Skip to main content

Posts

Showing posts from December, 2021

लियो क्लब अफ नुवाकोट परोपकारले गरे १८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण।

नुवाकोट-डिलबहादुर लामा।लियो क्लब अफ नुवाकोट परोपकारले १८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।मङ्गलबार नुवाकोटका विभिन्न नौ विद्यालयमा अध्ययनरत १८ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति वितरण गरिएको हो ।उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौं परोपकार र लियो क्लब अफ नुवाकोट परोपकारको संयुक्त आयोजनामा भएको थियो। सोहि कार्यक्रममा लियो जिल्ला परिषद अध्यक्ष लियो प्रकाश थापा क्षेत्री र डिष्ट्रीक्ट को चिफ एडभाइजर एवम् पढाऔं अभियान कमिटीका सदस्य पार्वती खरेल पाण्डेको प्रमुख आतिथ्यता रहेका थिए।विद्यार्थीहरुका लागि वर्षभरी विद्यालयमा लाग्ने विभिन्न शिर्षकका शुल्कहरु र विद्यार्थी पोशक,साथै उनिहरुलाई चाहिने शैक्षिक सामाग्रीहरु वितरण गरिएका थिए।आफुहरुलाई निशुल्क शिक्षा लिनकालागी विद्यालयमा तिर्नुपर्ने सबै किसिमको आर्थिक स्रोत,विद्यालय पोशक र शैक्षिक सामाग्रीहरु उपलब्ध गराइदिएकोमा उनिहरुले LEO CHILD PROGRAMME 2021/22LY  कार्यक्रमको आयोजकप्रती धन्यवाद व्यक्त गरेका थिए। क्लबले जिवनमा भुल्नै नहुने अभिभागत्व तरिकाले साथ सहयोग गरेको भन्दै विद्यार्थीहरुले खुशी  हुँदै धन्यवाद व्यक्त गरेका थिए।यसरी स

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ , कुरा मिलेको…🖊️

बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १, कुरा मिलेको खुसी साट्दै टाँसेको बिर्सेर आफै अँगालोमा कसिँदा चङ्गा बनेको मन मायाप्रेम फैलँदै । २, बग्रेल्ती काम रोकिएर रोकिन्न तनाव लाग्ने अँगालोमा दौडिँदै पार्न खोज्दा सकिन्न समय शक्तिशाली । ३, आँटिलो बन्दा गगन चुम्ने मन उच्च आकाङ्क्षा  तर्सेर मन खुम्च्यो आफैदेखि डराइ फेँदिमै लम्पसार । ४, निहु खोजेको समाति ढाल्नलाई  मनको लड्डु सपना बाङ्गिएको थुक निल्दै बसेको बुच्यो मन एक्लिँदा । ५, रणभूमीमा ढुङ्गा बनेको मुटु  वज्र बनेर छिचोल्दै टेडो बाटो  आफैमाथि आपत्ति  तर्सेर मन डरायो । ६, वर्षा याममा झरीले रुझाउँदा चिसो गाडियो मुटु काम्न खोजेको खस्दै होस गिमेको न्यानो खोज्यो मनले ।

सिजो कविता - श्रीराम श्रेष्ठ , समय पर्खिबसे साँझपख मनरोयो…🖊️

सिजो कविता- श्रीराम श्रेष्ठ  १, समय पर्खिबसे साँझपख मनरोयो बुझाएँ आफ्नै मन कसोगरी चित्तदुःख्यो दुखिद अनुहारले खोजिएछ सान्त्वना । २, सकेनौ माया दिन चुपचाप बसिरह्रयाै सम्झेको बेला तिमी लजाएको हुनुपर्छ पर्खिएँ लामोसमय सपनीमा रहेछु । ३, विश्वास गर्नेलाई घात गर्छौ जानिजानि कोमल हृदयमा चोटपुग्छ अनायस  हुँदैन  पछुताएर बाटो छेक्दै हिंडेछ । ४, शितल छहारीमा एक्लै बसी मनसाँटे हृदय जल्नथाले शान्ति छैन मनलाई  हानेछ छटपटिए एक्लैएक्लै भएछु । ५, राखेको तिमीलाई हृदयको छहारीमा ममता जगाउनु पर्ने थियो तिमीबाट  मरेको जीबन कथा अल्झिरह् यो हासेरै । ६, खोज्दैछु माया गर्ने मान्छेलाई यताउता सम्झेर बिर्सनेहरु खाल्टो खोज्दै मेरा लागि छोडेछ सम्झनालाई लत्याउदै  हिडेेछ ।

श्री दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लि.को ८ औं बार्षिक साधारण सभा सम्पन्न

दुईपिपल-नुवाकोट ।श्री दुईपिपल महिला  साना किसान कृषि सहकारी संस्था लि.को ८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साविकको दुईपिपलमा रहेको दुईपिपल महिला साना किसान कृषि सहकारी संस्थाले शनिबार बार्षिक साधारण सभा सम्पन्न गराएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७८ संस्थाका अध्यक्ष पवित्रा घिमिरेले प्रस्तुत गर्नु भएको थियो । वि.स २०७० सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ३० लाख ५१ हजार  रहेको छ । सहकारीको नगद मौज्दात २ लाख ०७ हजार ५ सय ४८ रुपैंयाँ ७८ पैसा,बैंक मौज्दात ४७ लाख ०८ हजार ७ सय ७२ रुपैंयाँ ३३ पैसा,सदस्यहरमा ऋण लगानी ८ करोड २८ लाख ५६ हजार ८ सय ९२ रुपैंयाँ ४० पैसा, सहकारीको नाफा ३९ लाख २४ हजार रहेको सहकारीका प्रबन्धक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भएको छ । संस्थामा अहिले १४४ वटा समुह तथा ९४९ जना शेयर सदस्य रहेका छन्।कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान समेत गरेको सहकारीका प्रवन्धक श्रेष्ठले बताउनु भयो । कार्यक्रमा बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अन्तराम नेपाल, श्री दुईपिपल महिला साना किसान कृषि सहकारी

कविता-समयको नियति - श्रीराम श्रेष्ठ

कविता  समयको नियति  - श्रीराम श्रेष्ठ  शून्यता लाग्छ आजभोलि  अलिअलि बाँचेको उज्यालो  दिन छँदै सूर्यास्त भयो उज्यालोको जन्म पुनः मिर्मिरे बिहानी हुनुपर्छ उज्यालो हुन नपाउँदै जूनको हत्या हुन्छ जूनको जन्म हुन पुनः साँझ हुनुपर्छ  समय परिवर्तनशील छ भोलि आज हुन्छ  आज हिजो हुन्छ हिजो बिगत हुन्छ निस्पट अँध्यारो भालेको डाकसँङ्गै उज्यालो हुन्छ  त्यही उज्यालोको नजिक पुग्दानपुग्दै समयले कोल्टे फेर्छ समयको नियत  अनि ध्रुब सत्यकुरा  म हिजो बालक थिएँ आज युवा छु भोलि वृद्ध हुन्छु अन्त्तत: म यो संसार म छाडेर   सदाको लागि बिदा हुन्छु ।       लेखेको मिति : २०५९/०३/२३

प्रथम ऐतिहासिक तादी महाेत्सव हेलिकप्टरबाट गाेसाइकुण्ड भ्रमणको व्यवस्था

नुवाकोट । तादि गाउपालिका र राष्ट्रिय संगीतकर्मी संघ तादी गाउपालिका कार्यसमितिकाे संयुक्त अायाेजनामा सञ्चालन भैरहेको प्रथम ऐतिहासिक तादी महाेत्सव तथा व्यापार मेला २०७८ मा विशेष अाकर्षणकाे निमित्त महाेत्सव स्थल खरानीटार नुवाकोटबाट गाेसाइकुण्ड सम्मकाे हेलिकप्टर भ्रमणकाे व्यवस्था रहेको छ । अत्यन्तै न्यून शुल्कमा हेलिकप्टरबाट पर्यटकिय तिर्थस्थल रसुवाको गाेसाइकुण्ड भ्रमणकाे लागि अायाेजक कार्यसमितिले व्यवस्था गरेको कार्यक्रमका संयाेजक चन्द्र कुमार तामाङ र उत्तम लामिछानेले जानकारी दिनुभएको छ ।

चु छि फाउन्डेसन र बोधिसत्व बिहारको सहयोगमा धुलिखेल ३ नयाँ गाउँमा खाद्यान्न वितरण

धुलिखेल।विभिन्न गाउँ टोल र जिल्ला हुँदै बिगट क्षेत्रहरूमा समेत  विविध किसिमका राहतका सामाग्री वितरण गर्दै जाने क्रम सञ्चालनमा रहेको छ।सहयोगी संस्थाका महत्त्वपूर्ण भूमिका निर्बाह गर्दै कान्छीमाया तामाङ फाउन्डेसनले धेरै ठाउँमा कार्य खाद्यान्न सामाग्रीका साथै स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरिरहेका छन्। त्यस्तै धुलिखेल नगरपालिकाको वडा नम्बर ३ नयाँ गाउँ स्थित रहेका बासिन्दाहरुलाई पनि खाद्यान्न वितरण गरिएको छ।चु छि फाउन्डेसन र बोधिसत्व बिहारको सहयोगमा प्राप्त ७० खाद्यान्न सामाग्री कान्छीमाया तामाङ फाउन्डेसनको संस्थापक अध्यक्ष एवम् डाक्टर दिलबहादुर थोकर तामाङले जानकारी दिनु भएको छ।उक्त खाद्यान्न सामाग्री वितरणका लागि सहयोग गरिदिने स्थानीय समाजसेवी र  जनप्रतिनिधिहरुमा डाक्टर तामाङले धन्यवाद व्यक्त गरेका छन्।

डोल्पाको बिगट गाउँ रिग्मोमा आँगनमा नै स्वास्थ्य सेवा पाएपछी सेवाग्राहीको खुशीको सिमा नै रहेन।

उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको रिग्मोगाउँमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। फोक्सुण्डो ताल छेउमै रहेको रिग्मोगाउँका महिलाले पहिलोपटक घर छेउमै स्वास्थ्य परीक्षण गराएका हुन्।  डोल्पाको टासिडी नामक संस्थाको सहकार्यमा, बोधिसत्व बिहार र कान्छीमाया तामाङ फाउण्डेशनले सो सेवा उपलब्ध गराएको हो। गर्भवती हुँदा स्वास्थ्य परीक्षण गराउनसमेत नपाउने उपल्लो डोल्पामा महिलाले पहिलोपटक घर नजिकै स्वास्थ्य परीक्षणको सुविधा पाएको कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष डाक्टर दिलबहादुर तामाङले बताए। आँगनमै आएर सेवा दिनेलाई धन्यवाद दिँदै पहिलोपटक उपचार पाउँदा खुशीको सीमा नरहेको साङमु रोकायाको भनाइ छ। उनले भने, 'गर्भवती हुदाँ भिडियो एक्सरेका लागि दुई दिन हिँडेर सदरमुकाम दुनै जानुपर्ने बाध्यता थियो, टाढा भएकाले कहिले गएका थिएनौँ।' तामाङका अनुसार ४० गर्भवती महिलाको भिडियो एक्सरे र ग्यास्ट्रिक, पाठेघर खसेका, घुँडा दुख्नेजस्ता रोगका बिरामी गरी १५० जनाको उपचार गरिएको छ।  बोधिसत्व बिहार, कान्छीमाया तामाङ फाउण्डेशनले करिब रु तीन लाखको भिडियो एक्सरे मेसिन रिग्मो स्वास्थ्यचौकीलाई हस्तान्

फोनिज) जिल्ला शाखा नुवाकोटको अध्यक्षमा पुनः शक्तिमाया तामाङ चयन

विदुर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा नुवाकोटको अध्यक्षमा पुनः शक्तिमाया तामाङ चयन हुनुभएको छ । शुक्रवार सम्पन्न चौथो जिल्ला अधिवेसनले तामाङलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । शाखाको उपाध्यक्षमा राकेश डंगोल, सचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा भगवती लामा चयन भएका छन् । यस्तै सदस्यहरुमा होमबहादुर तामाङ, सञ्जु तामाङ, भावना तामाङ, मनिष नगरकोटी र सर्मिला थापा मगर रहेका छन् । यस्तै अधिवेसनले केन्द्रीय प्रतिनिधिमा गमला लामा, नवदीप श्रेष्ठ, अनुजमान श्रेष्ठ र प्रदेश प्रतिनिधिमा राम श्रेष्ठ, भरतसन्तोषी लामा र प्रताप तामाङलाई चयन गरेको छ । जिल्ला अधिवेसनलाई संवोधन गर्नुहुदै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिसद नुवाकोटका अध्यक्ष भगवान राना मगरले फोनिजलाई साथमा लिएर गतिविधिहरु सञ्चालन गर्दै जाने बताउनुभएको छ । आदिवासी जनजातीको उत्थान तथा व्यक्तित्व विकासमा तीन वटै सरकार जिम्मेवार हुनु आवस्यक रहेको उहाँले बताउनुभएको छ । यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका उपाध्यक्ष नवदीप श्रेष्ठले आफ्नो भाषा, संस्कार, पहिचानलाई आफू आवद्ध सञ्चार माध्यममा प्राथ

हाइकु - श्रीराम श्रेष्ठ , बिद्रोही मन…🖊️

हाइकु - श्रीराम श्रेष्ठ  १. बिद्रोही मन आन्दोलनमा उत्रे भए सहिद । २. आँशुको वर्षा चित्त दुखेको बेला हासौ कसरी । ३. रापिलो दिन पसिनाको गन्धले भट्कियो मन । ४. कुहिरो भित्र हराएको आकृति  हेराइ ब्यर्थ । ५. प्यास लागेर हिंड्दा हिंड्दै आत्तिए उटको गति । ६. मरभुमीमा भौतारिदै हिंड्दामा जीवन बुझे ।

मङ्सिर २४ गतेदेखि चुच्चेपाटीमा दुईदिने दोस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव हुँदै

काठमाडौं ।   सम्पुर्ण तामाङ कलाकारहरुको एकता,तामाङ कला,संस्कृतिको विकास,संरक्षण तथा प्रवर्द्धन हाम्रो प्रतिवध्दता भन्ने मुल नाराकासाथ नेपाल तामाङ कलाकार संघको आयोजनामा यही २०७८ मंसिर २४ र २५ गते चुच्चेपाटीस्थित ह्यात होटेलको प्राङ्गणमा दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सव-२०७८ हुने भएको छ । नेपाल तामाङ कलाकार संघका महासचिव एवं महोत्सव प्रचार प्रसार विभागका संयोजक रोशन फ्युबा तामाङकानुसार उक्त महोत्सवमा ख्यातिप्राप्त कलाकारहरु क्रमशः जनयन्द लामा,चन्द्रकुमार मोक्तान,चन्द्रकुमार दोङ,इन्दिरा गोले,रोज मोक्तान,प्रेम लोप्चन,जमुना योन्जन,इन्दिरा योन्जन,तुलसा वाईबा,चाँदनी मोक्तान,सन्तोष लामा,हेम वाईबा,डीजे तेन्जिङको साथै अन्य चर्चित तामाङ कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति भव्य रुपमा शुक्रबार र शनिबार काठमाडौं चुच्चेपाटीस्थित ह्यात होटेल चौंरमा बिहान ११ बजे हुने महोत्सवमा उपस्थितको लागि अनुरोधसहित निमन्त्रणा गरेका छन् ।

चितवनका सुकुम्बासीहरूले लालपुर्जाको माग गर्दै निकाले र्‍याली

चितवन – चितवनका सुकुम्बासीहरूले लालपुर्जाको माग गर्दै र्‍याली निकालेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीको आयोजनामा आज मङ्गलवार चितवनको रत्ननगरमा सुकुम्बासीहरूले र्‍याली निकालेर 'नो लालपुर्जा, नो भोट' भन्दै प्रदर्शन गरेका हुन् ।  आउँदाे चुनावअघि नै लालपुर्जा वितरणको काम थाल्न दबाब दिने उद्देश्यले जनजागरण तथा खबरदारी कार्यक्रम गरिएको नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीका उपाध्यक्ष रवि भट्टले जानकारी दिनुभयो ।   उनीहरूकाे र्‍याली निपनी चोकबाट सुरु भएर टाँडी चोक परिक्रमा गर्दै रत्ननगर नगरपालिकाको मुख्य गेट अगाडि पुगेकाे थियाे । उनीहरूले प्ले कार्डमा उधारो भोट माग्ने प्रथा बन्द गर, अबको काम लालपुर्जामा सुकुम्बासीको नाम लगायत नारा लेखेर प्रदर्शन गरेका थिए । 

कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र आफू पढेको विद्यालयबाटै लिन सक्ने

काठमाडौ - कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र आफू पढेको विद्यालयबाटै लिन सक्ने भएका छन्। यसअघि भक्तपुरमा अवस्थित राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो। कोरोना महामारी बढेको र बोर्डमा भिडभाड हुने भएकोले यसपालि विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ। बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो। सम्बन्धित विद्यालयले आवश्यक दस्तुर र कागजपत्र संकलन गरेर बोर्डमा पठाएपछि प्रमाणपत्र स्कुलमै पठाउने व्यवस्था मिलाइने निर्णय भएको छ। यही मंसिर १७ मा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको थियो।

हाइकु - पुष्कर लोहनी , भ्यागुते आँखा

हाइकु - पुष्कर लोहनी  १, भ्यागुते आँखा लुक्न खोजेको धाप बगेको पानी । २, देख्दैमा घृणा  बानी परेर होला सरेको हात । ३, तम्सिँदा पनि  तुहिएको मुहान फलामे घोचो । ४, असिना खस्दा पात झरेको रुख सेताम्मे भुइँ । ५, विवाहभोज भेटेको आँखा हो कि हल्लेको छाया । ६, आँखामा आँखा बन्दभित्र उज्यालो  कुरुप इच्छा । ७, बुई चढेको अनुहार खसेछ निगाले लठ्ठी । ८, कम उमेर बानी -बेहोरा बूढो अन्धो मच्चाइ । ९, दर्केको रात सिरक फालिदिँदा बिहानी घुस्यो ।

सिजो - श्रीराम श्रेष्ठ, बिहानी समयमा सुर्योदय भएपछि…🖊️

सिजो  - श्रीराम श्रेष्ठ  १. बिहानी समयमा सुर्योदय भएपछि  उज्यालो चारैतिर छरिएका गाउँबस्ती प्रकृति मनमोहक परिवेश धमिलो । २. सुनौली बिहानीमा शितलता लाग्न थाल्यो मनैमा आनन्दले चङ्गा बनी उड्याे माथि गौरव मान्दै हिडेको अनुभूति उडेछ । ३. खोतल्दा इतिहास गहिरिदै लुक्न थाल्दा साक्षी किनारामा सही छाप गरिरहे प्रमाण प्रष्ट नहुँदा हावाखाए आफैले । ४. मलाई तड्पाउँछौ सधैंभरि कतिपर्खौ समय बित्नेहोकि तिमीलाई पर्खिबस्दा खुलेरै चुपचापको भनिदेउ रहस्य । ५,, सम्झना अतीतका पलपल आँखाभरि बिर्सन नसकिने कसिएको मायाप्रीति कसरी बिर्सन सक्छु रातभित्र अँगाल्दा । ६, सम्झना अतीतका पलपल आँखाभरि बिर्सन नसकिने कसिएको मायाप्रीति कसरी बिर्सन सक्छु रातभित्र अँगाल्दा ।

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १७१ बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । पार्टीको चार दिनदेखि राजधानीमा जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो । रातिदेखिनै भएको मतगणनाको भरखरै प्राप्त नतिजा अनुसार लिङदेनले थापालाई १ सय ७१ मत अन्तरले हराउँदै पार्टीको अध्यक्ष जितेका हुन।

कमाउ न मन भए ब्यवसाय गरेहुन्छ राजनीति होईन । होसियार !!!

सन्तोष सिग्देल-तारकेश्वर।तारकेश्वरको विकास बजेट करिब सात करोडको हाराहारीमा रहेको र उक्त बजेटबाट ५० लाख प्रति वडाका दरले तीन करोड वितरण भएको हुँदा बाँकी चार करोडको विकास कार्यक्रम बनाउने क्रममा  माथिल्लो सरकारको वेरुजु तिर्ने सम्वन्धित निकायले बेरुजु रकम तिर्न ताकेता गरेकोले करिव दुई  करोड १५ लाख बराबर रकम बिकाश बजेट बाट फिर्ता गरिएको र अब एक करोड ८० लाख रकमको विकास वजेट बनाउन लागेको जानकारीमा आएको छ। ढुङ्गा गिट्टी रोडा बालुवाको कर गाउपालिकाले नउठाएर व्यक्तिगतरुपमा अध्यक्ष र कर्मचारीले पैसा असुल्ने र त्यतिले पनि नपुगेर  अझ  गाउपालिका मा  आए को पैसा पनि खाने !!! होसियार .........  आउनुहोस एकदिन मिति तोकेको गाउपालिका जाउ यस्ता भ्रष्टाचार गतिबिधी लाइ रोक्न सबैजना हातेमालो गरौ ।।।।

राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट र रसुवाको चाैंथाे वार्षिक साधारणसभा हुने

राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोट र जिल्ला कार्यसमिति रसुवाको चाैथाे वार्षिक साधारणसभा साेमबार टप राजधानी राेधी घर मित्रनगर टेलिकम नयाँ बसपार्कमा रहने भएको छ । संघ नुवाकोट र रसुवामा २०७४ सालका विस्तार भएर अहिले चाैँथाे वर्ष पूरा गरेको हाे । रसुवा र नुवाकोटकाे एउटै सभामा कार्यक्रम सम्पन्न गर्न लागेको हाे  । कार्यक्रम संयाेजक संघका रसुवा जिल्ला अध्यक्ष दावा फिञ्जाे तामाङ र संघका नुवाकोट जिल्ला अध्यक्ष रहेको छ । कार्यक्रम व्यवस्थापन संघका नुवाकोट जिल्ला सचिव करण तामाङ रहेको कुरा नुवाकोट जिल्ला प्रवक्ता डिल ब लामाले जानकारी दिनुभएको छ ।

कलाकार बिकी लामाकाे बाबाकाे अन्त्येष्टिमा पुर्व खेलकुद मन्त्री लगायत राष्ट्रिय संगीतकर्मी संघ पुग्याे जम्बुडाँडा

राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटका सल्लाहकार एवम्  मनखुसी फाउन्डेसन नेपाल दुप्चेश्वर गाउपालिका कार्यसमिति संयाेजक लामा गुरु एवम् लाेकप्रिय कलाकार बिकी लाे लामा तामाङ पितृ शाेक परेकाे छ । हृदयाघातका कारण लामाकाे पिता सञ्चमान तामाङकाे बुधबार राती  निधन भएको थियोे । मृतक तामाङकाे अन्त्येष्टि शुक्रबार माकलबारी जम्बाेडाँडा काठमाडौमा गरिएको छ । अन्त्येष्टिकाे क्रममा श्रद्धाञ्जली अर्पणकाे निमित्त संघीय सांसद एवम् पुर्व खेलकुद मन्त्री माननीय हित बहादुर तामाङ , राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश महासचिव एबम् नेपाल कम्युनिस्ट पार्टी समाजवादीकाे केन्द्रीय प्रवक्ता मान बहादुर तामाङ , राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटका सचिव एवम् मनखुसी फाउन्डेसन जिल्ला कार्यसमिति नुवाकोटका संयाेजक सभापति करण तामाङ घ्लान , राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटका अध्यक्ष दिनेश तामाङ , उपाध्यक्ष कुमार लामा , महिला उपाध्यक्ष अर्चना स्याङतान साथै , राष्ट्रिय संगीतकर्मी संघ शिवपुरी गापा कार्यसमिति अध्यक्ष प्रेम रुम्बा , पञ्चकन्या गापा कार्यसमिति अध्यक्ष राम लामा , ककनी

अधिबेशनका बारे जानकारी गराउन मङ्गोल नेशनल अर्गनाइजेसनले पौष १८ गते पत्रकार सम्मेलन गर्दै

मंगोल नेशनल अर्गनाइजेशन बाग्मती प्रान्तीय सभाले आफनो प्रथम  बाग्मती प्रान्तीय अधिबेशनको बारेमा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन गर्ने भएको छ ।प्रथम बाग्मती प्रान्तिय अधिबेशन मुलआयोजक सभाका संयोजक राजेन्द्र तामाङले दिनु भएको जानकारी अनुसार पौष १८ गते  सनिवार काठमाडौको  मनमैजु स्थित ग्यालेक्सी भ्याली क्याफे रेस्टुरेन्टमा  उक्त पत्रकार सम्मेलन हुनेछ । मंगोल नेशनल अर्गनाइजेशन बाग्मती प्रान्तीय सभाले आफनो  प्रथम  अधिबेशन संगठनको ३३ औ स्थापना दिवसको अवसर पारेर  आउदो  १ जनवरी २०२२ अर्थात पुस १७ गते धादिङ को महादेबेशी बजारमा गर्न लागिरहेको छ  ।