नुवाकोट । नेपाल सितोरियो कराँते संघ जिल्ला शाखा नुवाकोटबाट कराँते जिल्ला प्रमुख प्रशिक्षक उत्तम राई , राष्ट्रिय निर्णायक करण तामाङ सहित अाधा दर्जन भन्दा बढी नुवाकोटका कराँते प्रशिक्षक साथै राष्ट्रिय रेफ्रिहरु सम्मानित भएका छन् । नेपाल सितोरियो कराँते संघ जिल्ला शाखा नुवाकोट , ब्ल्याक बेल्ट कमिटी नुवाकोट र नुवाकोट भरीका कराँते डाेजाेहरुकाे संयुक्त अायाेजनामा गुरु पुर्णिमा विशेष शुभकामना अादानप्रदान तथा विविध साँस्कृतिक समारोहका बिच सम्मान गरिएको हाे । थप सम्मानित हुनेहरुमा राष्ट्रिय निर्णायक राष्ट्रिय रेफ्रि कराँते प्रशिक्षक कलाकार साहित्यकार श्री करण तामाङ , राष्ट्रिय रेफ्रि राष्ट्रिय निर्णायक श्री अष्टविर लामा , म्यागाङ गा पा कराँते डाेजाे प्रशिक्षक साथै राष्ट्रिय रेफ्रि श्री अमृत तामाङ , राष्ट्रिय खेलाडी प्रज्ज्वल तामाङ , राष्ट्रिय रेफ्रि शेखर थपलिया , विजय गुरुङ , तारकेश्वर डाेजाे प्रशिक्षक देव कुमार लामा , विदुर डाेजाे प्रशिक्षक प्रास्ना पण्डित लगायतलाई बुधबार विदुर नुवाकोटमा सम्मान गरिएको थियोे ।
कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बाेधन गर्न जिल्ला समन्वय समिति सभापति श्री रजिन्द्र सिंह ठकुरी रहनु भएको थियोे । कराँतेकाे विकासकाे निमित्त अाफ्नाे नगरपालिकाबाट कुनै कन्जुस्याइँ नगर्ने विदुर नगरपालिका उप प्रमुख प्रभा बाेगटीले कार्यक्रममा अाफ्नाे मन्तब्यकाे क्रममा बताउनुभएको थियोे । कार्यक्रममा तारकेश्वर गा पा अध्यक्ष शिव अधिकारी , नम्बर एक सैन्य तालिम केन्द्र नेपाली सेनाका मेजर सुरेस केसी , प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिषाल , प्रहरी उपरीक्षक राम प्रकाश शाह, जगड जंग गणका मेजर लगायत व्यक्तित्वहरुकाे सहभागी रहेको थियोे ।
Comments