Skip to main content

Posts

Showing posts from May, 2020

सिजो कविता - श्रीराम श्रेष्ठ

सिजो कविता   - श्रीराम श्रेष्ठ १, समय शक्तिशाली रोकिँदैन चिच्याएर सपना देख्छौँ हामी पूर्णतामा बन्दी हुँदै चलाख गोटी चालेर बौद्धिकता प्रस्तुत । २, हेरेको हैसियत आफैलाई  लाज भयो लाजले छोपिँदिंदा घृणा जाग्यो आफैभित्र घमण्ड फाल्नुपर्दछ आफैलाइ सुधारी । ३, लम्कँदै अघिअघि आफुलाई खियाउँदै जीवन धकेलिँदा अन्त्यहीन सोचहरु हामिले दिवास्वप्नमा कतिन्जेल दौडने । ४,, हाँसेर ख्यालठट्टा गर्दाखेरि रमाइलो मस्तीमा हाँसीखुसी मनलाई शान्तिप्राप्ति जीवन खेलौना भए कति हुन्थ्यो सजिलो । ५, बिरानो लाग्न थाल्यो  छोटो दिन सम्झिएर गरेर पश्चात्ताप दु:खी मन हताँरिदै ढल्किँदा जवानीलाई जिब्रो काट्दै हाँसेको । ६, बुझेर आफैलाई आनन्दमा जोगाएको घमण्ड जति गर्‍यो सिध्याउँछ जानी राखौँ सबैले बुझ्नुपर्नेर्छ आफ्नो आफ्नो दायित्व ।

तामाङ भाषाको छोटो चलचित्र-लोभी- सार्वजनिक ।

डिल बहादुर लामा-नुवाकोट।तामाङ भाषामा छोटो चलचित्र -लोभी अनलाइन बजारमा आएको छ।उक्त छोटो चलचित्र लोभी सुरेन्द्र तामाङको निर्देशनमा बनेको हो।चलचित्रमा विशेष गरि लोभ गर्दा आफ्नो कुन गति हुन्छ भन्ने तात्पर्य दर्शाएका छन्।भनिन्छ नि " लोभले लाभ लाभले बिलाप"।जयन कुमार मोक्तानको छायांकनमा बनेको उक्त चलचित्र कथा र सम्पादन समेत उहाँकै  रहेका छन्। बहु प्रतिभाशाली मोक्तान विभिन्न समयमा समयको माग अनुसारको विभिन्न टेलि चलचित्रदेखि लिएर ज्ञानमुलक र सन्देश मुलक विविध विषय समेटिएर छोटो चलचित्र साथमा चलचित्रहरु समेत निर्माण गरि दर्शक र स्रोतासामु ल्याउन खुबी भएका व्यक्तित्व हुनुहुन्छ।जसमा कलाकारको भुमिकामा सुरेन्द्र तामाङ र रस्मिता तामाङ रहेका छन्।जसमा अहिलेका जल्दाबल्दा समय अनुरुपको कथा वस्तु र दृश्य समाबेश भएको पाइन्छ। यहाँहरुले पनि तल दिएको लिङ्क थिचेर  हेर्न नभुल्नुहोला। https://youtu.be/q9zsFIRKBy4

जातको कुरा-प्रदिप नेपाल

प्रदिप नेपाल-नुवाकोट तीन बर्षको माया थियो सङै बाच्नु थियो उनी भित्रै बाकी जीवन सबै साच्नु थियो जन्ति लिइ लिन बोलाइ मार्छन सोचिन नि कैले छोराछोरी जन्मायर जीवन काट्नु थियो  मन मिल्यो जातको कुरा सोचिन नि मैले  हासीखुसी पिरतिको डोरि बाट्नु थियो उनी भित्रै बाकी जीवन सबै साच्नु थियो यति टाडा साथी लिन आथे उनिलाइ साथी सङ मिलिजुली सङै हास्नु  थियो उनी भित्रै बाकी जीवन सबै साच्नु थियो छोरा  छोरी जन्मायर जीवन काट्नु थियो

समाजसेवी लामा मास्क वितरण कार्यमै व्यस्त ।

नुवाकोट ।युवा तथा समाजसेवी इन्द्र लामा अहिले गाउँ घर घरमा मास्क वितरण कार्यमै ब्यस्त छन्।नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ गैराघर स्थायी बसोबास रहेका लामा बिश्वब्यापी रुपमा फैलिरहेका कोरोना भाइरस कोभिड-१९ बाट अफु बचौ र अरुलाई बचाऔ भन्ने उदेश्यले स्थानीयहरुलाई मास्क वितरण गर्दै हिडिरहेका छन्।समाजसेवी लामा सधै विभिन्न गाउँहरुमा पुगेर मास्क वितरण गरे झै  आज पनि बेलकोटगढी नगरपालिकाको वडा नम्बर ६ गाउँ  घरमा पुगेका छन्।केही स्थानीय युवा क्लबका युवाहरूको साथमा मास्क वितरण गर्ने अभियानमा  हिड्ने समय मिलेकोमा एकदमै खुशी लागेको  समेत उहाँले बताउनु भयो।

बेलकोटगढी-९ बाघखोरमा संचालित बजगाईँ फार्मेसीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

नुवाकोट ।अब सुरक्षित रुपमा जरो नाप्ने सेवा बाघखोरमा सञ्चालन हुने भएको छ। नेपाली काँग्रेस बेलकोटगढी नपा वडा नं ९ को सहकार्यमा नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा संघिय सांसद बहादुरसिंह लामाद्वारा प्राप्त स्वास्थ्य सामाग्रीहरु बजगाईँ फार्मेसीलाई हस्तान्तरण गरिएको हो।अहिले बिश्वब्यापी रुपमा फैलिएको कोरोना कोभिड-१९बाट अफु बचौ र अरुलाई बचाऔ भन्ने उदेश्यले आतंकित जनमानससामु दिनप्रतिदिन बढ्दै गएको सन्त्रास  समस्यालाई मध्यनजर गर्दै थर्मल गन-१,पिपिइ-१,मा क्स ,बुट र अन्य स्वास्थ्य सामाग्री बेलकोटगढी नगरपालिका वडा नम्बर ९ बाघखोरमा सञ्चालीत बजगाईं फार्मेसीका सञ्चालक रामशरण बजगाईँलाइ सहयोग स्वरुप हस्तान्तरण गरिएको हो।उक्त स्वास्थ्य सामाग्री सहयोगको क्रममा कुराकानी गर्दै बजगाईँ फार्मेसीका  सञ्चालक रामशरण बजगाईँले सहयोगी,बिकासप्रेमी तथा जनताप्रेमी नेता बहादुर सिंह लामाप्रति र सामाग्री उपलब्ध गर्नुहुने स्थानीय युवाहरु हर्क तामाङ,प्रेम तामाङ लगायतलाई धन्यवादका साथमा आभार प्रकट गर्नु भएको थियो।

प्रदिप नेपालको साहित्यिक रचना-कोरोनाको कहर

गाउँ देखि सहर सम्मै कोहोनाको कहर ! गाउभर फैलने भो लाग्न थाल्यो डर !! जनप्रतिनिधि भनौदाहरु कानमा तेल हाली बसेका छन ! आफ्नो आफ्नो सुरक्षा अब आफै आफै गर !! सेनिटाइजर साबुनले हात धुन पर्छ ! सबै जना अब आफै सतर्क हुनु पर्छ !! घरमै बसौ भिडभाडमा नजाउ है कोहिनी!  बाहिरबाट घर आउदा हात धुनु पर्छ!! सबै जना अब साच्चै सतर्क हुनु पर्छ!!!                    लेखक:-               -प्रदिप नेपाल ( बेलकोटगढी-६ देउराली,नुवाकोट  ) 

Dodoitsu -Shreeram Shrestha

Dodoitsu -Shreeram Shrestha                        1, Wearing the Angelic beauty Appeared ultra- sensuous Hasten to steal thy heart Got  glued and trapped. 2, Her honeyed voice Made overtly excited Took her as my own Offered a bond strong. 3, Smiling softly Turned the heart gladdened Weaving the spider- net Futile anguish . 4, Becoming a Toy In the adolescent love Cried impatiently The careless bare Age. 5, Dynamic Time A garden invented Enticing at a glance Difficult to stay calm. 6, Idolizing you in the bosom My pinky Love Strengthening the trust The Melted heart . 7, Embraced you in arms Getting closer Overtly excited youth Boiling in the heat . 8, Idolizing you in the bosom My pinky Love Strengthening the trust The Melted heart . 9, Embraced you in arms Getting closer Overtly excited youth Boiling in the heat . (-Tras. By Dr. Ravibhusna) Writter:-Shreeram Shrestha

सांसद तामाङले नुवाकोटका सबै स्थानीय सरकारलाई स्वास्थ्य सामाग्री प्रदान

करण तामाङ -नुवाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माननीय  बहादुर सिंह लामा तामाङले  नुवाकोटका सबै सैन्य ब्यारेक , प्रहरी चाैकी , ट्राफिक प्रहरी कार्यलय, पत्रकारहरु र नुवाकोटका बाह्रै वटा स्थानीय सरकारलाई  शनिबार  स्वास्थ्या सामाग्री प्रदान गर्नुभएको छ । प्रभावशाली युवा नेता सांसद  तामाङले १५५ सेट पिपिई ( बुटसहित ) , ५५ थान इन्फ्रारेड फाेरहेड थर्माेमिटर / थर्मल गन , १२ थान सेनिटाइजर स्प्रे मेसिन , ८०० थान एन नाएन्टिभाइभ माक्स ,   १०,००० थान सर्जिकल माक्स , ५,००० थान कपडाको माक्स , १०५ लिटर सेनिटाइजर, सावुनहरु , र एक थान बिग स्प्रे मेसिन  वितरण गर्नुभएको हाे । काेभिड १९ संक्रमण हुनाबाट बचाउन जनतालाई सुरक्षा प्रदान गरियोस् भनेर स्थानीय सरकारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हाे । नुवाकोट जिल्लाका बाह्रै वटा स्थानीय सरकार गाउपालिका तथा नगरपालिका प्रमुखलाई नुवाकोट जिल्ला समन्वय समिति प्राङ्गण विदुरमा बाेलाएर ५-५ सेट पिपिई , २-२ थान थर्मल गन , १-१ थान सेनिटाइजर स्प्रे मेसिन , ५-५ लिटर ह्यान्ड सेनिटाइजर , ५-५ लिटर क्लाेरिन युक्त स्प्रे सेनिटाइजर , २०-२० थान

Tanka - Shreeram Shrestha

Tanka   - Shreeram Shrestha 1, Keeping in a lap Pretext to love Cutting with knife Inside the cruel heart Tide raise up. 2, The sense of freedom Trying to spread Peace laughed Back warded consciousness Sat down backward . 3, Became close Intimacy connected Tighten knot Crisis in faith Ruined dream . 4, Life story In the journey of life Alone me While losing faith Pushed by time . 5, In the month of poush Troubled by chilling cold Searched warmth Scene while being alone Scared by fear . 6, As regular Family conflict Invitation to an enemy Useless sitting Teased by fortune .       - Trans.by saroj bogati Writer:-Shreeram Shrestha

बेलकोटगढीमा समाजसेवी दुई लामाहरुद्वारा मास्क वितरण

नुवाकोट।अहिले बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना कोभिड-१९ ले विश्व मानव बस्तिमा आतंकित तुल्याउने कार्य गरेको छ।बिश्वका देशहरूमा दिनप्रतिदिन सङ्क्रमितका सङ्ख्या उच्च रूपमा बढ्दै गएको तथ्यांक बाहिर आएको छ।जसमा नेपाल पनि अछुत रहन सकेन।अन्य देशको तुलनामा कम मात्रै सङ्क्रमितहरुको नतिजा सकारात्मक देखिएता पनि दैनिक सयौको सङ्ख्यामा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भैरहेको पाइन्छ। त्यसै घटनालाई अन्त्य पार्ने उदेश्य अनुरुपमा बेलकोटगढी  नगरपालिकाका वडा नम्बर ६ र ४ का दुई समाजसेवी व्यक्तित्वहरुद्वारा सुरक्षाका लागि मास्क वितरण गर्ने कार्य तिब्र रूपमा भैरहेको छ।ती समाजसेवी व्यक्तित्वहरु हुन् इन्द्र लामा र शेरब।समाजसेवी दुई  लामाद्वारा संयुक्त रूपमा मास्क वितरण भैरहेको छ।नगरका विभिन्न स्थानहरुमा ,टोल टोलमा पुगेर मास्क वितरण भैरहेको र बाकी रहेका प्रत्येक गाउँ गाउँ पुगेर अझै मास्क वितरण गर्ने लक्ष्य रहेको समेत लामाले बताउनु भएको छ।आफू बचौ र अरुलाई बचाऔ भन्ने मुख्या उदेश्य लिएर मास्क वितरण गर्ने अभियन सञ्चालन गरिएको समेत बताउनु भयो।

ताङ्का - श्रीराम श्रेष्ठ

ताङ्का-श्रीराम श्रेष्ठ १, पर्दा पछाडि अँध्यारो रच्नेहरु हौसिँदै हिँड्छ कतिन्जेल हिँड्ने हो कालो मन बोकेर । २, चर्केको घाम पसिनाले निथ्रुक्क थाकेको मन खोजेको शिीलता गन्तव्य मरुभूमि । ३, सेतो हिमाल आँखाभित्रै टाँसिने मोहक दृश्य प्राकृतिक सम्पदा देशको पहिचान  । ४, सुन्दर दृश्य क्यानाभासले छुँदा बिद्रम गाउँ एकोहोरो हेर्दामा लागेछ स्वर्गजस्तो । ५, यात्राको बेला बन्दीपुर उकालो बढे घचेट्दै स्वागत बाटोभरि लालुपाते फूलले । ६, दिन र रात घुमिरहने चक्र रमिते हामी जिन्दगीमा पाहुना धोका संसार जित्ने । ७, मध्यरातमा निस्क्यो चर्को आवाज लाज उदाङ्यो इज्जत जोगाउँदा च्यात्तिएको आकाश । ८, महको चाका खानलाई साँचेको इच्छा अधूरो अनकण्टार बाटो आँखा हेरेको हेर्यै । ९, बिषादी मन जतिन्जेल बाँचिन्छ भाग्य बिधाता जानाजान खाएर जीवन धान्ने आश ।           - च्यात्तिएको आकाश, २०७६,नुवाकोट

समाजसेवी इन्द्र लामाद्वारा श्री शुभ आरम्भ अनलाइन क्लब मार्फत माक्स वितरण

नुवाकोट । काेराेना भाइरस संक्रमितकाे संख्या नेपालमा दिनानुदिन बढिरहेको छ । यसबाट सुरक्षित रहनकाे लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ,  जसमध्ये माक्स अनिवार्य रुपमा लगाउनु , भिडभाडमा सामेल नहुनु पनि महत्त्वपूर्ण उपाय हाे । गाउँघरमा माक्स उपलब्ध त्यही रहँदैन । यसैअनुसार काेराेना भाइरस संक्रमनबाट जाेगीयाेस र सुरक्षित रहाेस भनेर  नुवाकोट बेलकाेटगढीका  समाजसेवी तथा युवा नेता नेता इन्द्र लामा र धर्म गुरु , समाजसेवी तथा युवा नेता शेरब लामाले गणतन्त्र दिवस-२०७७ को अवसर पारेर  शुभ-अारम्भ अनलाइन युवा क्लबलाई  माक्स प्रदान गर्नुभएको छ ।  बेलकाेटगढी वडा नम्बर ४ का जनताहरुलाई वितरण गर्ने गरी नेता लामाले शुभ-अारम्भ अनलाइन क्लबका अध्यक्ष डिल बहादुर लामालाई बिहिवार २०० थान माक्स हस्तान्तरण गर्नुभएको हाे । शुभ-अारम्भ अनलाइन युवा क्लबकाे अगुवाइमा जनतालाई वितरण गर्ने गरि प्रदान गरिएको माक्स शुक्रबार गाउँ गाउँमा जनताको घरघरमा पुगेर क्लबले वितरण गर्ने भएको छ ।   साहित्यकार , पत्रकार  एवम्  क्लबका अध्यक्ष डिल बहादुर लामा र कलाकार एवम्  क्लबका सल्लाहकार करण तामाङ ग्लानले घर घरमा पुगेर माक्स वितरण गर्न

बेलकोटगढी-४मा १७ र १८ गते दादुरा रुबेला खोप सञ्चालन हुँदै।

यहि मिति २०७७ जेठ१७,१८ र १९ गते बेलकोटगढी नगरपालिकाको वडा नम्बर ४अन्तर्गत रहेको श्री पञ्चासे माध्यमिक विद्यालय र श्री तिलकेश्वर निम्न माध्यमिक विद्यालयमा १७,१८ गते दादुरा रुबेला खोप सञ्चालन हुँदै छ।र बाकी रहेका बालबालिकाहरुका लागि भने १९ गते झिल्टुङ स्वास्थ्य चौकी दुईपिपलमा थप खोप सञ्चालन गरिने झिल्टुङ स्वास्थ्य चौकिका प्रमुख भोजराज ढुङ्गेलले जानकारी दिनु भएको छ।

युवा साहित्यकार "करण सायर"काे जापानी शैलीका डाेडाेइट्सुहरु

नुवाकोट । बेलकाेटगढी नगरपालिका वडा नम्बर ४ का युवा साहित्यकार करण तामाङ ग्लान सायरकाे जापानी शैलीका नयाँ डाेडाेइट्सुहरु सार्वजनिक गरिएको छ । साहित्यकार सायरले   अहिलेसम्म फिजारल्ड शैलीमा नेपाली मुक्तक , नाटक , फुटकार कविताहरु, गजल , जापानी शैलीका डाेडाेइट्सु , ताङ्का , हाइकु लगायतका साहित्य सिर्जनामा कलम चलाउदै अाउनु भएको छ । सायर नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे अाजीवन सदस्य तथा प्रतिष्ठान प्रवक्ता , बुलबुल साहित्य पब्लिकेसन्स प्रा ली सहयात्री सदस्य लगायतमा साहित्यिक यात्रामा यात्रीत रहनु भएको छ ।  सायरकाे नयाँ केही डाेडाेइट्सुहरु निम्नानुसार रहेको छ:- एक) टाँसिएकाे प्रेममा बढेको सामिप्याता थेक्न नसकेपछि  कस्तो सन्नाटा । दुई ) दुई नजर जुध्याे मनायाे समझम थ्याे अरुकाे श्रीमती  गयाे भुकम्प । तीन) पाक्नै नपाई खायाे मिठाे त मानीमानी थाहा भयाे असर भावविभाेर । चार) अवाज कलमकाे गुञ्जिदै गएपछि  डरमा कुर्सीहरु अत्तालिएछ । पाँच) एउटामात्र खाट सिरानीकाे सिमाना  उक्लेपछि सजिलै बत्ती निभेकाे ।

Dodoitsu poem-Shreeram Shrestha

Dodoitsu  poem                      -shreeram Shrestha                1, Looking through the ludtful eyes  Sought to shift the love  When came closer  The love disowned . 2. Thought you always as my own Kept my heart vacant You appeared cruel and The course got changed. 3. Linked relations Surrounded by doubts  Enlarging the gaps of hearts When wish to be alone. 4. Kept you the dearest In the core of my heart you possess a spiky heart Feel jubilant when poked . 5. Wearing the Angelic beauty Appeared ultra- sensuous Hasten to steal thy heart Got  glued and trapped. SHREERAM Shrestha - Trans by Dr.Ravibhusan

सवारी पासकाे विषयमा नुवाकोटका सिडियाे द्राेण पाेख्रेल माथी चर्काे अालाेचना

नुवाकोट । नुवाकोटकाे सिडिअाेले सवारी पास नदिएको भन्दै नुवाकोटका सञ्चारमाध्यमहरुले सिडिअाे द्राेण पाेख्रेलकाे चर्काे अालाेचना गरिरहेका छन्  । लकडाउनकाे समयमा मानिसहरुमा अावत जाअाेतकाे लागि पास उपलब्ध गराउने जिम्मा जिल्ला प्रशासन कार्यलयलाई रहन्छ । अत्यावश्यक कामकाे लागि वाधा नपुग्ने गरि सवारी पास गराउनुपर्दछ । अत्यावश्यक सेवा वाहेक नियमित सेवा मलामी  किरियापुत्रलाई पास उपलब्ध गराउने गृह मन्त्रालयकाे सर्कुलरमै छ । तर नुवाकोटको सिडिअाेमा भने याे सर्कुलर देखिएको छैन । श्रीमतीको निधन भएको खबर पाएपछि घर जानकाे लागि सवारी पास लिन  माैखिक सुचना र अनुरोधले नहाेला भनी प्रमाण सहित नुवाकोट जिल्ला प्रशासन कार्यलय अाईतबार पुगेका लालबाबू प्रसाद साहलाई सिडिअाेले सवारी पास नदिइ फर्काएको थियोे  । भारत पुर्वी चम्पारण जिल्ला लतिनहवा पंञ्चायतका सरपंञ्चले लक्ष्मीकान्त प्रसादले लालबाबु प्रसाद साहकाे श्रीमतीको निधन भएको प्रमाण पठाएको थियोे । साेही प्रमाण लिएर साह अाफु कार्यरत रहेको जिल्ला नुवाकोटका जिल्ला प्रशासन कार्यलयमा सवारी पासकाे लागि पुगेका थिए । तर सवारी पास पाएनन्  । दुई छाेरा र अाफु नुवाकोटमा

सिजो कविता - श्रीराम श्रेष्ठ

सिजो कविता   - श्रीराम श्रेष्ठ १, आकाश धमिलिँदै निराशमा तनमन सोचाइ थाँती राख्दा मडारियो इच्छाहरु लिएर पीडाको पोको लम्की लम्की हिँडेको । २, थर्केर एकनास प्रलयमा फसेपछि जिस्कायो सधैंजसो प्राण धान्न पनि धौधौ सोचेको सपना भनी भागिहाल्यो बिर्सेर । ३, मनमा आगो बाल्दै आक्रोशमा भैतारिँदै चिन्ताले बौलाएछु आफै आफै मौन बसेँ विरक्त लाग्दालाग्दैमा आत्माहत्या सम्झेछु । ४, साँघुरो बाटो थियो अघि सर्न हम्मेहम्मे थकित ज्यानलाई आरामको महसुस आराम गर्नाका लागि ओछ्यानमा पल्टेको । ५, जीवन जगतमा खुसीसाथ हेरिरहे कसैको पर्खाइमा कतिन्जेल कुरिरहुँ सम्बन्ध जोडिँदा पनि पर्खाइमा उन्मक्त । लेखक:- श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)

25 people have been discharged in last 24hrs

25 people have been discharged in last 24hrs after being recovered from COVID-19 in Nepal according to MoHP. After this total number of recovery counts to 112 in Nepal. New Case Alert: 7 new COVID-19 cases confirmed in Nepal. Now, total number of COVID-19 confirmed cases in Nepal reached to 682. Source: MoHP Media briefing

हाइकु - पुष्कर लोहनी

हाइकु - पुष्कर लोहनी  १, असह्य हुँदा  माडिएछ तकिया शरीरै हल्का ! २, जाडो बढेछ पिएँ रक्सी मस्तले आगोको धूवाँ ! ३, जाडो भागेछ दाउरा सल्केपछि तातो मकल! ४, धूवाँको मुस्लो घुसारेँ काठै पनि  बल्न सकेन ! ५, पानी नै चिसो भित्रै हात चोपलेँ अँध्यारो मुख ! ६, झुकिएँ आफै पछाडि धाप मार्दा घाम निदायो !                     लेखक:- पुष्कर लोहोनी  - घट्टेकुलो, काठमाडौँ

ताङ्का- श्रीराम श्रेष्ठ

ताङ्का- श्रीराम श्रेष्ठ १, तिम्रो मायामा अन्धभक्त बनेर दिल जलेछ भोक प्यास हटेर धोका मिल्दा रन्थने । २ निष्ठुरी माया आत्मीयता गाँसेर जोड्दै जीवन गुम्सेको न्यानो माया अन्धो बन्दा आपत्ति । ३, मायाको गन्ध छिरिहाल्ने भित्र नै टाँस्सिदै आफै भनेको जस्तो खोज्ने एक्लो हुँदै बाँचेका । ४, काखमा राखी माया गर्ने बहाना रेटेछ छुरा निर्दयी माभित्र उठेछ ज्वारभाटा । ५, माया जोडियो खुसी सबै तानियो नक्कली खुसी चञ्चले भइदिँदा पीडाको थुप्रैथुप्रो । ६, बाचा कसम मनमुटु साटेर बाँधेको माया समयको चालमा मन फाट्दा छुट्टिने । ७, प्रेमिल जोडी रङ्गिन सपनामा रमाइ हिँड्दा प्रेम साट्नका लागि बसिँदै गुप्तबास । ८, फुत्कन खोज्दा मायाले बाँधिएर टाँसे छातीमा खुशी दिन खोज्दामा मातेको मया बैरी । ९, गहिरो चिनो मायाले टाँसिराख्दा बाँच्ने आधार सम्झनाको छायाले जिस्काउँछ सधै नै ।   - च्यात्तिएको आकास ( २०७७,नुवाकोट )    श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)

डोडोइट्सुहरु - श्रीराम श्रेष्ठ

डोडोइट्सुहरु     - श्रीराम श्रेष्ठ १, खराव आनीबानी शङ्काले उचालिंदा दबाएको  रिसले खोज्यो उम्लन । २, बसिदिए बन्दगी टारिएको समस्या बसेको चुपचाप झस्किन्छ सधैं । ३, शङ्का उब्जिएपछि इज्जत लुकाउँदा हारिएछ आफैले बने तमासे । ४, मनमा आँधीबेरी अपत्यारिलो लाग्ने अचेत बनेर बस्दा भूले दायित्व । ५, घेरिएछ चिन्ताले अग्लिदै मनभित्र बेदनाको पहाड दु:ख सित्तैमा  । ६, अल्लारे सोचाईले पिछलगु बनेर बन्धनमा विवेक लाचार मन  ।         श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)

लियो जिल्ला परिषद 325 बि 1नेपाल​को नयाँ नेतृत्व​ च​य​न

रास्ट्रसंग पछिको सबैभन्दा ठुलो मानव संजाल  भएको सामाजिक संस्था लायन्स क्लब अन्तरास्ट्रिय लियो जिल्ला परिषद 325 बि 1नेपाल​को न​या नेतृत्व​ च​य​न भ​एको छ स​धा झै  प्रत्येक बर्ष अंग्रेजी महिना जुलाईबाट नयाँ कार्य समितिको कार्यभार सुरु हुने ग​रि निर्बाचित हुनु भ​एको हो।अन्तरास्ट्रियले नेपाललाई ३२५ भनेर तोकिदिएको छ र त्यस्मा पनि ४ ओटा जिल्लाहरु ३२५ ए१, ए२,  बि १ र बि २  रहेका छन् जसलाई क्षेत्रको आधारमा विभाजित गरिएको छ | लियो जिल्ला प​रिस​द​ ३२५ बि १ नेपाल​को अध्यक्ष प​द​मा  लियो आद​र्श​मोह​न भट्टराई र​ उपाध्यक्ष प​द​मा  लियो प्र​काश थापा क्षेत्री ज्यु  जूम प्रबिधि मार्फत लायन्स  बर्ष 020/21लाई निर्बाच​न हुनु भ​एको कुरा निर्बाच​न अधिक्रित​ लियो राजेन्द्र​ ब​राल र​ म​नोनित​ अधिक्रित​ लियो बिशाल रिजाल ज्युले प्र​स्ट पार्दिनु भ​एको छ​ भ​ने लायन्स  बर्ष 019/20 अध्यक्ष लियो विनायक पौडेल, कार्यक्रम संयोजक लियो योगेश गौतम र साथै कार्य​क्र​म​ संचालक लियो  सन्तोष ढकालले सम्पूर्ण  उपस्थित​ लाय​न्स​/ लियो अग्र​ज एब​म अन्य​ उप​स्थित लियो स​द​स्य ह​रुलाई ब​धाई दिदै बर्ष  ०२०/२१ को अध्यक्ष /उपाध्यक्ष

ताङ्का-पुष्कर लोहोनी

१,तिमी नहुँदा डरलाग्दो सपना  पग्लेर गयो सम्झे तिमीलाई नै बादलसङ्गै भाग्दा । २, समाउ चुल्ठो  भाग्न खोजेकी तिमी हडबडियौ यसो हेरेको मात्र सपना झस्किहाल्यो । ३, हेरि नै रहेँ मुस्लो भएर आयो तिमी हरायौ छुट्याउनै सकिन कुहिरो खसिहाल्यो। ४, समाउँ भन्दा हात नै लुलो भयो भीडमा तिमी पाइला अघिअघि बीचमै छाया ढल्दा । ५, आवाज सुन्छु उज्यालो अनुहार तरुनो रात तिमी हास्न खोजेको छेकिहाल्यो कसैले । ६, खाल्टाे नखन्दै सपना डुबिहाल्यो तिमी पग्लेको कसैले ठेल्यो मात्र  च्यापामा निलो पार्दै ।              लेखक:- पुष्कर लोहोनी (घट्टेकुलो,काठमाडौ)

सिजो कविता - श्रीराम श्रेष्ठ

सिजो कविता    - श्रीराम श्रेष्ठ  १, बितेका अतीतले पिरोलिन्छ घाउ बनी सपना भुलिबस्दा बिपनाले जिस्काउँछ रोकिन्न समय घेरा साउनको भेलमा । ____________________________ २, सुन्दर उपहार उनी लाई साचिँराखे अडिग पार्दै मन खुसी साट्दै बाँच्दै थिए  समय अपत्यारिलो निम्त्याएछ सुनामी । ______________________________ ३, बुझाउँ भने पनि मनभरि पीडा बोकी सान्त्वना दिनलाई अघि सर्दा गार्‍हो पार्यो वेदना एकै ठाउँमा पोको पार्दै गुम्साएँ ।  ______________________________ ४, मायाको फूलबारी सजाएर राख्दै थिएँ  पर्खेर बस्दाबस्दै रित्तो मन ढल्किएछ आशाको विश्वास पनि व्यर्थ भयो कुरेर । ______________________________ ५, निर्दयी बनेपछि कतै पनि केही छैन समय पर्खेपछि नदी उल्टो मन उल्टो शङ्काले डुबाएपछि एक्लो एक्लो दाम्पत्य । ______________________________ ६, हावाको गतिसँग साथ लाग्न मन लाग्यो आकाश छुने धोको माथिमाथि उडिगयो  सपना देखेको मात्रै बेकारको जवानी ।                        लेखक:- श्रीराम श्रेष्ठ (बट्टार,नुवाकोट)

डोडोइट्सुहरु - श्रीराम श्रेष्ठ

डोडोइट्सुहरु     - श्रीराम श्रेष्ठ १, निष्ठुरी मायालुले मुटु चुडाल्दै भाग्दा पानी बिनाको माछा     बाँच्नु नै व्यर्थ । २, आफ्नै मुटु सम्झेर गरे विश्वास चौडा उपहार नै धोका माया बैगुनी । ३, अतीतको यादले एेना बनी आँखामा सम्झे मीठो बिगत खोतल्दै छाया । ४, स्वीकारिएको गल्ती ढाकछोप गरिंदा एेना बन्दै मस्केर तर्सेको लाज । ५, हुरी बतास चल्दा देखिदैन आँखाले  मनमा डर पस्दा   खोज्दै सहारा  । ६, दु:खी मनको भाव बुझ्ने कोही भएन घुम्सिएको रहर  हासो नक्कली ।               श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)

स्कुटर यात्राबाट विश्वकिर्तिमान रच्न सफल-रक्ष कुमार राई

नुवाकोट । स्कुटर यात्राबाट विश्वकिर्तिमान रच्न सफल  रक्ष कुमार राई " अभियान"  विश्वकिर्तिमानी मात्रै नभएर एक सहासी बहुप्रतिभाकाे धनी व्यक्ति हुनुहुन्छ । रक्षले अाफ्नै कथा र निर्देशनमा २ दर्जन भन्दा बढी लघु चलचित्र निर्माण गरिसकेका छन् । धेरै म्युजिक भिडियोमा माेडलिङ गर्न भ्याउनुका साथै समर लभ, झुम्की , दाेख , एक ,  साम जस्ता चलचित्रमा फाइटरका रुपमा उत्कृष्ट अभिनय गरिसक्नु भएको छ । यसैगरी उहाँले ब्रिटिस इङलिस ल्याङग्वइज पहिलो नेपालमा प्रकाशन गर्नुभएको थियोे ।  ब्रिटिस इङलिस ल्याङग्वइजका साथै इङलिस ग्रामर र एडभान्स इङलिस ग्रामर गरि तीन वटा व्यावसायिक पुस्तकहरु बजारमा ल्याउनुभएकाे छ । यसैगरी उहाँ नेपाल सितोरियो कराँतेका जाेसिलाे रेफ्रि तथा प्रशिक्षक हुनुहुन्छ । उहाँ अहिले कराँतेमा ब्ल्याक बेल्ट फाे डान ग्रेडमा रनिङ हुनुहुन्छ । वि.सं. २०५९ मा घर छाडेर १३ वर्षकाे सानै उमेरमा माअाेवादी लडाकु बनेर पछि जनयुद्धमा हाेमिनु भएको थियो । पहिलोपटक सिराहाकाे बन्दिपुरमा, दाेस्राे पटक भाेजपुरकाे पाँचधारे भिडन्तमा सामेल हुनुभएको थियो । तेस्रोपटक भाेजपुरकाे घाेडेटार अाक्रमणमा सामेल हुँदा उनलाई

जापानी शैलीका हाइकुहरु :- करण तामाङ ग्लान"सायर"

नुवाकोट । युवा साहित्यकार करण तामाङ ग्लान "सायर"काे जापानी शैलीका नयाँ हाइकुहरु सार्वजनिक गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपाल प्रवक्ता साथै युगान्तर साहित्यिक पत्रिकाकाे सम्पादक समेत रहनु भएको साहित्यकार तामाङले जापानी शैलीका डाेडाेइट्सु , हाइकु , ताङ्का , नेपाली नाटक , फुट्कार कविता , फिजारल्ड शैलीका मुक्तक लगायतका विधाहरुमा कलम चलाउदै अाउनु भएको छ । हेराै उहाँको केही हाइकुहरु :- एक) अन्धाे छ प्रेम पहिलाे बल्ल भेट गफिँदै लट्ठ । दुई ) मेटेकाे प्यास बिर्सनै नसकेर अनिदाे रात । तीन ) फुलेको पेट सत्तरी कराेडमा महासाहेव । चार ) हल्लिन्छ कुर्सी बाेल्दा मिचेकाे सिमा शासन पारी । पाँच) माया र शंका बढेकाे त्याे दुश्मनी महासंग्राम । छ) यी अाफ्नै अङ्ग बेचेको भन्ने हल्ला त्रासकाे थुप्राे ।

चर्चित गायक तथा संगीतकार हेमन्त आचार्यकाे 'परदेशीकाे बेदना' गीत सार्वजनिक

चर्चित गायक तथा संगीतकार हेमन्त आचार्यकाे  'परदेशीकाे बेदना' गीत सार्वजनिक भएको छ। गायक  आचार्यकै शब्द सिर्जना तथा सर्जक श्रीकृष्ण क्षेत्रीको लय रहेको गीतमा कोरोना भाइरसको महामारीका कारण परदेशमा अलपत्र रहेका नेपालीको पिडा समेटिएको छ।  बिश्व तहसनहस र आतंकित बनाएको कोरोना भाइरसलाई ख्याल ख्यालको रूपमा  नलिन र आफू र आफ्नो परिवारका लागि भएपनि सजगता अपनाउन परदेशीले नेपालमा रहेका आफन्तजनलाई अनुरोधयुक्त भाव गीतमा पाईन्छ । निर्देशक होम धितालको निर्देशन तथा मुक्ति न्यौपानेको छायांकन रहेको गीतमा गायक तथा सर्जक हेमन्त आचार्य ,पार्वती आचार्य ,पवित्रा आचार्य लगायत कलाकारको अभिनय रहेको छ।  चर्चित भिडियो सम्पादक रोशन धितालको सम्पादन रहेको यस गीतको अडियोभिडियो धिताल्स फिल्मको अफिसियल युट्युब च्यालबाट सार्वजनिक भएको छ। गीत हेर्न तलको लिन्कमा थिच्नुहोस:-https://youtu.be/cH-tQEHY9R8

डोडोइट्सुहरु - श्रीराम श्रेष्ठ

डोडोइट्सुहरु    - श्रीराम श्रेष्ठ १, मन पग्लेर दुबै आत्मा जोडिंदा सहयोग दोहोरो खुम्चियो रिस । २, धैर्यता अङ्गालेर चिनजान समय मिलेको सफलता सुखी जीवन । ३, समय बैरिबन्दा जीवनमा दुर्दशा धसिएको रहर लुकेछ सुख । ४, आगोको तातो राप ताप्नलाई आनन्द स्पर्श गर्दा आपत्ति झस्किन्छ सधैं । ५, बदलिएको दृश्य चिसै चिसो फ्यालेर प्रकृति हसमुख रमिते आँखा । ६, रङ्गिन दुनियाँमा जीवन बाँच्ने धोको सङ्घर्षमा होमिंदा छोटिदै आयू ।                    श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)

वरिष्ठ साहित्यकार पुष्कर लोहोनीको ६ वटा हाइकुहरु

हाइकु   - पुष्कर लोहनी  १, सूर्य छिरेछ आँखेझ्याल छेडेर उज्यालो झर्दा ! २, तातेको सूर्य लल्याकलुलुकमै आफै सम्झिँदा ! ३, कालो सपना  कालो सर्प बेरिँदा लत्रेको रात ! ४, झपरी केरा छोडाउँदा जिस्कियो दहीको भाँडो ! ५, नाक रसायो ढुङ्गेधाराको पानी  नुनिलो स्वाद ! ६, आँपको चोप हातभरि टाँसिँदा निकाल्दा आँसु !                  लेखक:- पुष्कर लोहोनी ( घट्टेकुलो, काठमाडौँ )

करण तामाङ "सायर"काे जापानी शैलीका ताङ्काहरु सार्वजनिक

नुवाकोट । युवा साहित्यकार करण तामाङ ग्लान "सायर"काे जापानी शैलीका नयाँ राेचक ताङ्काहरु सार्वजनिक गरिएको छ । कवि सायरले समय समयमा नयाँ राेचक साहित्यका सिर्जनाहरु  सार्वजनिक गर्दै अाउनु भएको छ । उहाँले नेपाली साहित्यकाे मुक्तक , गजल , गद्य कविता , नाटक,  जापानी शैलीका डाेडाेइट्सु , हाइकु, ताङ्का साथै तामाङ भाषामा कविताहरु रचना गर्दै अाउनुभएकाे छ । कवि सायर २०७३ असाेजमा अाफ्नाे पहिलो कृति "उदास जिन्दगी" मुक्तक संग्रह बजारमा ल्याउदै संस्थागत रुपमा नुवाकोट साहित्य प्रतिष्ठान नेपालमा अावद्ध रहेर नेपाली साहित्यकाे फाँटमा प्रवेश गर्नुभएको थियोे । अहिले कवि सायर प्रतिष्ठानकाे प्रवक्ता , युगान्तर साहित्य पत्रिकाकाे सम्पादक रहनु भएको छ । उहाँ भन्नुहुन्छ  " भाषा नरहे हामी रहन्नाै  म भाषालाई र शब्दलाई धेरै माया गर्छु त्यसैले नेपाली साहित्य र तामाङ साहित्य अत्यन्तै मनपर्छ , यसैअनुरुप दिनमा केही लेखिरहेकै हुन्छु ।"  यसैक्रममा अाज उहाँले सार्वजनिक गर्नुभएको जापानी शैलीका ताङ्काहरु यसरी लेख्नुभएको छ :- ताङ्काहरु १) निर्दाेष अाँखा ऐतिहासिक दृश्य  छ माया लाग्दि

डोडोइट्सुहरु - श्रीराम श्रेष्ठ

डोडोइट्सुहरु - श्रीराम श्रेष्ठ  १, बितृष्णाले घेरिंदा भार बन्यो जीवन घिस्रिदै दु:खी मन बुढ्यौली हात्ती । २, लाचार बन्दा पनि  ठूलो हिस्सा खोजेको भोक भोकै परिंदा निलेको थुक । ३,  जेलिएको पीडाले सकिएन थामिन आँसुले भिज्दा मन गुमेछ होश । ४, मेलमिलाप राम्रो बुझ्नुपर्छ सबैले औषधी हो सुखको सधैं उज्यालो ! ५, भीडभाडमा तिमी टाढैबाट देखेथें नकचरी रमिते आँखा लजायो ! ६, दु:खले जिस्क्याउँदा भारी बनेको मन अँध्यारो रोज्न बाध्य अगाल्दै पीडा !                 लेखक:-     श्रीराम श्रेष्ठ   (बट्टार,नुवाकोट)

युवा साहित्यकार श्रीराम श्रेष्ठको " हाइकु "

हाइकु   - श्रीराम श्रेष्ठ  १, निस्वार्थ माया साचेर राख्दा पनि  गुम्यो विश्वास ! _____________ २, सुक्खा मौसम  पसिनाले निथ्रुक्क लागेछ जाडो ! _____________ ३, आँखा चिम्लँदै मायाको अँगालोमा सपना हाँस्यो ! ______________ ४, मायालु हात कोमल मीठो स्पर्श मन नै चङ्गा ! _____________ ५, भेट्ने कहिले निउ खोज्ने त्यो मन रिस खोतल्दै ! _______________ ६, सम्झने मन तिमीलाई देखेर  अतीत हाँस्यो !                 लेखक:- श्रीराम श्रेष्ठ - बट्टार,नुवाकोट

सिजो कविता - पुष्कर लोहनी

सिजो कविता    - पुष्कर लोहनी  १,  चोखो पानी छचल्किन्छ आँखा झिम्काएपछि ठाउँ हेरेर विश्वास पोख्नुपर्छ आफैँले ढाडे बिरालो रुँदैन मुखै छोपेर त्यसै । २, झ्यालभित्र छिर्न खोज्दा साँझपखको हावा सपना उमृन थाल्दा निभ्न खोजेको रात नर्कट गाडेर लुक्छ खोर थाप्न पल्केको । ३, सुत्ने बेलामा फेरेको ढोका खुला राखेर अलग्गै अँध्यारो कुना देख्नेले नदेखेको कसैले झोसिदिएछ बलिरहेको दियो । ४, थुप्रो खोतल्न खोजेको बिर्सेँ सम्झेको रुप धापिलो ओरालो खोँच , ठाडो तिखी चट्टान अँध्यारो दुलो छोपेर पासो थापेको ठाउँ । ५, पल्टाएर हेरेपछि ओल्टाउने रहर बादल दौडिन थाल्यो बाङ्गो मुख बिगार्दै आफ्नै ठानेर लछार्दा रहरै चिप्लिएको ।                                          लेखक:- पुष्कर लोहोनी (घट्टेकुलो,काठमाडौँ)

सिम्रन माेक्तान तामाङ ( सिमरन "N.M" )काे "काेराेनाला सुर्ता" सार्वजनिक

सिन्धुपाल्चोक,भाेटेकाेशी गाउपालिका - ५ मार्मिङकि कवियत्री सिम्रन माेक्तान तामाङ (  सिमरन "N.M" )काे तामाङ भाषाकाे कविता " काेराेनाला सुर्ता" सार्वजनिक गरिएको छ । नाेवेल भाइरसकाे रुपमा फैलिएको काेराेना भाइरसले मानव जातिमा पुर्‍याएकाे क्षति , त्रास तथा दु:खलाइ सम्झेर तामाङले अाफ्नै मातृभाषामा कविता रचेर सार्वजनिक गर्नुभएको हाे । उहाँको कविता यस्तो रहेको छ :- "कोरोनाला सूर्ता " ङा ब्लब्जी ल्हाना सिजि आशाला ह्यालकदे दोप तजि सेमनोन क्युइजी तिङ स्हु खजि सिसा थिबा ह्राङनोन थिजी धोप धोप तजि जम्बुलिङ फुप्जी म्हाङ्ला धिम ह्राङलनसे ह्रोलाब ख्लाजी नोबा ग्ला ग्याम ताइबा ह्राङ तजि छ्याम ब्राबा गोङ्मा फेमा चुङ्बा या ख्लामा छेर स्हु खजी साङ्गुलसे ह्लिक्पा ह्राङ क्रास्या ल्हिक्जी क्राङ क्युर्जी थोम तजि ल्हुइ क्योङ्नोन स्वहार ठम्जि कोभिड १९ कोरोना भाइरस ह्राङ । गिक,ङ्हि, सोम तेन ब्लि लसि ग्यार्जा गिक से च्युइ कु कब्जी दरेम सिला वा म्हान्जी सोबाला ल्हाना म्हाङ थोसी धिम न्हाङरिन च्युप्सी टिजि धिम न्हाङरी टिना टिनान सेम्से ह्युल क्योङ जम्बुलिङ कोर

करण तामाङ ग्लान "सायर"काे जापानी शैलीका राेचक डाेडाेइट्सुहरु

नुवाकोट साहित्य प्रतिष्ठान नेपालका प्रवक्ता एवम् बुलबुल पब्लिकेसन्स् प्रा.लीका सहयात्री सदस्य बेलकाेटगढी ४ सालखर्क नुवाकोटका युवा साहित्यकार  करण तामाङ ग्लान " सायर" का जापानी शैलीका केही राेचक डाेडाेइट्सुहरु सार्वजनिक गरिएको छ । डाेडाेइट्सु जापानी लाेकप्रिय साहित्यकाे एक विधा हाे ।   ७,७,७,५ नियममा रहेर माया प्रेम र व्याङ्ग्यात्मकतामा डाेडाेइट्सु  लेखिनु पर्दछ । हाल सम्म नेपालमा लाेकप्रिय युवा कवि श्रीराम श्रेष्ठ , रामकृष्ण अमर र युवा कवि करण तामाङ ग्लान सायरले मात्रै डाेडाेइट्सुमा कलम चलाएको पाइन्छ । सायरकाे नयाँ डाेडाेइट्सुहरु यसरी लेखिएको छ:-  एक )  चाउरिएकाे गाला खुम्चिएकाे निधार  नक्कल तरुणकाे घसेर तेल । दुई ) पुटुक्क भइन्जेल  परिकै घमण्ड भा सुक्दै गएछ छाती खै काउकुती । तीन) तिर्खाए पछि माझी  खाेली भरी भा पानी कताबाट पिउने अकमक्कियाे । चार) पापी अाँखाहरु रे  त्याे उत्ताैली याेवन अझ सरेको जामा सम्हाल्नु ठुली । पाँच ) चढेको ती जवानी थुक निल्दै बसेछ अाेँठ नखुले पछि  बढ्या छट्पटी । तामाङले प्राय जसाे महिला र पुरुषकाे माया प्रेम तथा बढ्ने काैत

युवाहरूद्वारा सिउरेनी खेल मैदानको पर्खाल निर्माण हुँदै।

बेलकोटगढी।अहिले बिश्वब्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को संक्रमणकालिन् समयमा विभिन्न ठाउँमा  विभिन्न तरिकाले विकासका कार्यहरु सुचारु भैरहेका छन्।जताततै कोरोना कै खल्लिबल्ली मच्चिरहेका बेला गाउँ ठाउँ र शहर बजारका हरेक स्थानहरुमा सामाजिक दुरि कायम गर्दै विकासका निर्माण गतिविधिहरु निरन्तर अगाडि बढिरहेको पाइन्छ।त्यस्तै नुवाकोटको सिउरेनिमा पनि खेल मैदान कार्यले तिब्रता रुप लिदै छन्। बेलकोटगढी नगरपालिका वडा नम्बर ९ सिउरेनीमा  रहेका युवा क्लब श्री शुभ बिहानीका युवाहरुद्वारा खेल मैदानको पर्खाल निर्माणका कार्य भैरहेको छ।विश्व  आतंकित समयमा  सामाजिक दुरि कायम गर्दै निर्माण कार्यमा लागिपरेको र सम्पुर्णले सुरक्षाको वातावरण कायम गरेर निर्माण कार्य अगाडि बढाइरहेको सोही युवा क्लबका अध्यक्ष टिकाराम तामाङले हामिसङ्ग कुराकानीको समयमा जानकारी दिनु भएको हो।लकडाउनको  समयलाई सदुपयोग गर्दै खेल जगतमा स्थानीयबासीहरुसङ्गै खेलाडी युवाहरु एकताबद्द रूपमा लागिपरेकोमा खुशी लागेको समेत क्लबका अध्यक्ष तामाङले बताउनु भयो।

छ हाइकु -पुष्कर लोहनी

  हाइकु १,  हिलोको थुप्रो  छिर्न खोजेथ्यो माछो ठाेकिँदा चिप्ल्यो ! २, मीठो आवाज पग्लिएको सम्झना झरेको छाया ! ३, फूल फुल्नु हो आँखा नै लोभी हुँदा दोषी कुन्नि को! ४, सिद्धपोखरी  ढलभित्र पसेछ तर्सेको माछो ! ५, मह चाटेको फूलको अनुहार भुसुक्कै बिर्सेँ ! ६, घाम चर्किंदा उडेको कालो मन चुलो भत्किँदा !                 लेखक:- पुष्कर लोहोनी(घट्टेकुलो,काठमाडौँ)

कोरियन शैलीका सिजो कविता -श्रीराम श्रेष्ठ

कोरियन शैलीका सिजो कविता     -श्रीराम श्रेष्ठ १, तिमीले भनेपछि मान्नै पर्ने सबै कुरा पागल बन्दै बोल्दै अन्धभक्त बन्नुपर्ने पिल्छिएँ लामो समय धोका दियौ तिमीले । २ आँखाको नानीभित्र राख्नलाई मन थियो बिर्सेर नाता तोडी अर्कैसँग उठबस समालेँ आफ्नो रहर दबाएर बेसरी । ३, चोरेर तिमीलाई लुकाउँछु अँध्यारैमा उमेर झर्न थाल्यो भरिएको चिसो खाल्टो पर्खाइ तन्किएपछि बाटिएको धागोले । ४, फुत्कन खोज्दाखेरी अँठ्याएर समाइयो मायाले बाँधिएर अङ्कमाल गरिहाल्यौ सकेनौ डल्लो भएर फाटिएर आफैमा । ५, सम्झेको तिमीलाई आफ्नो मान्छे दिलैदेखि एक्लैले चाहँदामा पूरा हुन्न मनोइच्छा बुझेर बुझ पचायो आफैं पर्‍यो फन्दामा । लेखक:-श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)

total number of COVID-19 Confirmed cases in Nepal reached to 120.

Breaking: 10 new COVID-19 cases confirmed in Nepal by MoHP. All of them are from Kapilvastu. Now, total number of COVID-19 Confirmed cases in Nepal reached to 120. Source: MoHP- Nepal

सिन्धुपाल्चोकका कवि सिम्रन माेक्तान तामाङ ( सिमरन "N. M ")काे "ह्वाइखा"

सिन्धुपाल्चोकका कवि सिम्रन माेक्तान तामाङकाे " ह्वाइखा" सार्वजनिक गरिएको छ । विभिन्न अनलाइन मिडिया मार्फत उहाँले तामाङ भाषाकाे ह्वाइखा साेमबार सार्वजनिक गर्नुभएको हाे । पछिल्लो समयमा भाेटेकाेशी गाउपालिका वडा नम्बर ५ मार्मिङका कवि  तामाङले तामाङ भाषाका कविता रचनाहरुमा कलम चलाउदै अाउनु भएको छ ।  तामाङ भाषामा कविताहरु लेखियाे भने भाषा जीवित रहने कवि तामाङकाे भनाइ रहेको छ । तामाङकाे ह्वाइखा यस्तो रहेको छ :-   ह्वाइखा खाइमा सङ्गुल खला  प्राङ्बोला बासनोन ब्यान्न खाइमा कोरोना खला  प्राङ्बोल चाबन ब्यान्न धिमन्हाङरिन च्युप्जी  एसे लबा गर्नुन लजि  ए तिल्दा खजी  ल्हाना म्हिला बु ब्यान्जी  म्हाङला जम्बुलिङरी  म्हाङरिन स्होजि ज्याबा धिम म्हाङला धिमरिन क्लाङ्बा  ताङबा ङाला सेम छिन गिकरिन छामछुम निजि  म्हि सेबान ख्लाजी रोङ रोङ तजि नाम्सा धिम  रोङ रोङ तजि यम्बु रिम लोपबोनला डोबा काजी  चु कोरोनासे लसि लोपखाङरि नि अम्याङ्जी धिमरीन च्युप्जि अज्याना म्हान्जी  योनान शान्ती अखजी गोल्सेसे गिक ङ्हि लसि  लक डाउन कप्जी । चोइ तसि टि  कोरोना खमुला दन्देन  ङादा जे अहिन  सक्

नुवाकोटमा एक अज्ञात व्यक्तिको लास भेटियो

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ७ र ९ काे सिमाना अँधेरी खाेला नुवाकोटमा एक अज्ञात व्यक्तिको लास अाइतबार बिहान फेला परेको छ ।  अन्दाजी २० वर्ष उमेरकाे एक युवककाे लास नजिकै एउटा साइकल पनि केही टुट्फुट भएको अवस्थामा रहेको हुँदा उनकाे साईकल दुर्घटनामा परि मृत्यु भएको हुन सक्ने काेलनी प्रहरी चाैकी इन्चार्ज हरिमान शाक्यले हाम्रो संवाददाताहरूसँग कुरा गर्दै जानकारी दिनुभएको छ । अहिले घटनाको थप अनुसन्धान भैरहेको   कुरा पनि शाक्यले बताउनुभएकाे छ ।

सिजो कविता - श्रीराम श्रेष्ठ

सिजो कविता १, पर्खिएँ तिमीलाई  आफ्नो मान्छे बनाउन विश्वास गर्नुपर्थ्यो आफ्नै सम्झी नाता जोड्न तड्पिएँ लामो समय आफ्नो मान्छे भइनौ । २,  मलाई तड्पाउँछौ सधैंभरि कति पर्खौ समय बित्ने हो कि तिमीलाई पर्खिबस्दा खुलेरै चुपचाप भनिदेउ आफैले । ३, मायाले धोका दिँदा चिच्याउँदै ढलिहालेँ पर्खिएँ आउलाउ भनिबसेँ तिमीलाई सम्बन्ध बिग्रिएपछि अर्कै मान्छे सम्झेर । ४, बाँधेर अँगालोमा मायाप्रिति लाएथियौँ कसरी बिछोडिएँ कसलाई भनु मैले अतीत खोलेर हेर्दा डरलाग्दो घटना । ५, संयोग भन्नै पर्छ भेटघाट तिम्रो मेरो विश्वास गर्दा पनि घात भयो तिमीबाट ढिलायौ प्रेम प्रस्ताव मनलाई सारेर । ६, राखेर तिमीलाई मुटुभरि सजाएथें सम्झेथेँ विश्वासले आस्था निभ्न कहाँ देला आखिर लत्याइहाल्यौ दोबाटोमा एक्ल्याई ।       लेखक:-श्रीराम श्रेष्ठ                                   - बट्टार,नुवाकोट

डिभिजन वन कार्यलय नुवाकोट प्रमुख जयमंगल प्रसाद अख्तियारको फन्दामा

नुवाकोट । डिभिजन वन कार्यलय नुवाकोटका प्रमुख जय मंगल प्रसाद यादव अक्तियारकाे फन्दामा परेका छन् । वन कार्यलय परिसरमा  खाेरमा थुनेर राखेको घाेरल हराएको र कच्चापदार्थ  सेवाग्राहीबाट एकलाख घुुस लिएको पुष्टि भएको कारण अक्तियार दुरुपयोग अनुसन्धान अायाेगका टाेलीले यादवलाई नियन्त्रण लिएको हाे । नुवाकोट पञ्चकन्या गाउँपालिका भद्रुटारमा अलपत्र रुपमा फेला पारेको घाेरललाई स्थानीयले उद्धार गरेर सुरक्षित तवरले जिल्ला वन डिभिजन कार्यलय नुवाकोटमा बुझाएको केही घण्टामै डिभिजन कार्यलय परिसरबाट घाेरल बेपत्ता पारिएको थियो ।  यसैगरी सूर्यगढी गाउपालिका वडा नम्बर ५ नयाँ पुलमा रहेको ढुङ्गाखानी सञ्चालनमा राेक लगाइए पनि गैर कानुनी रुपमा सञ्चालनकाे लागि बाधा नपुर्‍याउने हेतुले सेवाग्राहीबाट डिभिजन वन कार्यलय प्रमुख जयमंगल प्रसादले नै एक लाख घुस लिएको पुष्टि भए पछि अक्तियार दुरुपयोग  अनुसन्धान अायाेगका  टाेलीले कार्यलयबाटै प्रमुख यादवलाई नियन्त्रणमा लिएको हाे । खानीबाट निकालिएको ढुङ्गा हेटांैडामा रहेको शिवम् सिमेन्ट उद्योगमा सिमेन्ट बनाउन कच्चापदार्थको निमित्त लगिने गरिन्छ । नियन्त्रणमा लिएर थप अनुसन्धानकाे लागि

लकडाऊनको कारण विपदमा परेका परिवारहरुलाई निशुक्ल भोजन

काठमाडौ। तारकेश्वर युवाक्लव स्युचाटार कलंकी द्वारा कोरोना भाईरस कोभिड-१९को संक्रमणको कारण सरकारद्वारा जारि गरिएको लकडाऊनको कारण विपदमा परेका परिवारहरुलाई निशुक्ल भोजन गराऊने कार्यक्रममा हरिएको छ। नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य रमेशकुमार महतको सहभागितामा आज २८३ जनालाई खाना खुलाऊने कार्य सम्पन्न भएको हो। ऊक्त भोजन ब्यबस्थापन कार्यक्रम नेता महतले सहभागिहरुलाई खाना वितरण गरेका थिए । दैनिक २७५ देखि ३०० यस सम्म खाना खान सहभागि हुने कुरा कार्यक्रमका संयोजक श्याम कृष्ण खड्काले वताऊनु भयो । स्थानीय समाजसेविहरुको सहायतामा र वडा कार्यालयको स्वीकृत लिएर ऊक्त भोजन कार्यक्रम आयोजित गरिएको क्लवका अध्यक्ष संतोष बुडाथोकिले वताए । ऊक्त भोजन व्यवस्थापन कार्यक्रम लकडाऊन अबधीभर संचालन हुने कुरा वार्ड अध्यक्ष सुन्दर बहादुर के.सी.ले वताऊनु भयो । ऊक्त अवसरमा जि.पि.फऊण्डेसनका नुवाकोटका सदस्य यवं पुर्व गा.वि.स.अध्यक्ष ईन्द्र बहादुर लामा,पत्रकार नवराज घिमिरे,युवा व्यवसायी पुस्तक ऊप्रेति लगायत सहभागि भई सहभोजमा सहभागि भएका थिए ।

स्थानीयहरुले ताल्चा मारेर पठाएको घोरल जि.व.का. नुवाकोटमा गायब।

पञ्चकन्या गाउँपालिकामा स्थानीयहरुले बुधबार विहान समातेर डिभिजन बन कार्यालयलाई जिम्मा लगाएको घोरल हराएको छ । बिहानको समयमा पञ्चकन्या गाउँपालिका वडा नं. ५ त्रिवेणीधाम नजिकै खोलाको किनारमा अन्दाजी ३ देखि चार वर्षको भाले घोरल भेटिएको थियो । स्थानीयहरुका अनुसार खोलाले बगाउँदै ल्याएको उक्त घाइते घोरल डिभिजन बन कार्यालय नुवाकोटलाई बुधबारनै जिम्मा लगाइएको थियो । तर गएराती नै खोर फुटाएर घोरल भागेको डिभिजन बन कार्यालय नुवाकोटका रेन्जर लोकनाथ न्यौपानेले दाबी गर्नुभएको छ । बन कार्यालयकै जिम्मामा रहेको घाइते घोरल भागेको भनिएपछि पञ्चकन्या वडा नं. ५ का स्थानीयहरु बन कार्यालय नै घेराउ गर्ने तयारीमा थिए । तर, स्थानीयहरु घोरल खोज्दै डिभिजन बन कार्यालय आउने तयारी गरेपनि लकडाउनका कारण आउन सम्भावना नभएको स्थानिय इन्द्र थापा मगरले बताउनुभएको छ । बन कार्यालयका अनुसार राती फालमे खोरको डण्डी भाँचेर घोरल भागेको छ । बन कार्यालयको नजिकै रहेको बनदेबी जंगलमा घोरल गएको अनुमान गरिएको छ । तर घोरल समातेर बन कार्यालयको जिम्मा लगाउने स्थानीयहरुले भने बनकै कर्मचारीले मारेर खाएको आशंका गरेका छन् । स्थानीय गोकर्ण पाण्ड

शनिबार थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

सिंहदरबारको मुख्य गेटअघि नेपाल प्रहरी र चिनियाँ नागरिकबीच भएको झडपलाई लिएर नेपालस्थित चिनियाँ दूतावासले मुख खोलेको छ । Breakingnews....... चितवनका संक्रमितको सम्पर्कमा आएका सबैजना घर फर्किए कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुईजना संक्रमितको सम्पर्कमा आएका सबैजना शुक्रबारबाट क्वारेन्टाइनमुक्त भएका छन् । उनीहरुको दुई–दुईपटक पिसिआरमा स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा देखिएपछि क्वारेन्टाइनबाट घर पठाएको राप्ती नगरपालिकाका मेयर प्रभा बरालले बताइन् । अब उनीहरु एकहप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने छ । Breakingnews......... शनिबार थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १०९ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । Breakingnews....... भारतमा रोकिएका नेपालीहरूको एउटै गुहार– स्वदेश फर्कन पाऊँ बाराका नागेश्वर गिरीले भारतको गुजरात राज्यको सुरतस