दियाले-नुवाकोट ।: कोरोना भाइरस (कोभिड-१९) बाट बच्न बेलकोटगढी नगरपालिकाको वडा नम्बर ४ दियाले,नुवाकोटमा निःशुल्क मास्क वितरण गरेको छ।स्थानीय युवा तथा समाजसेवी शेरब लामाले वडाबासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले स्थानीय नागरिकहरुलाई निःशुल्क मास्क वितरण गरेको हो ।लामा सोही वडाका स्थानीय तहका लागि प्रतिस्पर्धी नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेदवार समेत हुनुहुन्थ्यो भने हाल प्रतिपक्ष दलका रूपमा निरन्तर स्थानीय कार्यमा लागिरहेका छन् ।
बजारमा मास्कको अभाव बढ्दै गएपछि स्थानीय युवा तथा समाजसेवी शेरब लामाले आफ्ना स्थानीय वडा नागरिकलाई मास्क खरिद गरेर वितरण थालेको हो ।वडाका प्रत्येक नागरिकलाई निःशुल्क मास्क वितरण गरिने स्थानीय युवा तथा समाजसेवी शेरब लामाले बताए । भने, 'देशमा कोरोना भाइरसको जोखीमपूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि वडाबासी सबैजनालाई मास्क वितरण गर्ने योजना बनाएका हौँ।'
यस्तै आफ्ना गाउँबासीहरुलाई भिडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्न समेत अनुरोध गरेको छ । बजारमा मास्कको संकट भएकाबेला समाजसेवि लामाले वितरण गरेको मास्क अभियान राम्रो भएको दियालेका स्थानीय इश्वर तामाङले बताए ।

Comments