Skip to main content

Posts

Showing posts from April, 2020

जापानी शैलीका डोडोइट्सुहरु - श्रीराम श्रेष्ठ

जापानी शैलीका डोडोइट्सुहरु      - श्रीराम श्रेष्ठ १, गुम्सिएर बसेको मनका रहरले पैंचो माग्न खोज्दामा समय छोटो । २, हेपाह प्रवृतिले चिसो मन बनेको न्यानो खोज्न आतुर भिजेछ चुल्हो । ३, लामो समय कुर्दा आस्थाको विश्वासमा निभ्न खोजेको दीयो चलेछ हुरि । ४, चिन्तै चिन्ता थुप्रेर अल्जिएको जीवन  उदासिन बनिंदा मौन सन्नटा । ५, अजनवी जीवन समस्याको ओइरो कुना छेल्दै लुक्दामा रात नै प्यारो । ६, मनको बगैंचामा गरिएको कर्मले हरियाली जीवन लुट्दै आनन्द । लेखक:-श्रीराम श्रेष्ठ (बट्टार,नुवाकोट  )

हाइकुहरु-श्रीराम श्रेष्ठ

हाइकु                                १, काँडाको झ्याङ झ्याम्मै झाँगिएपछि जङ्गली रुप ! २, अन्धकारमा मौका छोप्दै हिँडेको गाह्रो भो टिक्न ! ३, घमण्डी मन आकाश छुने धोको बाँसको गति ! ४, अल्लारे मन परिपक्क नहुँदा पाइन्छ दु:ख ! ५, इर्ष्यालु मन सबै आफै ओगट्ने केही नगर्ने ! ६, मोटो दिमाग पहेँलो धोतीभित्र गुम्दै विश्वास ! ७, आँखा चिम्लेर नैतिकता बेचिन्छ राजनीतिमा ! ८, निरङ्कुशता सहन नसक्दामा हुन्छ बिद्रोह ! ९, नेताको बोली खहरे खोला जस्तो मनमा शङ्का ! १०, घमण्डी मन कर्म उत्तानो पर्दा निद हराम ! लेखक:-श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)

प्रधानमन्त्री ओलिको गौतमसहित अन्य असन्तुष्ट नेताहरुले राजीनामाको गरे माग

लकडाउनका कारण महिना दिनभन्दा बढी समयदेखि भारतको सीमा क्षेत्रमा रहेका नेपालीलाई बिहीबार स्वदेश ल्याउन थालिएको छ । लामो क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्हमा दुई देशका अधिकारीबीच सहमति भएपछि बिहीबार ९ बजेबाट उद्धार सुरु गरिएको हो । Breaking News…… नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च विभुषण 'ग्रान्ड कोर्डन अफ दि अर्डर अफ दि राइजिङ सन' प्रदान गर्ने निर्णय गरेको छ । काठमाडौंस्थित जापानी राजदुतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै यो सम्मानबारे जानकारी दिएको हो । Breaking News…… पत्रकार दीपक पाठक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले पाठकलाई बिहीबार बिहान पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले पाठकविरुद्ध साइबर अपराधको उजुरी परेकाले नियन्त्रणमा लिएको बताए । Breaking News……  बबरमहलबाहिर मंगलबार अनौठो दृश्य देखियो । लकडाउनका कारण सडक सुनसान थियो । कार्यालयबाहिर मूल सडकमा एक हुल तन्नेरीलाई प्रहरीले घेरिरहेका थिए । ती तन्नेरीले चर्को स्वरमा ‘विखण्डनक

समाजसेवी शेरब लामाद्वारा दियालेमा मास्क वितरण

दियाले-नुवाकोट ।: कोरोना भाइरस (कोभिड-१९) बाट बच्न बेलकोटगढी नगरपालिकाको  वडा नम्बर ४ दियाले,नुवाकोटमा निःशुल्क मास्क वितरण गरेको छ।स्थानीय युवा तथा समाजसेवी शेरब लामाले वडाबासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले स्थानीय नागरिकहरुलाई निःशुल्क मास्क वितरण गरेको हो ।लामा सोही वडाका स्थानीय तहका लागि प्रतिस्पर्धी नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेदवार समेत हुनुहुन्थ्यो भने हाल प्रतिपक्ष दलका रूपमा निरन्तर स्थानीय कार्यमा लागिरहेका छन् । बजारमा मास्कको अभाव बढ्दै गएपछि स्थानीय युवा तथा समाजसेवी शेरब लामाले आफ्ना स्थानीय वडा नागरिकलाई मास्क खरिद गरेर वितरण थालेको हो ।वडाका प्रत्येक नागरिकलाई निःशुल्क मास्क वितरण गरिने स्थानीय युवा तथा समाजसेवी शेरब लामाले बताए । भने, 'देशमा कोरोना भाइरसको जोखीमपूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि वडाबासी सबैजनालाई मास्क वितरण गर्ने योजना बनाएका हौँ।' यस्तै आफ्ना गाउँबासीहरुलाई भिडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्न समेत अनुरोध गरेको छ । बजारमा मास्कको संकट भएकाबेला समा

सिजो कविता - श्रीराम श्रेष्ठ

सिजो कविता     - श्रीराम श्रेष्ठ १, पाउने आशा थियो खुसी खोज्दै अघि बढेँ अगाडि बाटो छेक्दै खुम्चिएको कालो मन नसोचेर नै सहनुपर्ने आइपर्दो जीवन । २, एकाग्र भइबस्दा सपनाले बिउँझायो सन्त्रास छाएपछि कोलाहल मन भयो अन्यौल भुमरीसँग लुकामारी खेलिँदै । ३, एकान्त मनपर्छ खोतलेर रमाइलो होहल्ला घुसाएर मच्चिएको मेरा लागि निराश जीवनलाई गोडमेल गर्दैँछु । ४, हेरेको हैसियत आफैलाई लाज भयो लाजले छोपिँदिदा घृणा जाग्यो आफैभित्र घमण्ड फाल्नुपर्दछ आफैलाइ सुधारी । ५, बाँचेर इमान्दार हुनुतर्फ सधैँभरि इमान जमानमा अड्नुपर्छ हामी सबै सत्यता लुकाउँदामा आइलाग्छ बिपत्ति । ६, जाँगर चलाउँदा खुसीमय पलहरु आत्तियो क्षणभर पीडादायी दिनदेखि समाल्नै नसक्दा पनि गन्जागोल सोचाइ ।                    लेखक:-श्रीराम श्रेष्ठ -बट्टार,नुवाकोट

पिसिआर परीक्षणको दायरा बढाउन काङ्ग्रेसको माग

काठमाडौ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षणमा मात्रै भर पर्न नसकिने भन्दै पिसिआर परीक्षणको दायरा बढाउन माग गरेको छ । आरडिटी परीक्षणमाथि विश्वव्यापी प्रश्न उठिरहेका वेला यसको भर पर्न नसकिने भएकाले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने माग गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । आइतबार पार्टी कार्यालय सानेपामा पार्टीका पूर्वस्वास्थ्यमन्त्री र चिकित्सकहरूसँगको छलफलपछि कांग्रेसले समुदायस्तरसम्म परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष निकालेको हो । छलफलपछि पार्टी प्रवक्ता शर्माले लकडाउनको समुचित उपयोग गर्न सरकार चुकेको पनि बैठकको निष्कर्ष रहेको बताए । चिकित्सकहरूलाई अति आवश्यक स्वास्थ्य सामग्री पर्याप्त उपलब्ध गराउनुपर्ने, प्रोत्साहित गर्नुपर्ने भन्दै प्रवक्ता शर्माले सरकारले यसको ठीक उल्टो काम गरिरहेको बताए । कांग्रेसले अस्पतालको क्षमता बढाउनुपर्ने, उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने तथा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने सुझाब पनि सरकारलाई दिने निर्णय गरेको छ । कोरोन

ढुंगा, गिट्टी र बालुवा उपलब्ध नभएपछि उपत्यकामा कालोपत्रे गर्ने काम ठप्प

काठमाडौ ।ढुंगा, गिट्टी र बालुवा उपलब्ध नभएपछि उपत्यकामा कालोपत्रे गर्ने काम ठप्प हुन लागेको सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख कुशेर नेपालीले जानकारी दिए । उनका अनुसार दर्जनभन्दा बढी ठाउँमा काम भइरहेको थियो । अहिले ठप्प हुँदै छ। ‘कामले गति लिँदै बन्दाबन्दी (लकडाउन) मा चाँडै भइरहेको थियो,’ उनले भने, ‘तर, निर्माण सामग्री नभएपछि साइटमा काम रोक्नुपर्ने स्थिति छ ।’ अहिले स्टक सामानले एक–दुई दिनभन्दा धेरै धान्न नसक्ने डिभिजनले जानकारी दिएको छ । पछिल्लो समय गौशाला–चाबहिल, एयरपोर्ट–गौशला, टोखा–छहरे, बल्खु–दक्षिणकालीलगायतका ठाउँमा ढलान, कालोपत्र ओभर–लेको काम भइरहेको थियो । अब निर्माण सामग्री नपाएसम्म काम रोक्नुको विकल्प नभएको डिभिजन प्रमुख नेपालीले बताए । क्रसरबाट निर्माण सामग्री ल्याउन समस्या दैनिक ३० टिपर ढुंगा, गिट्टी, बालुवा काठमाडौं डिभिजनअन्तर्गत मात्र खपत हुन्छ । काठमाडौंमा प्रयोग हुने निर्माण सामग्री काभ्रेकोको रोसी गाउँपालिका र भुम्लु गाउँपालिकाबाट ल्याउने गरिएको छ । त्यहाँबाट अहिले सामान ल्याउन समन्वय गर्न डिभिजनले जिल्ला प्रशासन र स्थानीय सरकारलाई समेत आग्रह गरिसकेको छ

"आह!कति रमाइलो "गजल-बुद्ध सुवेदी

(गजल) सानो झुपडिमा वास आहा कति रमाइलो । हाँसो खुसी झनै खास आहा कति रमाइलो ।। न त कसैले चोरी लाने नै डर हुन्छ न त हुन्छ केही नास आहा कति रमाइलो । ओछ्यान सारा धर्ती बनाएर बसे ओड्ने बनाए आकाश आहा कति रामाइलो ।। चाँहिदैन लाखौंको गहना प्यारी भन्छे भए पुग्छ अरे एक गाँस आहा कति रमाइलो ।। लेखक:-बुद्ध सुवेदी बेलकोटगढी-४ पञ्चासे,नुवाकोट 

जि पी फाउन्डेसनको अगुवाइमा नुवाकोटबासीलाई राजधानीबाट नुवाकोट ल्याइयो

करण तामाङ -नुवाकोट ।नुवाकोटका नागरिकहरुलाई गिरिजाप्रसाद काेइराला फाउन्डेसनको पहलमा  राजधानीबाट नुवाकोट अाइतबार ल्याइएको छ । पाँचसाता देखि काेराेना नाेबेल भाइरसका कारण लागू गरिएको लकडाउनकाे समयमा राजधानीमै थन्किएको र दैनिक जीविकाेपार्जन चलाउन कठिनाइकाे चपेटामा परिरहेको नुवाकोट बासिहरुलाई घर फर्कन सघाउने उदेश्यले गिरिजाप्रसाद काेइराल फाउन्डेसनकाे अगुवाइ तथा व्यवस्थापन , नुवाकोटका स्थानीय तहहरुकाे समन्वय र नेपाली काँग्रेस महासमिति सदस्य युवा नेता रमेशकुमार महतकाे सक्रियतामा सञ्चालन गरिएको नि:शुल्क यातायात अन्तर्गत काठमाडौकाे बाैद्ध , महाराजगन्ज , नयाँ बजार , कलंकी , माछापाेखरीबाट एक दर्जन बसमा झन्डै ६०० जनाकाे हाराहारीमा नुवाकोटे नागरिक नुवाकोट ल्याइएको कुरा नेपाली काँग्रेसका युवा नेता इन्द्र लामाले जानकारी दिनुभएको छ ।

तीन महिनाको ब्याज पूरै मिनाह गर्न देउवाको माग

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।   उनले रु २० लाखसम्मको ऋण लिएका साना व्यवसायीलाई लक डाउनको असर र व्यवसाय तङ्ग्रिने अनुमानित अवधिसमेत ख्याल गर्दै कम्तीमा तीन महिनाको ब्याज पूरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याजदर घटाउन माग गरेको छ ।  साथै ठूला व्यवसायीका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि तीन महिनापछि सार्ने प्रबन्ध मिलाउन उनले सरकारसमक्ष अपिल गरेको छ।   उनले एक विज्ञप्तिमार्फत उक्त विषयमा सरकारसमक्ष कुरा गरिसकेको उल्लेख गर्दै सार्वजनिक अपिल साथ माग राखी पुनः सरकारको ध्यानाकर्षण गरेको बताएको छ ।  सभापति देउवाले दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुर्‍याएको उल्लेख गर्दै दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गरेको छ । उनले न्यून

साहित्यकार करण तामाङ "सायर"काे जापानी शैलीका डाेडाेइट्सुहरु

नुवाकोट । यसै वर्ष मात्रै नेपालमा भित्रिएका जापानी कवितात्मक साहित्यका एक विधा हाे डाेडाेइट्सु । नेपालमा  कवि श्रीराम श्रेष्ठ रामकृष्ण अमर पछि युवा कवि करण तामाङ ग्लान सायरले मात्रै डाेडाेइट्सुमा कलम चलाएको पाइन्छ । डाेडाेइट्सु जम्मा २६ अक्षर ४ हरफमा लेखिनुपर्छ । यसमा पहिलो देस्राे तेस्राे र अन्तिम हरफमा क्रमशः ७,७,७,५ अक्षरमा रहन्छ । यसमा माया प्रेम र व्याङ्ग्या भित्र मात्रै रहनुपर्ने ७, ७ , ७, ५ यसकाे प्रमुख नियम रहेको छ । साेही नियमका साथ नुवाकोट युवा साहित्यकार करण सायर डाेडाेइट्सु यसरी लेख्नुहुन्छ :- एक) टाढा दुई शरीर  चित्तनै नबुझेको  तस्बिरसँग अाेँठ च्याप्या सिरानी । दुई ) छ चढेको जवानी  काउकुती लागेछ ती सम्हाल्नै नसक्या  कल्पना मात्रै । तीन) डबल बेड किन्या  कल्पनामा डुबेकाे चुम्बन वर्षातमा बहुलाएछ । चार) नशालु हेराइ छ झरिलाे बैँस झन रस चुस्न दिएछ रित्तो भा खाेस्टाे । पाँच)  भिन्न छ इतिहास  अरुकै खाता झन चलाएछ मज्जाले केही न केही । छ) टाेलाउदै थि उनी राजा बनेर गएँ नजर माे मा पर्‍याे बज्याे संगित ।