Skip to main content

Posts

Showing posts from July, 2022

कटौता - श्रीराम श्रेष्ठ , फर्केर हेर्दा…✍️

कटौता - श्रीराम श्रेष्ठ   १. फर्केर हेर्दा भ्रमै भ्रमको छाया तर्साउँदा झस्केको । 2. टाँसेको मन चर्केर छरिएछ कुल्चेका टुक्राहरु । 3. गर्मीले हप्प चिसो खोजेको मन बगर नै तातेको । 4. किनारा छेक्दै उभिएको विश्वास शङ्का नै टुसाएछ । 5. फरक मन जोडिएको सपना माया घचेटी दिँदा । 6. अल्लारे बैँस उत्ताउलो आकाश माया खोज्न पल्केको ।

कटौता - श्रीराम श्रेष्ठ,आफ्नै सम्झेर

कटौता - श्रीराम श्रेष्ठ   १. आफ्नै सम्झेर दिलमा टाँसी राख्दा जोडेको छटपटी । २, तातो समय मुसलधारे पानी भिजाउँदा निथ्रुक्क । ३, सधैँ भत्किने गोलै गोल घेराको डोरीले तन्काएको । ४, खोक्रो जीवन पलाउँदै झरेको हावाले गुम्स्याउँदा । ५, खरो वचन आडम्बरी ससार एक्लो हुँदाको मन ।

कराँते संघबाट कराँते राष्ट्रिय निर्णायक करण तामाङ नुवाकोटमा सम्मानित

नुवाकोट । नेपाल सितोरियो कराँते संघ जिल्ला शाखा नुवाकोटबाट कराँते जिल्ला प्रमुख प्रशिक्षक उत्तम राई , राष्ट्रिय निर्णायक करण तामाङ सहित अाधा दर्जन भन्दा बढी नुवाकोटका कराँते प्रशिक्षक साथै राष्ट्रिय रेफ्रिहरु सम्मानित भएका छन् । नेपाल सितोरियो कराँते संघ जिल्ला शाखा नुवाकोट , ब्ल्याक बेल्ट कमिटी नुवाकोट र नुवाकोट भरीका कराँते डाेजाेहरुकाे संयुक्त अायाेजनामा गुरु पुर्णिमा विशेष शुभकामना अादानप्रदान तथा विविध साँस्कृतिक समारोहका बिच सम्मान गरिएको हाे । थप सम्मानित हुनेहरुमा राष्ट्रिय निर्णायक राष्ट्रिय रेफ्रि  कराँते प्रशिक्षक कलाकार साहित्यकार श्री करण तामाङ , राष्ट्रिय रेफ्रि राष्ट्रिय निर्णायक श्री अष्टविर लामा , म्यागाङ गा पा कराँते डाेजाे प्रशिक्षक साथै राष्ट्रिय रेफ्रि श्री अमृत तामाङ , राष्ट्रिय खेलाडी प्रज्ज्वल तामाङ , राष्ट्रिय रेफ्रि शेखर थपलिया , विजय गुरुङ , तारकेश्वर डाेजाे प्रशिक्षक देव कुमार लामा , विदुर डाेजाे प्रशिक्षक प्रास्ना पण्डित लगायतलाई बुधबार विदुर नुवाकोटमा सम्मान गरिएको थियोे  । कार्यक्रमलाई   प्रमुख अतिथिका रुपमा सम्बाेधन गर्न जिल्ला समन्वय समिति सभापति श्री र

बुधबारबाट मतदाता नामावली अनलाइनबाटै दर्ता गर्न सकिने

काठमाडौं । बुधबारबाट मतदाता नामावली अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले ‘भोटर लिस्ट रजिस्ट्रेसन’ सिस्टम तयार पारी बुधबारबाट परीक्षणकालीन रूपमा यस्तो सेवा सुरु गर्न लागेको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट सुरु हुनेछ । यससँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुने उनले बताए । बुधबारबाट सेवा सुरु हुने विषयमा आयोगले तयार पारेको विज्ञप्ति सुनाउँदै थपलियाले भने, “फोटो सहितको मतदाता नामावली सङ्कलन कार्यलाई सहजीकरण गर्दै अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले भोटर लिस्ट रजिस्ट्रेसन सिस्टम तयार गरी पाइलट सञ्चालनको रुपमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट यही बुधबारबाट सुरु गर्दैछ ।” थपलियाका अनुसार फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आफ्नो नामावली दर्ता गर्न चाहेमा बुधबारबाट आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरी अ