Skip to main content

Posts

Showing posts from January, 2021

Tanka poem - Shreeram Stha

 Tanka poem - Shreeram Stha 1 . exchanging youth Allured joyfully Shame digested Prestige thrown away  Spit sipposing a animal . 2. Youth couple  Tying marriage knot Connected relationship  Friendship each other  Happiness forever. 3. Being arrogant Time became enemy  Bad concept  Wrong activities  Bounded by law. 4. Done travel  In a vechile A ruined path While seeing accident Falling down being unconscious . 5. In doubt Curiosity in heart Anger is enemy  Widening the intimacy  Tied up belief. 6. Unkind mind Embracing only happiness  While being in trouble Running in search of happiness  Your mlticolour looks. 7. In your love Being blind Heart burnt Decliming hunger and thirst Anguished after getting betrayal . 8. Vows and promises Exchanging heart and mind Bounded love In the pace of time Disconnecting after Cracking the heart. 9. Gosainkunda Holy place Difficult journey  Source of beauty Captured heart happy . - Trans.by Saroj Bogati

नुवाकोटको तारुका ५ चन्दनीस्थित माघे सङ्क्रान्तिका दिन गोरु जुधाईने

 नुवाकोट ।माघे सङ्क्रान्तिको अवसरमा यस बर्ष नुवाकोटको तारुकामा १७ हल गोरु जुधाइने भएको छ । आज मेला आयोजक समितिले गरेको पत्रकार सम्मेलनमा यसबर्ष आजसम्म जुधाउनको लागि १७ हल गोरु दर्ता भएको मेला आयोजक समितिका अध्यक्ष सुर्यमान श्रेष्ठले जानकारी दिएका छन ।   करिब १ सय ५० बर्ष पहिलेदेखिको तारुकाको गोरु जुधाई नेपालकै पहिलो प्रतियोगीता हो । उक्त परम्परा बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंह गोरुजात्रा हुने स्थान तारुका ५ चन्दनीस्थित मामाघर आउँदा भान्जालाई स्वागत र मनोरञ्जनको लागी मावलीले बाजागाजासहित साँढे जुधाउने परम्पराको पहिलो पटक सुरु गरेका थिए ।   २०६२ सालदेखि मेला समिति बनाई व्यवस्थित रुपमा मनाउदै आएको गोरु जुधाई आयोजक समितिका सल्लाहाकार जनक ढुङगानाले बताए । हाल उक्त परम्परालाई जात्राको रुपमा मनाईदै आएको छ । त्यस दिन तारुकाको गोरु जुधाई हेर्न हजारौंको भिड लाग्ने गर्दछ ।  मेला हेर्नको लागी नुवाकोट ,धादिङ ,रसुवा र राजधानी काठमाडौंबाट समेत मानीसहरु आउने गर्दछन । मेला तारकेश्वर गाउँपालिका ३ स्थित तारुकाको चन्दनीमा हुने उक्त कार्यक्रम सहयोग संस्था महारुद्र युवा क्लबका अध्यक्ष सन्तोष सिग्देलले जान

कटौता - श्रीराम श्रेष्ठ

 कटौता    - श्रीराम श्रेष्ठ  १, हरियो मन भुइँमा लडिबूढी बगैंचा भरि फूल । २, प्यास लागेको सामुन्नेमा हिमाल  थुक निल्दै चिम्लेको । ३, सिपालु बन्दै मन भाँच्न खोजेको तर्साउँदा उत्तानो । ४, चिसो बतास पानीको थोपा झार्दै लघारेर तर्साउने । ५, अनौठो लाग्ने खुम्चिदै सानो हुने आफैमा खोज्नु पर्ने । ६, लाचार आँखा बाटो नै हराएको आफैलाई धकेल्दै ।

तन्का कविता - पुष्कर लोहनी

 तन्का कविता  - पुष्कर लोहनी  १, छाम्न पल्केको ओइलिएको मूला तीते करेला झुन्डिएको घिरौँला डल्ले हरियो फर्सी । २, बाडुली लाग्छ निदाउन सक्तिनँ ठिङ्ग उभिँदा सम्झेँ ठेकीको घिउ मस्तसँग च्यापिँदा । ३, बाँसको ढोका चिसो हिउँको थुप्रो कुकुर भुक्दा पेट यसै लागेछ तागतिलो पानी रे । ४, चट्याङ पर्दा फाट्टिएछ जमिन छिरेको पानी झरेछ ओठतिरै झोलजस्तै नुनिलो । ५, मन त थियो आगो सल्काइदिने चिसो मकल थिचिदियो खुट्टाले आँखा नै चिम्लिएको । ६, भाँडो चकिँदा निस्केको पिरो धूवाँ थिचेको आँखा तर्सेको चिल्लो पात झर्न खोजेको फूल ।

हाइकु - भवानी न्यौपाने भावना

 हाइकु - भवानी  न्यौपाने भावना १. चञ्चल वायु रहेन समानता  गति अस्थिर  ! २. भ्रमित पथ  द्विविधा छ गन्तव्य  बेसारे पद ! ३. यता पहेँलो  उता पनि पहेँलै विचित्र मोड ! ४.  राष्ट्रको प्रेम अर्पण भो सदैव मौन मुद्रामा ! ५. प्रहारवर्षा दम्भका छन्  आयाम  आकाशे यात्रा ! ६. ईश अर्चना शान्तिको शंखघोष याचना घडा !

चोका कविता - पुष्कर लोहनी

 चोका कविता  - पुष्कर लोहनी  दर्किदो पानी  कालोनीलो आकाश एक्लै हेर्दै छु खसिरहेको पानी  भिजेकी तिमी कुन्नि कता छौ तिमी फुर्सद छैन सम्झिन मन छैन देखादेख त भइ नै हाल्ने भयो लुगा फुकाल्दा मैले नै हेर्नुपर्ने  मन मान्दैन नहेरुँ भन्दा पनि  लामो कौसीले घुमाइदिन्छ अझै सेतो कपाल रँगाउँदै गएकी माथि सारेर ढाकेको पेटिकोट नहेरेजस्तो हेर्नै मन लागेको कसैले देख्ला छोराछोरीको आमा  आँखा तानेर म पनि तिमीजस्तै सेतो पाखुरा आङै सिरिङ्ग पार्ने बिर्सी नै हाल्दा मन पराइहालेँ सम्झेँ आफ्नै ठानेर ।

सिजो कविता - श्रीराम श्रेष्ठ

 सिजो कविता        - श्रीराम श्रेष्ठ  १, सम्झेको तिमीलाई बिस्तारमा पल्टेपछि नजिक हुँदाखेरि बेवास्तामा बित्यो दिन तड्पिइ बाँचिरहँदा जीवन नै भार भो । २, सम्झने बानी मेरो रहिहाल्छ एकनास आफैले एकोहोरो आफ्नै ठानी सम्झिदिए अहिले नसम्झिनाले रन्थनिएँ चिम्लँदै । ३, आशामा सधैँ बसे इमान्दार सम्झीसम्झी झुटमा बितिगयो सधैँभरि कालो मन तड्पिए जीवनभर तिमिलाई सम्झेर । ४, भेटेथेँ राम्रोसँग चिनजान गरेपछि  नजिक रहँदामा मायाप्रेम साटासाट  एक्लिन खोजेको देख्दा मुख खोल्नै हतार । ५, भेटेको हिजो जस्तै लागेको`थ्यो मनखुसी बसेरै कुरा गर्यौ धेरै पल्ट तिमीसँग सुन्दैछु सदाका लागि अर्कैसँग भागिछ । ६, विरक्त जीवनमा एक्लैएक्लै रमाइलो  नसामा झुम्दाझुम्दै काललाई निम्त्याइयो आखिर जिउने इच्छा दिवास्वप्न भएछ ।

भवानी न्यौपाने "भावना" को कविता -फूल

  कविता  फूल! - भवानी न्यौपाने "भावना" आफ्नो स्वाभिमान उचालेर  ढुङ्गै ढुङ्गाको चपेटामा  फूल्न सफल एक फूल हुँ पत्थर हृदयहरूका बीच  दया र शान्तिको दान दिने अपार उदारताको मूल हुँ यो अफ्ट्यारो सन्सारमा सहजताको जीवन जिउँदा मेरा पछाडि पत्थर हिर्काएर मेरो जरा उखेल्न आतुर होलान् केही  सृष्टिमा कहिले भीषण वर्षा हुन्छ कहिले तुषारापात हुन्छ कहिले उच्च ताप हुन्छ यी सब सहजरूपले ग्रहण गर्दै जीवन्त मुस्कुराउने अपार प्रेमको कुल हुँ हरेक मौसम आउँछन् ,फेरिन्छन् तर मेरो बाग कहिले रित्तिएन ,सुकेन र फेरिएन म हिमपातमा पनि फुल्छु असिनाको प्रहारमा पनि फुल्छु हुरी बतासको आक्रमणमा पनि फुलिरहन्छु त्यसैले मेरो स्वाभिमान अटल छ  यसरी नै फुलिरहने म यो धर्तीको अमर फूल हुँ।

हाइकु - पुष्कर लोहनी

 हाइकु - पुष्कर लोहनी   १. बूढो कुकुर सुँघ्दै पछि लागेछ रित्तियो लोभ ! २. केको फरक नबोलाएको भए  भट्टीमा हुन्थेँ ! ३. टुक्रुक्क बस्छ समय खेलाएर फोहरि हात ! ४. खुला रहेछ हावाले पल्टाउँदा जमेको पानी ! ५. खुट्टा बजार्दा ढोका नै बजारिन्छ तर्सेको सपना ! ६. बगेको पानी  मुहान खाेज्न पुग्छ भुमरी हेर्दै ! ७ आगोको मुस्लो चुलोभित्र पसेछ चिसो दाउरा ! ८. चर्केछ भाँडो तातो माया चुहिँदा टाल्ने कसरी !

दिल कुमारी डङ्गोलको लघु कथा"परिचय"

 लघुकथा :    परिचय पत्र     - दिल कुमारी डङ्गोल  लकडाउनको भोलिपल्ट बिहानै ,  रेगुलर मेडिसिन लिने  ग्राहक आयो  ।                         " मेडिसिन र इन्सुलिनहरु सर्टेज होला भनेर  लिन आ 'को  । छ होला नि सबै ।"  ग्राहकले परैबाट सोध्यो ।                " मेडिसिनहरु सबै छन् तर  इन्सुलिन चाहिँ भोलीलाई  मात्र हुन्छ ।"  मैले भने                            ग्राहकले  " हस् , भोलि यही समयमा आउँछु । " भने                         उसले लग्ने सबै मेडिसिन निकालेँ  । एक एक हिसाब गर्दै झोलामा राखेँ ।  औंषधीको झोला टेबल माथी नै राखिदिएँ । ग्राहक  झोला समाउँदै भन्न थाल्यो ।        "तपाईंको जस्तो परिचय पत्र मलाई पनि  बनाएर ल्याइदिनु न !" मेरो साथीले , फार्मेसीको  परिचय पत्र बनाएर ल्याएको छ , उसको फार्मेसी साथीले बनाएर ल्याइदिएको,  एक हप्ता भो !  त्यो भएर उसलाई सजिलो भा' को छ दिनहुँ काममा हिड्न  । परिचय पत्र भएपछि मलाई पनि  सजिलो हुन्छ काममा  जानलाई   । बनाएर ल्याइदिनु न ल !  उसो त म रेगुलर ग्राहकै हुँ  तपाइँको  । "                                कुरा सकि

Tanka poem by Shreeram Stha

 Tanka poem - Shreeram Stha 1. Saramthali Staying at night  Heart scared A steep slope  Memory of earthquake. 2. While hugging Chortling laughter  Heart not connected  Trying to be connected  Light everywhere. 3. If it a dream Recalling revolt Stick and bullet  Achievement by sacrifice  Democracy in a trap. 4. Sunlight of mountain  Seeing the red edge Laughing dusk Glamorous the nature  Shy while looking. 5. The star of sky Shine at night Dark shadow In the lifht of morning Hide by changing side . 6. Being fragile Oneself in obstacle Crying in knee chest posiion Result of being straight forward Darkness throughout life . 7. Nepali hat Putting it in head Being honest Artificial identity Protect by uniting together. 8. Dark day Soaked in a rain Warm body Hard to bear Weakness blasted . 9. Considering as my own Became fanatic Got became restless  Wandered hither and thither. - Trans.by saroj bogati

हाइकु - पुष्कर लोहनी

 हाइकु - पुष्कर लोहनी  १, जाडो भागेछ दाउरा सल्केपछि तातो मकल । २, धुवाँको मुस्लो घुसारेँ काठै पनि  बल्न सकेन । ३, पानी नै चिसो भित्रै हात चोपले अँध्यारो मुख । ४, झुक्किएँ आफै पछाडि धाप मार्दा घाम निदायो । ५, सल्केको मुढो नजिक पर्नै हुन्न पसिना झार्छ । ६, सलाई कोर्दा आगोले टिपिहाल्यो एउटै डल्लो ।

जापानी "हाइकु" कविता तामाङ भाषामा लेख्दै कवि करण तामाङ "सायर"

काठमाडौ । जापानी साहित्यकाे एक लाेकप्रिय विधा "हाइकु" कवि करण तामाङ घलान "सायर"ले  तामाङ भाषामा सार्वजनिक गर्नु भएको छ । कवि सायरले डाेडाेइट्सु , हाइकु , कटाैता, बुसाेकुसेकिका, तन्का लगायतका जापानी साहित्यकाे अाधा दर्जन भन्दा बढी विधाहरुमा कमल चलाइसक्नु भएको छ । सायरले नेपाली भाषा देखि अाफ्नाे मातृ भाषा तामाङ भाषामा पनि केही साहित्यका सिर्जनाहरुलाई अगाडि बढाएका छन् । यसै क्रममा तामाङ भाषामा निम्न हाइकुहरु सार्वजनिक गरिएको छ ।  घी) ह्याङ तामाङ  खै ह्याङ्ला नाम्सा धिम दाेसी रेताेला ।  न्हि) माया अारेबा काेलागदेला तिनी ह्युल्साला चाेहाे । साेम) डम्फू टुङ्नासे सेमला ह्वाई काेब ताङ्बा माेइच्याङ् । भ्लि) खङ्बा तजीले ङामङाम खाउले च्याबा पेबा टु । ङा) छ्याम स्युदाेला थारेङ मुला ग्यालम ख्राबा थे सेम ।