Skip to main content

Posts

Showing posts from February, 2022

सिजो -श्रीराम श्रेष्ठ , जिन्दगी जिउनु छ आफैलाई खियाउँदै…✍️

सिजो श्रीराम श्रेष्ठ  १, जिन्दगी जिउनु छ आफैलाई खियाउँदै मनमा पीडा लिई हाँस्नुपर्ने सधैँ जसो रोगको दलदलमा जाकिएर बाँचेको । २, धैर्यता टुटेपछि आँखाबाट आँसु झर्छ कोमल हृदयमा क्षणक्षण रामबाण अँध्यारो जीवनकथा ढोकैभित्र टाँसिन्छ । ३, अँध्यारो परिवेश डर लाग्छ सम्झँदामा भएर होसियार रात काट्न अतास्सियो भाग्दामा जीवनगाथा बचाउन सकिन्न । ४, तड्पेर यताउता हेर्दाहेर्दै मन बुझ्यो दु:खद समयमा आफैलाई बिर्सिएछु बिर्सिदा पागल मन आशा च्याप्दै दौडछ ।  ५, संयोग भन्नैपर्छ भेटघाट तिम्रो मेरो विश्वास गर्दा पनि घात भयो तिमीबाट  ढिलायौ प्रेम प्रस्ताव मनलाई सारेर । ६, रुपले लठ् याएछ मनमिल्यो कति चाडै नजिकै भएपछि माया पनि गाढा भयो झुक्किए कालो पोखरी भन्किएको माखाले ।

तन्का- श्रीराम श्रेष्ठ , मनै कल्पिने…✍️

तन्का श्रीराम श्रेष्ठ १, मनै कल्पिने हरियो दृश्य देख्दा साँझ परेको मात्तिएको यो मन थाम्नै नसक्ने बैँस । २, पर्खी बसेँ म समय बिते पनि आशा नमारी एक्लो बस्न सकिनँ खोजेको भेट्टाइनँ। ३, आँखा जुधेको हिजोजस्तो लागेको हिँडेको बाटो जिस्किँदै यताउता फरक अनुहार । ४, थाकेको साँझ डुब्न लागेको घाम नौलो प्रकृति नरोकिने नियम फेरिएको समय । ५, निलो आकाश घुम्टाे हालेको माया सुर्यास्त हुँदा पहेँलिँदै रोएको अँध्यारो बाटाे छेक्दा । ६, तिमी त टाढा एक्लो कोठा एक्लै म तर्सिने झ्याङ एकोहोरो आवाज शुन्यरात चिथोर्दै ।

बेलकोटगढी-४ सालखार्कमा सडक विस्तारका लागि गरे काङ्ग्रेसका युवाहरुद्वारा जेसिबी र नगद हस्तान्तरण

बेलकोटगढी नगरपालिका -४ सालखर्ख र आसपासका क्षेत्र विकास र समृद्धिका लागि विकासप्रेमी र स्थानीय सोमबहादुर तामाङ द्वारा स्थानीय युवाहरुलाई जेसिवी र नगद हस्तान्तरण गरिएको छ। समाजसेवी व्यवसायी एवम् नेपाली काङ्रेसका नेताद्वोय भुपेन्द्र बहादुर बानिया व्यापारी विकासप्रेमी सानुबाबु पन्त र पिपल चौतारी युवा क्लबका अध्यक्ष सोम बहादुर तामाङको आर्थिक सहयोगमा सडक विस्तार र स्तरोन्नतिका लागि जेसिवी उपलब्ध गराएको छ। जेसिवी सञ्चालन तथा इन्धन खरिदका लागि बानियाँले रु.४०,०००/- पन्तले रु.३०,०००/- र तामाङले रु.३०,०००/- गरि जम्मा रु.१,००,०००/- सहयोग गरेका छन्।उक्त रकम स्थानीय युवाहरु र बुद्धिजीवीहरुको रोहवरमा  १.नैनसिंह तामाङ  २.इश्वर तामाङ  ३.जयबहादुर तामाङ  ४.चन्द्रमान तामाङ  ५.जेम्स तामाङ  लाई हस्तान्तरण गरिएको छ।यसले स्थानीय स्तरमा हुने विकास निर्माणको कार्यलाई तिब्र बनाउन निकै सघाउ पुग्ने बिश्वास लिएको छ।

सरकारले गरे चितवनका भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन – सरकारले चितवनका भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । आज शुक्रवार चितवनको साविक इच्छाकामना गा.वि.स.७ र जुटपानी गा.वि.स. ९ का भूमिहीनहरूलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियताविहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनुभयो । उहाँले जग्गाधनी प्रमाणपत्र नहुँदा उनीहरूले नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोगसमेत गर्न नपाएको बताउनु भयो ।  मन्त्री श्रेष्ठले यसअघिका सरकारले जग्गाधनीहरूलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरूलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री श्रेष्ठले वास्तविक भूमिहीनहरूलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने बताउनुभयो । कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरूले खुसी व्यक्त गरेका छन् । अहिलेसम्मको सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि यस सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर

केही हाइकु - श्रीराम श्रेष्ठ ,बिद्रोही मन...✍️

केही हाइकु - श्रीराम श्रेष्ठ  १. बिद्रोही मन आन्दोलनमा उत्रे भए सहिद । २. आँशुको वर्षा चित्त दुखेको बेला हासौ कसरी । ३. रापिलो दिन पसिनाको गन्धले भट्कियो मन । ४. कुहिरो भित्र हराएको आकृति  हेराइ ब्यर्थ । ५. प्यास लागेर हिंड्दा हिंड्दै आत्तिए उटको गति । ६. मरभुमीमा भौतारिदै हिंड्दामा जीवन बुझे ।

क्याम्पसको छैटौं साधारण सभाबाट श्रेष्ठ सर्वसम्मत अध्यक्ष पदमा चयन

काठमाडौं । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको अध्यक्ष पदमा श्रीराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।बुधवार बसेको क्याम्पसको छैटौं साधारण सभाबाट श्रेष्ठ सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन्। समाजेवा, राजनीति, लेखन र शैक्षिक क्षेत्रमा योगदान गर्दै आएका श्रेष्ठ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको पूर्व अध्यक्ष समेत हुन्। क्याम्पसको पूर्वविद्यार्थी समेत रहेका श्रेष्ठ हाल नुवाकोट कांग्रेसका सचिव छन्। बौद्धिक छवीका श्रेष्ठले प्राज्ञिक क्षेत्रमा नेतृत्व पाएसँगै क्याम्पसको चौतर्फी सुधारको अपेक्षा राखिएको छ । साधारणसभाले लीलानाथ न्यौपाने,मोहन बहादुर खड्का,सुरेन्द्र भण्डारी, केदार डोटेल, बद्रि प्रसाद त्रिपाठी, प्रकाशचन्द्र ढुंगाना,भगवती खनाल र राजाराम अधिकारीलाई सदस्य पदमा सर्वसम्मत चयन गरेको छ ।