Skip to main content

Posts

Showing posts from June, 2021

डा.दिलबहादुर थोकर तामाङद्वारा महाभारत गाउँपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण

डिलबहादुर लामा।खाने मुखलाई जुँघाले छेक्दैन भने झै डाक्टर पेशामा आबद्ध रहेका दिलबहादुर थोकर तामाङ अहिले सामाजिक अभियान्तको रूपमा चर्चामा रहेको छ।जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उहाँको आफ्नो कर्तव्यमा रहेर पनि बाकी समयमा सामाजिक कार्यमा ब्यस्त भएको देखिन्छ।उहाँले आफ्नो स्वर्गीय आमा कान्छीमाया तामाङको नाममा कान्छीमाया तामाङ फाउन्डेसन समेत खोलेर आफु सञ्चालक प्रमुख  भै-काम गरिराख्नु भएको छ।डाक्टर तामाङ चिकित्सक समाज नेपालका बोर्ड सदस्य प्रमुख समेत हुनुहुन्छ। उहाँको संघ संस्थाहरुद्वारा विभिन्न गाउँ ठाउँमा पुगेर नि:शुल्क स्वास्थ्य शिविर,राहत वितरण गर्नुका साथै स्वास्थ्य सामग्रीहरु वितरण गरिदै आएको छ।त्यस्तै उहाँको पहलमा प्राप्त स्वास्थ्य सामाग्रीहरु र oxygen concetrator महाभारत गाउँपालिकाका अध्यक्ष कान्छा लाल जिम्बालाई हस्तान्तरण गरिएको तामाङले बताउनुभयो।उक्त सामाग्रीहरु बोधिसत्व बिहारबाट प्राप्त भएको उहाँले बताएको छ।हरेक कार्यमा हातमा हात र काधमा काध गरेर साथ सहयोग गर्नुहुने Supreme Master र Tzu Chi Foundation लाई हार्दिक नमन साथसाथै हार्दिक कृतज्ञता आभार प्रकट। आगामी दिनहरूमा पनि यी र यस्तै स

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले स्थानीयस्तरमा आन्दोलन परिचालन समिति गठन गरे

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनलाई मध्यनजर गर्दै स्थानीयस्तरमा आन्दोलन परिचालन समिति गठन गरिएको छ । नेपाल शिक्षक महासंघको १३ गते राति भएको भर्चुअल बैठकले विद्यालय कर्मचारी तथा बालशिक्षकहरुको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि आन्दोलन परिचालन समिति गठन गरिएको हो । गठित समितिको संयोजकमा महासंघ शिवसताक्षीका उपाध्यक्ष लालमणी सुवेदी रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा महासंघबाट गणेश चम्लागाई र कमला बस्नेत रहेका छन् । त्यसैगरी घटक संस्थाका अध्यक्षहरु उक्त समितिको सदस्यमा रहेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका शिवसताक्षी अध्यक्ष रमेशकुमार दाहाल, नेपाल शिक्षक संघका अध्यक्ष विष्णुबहादुर सुब्बा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका विष्णु भट्टराई, नेपाल विद्यालय कर्मचारी परिषद्का नगर अध्यक्ष मदनकुमार राई रहेका छन् ।  सोहि बैठकले महासंघ राष्ट्रिय समितिमा आवद्ध शिक्षकका प्रमुख घटकहरु यस विषम परिस्थितिमा, शिक्षकहरु राज्यद्वारा विभेदको शिकार बनाईएको र प्रताडीत पारिएको अवस्थामा समेत एक हुन नसक्नुले नेपाल शिक्षक महासंघ प्रतिको आशा, विश्वास र भरोसा क्षीण हुदैँ गइरहेको

यी हुन् सामाजिक सञ्जालमा भाइरल तस्विर दुई व्यक्ति

नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।तर, पछिल्ला वर्षहरूमा भने असार १५ लाई युवायुवतीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् । धान दिवसमा एउटा तस्वीर खुबै भाइरल भयो । तस्वीरमा दुई युवा-युवती हिलोमा डुबुल्की मार्दै रोमान्स गरिरहेजस्तो देखिन्छ । धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन । तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’। केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’नाममा दर्ता गरिएको पार्टी (जसको अहिले नाम परिवर्तन) की सचिव पनि हुन् उनी । विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन् । तस्वीरमा देखिएका पुरुष हुन् दोहोरी गायक छत्र शाही । उनी इन्द्रेणी साँझमा काम गर्छन् । हिजो भक्तपुरमा युवा संघ नेपालले पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा आयोजना गरेको रोपाईं कार्यक्रममा आ-आफ्न

शुन्दर तीन तले घरको अगाडि खेतमा रोपाइँ

चितवन सदरमुकाम भरतपुरबाट नजिकै भएर पनि ठिमुरा ओझेलमा छ। यो त्यही ठाउँ हो जहाँ केही महिनाअघि मात्रै त्रिशूली नदी माथिबाट तनहुँसँग जोड्ने पक्की पुल एकै महिनामा दुई पटक भाँचिएको थियो। निर्माण सकिनुपर्ने समय आइपुग्न केही महिनामात्रै बाँकी हुँदा पुल भाँचिएपछि ठिमुरा बदनाम भयो। यही पुलभन्दा केही मिटर पर बनेको एउटा घर भने अहिले सामाजिक सञ्जालमा निकै चर्चित भइरहेको छ। नारायणगढ बजारबाट करिब ५ किलोमिटरका दूरीमा छ, ठिमुरा। यहाँ पुग्न नारायणगढ-मुग्लिन सडक खण्डको रामनगरबाट करिब एक सय मिटरअघि बढेपछि बायाँतर्फ लाग्नुपर्छ। बरण्डाभार जंगल हुँदै करिब एक किलोमिटरभित्र त्रिशूली नदीको आडैमा यो सुन्दर घर देख्न सकिन्छ। हाडजोर्नीको समस्या भएका बिरामीको उपचारका लागि चितवनमा चर्चा कमाएका डाक्टर प्रमोद लामिछानेले बनाएका हुन् यो घर। डाक्टर लामिछानेको पुर्ख्यौली घर लमजुङको राइनास-८ हर्राबोट हो। २०७२ सालमा आएको भूकम्पले उनकोमात्रै नभएर गाउँका प्रायःको घर भत्कायो। ‘आफू जन्मे-हुर्कको, पढे-खेलेको त्यो घर गुमाउनुपर्दा मलाई असाध्यै पीडा भएको थियो। बुबाले बनाएको पहाडी मौलिकता झल्कने यति राम्रो घर अब सकियो भनेर साह्रै दुः

नायक पल शह "रियल हिरो अफ दि इयर"बाट सम्मानित

चर्चित नायक पल शहको नाम आजभोलि सबैको ओठ ओठमा झुन्डिएका छन्।छोटो समयमा नै नायक शहले दर्शक स्रोताहरुबाट सोचेभन्दा धेरै साथ सपोर्ट पाउन सफल भैसकेको छ।बिश्वब्यापी रूपमा चर्चा बटुल्न सफल ,सफल नायक आज जोकोहिलाई उनको नामसङ्ग परिचित हुन केही समस्या पर्छ भन्ने कुरामा सहमत कोहि छैनन्। उनले धेरै भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने चलचित्रमा पनि ।यसपटक भने नायक पल शहलाई " रियल हिरो अफ दि इयर "बाट सम्मानित गरिएको छ।रजतपट कोशेली अभियान अन्तर्गत उनलाई बुधबार यो सम्मान गरिएको हो।

"सालको पात जसरी" बोलको गीत डिजिटल बजारमा सार्वजनिक

विष्णु तामाङ र गीता श्रेष्ठ को स्वरमा ‘सालको पात जसरी’ गीत सार्वजनिक भएको छ । विष्णु तामाङकै शब्द, सङगीत र ऐरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विपिन क्षेत्रीको छायांकन, कपिल लामाको निर्देशन रहेको सार्वजनिक भिडियोमा अञ्जली अधिकारी र अर्जुन गौतमको अभिनय छ । गीतको भिडियोलाई शिवपुरी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अब चल्ने भयो जोर बिजोर हुँदै सवारी साधनहरु

अत्तरिया:  कैलाली जिल्लामा २ महिनादेखी ठप्प रहेको सार्बजनिक यातायतहरु संचालनमा आएका छन् । दोस्रो चरणको महामारी फैलिएपछि जिल्लामा बन्द गरिएका सार्वजनिक यातायात २ महिना पछि आजदेखी सञ्चालनमा आएका हुन् । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइएको हो । वैशाख १६ देखि कैलालीमा जारी निषेधाज्ञामा सार्वजनिक यातायतहरु सञ्चालन गर्न दिइएको थिएन । जिल्लाभित्र जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी बिहान ०६ बजेदेखि साँझ ७ बजेसम्मका लागि सवारी साधन सञ्चालन पाइने छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले स्वास्थ्य मापदण्ड पालन गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न आदेश दिएका थिए । जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाउन पाइनेछ । चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । अटो, मोटरसाइकल र स्कुटीमा पनि जोरबिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी रिजालले बताए। अत्यावश्यक सेवामा सञ्चालन हुने

बेलकोटगढी ९ मा साझेदारी कुवा निर्माण कार्य सम्पन्न

बेलकोटगढी|देशभर सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम नुवाकोटको बेलकोटगढी नगरपालिकाले पनि सञ्चालन गरिएको छ।जस अन्तर्गत आर्थिक वर्ष २०७७/७८ का लागि नगरको वडा नम्बर ९मा साझेदारी कुवा निर्माण कार्य सम्पन्न गरिएको छ।उक्त प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरतहरुद्वारा गरिएको साझेदारी कुवा निर्माणमा सुचिकृत लाभग्राहीहरुले खुशी व्यक्त गरिएका छन्।प्राविधिक लागत अनुमानमा समयमा नै काम सम्पन्न भएको समेत रोजगार सेवा केन्द्र बेलकोटगढी नगरपालिका नुवाकोटले जनाएको छ।निर्माण कार्यमा रहेका युवाहरूको सक्रियता र उत्साहीलाई उच्च मूल्यांकन  गर्दै रोजगार सेवा केन्द्र बेलकोटगढी  नगरपालिका नुवाकोटले बधाई समेत दिएका छन् ।

संयुक्त रुपमा बेलकोटगढीका नगरप्रमुख खनाललाई ध्यानाकर्षण पत्र

बेलकोटगढी। नुवाकोटको बेलकोटगढी नगरपालिका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी र जेष्ठ नागरिक मञ्चले नगरपालिकाले चार वर्षमा गरेको कामबारे ध्यानाकर्षण गराएका छन् । उनीहरुको संयुक्तरुपमा नगरप्रमुख राजेन्द्र रमण खनाललाई पत्र बुझाउँदै चार वर्षमा नगरप्रमुखले प्रभावकारी काम गर्न नसकेको र आवश्यक समन्वय समेत नगरेको भन्दै ध्यानकार्षण भएको जनाएका हुन । चार वर्षमा विकास निर्माणका नाममा सडक निर्माणमा अवौं रुपैयाँ खर्च गरेपनि देखिने र जनताले महसुश गर्ने गरी कुनै सडक नबनेको, कृषि क्षेत्रको विकास गर्न किसानका लागि आएका अनुदानहरु किसानको आतमा नपुगी पहुँचको भरमा आफ्ना आसेपासेलाई बाढेको आरोप छ । त्यस्तै शिक्षा र पर्यटन क्षेत्रको विकासमा पनि कुनै काम गर्न नसकेका उनीहरुको आरोप छ । गिटी, ढुंगा, बालुवा उत्खन्नका लागि वैधाकि विधि बनाउनुपर्ने, पोल्टिफर्म र सहकारी अनुमति तत्काल खोल्नुपर्ने, निर्माण व्यवसायी इजाजात पत्र नगरपालिका मार्फत वितरण गर्नुपर्ने, नगरपरिषद्मा पार्टीको सम्मानजनक सहभागिता हुनुपर्ने, नगरस्तरीय फुटबल तथा खेलमैदान पायक पर्ने स्थानमा बनाउनुपर्ने, एक घर एक धारोका ल

मेरी महारानी - करण "सायर"

मेरी महारानी  हल्का डिम्पल त्याे मिरमिरे अाँखा हिस्सी परेकी लरक्क कालाे केस लजाउँदै हेरेकी  मिलेको दन्त  दृश्य मिठाे मुस्कान बैंसकाे बेला मन्दमन्द हावामा थाेरै उड्दै जवानी । काेमल हात समाउदै पाखुरा  मिलेको जाेडी अलि हाेची मायालु निधारकाे चुम्बन  अझै मिठास  बज्दै प्रेम संगीत यात्री बन्दै छाैँ त्याे पञ्छि जस्तै भन्छिन्  उ मेरी महारानी । करण तामाङ घ्लान "सायर" बेलकाेटगढी - ४ सालखर्क नुवाकोट  हाल : काठमाडौ नेपाल

गजल-भगवती खनाल`सुनाखरी´-सुखमा ताली…

भगवती खनाल`सुनाखरी´ • गजल • सुःखमा तालि वजाउनेहरुकाे भर नगर्नुस । साँच्चै सवै मित्र नै हुन भनी ठहर नगर्नुस।। जिन्दगीमा लठेपछि चिनिन्छ काे कस्तो मित्र भन्ने। मान्छेलाई एकै दर्जामा राख्ने रहर नगर्नुस।। आउनेहरु आउन ती  सहि ठाउँमा वस्छन् भने।  नआउनेलाई हजुर भन्दै कहर नगर्नुस।। जिन्दगी यो सवैले स्वतन्त्र जिउन पाउनु पर्छ। दवाव तनावमा वाँच्नै परे भाे घर नगर्नुस।। ओठ खाेलेर हाँस्नेहरुकाे हो  खुसी लुटिन्छ भने। अत्याचारलाई आगाे लगाउन डर नगर्नुस।। २.   खुसिहरु किनेर ल्याईदिनुस सक्नुहुन्छ भने। मेरो मुटु चिनेर ल्याईदिनुस सक्नुहुन्छ भने।। आमा बाबा कति दुःख नमानिकन छाेरीकाे लागी। न्याय पूरा छिनेर ल्याईदिनुस सक्नुहुन्छ भने।। दाईजो , गहर गहना श्रृङ्गारका सामान होइन्। वाँच्ने आँट पिँधेर ल्याईदिनुस सक्नुहुन्छ भने।। मानशिक यातनाकै कारण नमरुन कुनै  छाेरी। सत्य वाचा गिँडेर ल्याईदिनुस सक्नुहुन्छ भने।। पिडामा भाेलि मुर्छि न्यायकाे ढाेकामा नजाने गरि। राम्रो साथ हिँडेर ल्याईदिनुस सक्नुहुन्छ भने।। त्रिशूली नुवाकोट

पहिलो पटक नर्वे सेनामा ८ जना नेपाली युवा भर्ती हुन सफल

नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन् । नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो । जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षका लागि कन्ट्रयाक्ट साईन गरेका हुन्छन् । सो अवधि सकिएसँगै उनीहरु घर फर्किन पनि पाउँछन् भने थप कन्ट्रयाक्ट लिन पनि सक्छन् । तर, यस भर्तीमा भने पेन्सनको व्यवस्था हुँदैन । भर्ती हुनका लागि अन्तर्वार्ता, शारिरिक व्यायामलगाएतका विभिन्न टेस्टहरु पास गर्नुपर्ने हुन्छ ।भर्ती भएका आठ जनामध्ये रोल्पाका किरण राना मगर पनि रहेका छन् । एक सामान्य परिवारमा हुर्किएका किरण रोल्पाबाट नर्वे सेनामा भर्ती हुने पहिला व्यक्ति समेत हुन् । नर्वे सेनामा भर्ति हुन सफल किरणले सो ठाउँमा पुग्न पाउँदा आफूले निकै गर्वको महसुस गरेको जनाएका छन् । ‘मेहनतका साथ यस ठाउँसम्म पुग्न पाउँदा निकै गर्वको महसुस भएको छ’ उनले भने ,‘नेपालीले विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो मेहनत र परिश्रमले केही गर्छ है भन्ने लाग्छ । नर्वे सेनामा भर्ती हुनु म लगाएत मेरो परिवार र देशका लागि समेत गर

विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै पेमा लामा

केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’ हो, महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा लिने गर्छन् तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ। सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्। एसएलसी दिएपछि पेमा उच्च शिक्षा हासिल गर्न सन् २००५ मा काठमाडौं आईन् । हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर (+२) अध्ययन गरिन्। (+२)अध्ययन सकियो। त्यसपछि के गर्ने? अन्योलमा परिन् उनी। उनलाई वातावरण विज्ञान पढ्ने मन थियो। तर उनका बाबाको चाहनाचाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो। पाइलट पेसाबारे जान्न उनले आङ्गेलु शेर्पासँग सल्लाह सुझाब मागिन् । जो बुद्ध एयरमा पाइलटका रुपमा का

रुडेक नेपालले गरे नुवाकोटमा टेलीफोन पाठशाला सुरु

नुवाकोट ।   ग्रामीण विकास तथा शशक्तिकरण केन्द्र रुडेक नेपालले नुवाकोट जिल्ला भित्र रहेका ४८ वटा सामुदायिक विद्यालयहरुमा टेलिफोन पाठशाला सुचारु गरेको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा नुवाकोटमा सामुदायिक विद्यालयहरुमा एकिकृत साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । रुम टु रीड र रुडेक नेपालको साझेदारीमा सामुदायिक विद्यालयहरुमा भाषा शिक्षकहरुद्वारा अभिभावकहरुलाई फोन सम्पर्क गरि कक्षा १ र कक्षा २ का बिद्यार्थीहरुलाई फोन सिकाइ सहजिकरण गरि टेलिफोन पाठशाला सुचारु गरिएको हो । कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरको महामारीका कारण विद्यालयहरु बन्द भएको र विद्यार्थीहरु घरमा नै रहेका बेला विद्यार्थीहरुको शिक्षण सिकाइलाई निरन्तरता दिनको लागि रुम टु रीड र रुडेक नेपालको सहजीकरणमा वैकल्पिक सिकाइका माध्यमहरु मार्फत टेलिफोन पाठशाला सुरु गरिएको ग्रामीण विकास तथा शशक्तिकरण केन्द्र नेपालको साक्षरता कार्यक्रम संयोजक फुर्वा घलेले जानकारी दिए । कोरोना माहामारीको यस विषम परिस्थितिमा विद्यार्थीहरु शिक्षण सिकाइबाट बन्चित नहुन भनेर रुम टु रीड र रुडेक नेपालको सहजीकरणमा वैक

महासंघले देशैभर कोरोनाको खोप नलगाएसम्म पठनपाठन गर्न नदिने गरे घोषणा

काठमाडौं-  नेपाल शिक्षक महासंघले डिजिटल आन्दोलनबाट आफ्ना मागहरु पूरा नभए सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।  महासंघले देशैभर रहेका करिब साढे ३ लाख शिक्षक तथा विद्यालयका कर्मचारीलाई कोरोनाको खोप नलगाएसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नदिने घोषणा गरेको छ। बिहीबार भर्चुअल रुपमा महासंघको अवधारणा पत्र प्रस्तुत गर्दै महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले सबै शिक्षकलाई कोरोना खोप नलगाएसम्म भौतिक रुपमा कक्षा बहिष्कार गर्ने बताएका हुन्। महासंघको अवधारणापत्रमा शिक्षालाई गुणस्तरीय बनाउन सबै शिक्षक एकै खालको हुनुपर्ने, अब नियुक्त भएका शिक्षक सबै स्थायी हुनुपर्ने, सरकारले शिक्षक सेवा आयोगका रिक्त पदाधिकारी कानुनसम्मत सिफारिस भएर पनि नियुक्त गर्नुपर्ने, रोकिएको शिक्षकको आन्तरिक बढुवाको कामलाई अघि बढाउनुपर्ने, स्वतन्त्र रुपमा योग्य स्थायी शिक्षक नियुक्त गर्न शिक्षक सेवा आयोगलाई लोकसेवा आयोग जस्तै बनाइनुपर्ने लगायतका माग उल्लेख छन्। सहअध्यक्ष दवाडीले सरकारले आगामी वर्षको बजेटमा घोषणा गरेको प्रारम्भिक बालविकासका शिक्षक र विद्यालयका कर्मचारीको तलव वृद्धिलाई कार्यान्वयन गर्न विलम्ब गरे मह

शिक्षकलाई राज्यले दोस्रो दर्जाको रूपमा हेरेको भन्दै नेपाल शिक्षक महासङ्घको आक्रोशित

काठमाडौं ।नेपाल शिक्षक महासङ्घले शिक्षकहरुका माग प्रति राज्यले वास्ता नगरेको बताएको छ । नेपाल शिक्षक महासंघले विद्यालयका शिक्षक-कर्मचारीका माग, मुद्दा, विगतमा भएका सम्झौता,चालु शैक्षिक आन्दोलन तथा समसामयिक सवालमा आज पत्रकारहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो । सरकारसँग पटक पटक सम्झौता गरीएपनि कुनै पनि माग पुरा नगर्ने र शिक्षकहरुलाई दोस्रो दर्जाको रुपमा हेरिएको, शिक्षकलाई कुनै पनि सुविधा नदिएको जस्ता कुराले आन्दोलन गर्न बाध्य पारिएको कार्यबाहक अध्यक्षा पुर्णप्रसाद दवाडिले बताउनु भयो । कार्यक्रममा आधार पत्र प्रस्तुत गर्दे भन्नु भयो “शिक्षकलाई विर्सिएर गुणस्तरिय शिक्षा कसरि असम्भव छ । गुणस्तरिय शिक्षाका लागि राम्रा,योग्य,सक्षम व्यक्तिलाई शिक्षण पेसामा आर्कषण गर्नु पर्ने र त्यसता शिक्षकलाई टिकाईराख्न सरकारले शिक्षकलाई सेवासुविधा दिनुपर्छ ।” त्यसैगरि कोभिड -१९ को महामारीको अवस्थामा शिक्षकलाई राज्यले खोप उपलब्ध नगराउनु दुःखको कुरा रहेको बताउनु भयो । शिक्षकलाई खोप उपलब्ध नगराएसम्म अनलाईन कार्य बाहेक भौतिक रुपमा विद्यालय उपस्थित नहुने नेपाल शिक्षक महासङ्घको अडान र

मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता

मङ्गलबारदेखि अविरल रुपमा परेको बर्षाले सिन्धुपाल्चोकमा ५० जनाभन्दा बढी बेपत्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले बताएका छन् । सामाजिक सञ्जाले फेसबुकमा बाढीले क्षतविक्षत बनाएका केही तस्विरहरु राख्दै तामाङले लेखेका छन् । “मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ ।” उनले नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त भएर अरबौँको क्षति पुगेको बताएका छन् । बाढी र पहिरोलले सिन्धुपाल्चोकको नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ । उनले यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गरेका छन् । उनले अन्तराष्ट्रिय समुदायसँग पनि सहयोग गर्नको लागि अपिल गरेका छन् । मन्त्री तामाङले बाढी पहिरोले क्षति गरेका वस्तीमा आजै टेन्ट र खाद्यान्न वितरण गरिने जनाएका छन् ।

जोखिम भयो, तिम्रो र मेरो, प्रेम शङ्का बढ्नाले ।…

हाइकु-श्रीराम श्रेष्ठ  १, जोखिम भयो तिम्रो र मेरो प्रेम शङ्का बढ्नाले । २, ख्याल ठट्टामा नाता तोड्यौ तिमीले मुटुमा किला । ३, मायालु हात कोमल स्पर्श गर्दा मन नै चङ्गा । ४, बैंसको जोस सम्बन्ध जोडिदामा मायाको खानी । ५, इर्स्यालु मन घृणाले हेरिदिदा एक्लदैं आफू । ६, सपना लाग्यो तिम्रो त्यो प्रतिबद्धता  मन नै खिन्न ।

कमजाेरलाई हो लुट्न खाेज्नेकाे जमात देखिन्छ…

भगवती खनाल"सुनाखरी"-गजल १. कमजाेरलाई हो लुट्न खाेज्नेकाे जमात देखिन्छ। शिरमै टेकेर त्यो  उठ्न खाेज्नेकाे जमात देखिन्छ।। व्वाँसाहरुलाई त खानैकाे मात्र चिन्ता हुँदाे हाेला। र पाे मरेको लाश थुत्न खाेज्नेकाे जमात देखिन्छ।। मुटु वजारमा लगेर वेच्न नदिनेहरुलाई। रिसले आगाे भई कुट्न खाेज्नेकाे जमात देखिन्छ ।। ए फूलहरु अलि चनाखाे हुनु भमरा छेउमा। नफक्रदै काेपिला भुट्न खाेज्नेकाे जमात देखिन्छ ।। २. कतै मर्याे राेगले मान्छे हो श्वास नपाएर। कतै मर्छ भाेकले त्यो मान्छे  गाँस नपाएर। त्यसै मर्छ फूल रङ्गिचङ्गी हुन्छु भन्दाभन्दै । काेहि मर्छन् यहाँ  आफ्न्तकाे विश्वास नपाएर।।  मर्नु त छ जिन्दगीमा  लौ अमर काेहि छैन। भन्ने जान्दाजान्दै छाड्छन् माटाे बास नपाएर।। मर्ला हावा अनि मर्ला पानी प्रकृतिको पेवा। मन नै मर्ला सवकाे उसै आस नपाएर।। ३. एउटा झुट त्यो  लुकाउन कति झुट वाेल्छौ प्रिय। झुटाे वाेल्दा वाेल्दै एकदिन आफ्नो पाेल खाेल्छौ प्रिय।। कस्तो रैछ चाह तिम्रो सवलाई जालभित्र पार्ने। अरुलाई  हो पीडा दिई त्यसै तनाव माेल्छौ प्रिय।। आफ्नो  कारण कसैको नी आँसु झर्नु राम्रो होइन । अमृत र विष यहाँ  किन सँगै

बृद्धभत्ता लिन सानिमा बैंक बाघखोरमा जेष्ठनागरिकको भिड।

बेलकोटगढी। नुवाकोटको बेलकोटगढी नगरपालिकाले एक वर्षसम्म नबाँडेको बृद्धभत्ता महामारीका बीच बाँढ्ने भनेपछि बैंकमा भीड बढेको छ । कोरोना महामारीबाट नुवाकोटका गाउँगाउँमा सक्रमितको संख्या बढ्दै गएका बेला नगरपालिकाले बृद्धभत्ता लिन सानिमा बैंक जानु भन्ने सूचना गरेपछि बैंकमा भीड लागेको हो । ६० वर्ष नाघेका बृद्धबृद्धाले स्वस्थ्य मापदण्डको ख्यालै नगरी बैंकमा भीड गरेका छन् । उनीहरुलाई स्वास्थय मापदण्ड पालना गराउन र लाइनमा बस्न सहजिहरकण गर्ने काममा समेत नगरपालिकाले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् । एक वर्षदेखि भत्ता नबाँडेका कारण स्थानीय सरकारको आलोचना भएपछि पालिकाले हालैमात्र सूचना जारी गरेर बैंकमा जान भनेको थियो । वर्षात्को समय र महामारीको त्रासका बीच जेष्ठनागरिकलाई बैंकमा भीड लगाएको नगरपालिकाले भीड व्यवस्थापनमा ध्यान नदिएको स्थानीय बताउँछन् । बैैंकले पनि भीडलाई व्यवस्थित गर्ने प्रयासर नगरेको उनीहरुले बताए ।

विभिन्न संघ संस्थाहरुद्वारा तामाङ चिकित्सक समाजलाई आर्थिक सहयोग

जेठ ३१ काठमाडौ ।तामाङ चिकित्सक समाज , नेपाल तामाङ घेदुङ र वोधिसत्व बिहारको सहकार्यमा संचालित  " कोरोना स्वास्थ्य अभियान २०७८ " लाई सफल बनाउन नेपाल तामाङ घेदुङ प्रवास बिभागको समन्वयमा सङ्कलित रकम ३ लाख २ हजार १ सय २१रुपैयाँ  घेदुङ सभाकक्षमा बितरण गरिएको छ ।  उक्त रकम # तामाङ समाज जापान बाट रु १ लाख ५ हजार , #  नेपाल तामाङ घेदुङ दक्षिण कोरियाबाट ८१ हजार नौसय २१ , नेपाल तामाङ घेदुङ कतार ३० हजार , # नेपाल तामाङ घेदुङ साइप्रस २५ हजार , # नेपाल तामाङ घेदुङ बहराइन २० हजार , नेपाल तामाङ घेदुङ मलेसिया १५ हजार , # तामाङ समाज UAE  १० हजार , तामाङ समाज UAE का पुर्व अध्यक्ष महेश मोक्तान ज्यु १० हजार , र तामाङ समाज जापानका पुर्व उपाध्यक्ष ज्यु ५०००/-  सहयोग उपलब्ध गराउनु भएको थियोे । प्राप्त रकम नेपाल तामाङ घेदुङको संघीय उपाध्यक्ष कुमार घिसिङ , घेदुङका प्रबास प्रमुख तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा ज्युले तामाङ चिकित्सक समाजका सचीव डा. दिपेन लामा तामाङ , सदस्य डा.सन्जित तामाङ ज्युलाइ हस्तान्तरण गर्नुभएको थियोे । उक्त हस्तान्तरण कार्यक्रममा घेदुङको महासचिव बाबु

मन्त्री महतोलाई एक हप्ताभित्र नागरिकता सार्वजनिक गर्न अल्टिमेटम

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता सार्वजनिक गर्न जोडदार माग उठेको छ । नयाँ पार्टी नेपालले उपप्रधानमन्त्रीको नेपालीको नागरिकता सार्वजनिक गर्न माग गरेको हो ।सितामडी जिल्ला कोहवरवा, भारत स्थायी ठेगाना भएका महतोको नागरिकताका विषयमा बर्षैदेखि प्रश्न उठेको भन्दै नयाँ पार्टी नेपालले एक हप्ताभित्र नागरिकता सार्वजनिक गर्न अल्टिमेटम दिएको छ । आइतबार सहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री महतोलाई ज्ञापनपत्र बुझाउँदै नयाँ नेपाल पार्टीले नेपालको नागरिकता सार्वजनिक गर्न अल्टिमेटम दिएको हो ।‘खोभारी सुडीको छोरा राजेन्द्र सुडी महतोको नागरिकताको सबालमा बर्षौदेखि प्रश्न उठी रहेको छ । तपाईलाई भारतीय नागरिक भएर पनि नेपाली नागरिकता लिएको आरोप लाग्दै आएकोले तपाईले नागरिकता झुटो विवरण पेश गरी लिएको दावी सहित नयाँ पार्टी, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालमासमेत उजुरी दर्ता गरी आवश्यक कारबाही भई रहेको छ ।’महतोलाई बुझाएको पत्रमा भनिएको छ, ‘तपाईमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्नको लागि सहयोग गर्दै आफ्नो सक्कल नागर

भगवती खनाल"सुनाखरी"को गजल सङ्ग्रह-माटो बोल्छ

१. नेताहरुले आश्वासन छरेर गएछ्न्। आस गर्दागर्दै लौ जनता मरेर गएछन्।। आउनेहरु त यो मञ्चमा धेरै आए-गए। जति आए आफ्नै मात्र पेटभरेर गएछन्।। मेरो मौलिक अधिकार नखोसी देऊ भन्दा। बलियाले निर्धालाई आँखा तरेर गएछन्।। बाच्ने आस हुदाहुदै पनि सबैले लखेट्दा। निर्दोषहरुका प्राण अन्तै सरेर गएछन्।। जस्ले जोगाउछु भनेर छेउमा गयो हिजो। तिनैले नेपालको अस्मिता हरेर गएछन्।। २. मलाई झुपडीकै बास प्यारो लाग्छ। पसिनाकै पवित्र गाँस प्यारो लाग्छ।। तिमी खुशी किनिदिन्छु भन्छौ यसरी। यो नजरलाई उदास प्यारो लाग्छ।। चाहिन्न भो महलको सुख सयल यहि हिमाली बतास प्यारो लाग्छ।। भन्छौ कसको मायामा अल्झियौ तिमी मनलाई यहि माटो खास प्यारो लाग्छ। ३. माटो चिन्न उसलाई गाह्रो नहोस् अब। नुन किन्न उसलाई गाह्रो नहोस् अब।। हिमाल,पहाड,तराई भएर नौलो। बाटो हिन्न उसलाई गाह्रो नहोस् अब।। नेपाल सबको साझा भाषा धर्म पनि। भई भिन्न उसलाई गाह्रो नहोस् अब।। सहिलाई नै गलत भन्नेको भिडमा। न्याय छिन्न उसलाई गाह्रो नहोस् अब।। माटो जोगाउन लौ जागेको आँखालाई। निद पिन्न उसलाई गाह्रो नहोस् अब।। ४. पैसालाई मान-सम्मान बनाए दुनियाँले। मन-मुटुलाई चिहान बनाए दुनियाँल

तामाङ चिकित्सक समाज नेपालद्वारा निशुल्क स्वास्थ्य सेवा सञ्चालन।

तामाङ चिकित्सक समाज नेपाल, नेपाल तामांग घेदुङ्ग र बोधीसत्व बिहार र जनता समाज युबा संघको  संयुक्त आयोजनामा स्वास्थ्य चेक जाँच कार्यक्रमका साथै होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन  टेस्टिङ  साथै स्वास्थ्य सामग्रीहरु बितरण गरेका छन्।  पहिलो दिनको कार्यक्रम मिति: २०७८ साल जेठ २६ गते सैलुङ  गाउपालिका, भुरुङ गाउँ , वार्ड ३, दोलखामा गरिएको थियो।जस अन्तर्गत ५७ जनामा बिरामीहरुमा एनटिजेन कीट टेस्ट गरिएकोमा ३ पोजिटिभ देखिएको थिए।कार्यक्रम पश्चात् बिरामीहरुमा मनोबल बढाउने उदेश्यले जनतामुलक सन्देश र स्वस्थ्य परामर्श समेत दिएका थिए। दोस्रो दिनमा सैलुङ गाउँपालिका ,भैसे गाउँ , वार्ड ८, दोलखामा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म ४१ जना बिरामीको एनटिजेन कीट टेस्ट गरिएकोमा ११ जनाको पोजेटिभ देखिएको हो।समयको अभावको कारण बिरामीको परिक्षण नभ्याएको भन्दै स्थानीयका अनुरोधमा  कार्यक्रम एक दिन थप गरि भैसे गाउँ , वार्ड ८मा पुनः तेस्रोदिन कार्यक्रम  सञ्चालन गरिएका थिए। उक्त कार्यक्रमको बिछ स्वस्थ्य  सामाग्री वितरण समेत गरिएको थियो।जस अनुसार स्वास्थ्य सामाग्रीहरुमा PPE : 10 set Sanitizer : 100

फौजी किराको प्रकोप बढेपछि बेलकोटगढीका किसान चिन्तित

बेलकोटगढी । फौजी किराको प्रकोप बढेपछि नुवाकोट  जिल्लाको बेलकोटगढी नगरपालिकाका विभिन्न गाउँका  किसानहर अहिले चिन्तीत बनेका छन् । जिल्लाका प्रायः  स्थानीय तहहरुमा फौजि किराको प्रकोप बढेको छ । किसानले चैत्रको अन्तिम,महिनामा रोपेको मकै अहिले फौजी किराको चरन क्षेत्र नै बनेको छ । बारीमा रोपेको मकै उम्रन साथ फौजी किराले सखाप पार्न थालेपछी किसानहरु चिन्तित बनेका छन् । गोड्ने बेलाको मकै किराले खाएर नष्ट गरेको बेलकोटगढी नगरपालिका वडा नं ४ का सन्तमान तामाङले बताउनुभयो।फौजि किराको एउटा माउले एकै पटकमा २ सय फुल पार्ने र दुई दिनमै लार्भा निस्केर मकै नष्ट गर्ने भएकाले ठूलो क्षेत्रको बाली यसले नष्ट गर्छ । वयस्क किरा समूहमा बस्ने र सबैले फुल पार्दै रातमा सयौं किलोमिटर उड्ने नेपाल भेटेनरीका सञ्चालक गोबिन्द नेपालले बताउनुभयो । Allcore र Nova Super star नामका औसधि सकेसम्म मिश्रित गरेर मकैमा हाल्नले मकैभित्र रहेको उक्त किरा बाहिर आएर मर्ने गर्दछ।साथमा  नीमजन्य विषादी एजाडिराक्टिन पानीमा मिसाएर छर्नले पनि  किरा मार्न सकिने उहाले बताउनु भयो।

Choka Poem by Shreeram Shrestha

Choka poem - shreeram Shrestha  While sitting being contracted Lost the humanity Dishonest farming Just by being tough Breaking the dream  Trying to rob selfishness Being alone Waiting on the secret way  Time being far away  Always teases Pasted on eyes  By the time I ran  When pride awakens Stolen Pleasure Hard to survive Due to bad habits bearing the stress The mind also shrinks In remorse Past times Burnt heart When there is no cooperation It was pitch dark Restless being alone gloomy mind  Being the burden of earth My life  Useless living Piercing the chest  Trying to forget the mistake  Scratching the fresh wound. - Tras.by saroj bogati

उपाध्यक्ष तारा रिमालद्वारा छात्रवृत्ति वितरण

तारकेश्वर गाउँपालिका उपाध्यक्ष शैक्षिक छात्रवृद्वि वितरण कार्यक्रम अन्तरगत गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयका असाहाय/टुहुरा तथा विपन्न वर्गका विद्यार्थी मध्ये वडा नं‍‌. २ र वडा नं. ३ का ९ वटा विद्यालयमा अध्यनरत जम्मा ११८ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको हो। पढाइमा  थप मनोबल वृद्वि गर्नका लागि कोभिड १९ लाई मध्यनजर गरी आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाइ यस गा.पा.का उपाध्यक्ष श्री तारादेवी रिमालको नेतृत्वमा छात्रवृद्वि कार्यक्रम संचालन गरी सफलता पूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन सहयोग गर्नु हुने वडा नं.  २ का वडा अध्यक्ष श्री समर आले मगर, वडा नं.  ३ का वडा अध्यक्ष श्री सूर्यमान श्रेष्ठ, शिक्षा समन्वय कर्ता श्री रामकृष्ण अधिकारी तथा सम्पूर्ण सहयोगी मन शिक्षकशिक्षिकहरु प्रति धन्यवाद ।- सन्तोष सिग्देल  

नगरपालिकाले निर्माण कार्यको सम्झौता नगरेको भन्दै बेलकोटगढीमा कार्यालय घेराउ

नुवाकोटको बेलकोटगढी नगरपालिकामा बेथितीको चाङले सिमा नाघेको छ । नुवाकोटको अन्य स्थानिय तहको तुलनामा विकास निर्माण देखी हालको कोरोना माहामारीको समयमा पनि सुस्त गति रहेको बेलकोटगढी नगरपालिकामा एकपछि अर्कौ गर्दै बेथितिका चाङ भरिदै गएको छ । सामुदायिक बिद्यालय सञ्चालनको रकम हिनामिनाबाट भर्खरै चोखिएका मेयर राजेन्द्ररमण खनालको नाम कहिले बर्षोसम्म बृद्धभत्ता नदिएर ७० उमेर कटेका बृद्धबृद्धलाई दुःख दिनेदखी अन्य विकास निर्माणमा समेत ध्यान नदिएकोमा जोडिदै आएको  छ ।  यस्तै बेथितिको चाङमा फेरी अर्कोपनि विकास बिरोधी बेथिती थप्नको लागी सफल भएका छन मेयर खनाल । नगरपालिकाको वडा नं ६ को भौसीकाट्ने चौरमा खेलकुद मैदान निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा हालसम्म नगरपालिकाले निर्माण सम्झौता नगरेपछि स्थानीयहरु निर्माणको लागि दबाव दिन नगरपालिका कार्यालय घेराउ गर्न पुगेका छन् ।    बुधबार नगरपालिका घेराउ गर्न पुगेका वडा नम्बर ६ बासीलाई एकछिनमा आउछु भनेर कार्यालयबाट उम्किएका मेयर खनाल समस्या समाधानको लागी आफु कार्यालय फर्किनुको सट्टा २ ट्रक प्रहरी पठाएर जन

कान्छी माया तामाङ फाउन्डेसनले गर्‍यो दोलखामा राहत वितरण

बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड -१९ को दोस्रो लहरसङ्गै कान्छी माया तामाङ फाउन्डेसनले देशका विभिन्न भुभागमा रहेका गाउँ ठाउँमा पुगेर विभिन्न किसिमका राहत वितरण गरिदै छन्।विभिन्न संघ सस्थाको सहयोगमा फाउन्डेसनले राहत वितरण गरिदै आएको फाउन्डेसनका अध्यक्ष डाक्टर दिलबहादुर थोकर,तामाङले बताउनु भयो।डाक्टर तामाङका अनुसार देशका जुनसुकै ठाउँमा फाउन्डेसन विभिन्न किसिमका राहतका सामाग्री लिएर पुग्ने प्रयास गरिरहेको छ। अहिले दिन दुखि र गरिबी ज्यालादारी मजदुरले आफ्नो दिनचर्या ज्याला मजदुरी गरेर चुलो चौका बाल्न समस्यामा परेकालाई विशेष प्याकेजका साथमा उनीहरुको घर दैलोमा तिब्र रूपमा पुग्ने जमर्को समेत गरेका उहाँको भनाई छ।आफ्नो संस्थाबाट कोरोना सङ्क्रमितहरुका लागि बेला बेलामा स्वास्थ्य विशेष ज्ञान मूलक जानकारी सामाजिक सञ्जालमा दिने गरेको डाक्टरले बताउनु भयो। त्यसैगरी,दोलखाका आर्थिक कमजोरी र शारीरिक अशक्त रहेका पाँच घर परिवारहरुलाई साथै धुलिखेल बासघारीमा कोठा भाडामा बस्नेहरुका लागि खाद्यान्न सामग्री वितरण गरिएको उहाले बताउनु भयो।यसैगरी सामाजिक कार्य सहयोग कार्यक्रमहरुका साथमा फाउन्डेसन  निरन्