Skip to main content

Posts

Showing posts from September, 2021

हाइकु -श्रीराम श्रेष्ठ ,नि:स्वार्थ माया

हाइकु श्रीराम श्रेष्ठ  १, नि:स्वार्थ माया साँचेर राख्दा पनि  गुम्यो विश्वास ! २, आफ्नो सम्झेर सर्वश्व सुम्पिदिएँ पाइयो धोका ! ३, सबैको प्रेम अन्धविश्वासभित्र जोडिन गाह्रो ! ४, इष् र्यालु मन घृणाले हेरिदिँदा एक्लिँदै आफू ! ५, ख्यालठट्टामा नाता तोड्यौ तिमीले मुटुमा किला ! ६, टाढाको साथी  सम्झनाले जिस्कायो भुल्न कठिन !

Sijo/सिजो-Shreeram Shrestha/श्रीराम श्रेष्ठ

  सिजो - श्रीराम श्रेष्ठ  १, साँघुरो बाटो ठेल्दै अघि बढ्दा डरै डर गन्तव्य पूरा गर्न आफैलाई हतार भो रोकिदैन आधा बाटो अल्झिएछ छाँयामा । २, बिपत्ति रोकिदैन खुट्टा चाल्दा कसै गरी दु:खित भएपछि आत्मा बल तोडिजान्छ भावना बाढ्दै गर्दामा आत्मीयता महान । ३, अन्याय सहदमा आफैलाई बोझ हुँदा  बिद्रोह गर्नलाई आट गर्न सकिएन फुत्केको ढिकि सम्झेर पाखा लाग्दै बसेको ।  ४, लिएर आफ्नो जति बाढिचुढी सबैलाई  मिलेर अघिढ्दा स्वाभिमानी गीत गायौ स्वार्थले भरिंदा गाग्रो चुहिएको एकता । ५, बितेका पलहरु टाँसिएर आँखामाझ बिर्सन खोजे पनि ऐनाजस्तै भइदिन्छ झस्किन्छ पलपलमा मरेजस्तै बिपना । ६, पर्खिएँ तिमीलाई आफ्नो मान्छे बनाउन विश्वास गर्नुपर्थ्यो आफ्नै सम्झी नाता जोड्न  तड्पिएँ लामो समय आफ्नो मान्छे भइनौ ।

ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुन काठमाडौं

काठमाडौँ । ७७ जना यात्रु बोकेर विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरण नगरी काठमाडौँमा अवतरण गरेको हो । उक्त विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख राजकुमार क्षेत्रीले ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगरमा अवतरण हुन नसकेको र समस्या भएको अवस्थामा उपलब्ध सुविधाका आधारमा अवतरणका लागि सजिलो हुने भएकाले काठमाडौँ फर्किएको जानकारी दिए । बुद्ध एयरको एनआई कल साइनको उडान नम्बर–७०१ को विमानमा सवार ७३ यात्रुमध्ये २ जना बालबालिका र ३ जना नवजात शिशु थिए । ४ जना क्रु मेम्बर जहाजमा सवार थिए ।विमानको पाङ्ग्रा नै ननिस्किएपछि अब कसरी अवतरण गर्ने ? विमानस्थलमा हल्लीखल्ली मच्चिइसकेको थियो । कसरी फोर्स ल्यान्डिङ गराउने होला भन्ने चिन्ता एकाएक बढेको थियो । विमानस्थलमा दमकल र एम्बुलेन्स तैनाथ गर्न थालिएको थियो ।ल्यान्डिङ गियरमा संकेत नदेखेपछि विमानका क्याप्टेन एजी शेर्पाले विमान काठमाडौं फर्काउने निधो गरेका थिए ।विराट नगर विमानस्थलमा फोर्स ल्याण्डिङका लागि आवश्यक तयारी नभएको हुनाले विमान काठमाडौं फर्काइएको थि

नुवाकोटको बेलकोटगढीमा सञ्चालन हुने भयो मेयर रोजगार कार्यक्रम २०७८/७९

बेलकोटगढी।बेलकोटगढी नगरपालिकाको नगर कार्यपालिका बैठकले मेयर रोजगार कार्यक्रम (संचालन ,व्यवस्थापन ), कार्यविधि २०७८ पारित गरेको छ | आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट मार्फत मेयर रोजगार कार्यक्रम सचालन गर्ने घोषण भए अनुसार यही असोज ८ गते भएको कार्यपालिकाको बैठकले यस्तो निर्णय लिएको हो । कोभिड-१९ ले देश आक्रान्त भईरहेको अवस्थामा यस न.पा.मा कोभिड तथा अन्य कारणले रोजगारी गुमाएका र विदेशबाट फर्केका व्यक्तिहरुको तथ्यांक संकलन तथा रोजगारी उपलब्ध गराउने, स्थानीयस्तरमा भएको स्रोत साधन प्रयोग गरि सक्षम जनशक्ति विकास गरि रोजगारी सिर्जना गर्ने, श्रममुलक तथा उत्पादनमुलक क्षेत्र लाई समेटी विभिन्न सिप, तालिम प्रदान गरि रोजगारीको सिर्जनामा उद्योग, व्यवसाय संचालन तर्फ लाग्न प्रेरित गराई स्वरोजगार बनाउने उद्देश्य यस कार्यक्रम ल्याईएको बेल्कोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले बताए । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १३७ जनालाई औषतमा ८२ दिन २४ वटा आयोजनाहरु मार्फत रोजगारी दिएको र कार्यक्रमको लक्ष्य, उद्देश्य अनुरुप नै कार्यान्वयन भईरहेको उक्त कार्यक्

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन नुवाकोट जिल्लाका क्षेत्र नं.१ र २ का निर्वाचित सभापतिहरु

नुवाकोट – सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नुवाकोटका १२ वटै स्थानीय तहको नगर/गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ । शनिबार र आइतबार सम्पन्न अधिवेशनमा चारवटा गाउँपालिकामा निर्विरोध निर्वाचित भएका छन् भने दुई नगरपालिका र चार गाउँपालिकामा निर्वाचन भएको थियो । विदुर नगरपालिका नगर कमिटीको सभापतिमा हरिलाल श्रेष्ठ विजयी भए । निकतम प्रतिद्वन्द्वी बद्रि रिमाललाई गोल्डेन एक मतको मतान्तरले पराजित गर्दै श्रेष्ठले जित हात पारे । सभापतिमा विजयी भएका श्रेष्ठले एकसय ३६ मत पाउँदा रिमालले एकसय ३५ मत प्राप्त गरे । उपसभापतिमा सुमन अधिकारीले एकसय ५६ मत र भिमसेन अर्यालले एकसय ३१ मत प्राप्त गरी विजयी भए । सचिवमा अच्युत गिरीले एकसय ३५ मत र सुजन गजुरेलले एकसय ३२ मत प्राप्त गरी विजयी भए । सहसचिवमा रविन्द्र रिजाल र लोकस रिमालले जित हात पारे । उनीहरु दुबैले समान एकसय ३६ मत प्राप्त गरे । बेलकोटगढी नगरपालिकाको नगर कमिटीमा केसी समूहका प्यानलै निर्वाचित भए । सभापतिमा लेखनाथ मुडभरीले १ सय २४ मत ल्याएर निर्वाचित भएका छन् । उपसभापतिमा दुर्गाप्रसाद पुडासैनी र दुर्लभबहादुर तामाङ र सचिवमा प्रेमप्रसाद ला

नेपाली काँग्रेसको १४ औ महाधिबेशन २०७८ अन्तर्गत नुवाकोटबाट निर्वाचित सभापतिका विवरण

नेपाली काँग्रेसको १४ औ महाधिबेशन २०७८ अन्तर्गत नुवाकोट जिल्लाको २ नगरपालिका र १० ओटा स्थानीय तह (गाउँपालिका) बाट  निर्वाचित सभापति ज्युहरु एवं पदाधिकारी ज्युहरुलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।शुभेच्छुक-डिलबहादुर लामा-नेपाली काङ्ग्रेस (बेलकोटगढी-४,नुवाकोट) जयने पाल! जयने पाल!! जय नेपाल!!!              सभापति ज्यु हरु           ============== १. बिदुर न पा - श्री हरिलाल श्रेष्ठ २. वेलकाेटगढी न पा- श्री लेखनाथ मुडवरी ३. लिखु गाउपालिाका- श्री बिनोद पाठक ४. तारकेश्वर गा पा - श्री केशब अर्याल ५. ककनी गाउँपालिक-श्री भग्याश्री लामा ६. दुप्चेश्वर गाउँ पालिका - श्री रोजलाल मोक्तान ७. शिवपुरी गाउँपालिका - श्री कविराज गुरुङ ८. सूर्यगढी गाउँपालिका-श्री शंकर बहादुर प्याकुरेल ९.  म्यागङ गा पा - श्री सिंह राज तमाङ्ग १०. पन्चकन्या गाउँपालिका - श्री माधव प्रशाद खनाल  ११. किस्पाङ गा पा - श्री रण बहादुर तमाङ्ग १२. तादी गाउँपालिका - श्री नारायण प्रसाद पाण्डे        

स्थानीय युवा चन्द्रबहादुर तामाङद्वारा नयाँ बस्तीमा खेल सामाग्री वितरण

बेलकोटगढी।खेल प्रेमी सामाजिक कार्यमा अत्यन्तै जुझारु युवा चन्द्रबहादुर तामाङद्वारा बेलकोटगढि नगरपालिका वडा नम्बर ३ नयाँ बस्ती,नुवाकोटमा रहेको मम्मै देबि युवा क्लबलाई भलिबल खेलाडीहरुलाई पोशक साथमा भलिबल वितरण गर्नु भएको छ।समाजसेवी चन्द्रबहादुर तामाङ सोही स्थानका स्थानीय बासी समेत हुनुहुन्छ।खेल एक प्रतिभा र राष्ट्रका बिशेष गौरवको गाथा बोकेका धरोहर खेलाडी जन्माउने स्थितिका मुख्यतः विन्दु रहेका ले आफुले पनि सकेको  सहयोग गरिएको उहाले बताउनु भयो।भोलिका दिनहरुमा पनि खेल जगतका लागि र हरेक समय साथमा साथ दिन सधैं आफू लागिरहेको हुनेछु भन्दै खेलाडीहरुमा निरन्तर  अभ्यासमा लागिरहन समेत अनुरोध गर्दै शुभकामना समेत व्यक्त गरिएको छ।समाजसेवी तामाङलाई क्लबको टिमको तर्फबाट यी र यस्तै साथ सहयोग निरन्तर पाइरहने आशावादी रहेको भन्दै धन्यवाद व्यक्त गरिएको छ।

नेपाली कांग्रेसको बेलकोटगढी नगरकमिटीको सभापतिमा लेखनाथ मुडभरीको प्यानल नै विजयी

बेलकोटगढी।नेपाली कांग्रेसको बेलकोटगढी नगरकमिटीको सभापतिमा लेखनाथ मुडभरीको प्यानल नै विजयी भएको छ । दुई वटा प्यानलसहित मैदानमा निस्किएका कांग्रेसको स्थानीय नेतृत्वमा सबै अर्जुननरसिंह केसी र जगदिश्वरनरसिंह केसी निकटको प्यानलका कार्यकर्ता विजयी भएका छन । केसीको समर्थनमा मुडभरीले प्यानल बनाएका थिए भने कांग्रेस सहमहामन्त्री डा प्रकाशरण महतको समर्थनमा कृष्णप्रसाद पाण्डेले प्यानल बनाएका थिए । नगरको केन्द्र बाघखोरमा स्थानीय नेतृत्व चयनका लागि भएको मतदानमा सबै मुडभरी नेतृत्वको प्यानलका सदस्यले जित हात परेका छन ।  उपसभापतिमा दुर्गाप्रसाद पुडासैनी र दुर्लभबहादुर तामाङ विजयी भएका छन । उनीहरूले महत समूहको समर्थन रहेका प्रेमबहादुर अधिकारी र सानुकान्छा तामाङलाई पराजित गरे । सचिवमा प्रेसप्रसाद लामिछाने र हर्कबहादुर तामाङ विजयी भएका छन । यउनीहरू पनि केसी निकटका नेता हुन । उनीहरूले महत निकटका रामचन्द्र लामा र सागर न्याैपानेलाई पराजित गरे । त्यस्तै सहसचिवमा अर्जुनप्रसाद दाहाल र राजुमान लामा विजयी भएका छन । उनीहरू पनि केसी निकटकै हुन । उनीहरूले महत निकटका रविन दाहाल र कान्छा तामाङलाई पराजित गरे ।

नेपाली कांग्रेस ककनी गाउँपालिकाको सभापतिमा भाग्यश्री लामा विजयी

नुवाकोट । नेपाली कांग्रेस ककनी गाउँपालिकाको सभापतिमा भाग्यश्री लामा विजयी भएका छन । शनिबार भएको अधिवेशनमा लामाले आफना निकटतम प्रतिद्धन्दी अशोक लामालाई पराजित गरि विजयी भएका हुन् । भाग्यश्रीले ८० मत प्राप्त गरेका थिए भने अशोकले ५७ पाएका छन् । विजयी भएका लामा केसी समुहका हुन् । सभापतिमा विजयी भएपछि उनले सम्पुर्ण पालिकाका नेता तथा कार्यकर्ताको भावना अनुसार काम गरेर अघि बढ्ने बताए । उनले निर्वाचनमा पराजित भएका अर्का समहुका व्यक्तिहरुलाई समेत विश्वासमा लिएर अघि बढ्ने प्रतिवद्धता व्यत्त गरेका छन् ।

केसी समुहमा रहेका पाठक लिखु गाउँपालिकाको सभापतिमा निर्विरोध निर्वाचित

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाको सभापतिमा विनोद पाठक निर्विरोध निर्वाचित भएका छन् । शनिवार भएको अधिवेशनमा अन्य कुनैपनि उम्मेदवारले सभापतिमा मनोनयन दर्ता नगरेपछि पाठक सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । कांग्रेसको प्रखर वत्ताको रुपमा गाउँपालिकामा पहिचान बनाएका पाठकलाई गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठको पहलमा सर्वसहमत रुपमा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। केसी समुहमा रहेका पाठकको जितसँगै केसी समुहले गाउँ सभापतिको रुपमा खाता खोलेको छ ।

सिजो श्रीराम श्रेष्ठ , पल्टाए प्रेमपत्र …✍️

सिजो श्रीराम श्रेष्ठ  १, पल्टाए  प्रेमपत्र आफैंदेखि लाज भयो नजिक हुन खोज्दा भकानिदै मन रोयो विश्वास गुमाएपछि चिनाजान पराई । २, लिएर चोखो माया तिमीलाई साच्दै राखे निस्ठुुरी बनेपछि एकलब्य बन्दै गए मनमा सपना बुन्दै कुर्दै बसे टोलाई । ३, सम्झेको तिमीलाई बिस्तारमा पल्टेपछि  नजिक हुँदा खेरी वेवस्तामा बित्यो दिन तड्पिई  बाँचिरहदा जीवन नै भार भो । ४, सम्झेको तिमीलाई आफ्नो मान्छे दिलैदेखि एक्लैले चाहदामा पूरा हुन्न मनोइच्छा बुझेर बुझपचायौं आफैं पर्‍यो फन्दामा । ५, सुन्दर उपहार उनीलाई साची राखे अडिग भएर नै खुसी साट्दै बाच्दै थिए  समय अपत्यारिलो निम्त्याएछ सुनामी । ६, बितेको पलपल नाचिदिन्छ आँखाभरी  बिर्सन खोजिदिंदा गाठो पर्छ मनमुटु सम्झना ताजा बनेर आँखामा नै टासिन्छ ।

बेलकोटगढीमा कांग्रेस युवा नेता लेखनाथ मुडभरीको प्यानलसहित सभापतिको उम्मेदवारी घोषणा

नुवाकोट । यतिबेला नेपाली कांग्रेसलाई केन्द्रदेखि स्थानीय तहसम्म १४ औं महाधिवेशनको चटाराे छ । विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । सोही क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिकामा सभापतिका लागि आकांक्षीले उम्मेदवारी घोषणा गरेका छन् । बेलकोटगढीमा कांग्रेस युवा नेता लेखनाथ मुडभरीले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । मुडभरीको प्यानलबाट उपसभापतिमा दुर्लभबहादुर तमाङ र दुर्गा बहादुर पुडासैनी उम्मेदवार बनेका छ्न । यस्तै सचिवमा हर्क बहादुर तामाङ र प्रेम प्रसाद लामिछाने, सहसचिवमा राजुमान लामा र अर्जुन प्रसाद दाहालले उम्मेदवारी घोषणा गरेका छ्न । कांग्रेसको१४ औं महाधिवेशन अन्तर्गत स्थानीय तहको निर्वाचन यहि ९ गते हुँदै छ ।

समीर तामाङको" रानी बनाउछु"गीतको म्युजिक भिडियो सार्वजनिक

नुवाकोट।समीर तामाङको  नयाँ गीत"रानी बनाउछु" म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा लोकप्रिय संगीतकार  शान्ती श्री परियार र बिबेक अनुरागीले संगीत दिनु भएकाे छ भने निकेश तामाङको म्युजिक  र रमण पहाडी को लिरिक्स  रहेको छ ।छायाँकार अनिल कुमार मगरले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक बल कुमार मगरले निर्देशन गर्नु भएकाे हाे । सार्बजनिक म्युजिक भिडियोमा मोडल द्वय सपना बुढाथोकी  र प्रजोल प्रजालाइ फिचर्ड गरिएको छ।भिडियो हेर्नका लागि तलको लिङ्कमा थिच्न नभुल्नुहोस् https://youtu.be/p7Z7FBDVLCw

नुवाकोटको बेलकोटगढी ६ अर्चलेमा 7"A"साइड अर्चले नक आउट फूटबल प्रतियोगिता-२०७८ हुने।

बेलकोटगढी।प्रत्येक वर्ष झै यसपालि दशैमा पनि 7"A"साइड अर्चले नक आउट फूटबल प्रतियोगिता-२०७८ हुने भएको छ। देउराली युवा क्लब र लियो क्लब अफ नुवाकोट परोपकारको आयोजनामा रहेको उक्त कार्यक्रम बेलकोटगढी नगरपालिकाको ६ नम्बरमा रहेको घेदुङ खेलमैदानमा हुने भएको हो।असोज २४,२५ र २६ गते हुन गइरहेको तीन दिने 7"A"साइड अर्चले नक आउट फूटबल प्रतियोगिता-२०७८ मा स्थानीय खेलाडीहरुको उच्च प्रतिस्पर्धाका साथमा खेल सन्चालन हुनेछ।कार्यक्रममा सहभागिता जनाउनका लागि धमाधम खेलाडी टिम दर्ता प्रक्रिया अगाडि बढिरहेको छ।कार्यक्रमका लागी पुरस्करहरुमा पहिलो पुरस्कर स्वरूप खसी(नगद)मेडल र प्रमाणपत्र (बराबरको रु.३०,०००/-) र दोस्रो पुरस्कर रु.१०,००० दस हजार र मेडल र प्रमाणपत्र रहेको छ।खेल समूह दर्ताका लागि विस्तृत जानकारी प्रशन्न थिङ-९८२३२२४०७२,निश्चल श्रेष्ठ-९८६००८४८०८ र सन्तराम मोक्तान-९८२३३६७६५३मा सम्पर्क गर्न सकिने समेत अयोजक टिमले जनाएको छ।

नुवाकोटको बिदुर-४ मा सोमबार राती गएको पहिरोका कारण यातायात ठप्प सर्वसाधारणलाई सास्ती

नुवाकोट।नुवाकोटको विदुर नगरपालिका- ४ को आर्मी ब्यारेकछेउमा सोमबार राति परेको अविरल बर्षाले सडक बगाउँदा अबरुद्ध भएको सडक मंगलबार बिहान पनि खुलाईएको छैन । सोमबार राति करिब ८ बजे तिर गएको पहिरोले सडक पूर्ण रुपमा बन्द हुँदा यातायात ठप्प भएको थियो । मंगलबार बिहान पनि बगाएको सडक बनाउन र सडक सुचारु गर्न कसैको ध्यान नजाँदा आवतजावतमा कठिनाइ भएको र सवारी साधन सञ्चालन हुन नसकेको स्थानीयले जानकारी दिएका छन् । विदुर नगरपालिका र गल्छी त्रिशुली मैलुङ सडकखण्ड निर्माण आयोजना कम्पनीको लापरवाही र वेवास्ताका कारण उक्त ठाउँको सडक र कल्भट पटक पटक भासिने र बगाउने गरेको छ । उक्त समस्या समाधानको लागि नगरपालिका र आयोजनाको ध्यान गएको देखिँदैन् ।

मनखुसी फाउन्डेसन नुवाकोटकाे सबै स्थानीय तहमा गठन हुने

काठमाडौ । मनखुसी फाउन्डेसन नुवाकोटको सबै स्थानीय तहमा गठन हुने भएको छ । नुवाकोटमा दुईवटा नगरपालिका र दस वटा गाउपालिका मध्ये सुर्यगढी गाउपालिका र दुप्चेश्वर गाउपालिकाले यस अघिनै नेतृत्व पाइसकेका छन् । बाँकी १० वटा स्थानीय पालिकामा पनि छिट्टै विस्तार हुने भएको छ । विशुद्ध समाज सेवाकाे निमित्त लागि परेका फाउन्डेसनले शिक्षा , स्वास्थ्या सुरक्षा , राेजगार लगायतका क्षेत्रमा याेगदान दिने फाउन्डेसनले बताएको छ ।

रसुवामा नेतृत्व चयनका साथ नेकपा समाजवादीमा ७१ जना प्रवेश

रसुवा -  नेपाल कम्युनिष्ट पार्टी समाजवादी रसुवा जिल्ला आयोजक समितिको बिस्तारित बैठक रसुवाको कालिकस्थानमा सम्पन्न भएको छ । उक्त बैठकले इन्चार्जमा पुर्ण तामाङ,सह इन्चार्जमा पशुपति देवकोटा चयन भएका छन् । यसैगरी सचिवमा छिरिङ दर्के तामाङ (किप्पा तामाङ) सहित ७१ जनाको जिल्ला कार्यसमिति गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी समाजवादीका प्रवक्ता मान बहादुर तामाङले बताए ।  साथै बैठकले युवा समाजवादीको अध्यक्षमा राजु तामाङ ग्लान, अखिल नेपाल किसान महासंघको अध्यक्षमा मेघ नाथ आचार्य, अखिल समाजवादीको अध्यक्षमा राजेन्द्र न्यौपाने, अखिल नेपाल समाजवादी ट्रेडयुनियन महासंघको अध्यक्षमा बिष्णु न्यौपाने,  अखिल समाजवादी खेलकुद महासंघको अध्यक्षमा विकास तामाङ, कृषि विभागको अध्यक्षमा निशान परियार, समाजवादी जन सस्कृति महासंघको अध्यक्षमा आषिश बिश्वकर्मा, दलित समाजको अध्यक्षमा भोजराज विश्वकर्मा, समाजवादी निर्माण व्यवसायी महासंघको अध्यक्षमा ईन्द्र सापकोटा चयन गरिएको छ ।  पार्टीको नौकुण्ड गाउँपालिकाको इन्चार्जमा कुमार स्याङतान, उत्तरगया गाउँपालिकाको इन्चार्जमा दिनेश बहादुर थापा, कालिका गाउँपालिका इन्चार्जमा सुरेश मगर र आम

अन्तरास्ट्रिय शान्ति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । सन् २००२ मा भएको संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो । आणविक अस्त्रको विकास, परीक्षण, उत्पादनरनिर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि २०२१ जनवरी २२ बाट लागू भइसकेको छ । ८६ राष्ट्रले हस्ताक्षर गरिसकेको र ५५ राष्ट्रद्वारा अनुमोदित यो महासन्धिमा नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरे पनि अझैसम्म अनुमोदन गरेको छैन । शान्तिका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले यो सन्धि शीघ्र अनुमोदन गर्न माग गर्दै प्रदर्शन गर्न लागेको महासचिव रामकृष्ण बरालले जानकारी दिनुभयो ।

सिजो-श्रीराम श्रेष्ठ,प्रत्येक साँझ घाम ओइलि जाँदा उज्यालो रुन्छ…✍️

तन्का - श्रीराम श्रेष्ठ  १, मायाको गन्ध  छिरिहाल्ने भित्र नै टाँस्सिदै आफै भनेको जस्तो खोज्ने एक्लो हुँदै बाँचेको । २, थुप्रेको भीड ठेल्दै घुस्न पल्केको पसिना पुछ् दै अगाडि सर्न खोज्दा खुट्टै खुट्टाको थुप्रो ।  ३, प्रत्येक साँझ घाम ओइलि जाँदा उज्यालो रुन्छ अन्धकार छिरेमा मनै खलबलिन्छ । ४, स्वादिलो फूल  भमरा नै टाँस्सिने  सुगन्धमय  नबितेको समय  ओइलिएको रुप । ५, बर्षाको भेल  बताउनै नमिल्ने आजै तरौँ न मौका आइहाल्ने छ पानी पनि धमिलो । ६, शीतको थोपा अञ्जुलीभरि राखे  चुहेर गयो तिर्खा लागेको बेला बाफिएको रहर ।

हाइकु-श्रीराम श्रेष्ठ,जमेको पानी…✍️

हाइकु श्रीराम श्रेष्ठ  १, जमेको पानी  गुम्सेर बस्दा बस्दै खोज्यो आफन्त । २, मनले खोज्यो भावनाको चौतारी  भेट्नै मुस्किल । ३, घमण्ड गर्‍यो  आफ्नो गल्ती छोपेर चरित्रहीन । ४, साँझ ढल्किंदा ओईलिएको घाम चिसो उज्यालो । ५, कालो कपडा  विश्वास गर्दै जाँदा बने पोखरी । ६, स्वर्गको बाटो  भेट्टाउन गाह्रो छ देख्दै सपना ।

सिजो-श्रीराम श्रेष्ठ,बाँचेर इमान्दार हुनुतर्फ सधैंभरि…✍️

सिजो-श्रीराम श्रेष्ठ  १, बाँचेर इमान्दार हुनुतर्फ सधैंभरि  इमान जमानमा अड्नुपर्छ हामी सबै सत्यता लुकाउँदामा आइलाग्छ बिपत्ति । २, जिन्दगी क्षणकता बाँच्नुपर्छ हासीखुसी  रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई  मिलेर बसिबियालो आत्मीयता सबैमा । ३, संसार चिहाउँदा दुईदिने घामछाया अडान लिइबादा उमेरले नेटाे काट्यो बुझेर जीवनलाई अघि बढ्दा सुगन्ध । ४, संसार बुझ्न खोज्यो आफैंभित्र थिचिएछ जिज्ञासु मनलाई कैद गर्दै बेहोसीमा पाहुना बन्दै पृथ्वीमा बाँचिएला चिम्लँदै । ५, त्रासमा होमिएर युद्ध जित्न खोजिरहेँ बाँचेर आफैलाई भाग्यमानी सम्झिहालेँ काँतर भएको मन आफैंदेखि डरायो ।  ६, बिहान चिसो चिसो पानी पर्दा उठिहाले मनले खोजिएका तातोपन सम्झिरहे कफिको चुस्किले गर्दा अनुभवै फेरियो । ७, जिन्दगी क्षणिकता बाँच्नुपर्छ हासीखुसी रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई  मिलेर बसिबियालो आत्मीयता सबैमा । ८, आशामा सधैं बसे इमान्दार सम्झीसम्झी  झुटमा बितिगयो सधैं भरी कालो मन तड्पिए जीवम भर तिमीलाई सम्झेर । ९, मेलाम्ची पानीसङ्ग साटिएको चाहनामा धेरै भो आशा गर्दै भरोसाले पर्खिएको कहिले पाइने होला पानीसङ्ग मित्रता । १०, नेताले भाषणमा गफद

प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो, भोटाहिटी काठमाण्डौंको अनुरोध !!

विगत केही समय देखी केही व्यक्ति/अपराधिक समुहले प्रविधिको दुरुपयोग गरी सामाजिक संजाल WhatsApp, Viber, Imo लगायतका विभिन्न Social Apps मार्फत भिडियो, अडियो तथा Text Message गरी तपाइलाई यति रकम चिठ्ठा परेको छ र उक्त चिठ्ठा परेबापत Tax Clearance गर्नु पर्ने भएकोले बैङ्क तथा Online Payment Gateway मा पैसा जम्मा गर्न लगाई ठगी गर्ने  प्रवृत्ति बढीरहेको पाईएको हुँदा यस्ता भ्रामक कुरामा विश्वास नगरी प्रविधिको दुरुपयोगबाट बच्न तथा ठगी हुन बाट सतर्कता अपनाउन साइवर ब्यूरो अनुरोध गरेको छ।

Sijo By Shreeram Shrestha-सिजो-श्रीराम श्रेष्ठ

सिजो -श्रीराम श्रेष्ठ  १, जिन्दगी क्षणिकता बाँच्नुपर्छ हासीखुसी रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई  मिलेर बसिबियालो आत्मीयता सबैमा । २, आशामा सधैं बसे इमान्दार सम्झीसम्झी  झुटमा बितिगयो सधैं भरी कालो मन तड्पिए जीवम भर तिमीलाई सम्झेर । ३, मेलाम्ची पानीसङ्ग साटिएको चाहनामा धेरै भो आशा गर्दै भरोसाले पर्खिएको कहिले पाइने होला पानीसङ्ग मित्रता । ४, नेताले भाषणमा गफदिए पत्याइयो समय बितिगयो बोली पुरा भएनछ आक्रोश निस्किए पनि कुर्नु पर्यो चुनाव । ५, सन्देश शुभ हुँदै आत्मासाक्षी राख्दै हिडे कामको भारलाई आफै बोकि आफ्नै ठाने  सपना बिउझेपछि कर्मठाने आफैको । ६, प्रक्रिया सही भए शासनको अनुभूति  आशङ्का आउँदैन संस्थागत हुँदै गर्दा असल ब्यबस्थापन सबैतिर तारिफ ।

नेकपा समाजवादीलाई निर्वाचन अायाेगले दियाे प्रमाणपत्र । चुनाव चिन्ह "कार"

काठमाडौ-करण तामाङ ।नेपाल कम्युनिस्ट पार्टी समाजवादीलाई निर्वाचन अायाेगले दल दर्ता प्रमाणपत्र मंगलबार प्रदान गरिएको छ । राजनीतिक दल सम्बन्धि ऐन,२०७३ काे दफा ४ बमोजिम निर्वाचन अायाेगमा  २०७८ असार २८ गते दर्ता भए अनुसार अायाेगबाट २०७८ भाद्र २८ गते निर्णय भएको र २९ गते मंगलबार प्रमाणपत्र प्रदान गरिएको हाे । प्रमाणपत्र ग्रहणकाे निमित्त पार्टीका केन्द्रीय अध्यक्ष राजु कार्की , केन्द्रीय प्रवक्ता मान बहादुर तामाङ लगायत पार्टीका पदाधिकारीहरु निर्वाचन अायाेग पुगेका थिए ।  प्रमाणपत्र ग्रहण पश्चात् विभिन्न सञ्चार माध्यमहरु सँग कुरा गर्दै हाम्राे सफलताको सुरुवात अाज बाट सुरु भएको कुरा पार्टीका प्रवक्ता तामाङले बताउनु भएको छ ।  नेकपा समाजवादीले चुनाव चिन्हकाे रुपमा " कार " प्रस्ताव अनुसार प्राप्त गरेको छ । पार्टीको झन्डाका रुपमा ३:२काे अनुपातमा गाढा राताे रङ्गको झण्डाकाे बीच भागकाे दायाँ तर्फ सुनाैलाे रङ्गको हँसियाहथौडा क्रस प्रदान गरिएको छ ।  प्रमाणपत्र ग्रहण गरेसँगै निर्वाचन अायाेगबाट अाफ्नाे केन्द्रीय कार्यलय बुढानिलकण्ठ हात्तीगाैडा पुगेर नेता कार्यकर्ता बीच खुसी साटासाट गर्दै कार्यक्र

साबिक दुइपिपल गाबिसका पुर्ब अध्यक्ष लामाको बेलकोटगढीमा काङ्ग्रेस सभापतिमा दाबेदारी

बेलकोटगढी,नुवाकोट। यतीबेला नेपाली कांग्रेस १४ औं महाधिवेशन होमिएको छ । स्थानीय तहदेखि केन्द्रसम्मका आकांक्षीहरु आफ्नो पक्षमा माहोल निर्माण गर्न लागिपरेका छन् । यसैबीच नुवाकोटमा पनि कांग्रेस निर्वाचनको रौनक थप बढेको छ । अधिकांश वडामा गएको २१ गते निर्वाचन सम्पन्न भएसँगै गाउँ–नगरको अधिवेशनको तयारी सुरु भइसकेको छ । नेतृत्वका आकांक्षीहरुले कसैले उम्मेदवारी घोषणा गरिसकेका छन् भने कोही आफ्नो पक्षमा माहोल निर्माणमा लागेका छन् । यस्तै बेलकोटगढी नगरपालिकाको कांग्रेस सभापतिमा युवा नेता इन्द्र बहादुर लामाले दाबेदारी घोषणा गरिसकेका छन् । स्थानीयस्तरको विकास निर्माण, महिला सशक्तिकरण लगायतका समाजिक सेवामा सक्रिय लामा मिजासिला स्वभावका कारण नुवाकोटमा निकै लोकप्रिय छन् । सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका नेता लामाले यसअघि कयौ पटक नगरपालिकाको मनोपोली र हेपाह प्रवृत्ती विरुद्ध स्थानीलाई एकजुट गरी खबरदारी गरेका छन् । निर्भक, निडर र निस्वार्थी उनी साबिक दुइपिपल गाबिसका पुर्ब अध्यक्ष समेत हुन । त्यो बेला लामाले गरेका कयौं कामहरुको अहिले पनि स्थानीयले खुलेर प्रशंसा गर्दछन् । कांग्रेसलाई देशको पहिलो र जनम

Western Belgium बस्ने सुनिता गुरुङद्वारा नुवाकोटका हरिबहादुर तामाङलाई आर्थिक सहयोग

बेलकोटगढी।युवा तथा समाजसेवी अमृत तामाङको पहलमा राहत वितरण गरिएको छ।नुवाकोटको बेलकोटगढी-३ नयाँबस्तीमा रहेको पिडित हरि  बहादुर तामाङ एक घर परिवारलाई अमेरिकाका विभिन्न स्थानहरूमा रहनुहुने सहयोगी मनहरुद्वारा राहत उपलब्ध गर्नु भएको थियो।सहयोगी मनहरुमा जिते लामा हाल america texs नेपाल घर नुवाकोट बेलकोटगढी  दुर्गा धिताल हाल america texs नेपाल घर लमजुङ बेशिसहार  हेम थापा हाल america new York नेपाल घर मोरङ स्थायी व्यक्तित्वहरु रहेका छन्।सयोग सामाग्रीहरुमा जस्तापता,लत्ताकपडा, चामल,दाल र केही नगद रुपैयाँ हस्तान्तरण गरिएको थियो।आगामी दिनहरूमा पनि यी र यस्तै पिडितहरुका लागि साथ सहयोगका अपेक्षा गर्दै सहयोगी मनहरुमा हार्दिक कृतज्ञता व्यक्त गरिन्छ।उक्त कार्यमा हातमा हात र काधमा काध गर्नका लागि साथ जनाउनु हुने Western Belgium बस्ने सुनिता गुरुङद्वारा समेत पिडित हरिबहादुर तामाङलाई आर्थिक सहयोग जुटेको युवा तथा समाजसेवी अमृत तामाङले जनाएको छ।

राष्ट्रिय सहमतिका विपक्ष एमसिसी लागू नहुने अर्थमन्त्री जनार्दन शर्माको भनाइ

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेसन्स (एमसीसी) नेपालका लागि आवश्यक भएकाे तर पनि याे पारित गर्नका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज (शनिबार) सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले यस्ताे बताएका हुन् । भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसी नेपाललाई चाहिने वा नचाहिने भन्ने विषयको छिट्टै टुंगो लगाइदिन मन्त्रि शर्माालाई आग्रह गरेकी थिइन् । मन्त्री शर्माले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले राजनीतिक सहमति आवश्यक रहेको उपाध्यक्ष सुमारलाई भनेका थिए।उपाध्यक्ष सुमारले संसदबाट यथाशिघ्र एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले छलफलकै क्रममा रहेको बताएका छन् । बिहीबार काठमाडौं आएकी सुमारले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका

नेपाली कांग्रेस नुवाकोटको ८७ वट्टै वडाको नयाँ सभापतिको विवरण

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको ८७ वट्टै वडाले नयाँ सभापति पाएको छ  यहि भदौ २१ गते सम्पन्न अधिवेशनले जिल्लाको ८७ वट्टै वडामा नयाँ कार्यसमिति चयन गरेको हो । जिल्लामा रहेका १२ ओटा स्थानिय तहकाे ८७ ओटा वडामा यही भदाै २१ गते अधिवेशन भएकाे थियाे तर विवादका कारण बेलकाेटगढी नगरपािलका वडा नमबर ४ मा भने अझै अधिवेशन हुन सकेकाे छैन । नेतृत्व विवादका कारण अधिवेशन हुन नसकेपछि बेलकाेटगढी नगरपालिका वडा नम्बर ४ मा खटाइएका नर्वाचन अधिकृतले समेत राजीनामा दिइ सकेका छन् । त्यहाँ नयाँ निर्वाचन अधिकृत खटाएर भाेलि चुनाव गर्ने कार्यक्रम रहेकाे नेपाली कांग्रेस नुवाकाेटले जानकारी दिएकाे छ । जिल्लाको अधिकांश स्थानिय तहको वडामा सहमतिको साथ नेतृत्व चयन भएपनि केह िवडामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । यस्तो छ जिल्लाका स्थानिय तहका वडा सभापतिको नामावली बिदुर नागारपालिका विदुर नगरपािलका वडा नम्बर १ नविन जाेशी विदुर नगरपािलका वडा नम्बर २ कुमारलाल श्रेष्ठ विदुर नगरपािलका वडा नम्बर ३ बद्री रिमाल विदुर नगरपािलका वडा नम्बर ४ रामचन्द्र रिमाल विदुर नगरपािलका वडा नम्बर ५  छत्रराज डंगाेल विदुर नगरपािलका वडा नम्बर ६

एमसीसीका उपाध्यक्ष सहितको टोलीद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता

काठमाडौँ ।  अमेरिकी आर्थिक सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष फातिमा सुमारसहितको टोली र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।  एमाले अध्यक्ष ओलीको निवास बालकोटमा दुई पक्षबीच आज करिब एक घण्टासम्म भेटवार्ता भएको हो ।   एमसीसीका उपाध्यक्ष सुमार सहितको टोलीले नेपाल आएपछि सबैभन्दा पहिले सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासँग भेट गर्नुभएको हो । दुई पक्षबीच एमसीसीलाई संसद्बाट पास गर्नुपर्ने विषयमा छलफल भएको छ । एमाले अध्यक्ष ओली एमसीसीबारे तत्काल धारणा नबनाउने बताउनुभएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो ।  अध्यक्ष ओलीले सत्तारुढ दलहरूले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र यस बारेमा के गर्ने भन्ने सम्बन्धमा पार्टीको तर्फबाट आफूहरूले धारणा बनाउने बताउनुभएको विदेश विभाग प्रमुख भट्टराईले बताउनुभयो ।   

हाइकु श्रीराम श्रेष्ठ , सबैका प्रेम…✍️

हाइकु श्रीराम श्रेष्ठ  १, सबैका प्रेम अन्धविश्वास भित्र  जोडिन गाह्रो । २, आँखाले हेर्दा नचिनेको मायालु  मात्तियो मन । ३, आँखा जुधेछ गहिरो हेराइमा परेछु लठ्ठै । ४, बैंसको जोश सम्बन्ध जोडिदामा मायाको खानी । ५, नि:स्वार्थ माया साँचेर राख्दा पनि  गुम्यो विश्वास । ६, आफ्नो सम्झेर सर्बश्व सुम्पिदिए पाइयो धोका । ७, आफै तर्सेछु सपनामा झस्केर बल्झियो पीडा ।

हाइकु - श्रीराम श्रेष्ठ, नाङ्लो ठटाई…✍️

हाइकु - श्रीराम श्रेष्ठ १, नाङ्लो ठटाई हच्केन कोही पनि बिजोग आफ्नै । २,  एकान्त ठाउँ शुन्यता छाइदिंदा रोएछ मन । ३,  कसिलो डोरी बेसरी तन्काउदा शिथिल भए । ४,  अतीत सम्झें भत्किएको भरोसा आनन्द मन । ५,  समुन्द्र जस्तै सम्बन्ध गहिरो छ तिम्रो र मेरो । ६, बाढी पहिरो प्रकृतिको प्रहार निम्त्यो प्रलय !