बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१.
जाडो महिना
निस्किनै नसकिने
कामेको मुटु
चिसोले सताउँदा
तातो नै खोज्नुपर्ने
घाम बन्यो औषधी ।
२.
बाटो छोटिँदा
थकाइ मार्न बसेँ
मिठो बसाइँ
शीतल चुम्दै बस्दा
खेल्यो मनमा कुरा
आशङ्काले घेरियो ।
३.
शीतल हावा
जीवन खुसीमय
प्रकृति देन
क्षणिक भए पनि
चङ्गा भएको मन
आकासिँदा आत्तिएँ ।
४.
जाडो महिना
निस्किनै नसकिने
कामेको मुटु
चिसोले सताउँदा
तातो नै खोज्नुपर्ने
घाम बन्यो औषधी ।
५.
मन पराएँ
विश्वास जोड्न खोज्दा
लागेको ठेस
हाँसो लुकाएर नै
खुसी बटुल्न खोज्दा
थुप्रियो पीडैपीडा ।
६.
अँगालो मार्दा
आत्मीयता जोडियो
सम्बन्ध गाढा
आपसी द्वन्द्व हुँदा
फुत्किएको विश्वास
भक्कानिदै रोएथेँ ।
Comments