउँ विकास समितिका पुर्व अध्यक्ष इन्द्र लामा,युवा तथा समाजसेवी शेरब लामा,प्रकाश रिजाल,सोनम लामा,वडा नम्बर ४का नेपाली काङ्ग्रेसका सभापति लक्ष्मण तामाङ,प्रत्याशी नगर प्रमुख यादव नेपाल, साबिकको दुईपिपल गाउँ विकास समितिका नेपाली काङ्ग्रेस पार्टी सभापति  मदन भुजेल,युवा तथा समाजसेवी रामचन्द्र लामा,बाबुराम तामाङ,प्रेम तामाङ ,लगायतका  उपस्थित रहेका थिए।सोही कार्यक्रमको बिच राप्रपा,पुर्व एमाले र ,पुर्व नेकपा माओवादीका

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १. जाडो महिना निस्किनै नसकिने कामेको मुटु  चिसोले सताउँदा तातो नै खोज्नुपर्ने  घाम बन्यो औषधी । २. बाटो छोटिँदा थकाइ मार्न बसेँ मिठो बसाइँ  शीतल चुम्दै बस्दा खेल्यो मनमा कुरा आशङ्काले घेरियो । ३. शीतल हावा जीवन खुसीमय प्रकृति देन क्षणिक भए पनि  चङ्गा भएको मन आकासिँदा आत्तिएँ ।  ४. जाडो महिना निस्किनै नसकिने कामेको मुटु चिसोले सताउँदा तातो नै खोज्नुपर्ने  घाम बन्यो औषधी । ५. मन पराएँ विश्वास जोड्न खोज्दा लागेको ठेस हाँसो लुकाएर नै खुसी बटुल्न खोज्दा थुप्रियो पीडैपीडा । ६. अँगालो मार्दा आत्मीयता जोडियो सम्बन्ध गाढा आपसी द्वन्द्व  हुँदा  फुत्किएको विश्वास भक्कानिदै रोएथेँ ।

बुसोकुसेकिका कविता श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता  श्रीराम श्रेष्ठ  १. बसिबियालो खुम्चेको सानो मन उजाड आँखा दुबो टेक्ने वसन्त  शीतल चिसो हावा फिजेपछि मात्तेको । २. बिरामी हुँदा  ओछ्यानमा पल्टेको आँखामा आँसु मरितुल्य जीवन मृत्युले जिस्काउँदा विगत सम्झि रोएँ । ३. त्रिशूली नदी निलो जलप्रवाह खिचेको मन पानीले भिजाउँदा डुबुल्कि मार्ने इच्छा  पानीको वेग कुरे । ४. गन्तव्य पथ जीवन तन्काउँदै मिलेको हासो बुझ्नुपर्छ आफैंले अँगालोको बेलामा चुचुरो हसाइ । ५. वर्षाको खोला हुत्तिदै अधि बढ्दा आवजै ठूलो  लेदोपन मिस्सिदै धमिलिदै बगेको आत्तिदै माछा लुक्यो । ६. भेटेको बेला नाता जोड्न खोजेको लठ्ठै परेको आँट गर्न सकिन माया गुम्सिन थाल्दा बतास्सिएको मन । ७. बन्द कोठामा  कोचिएर राखेको मनमा डर आँखा चिम्म गरेको अँध्यारो निसास्सिंदा गन्धको उवार नै । ८. दुखेको मन कति सहने कुन्नी कर्मको फल जिउने बाटो सिक्दा खुल्ला ढोका मन्दिरको उज्यालो छिरिदिंदा । ९. बुझ्न सकिन अनौठो दृश्य देख्दा रमेको मन आखा नै झलमल  बिहानि छाना हेर्दा प्रकृति रमाइलो । १०. जाडो महिना निस्किनै नसकिने कामेको मुटु  चिसोले सताउँदा तातो नै खोज्नुपर्ने घाम बन्यो औषधी ।

श्रीराम श्रेष्ठका तीन कृतिहरु विमोचन कार्यक्रम सम्पन्न।

श्रीराम श्रेष्ठका तीन कृति सार्वजनिक साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गो सपना विमोचन गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र बाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृतिको अनावरण गरे ।    जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नाङ्गो सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ । विमोचित कृतिका विषयमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोपिनाथ मैनालीले कृतिहरु नेपाली साहित्यमा जापानी शैलीको नौलो प्रस्तुती रहेको उल्लेख गरे । जापानी शैलीका कविताहरु र जापानी जीवनशैलीबारे उनले चर्चा गरे ।  यसैगरी समालोचक टेकनाथ दाहालले कृतिमा समसामयिक चेतना तथा लेखकीय अनुभूतिको राम्रो प्रस्तुती रहेको उल्लेख गरे । यस्तै वरिष्ठ साहित्यकार पुष्कर लोहनीले जापानी शैलीका कविताका सैद्धान्तिक पक्षका बारेमा चर्चा गरेका थिए । यस्तै कृतिकार श्रीराम श्रेष्ठले कृतिका रचनागर्भका बारेमा आफ्ना भनाइ राखे । का