सिजो कविता
- श्रीराम श्रेष्ठ
१,
सम्झेको तिमीलाई बिस्तारमा पल्टेपछि
नजिक हुँदाखेरि बेवास्तामा बित्यो दिन
तड्पिइ बाँचिरहँदा जीवन नै भार भो ।
२,
सम्झने बानी मेरो रहिहाल्छ एकनास
आफैले एकोहोरो आफ्नै ठानी सम्झिदिए
अहिले नसम्झिनाले रन्थनिएँ चिम्लँदै ।
३,
आशामा सधैँ बसे इमान्दार सम्झीसम्झी
झुटमा बितिगयो सधैँभरि कालो मन
तड्पिए जीवनभर तिमिलाई सम्झेर ।
४,
भेटेथेँ राम्रोसँग चिनजान गरेपछि
नजिक रहँदामा मायाप्रेम साटासाट
एक्लिन खोजेको देख्दा मुख खोल्नै हतार ।
५,
भेटेको हिजो जस्तै लागेको`थ्यो मनखुसी
बसेरै कुरा गर्यौ धेरै पल्ट तिमीसँग
सुन्दैछु सदाका लागि अर्कैसँग भागिछ ।
६,
विरक्त जीवनमा एक्लैएक्लै रमाइलो
नसामा झुम्दाझुम्दै काललाई निम्त्याइयो
आखिर जिउने इच्छा दिवास्वप्न भएछ ।
Comments