तन्का
१,
मायाको गन्ध
छिरिहाल्ने भित्र नै
टाँस्सिदै आफै
भनेको जस्तो खोज्ने
एक्लो हुँदै बाँचेको ।
२,
थुप्रेको भीड
ठेल्दै घुस्न पल्केको
पसिना पुछ् दै
अगाडि सर्न खोज्दा
खुट्टै खुट्टाको थुप्रो ।
३,
प्रत्येक साँझ
घाम ओइलि जाँदा
उज्यालो रुन्छ
अन्धकार छिरेमा
मनै खलबलिन्छ ।
४,
स्वादिलो फूल
भमरा नै टाँस्सिने
सुगन्धमय
नबितेको समय
ओइलिएको रुप ।
५,
बर्षाको भेल
बताउनै नमिल्ने
आजै तरौँ न
मौका आइहाल्ने छ
पानी पनि धमिलो ।
६,
शीतको थोपा
अञ्जुलीभरि राखे
चुहेर गयो
तिर्खा लागेको बेला
बाफिएको रहर ।
Comments