काठमाडौं । सम्पुर्ण तामाङ कलाकारहरुको एकता,तामाङ कला,संस्कृतिको विकास,संरक्षण तथा प्रवर्द्धन हाम्रो प्रतिवध्दता भन्ने मुल नाराकासाथ नेपाल तामाङ कलाकार संघको आयोजनामा यही २०७८ मंसिर २४ र २५ गते चुच्चेपाटीस्थित ह्यात होटेलको प्राङ्गणमा दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सव-२०७८ हुने भएको छ ।
नेपाल तामाङ कलाकार संघका महासचिव एवं महोत्सव प्रचार प्रसार विभागका संयोजक रोशन फ्युबा तामाङकानुसार उक्त महोत्सवमा ख्यातिप्राप्त कलाकारहरु क्रमशः जनयन्द लामा,चन्द्रकुमार मोक्तान,चन्द्रकुमार दोङ,इन्दिरा गोले,रोज मोक्तान,प्रेम लोप्चन,जमुना योन्जन,इन्दिरा योन्जन,तुलसा वाईबा,चाँदनी मोक्तान,सन्तोष लामा,हेम वाईबा,डीजे तेन्जिङको साथै अन्य चर्चित तामाङ कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति भव्य रुपमा शुक्रबार र शनिबार काठमाडौं चुच्चेपाटीस्थित ह्यात होटेल चौंरमा बिहान ११ बजे हुने महोत्सवमा उपस्थितको लागि अनुरोधसहित निमन्त्रणा गरेका छन् ।
Comments