सिजो कविता
- श्रीराम श्रेष्ठ
१,
बितेका अतीतले पिरोलिन्छ घाउ बनी
सपना भुलिबस्दा बिपनाले जिस्काउँछ
रोकिन्न समय घेरा साउनको भेलमा ।
____________________________
२,
सुन्दर उपहार उनी लाई साचिँराखे
अडिग पार्दै मन खुसी साट्दै बाँच्दै थिए
समय अपत्यारिलो निम्त्याएछ सुनामी ।
______________________________
३,
बुझाउँ भने पनि मनभरि पीडा बोकी
सान्त्वना दिनलाई अघि सर्दा गार्हो पार्यो
वेदना एकै ठाउँमा पोको पार्दै गुम्साएँ ।
______________________________
४,
मायाको फूलबारी सजाएर राख्दै थिएँ
पर्खेर बस्दाबस्दै रित्तो मन ढल्किएछ
आशाको विश्वास पनि व्यर्थ भयो कुरेर ।
______________________________
५,
निर्दयी बनेपछि कतै पनि केही छैन
समय पर्खेपछि नदी उल्टो मन उल्टो
शङ्काले डुबाएपछि एक्लो एक्लो दाम्पत्य ।
______________________________
६,
हावाको गतिसँग साथ लाग्न मन लाग्यो
आकाश छुने धोको माथिमाथि उडिगयो
सपना देखेको मात्रै बेकारको जवानी ।
लेखक:-
श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
Comments