Skip to main content

Posts

Showing posts from September, 2020

करण तामाङकाे "क्वारेन्टाइन"कृति सहित एकै दिन तीन कृति सार्वजनिक

 काठमाडौ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे प्रकाशनमा प्रकाशित दुई स्रष्टाकाे तीन कृतिहरु विमाेचन भएको  छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालका प्रवक्ता , नेपाली हाँस्यटेली चलचित्र निर्देशक एवम्  कलाकार करण तामाङ घ्लान "सायर"काे दाेस्राे काेसेली क्वारेन्टाइन डाेडाेइट्सु संग्रह साथै नुवाकोट साहित्य प्रतिष्ठान नेपालकै अध्यक्ष रामकृष्ण अमरकाे अाहुती बुसाेकुसेकिका संग्रह र काेराेनाकाे त्रास डाेडाेइट्सु संग्रह गरि तीनवटा कृति नुवाकोट अादर्श बहुमुखी क्याम्पस बट्टार बजार नुवाकोटमा साेमबार सार्वजनिक गरिएकाे हाे । कार्यक्रममा ने.का जिल्ला पार्टी प्रवक्ता राजु थापा , कवि शिव सुन्दर पुडासैनी , जुझारु युवा कवि श्रीराम श्रेष्ठ , कराँते जिल्ला प्रमुख प्रशिक्षक उत्तम राई लगायतका व्यक्तित्वहरुकाे अातिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियोे । कार्यक्रममा अामन्त्रित अतिथिहरुमा कृतिकार करण तामाङ घ्लान सायरले जापानी साहित्यकाे डाेडाेइट्सु विधा पहिलोपटक नेपालमा प्रकाशन भएको र याे कस्तो साहित्य हाे भनेर  पुस्तककाे विषयमा प्रष्ट पार्दै स्वागत मन्तव्यले स्वागत गर्नुभएको थियोे । यसैगरी प्रकाशि कृतिकाे

बालिकालाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई मृत्युदण्डको सजाय दिने कानुन बनाउन सांसदहरुको पहल

  संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सांसदहरूले कम्तिमा पनि १६ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई मृत्युदण्डको सजाय दिने कानुन बनाउन पहल थाल्नुपर्ने बताएका हुन् । पछिल्लो पटक बालिकाहरूमाथि भएका बलात्कारपछि हत्याका घटनाबारे संघीय संसद सचिवालय सिंहदरबारमा सोमबार छलफल गर्दै महिला सांसदहरूले अपराधीलाई मृत्युदण्डको कानुन बनाउनतर्फ अग्रसर हुनुपर्ने बताएका हुन् । संविधानमा कसैलाई पनि मृत्युदण्डको सजाय गर्न नहुने व्यवस्थालाई परिमार्जन गरेर अगाडि बढ्नुपर्ने सांसदहरूले बताएका हुन् । उनीहरूले अन्तर्राष्ट्रिय सन्धिहरू बाधक रहेमा तिनलाई पनि आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने बताएका हुन् । प्रमुख प्रतिपक्षी कांग्रेसकी प्रतिनिधिसभामा सचेतक पुष्पा भुसालले भनिन्, '१६ वर्षभन्दा मुनिकालाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिने कानुनी व्यवस्था राख्नुपर्नेगरी अगाडि बढ्नुपर्छ । यसका लागि हामीले संविधान संशोधन गर्नुपर्छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौता त परिमार्जन गर्न सकिन्छ ।' सबै सांसदहरूलाई १६ वर्ष मुनिकालाई बलात्कार गर्ने र हत्या

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १, नेपाली युवा बेरोजगारी हुँदा  सस्तो जीवन हाडछाला घोटेर पसिना बेचिदिँदा पहाडै ठूलो बन्यो । २, आकाश हेर्दा च्वास्स बिझेको मन चुहिने छानो आँधिबेरी च्यापेको आफैसँग विद्रोह दु:ख बिर्सन खोज्छ । ३, मन भित्रको पीडा छचल्केपछि वर्षा भएथ्यो आगो ओकल्ने मन समयले धकेल्दा जिउदो लास तङ्ग्रिदै । ४, जीवनव्यथा गुम्सिएको रहर खिल बनेर पीडा थप्छ समय अडिन नसकिने भीरको गाई जस्तै । ५, भड्केको मन रुन्चे स्वर निकाल्दै आत्तिदै दौड्यो खुम्चेको मनभित्र  बिरानो अनुहार  गुफा खोज्दै लुकेको । ६. एकान्त साँझ उत्तेजित बनेर बैंसको गन्ध आधीहुरी बनेर ध्स्केलिँदा टाँसेको हुत्तिदा अँगालोमै । ७. मान्छेको रुप बुझ्नलाई कठिन छेपारोजस्तै लुकेर झम्टिएको दाउ हेर्दै कुरेको स्वार्थ लुट्ने दाउमा । ८. चर्केको घाम पाइला सार्न खोज्दा लागेको अल्छि  लम्बेतान गन्तव्य  थकाइले लछार्दा आँखा चिम्लेको दृश्य । ९. बाहिरतिर  बराली बसिदिंदा दु:ख बिर्सेको रमाइलो अँगाल्दा समय बित्दै खोज्दा  आफैलाई बिर्सेको ।

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १. दियो बालेर जीवन डोर्‍याउँदा दु:खित मन ज्वारभाटा उम्लेर सपना देख्न खोज्दा थुप्रिएको खरानी । २. अघाएँ टन्न वचनको वाणले निरीह बनी खुकुलो मन बोक्दा फुस्किएको सपना  तर्सेर कुना पस्यो । ३. बीच बाटोमा  अँगालोमा बोकेको लाज च्यात्तिँदा अल्लारे बैँस छोप्दै जाल हान्दा चुडेको माया बन्यो बैगुनी । ४. सधैँ जसो नै सम्झिने धरातल  आफ्नै अडान  एकोहोरो मिजास एकलकाँटे हुँदा  भोग्दै बन्दी बनेर ।   ५. मनको पीर भित्रभित्रै दबिदा च्याप्यो रोगले सपना बिथोंलियो खुम्चेर साँघुरिँदा जलिरहेको मन । ६. जोडी ढुकुर  हतारमा साटिदा माया सहज बुझेर रन्थनिंदा सोचमग्न भएको  बैंसको मीठो गन्ध । ७. मनको आँखा सबैतिर नियाल्दा चलाख बन्दै दिमाग दगुरेको बाठो बन्न खोजेको छाया बदलिएछ । ८. निर्दोष बनी पाखा लाग्दै बसेको दुखेको मन आँखा चिम्ली बसेको बाध्यतामा फसिदा बातको थुप्रो हेर्दै ।

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १. ठाडो झरना वेगले झर्न खोज्दा भुइँमा चिप्ल्यो घमण्ड गर्दै गर्दा उम्लेको पानीजस्तै बाफिएर उडेको । २. धान झुलेको पहेलाम्य बनेर मोतीको दाना मेहनतको फल किसानको मुहार खुसीले चम्किएको । ३. साँचे जिन्दगी  समयसँग हाँस्दा बग्यो पसिना  ठाडो शिर पारेर संसार चिहाउँदा दु:खलाई पछारेँ । ४. चुलिदै गयो सपनाको महल रहर बुच्चै समस्यामा पाडिँदै दु:ख छाड्न खोजेको सुख बन्यो छायामा । ५. हिरा र मोती बहुमूल्य ठानिने लोभ टाँसिने स्वार्थले गाँजेपछि आँखा छली दौडेको भाग्य खोटो रहेछ । ६. पसिना छुट्दा दु:खभित्र घुसेछ सुख खोजेको मेहनतको फल काखी च्याप्न थाल्दा स्वर्ग बन्यो जीवन । ७. पूर्वको घाम सबेरै झुल्किएछ हिमाली दृश्य  फेवातालमा देख्दा एेना बन्दै टल्केको आँखा बन्यो तेजिलो । ८. माटोको माया बेलिबिस्तार गर्दा रसायो आँखा युद्धभूमिको मोर्चा  तातो आलो रगत वीरताले सिन्चित ।          - बट्टार,नुवाकोट

हाइकु-श्रीराम श्रेष्ठ

 १. मनको वह भएन पोख्ने ठाउँ राखेँ गुम्साई ! २. पानीको थोपा तपतपी चुहेर  बन्यो पोखरी ! ३. उकालो बाटो  थाकेछ हिँड्दा हिँड्दै सहारा लठ्ठी ! ४. अल्लारे बेला विचार नपुग्दामा टोकिन्छ जिब्रो ! ५. मध्यरातमा  चिसोले कठ्याङ्ग्रिँदा गुहार्दै न्यानो ! ६. पोखरी छेउ ध्यान गर्दै बकुल्लो बन्दै चलाख ! ७, आँखामा टाँस्यो हरियाली मौसम खुसी नै प्रिय ! ८, रापले पोल्दा सर्पको दौडादौड लुक्यो दुलोमा ! ९, पढेर हेर देशभक्ति कथा त्यागेर स्वार्थ ! १०. प्रेयसी याद अधरमा गुलाफ जोड्दै भावना ! ११. मीठो अतीत बिर्सन नसकिने सम्झेर आफ्नै ! १२. साँध सिमाना अरुलाई उज्यालो  संस्कार कस्तो !

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

  बुसोकुसेकिका कविता      - श्रीराम श्रेष्ठ  १. आँखा चिम्लेर अँध्यारो चुम्न खोज्दा आफैं फन्दामा कालो मन लिएर जीवन डोर्‍याउँदा कान्ला मुनीको बाँस । २. एक्लिएको आवाज  मन नै ढक्क चारैतिर अँध्यारो आत्तिदै लुक्न खोज्यो पर्खाइ उज्यालोको । ३. बरफ जम्यो आपतविपतमा चिसो शरीर हरायो तातोपन समस्याको पसारो पसिनाले भिजेछ । ४. अल्लारे मन  व्यवहारिक बन्दा चिन्ताले ग्रस्त आँखाले तर्साएको सुखले जिस्क्याउदा बुझ्न खोजे जीवन । ५. छोटो समय तर्साउने बनेर आँखा चिम्लदै खराव षड्यन्त्र  पोखरी नै तर्सेको घोप्टाएर लुकेको । ६. भड्केको मन मायाले तान्दातान्दै खुसी बनेको सपना बुन्दै जाँदा जिन्दगीको गोरेटो रहस्यमय यात्रा ।

Haiku - Shreeram Stha

 Haiku - Shreeram Stha 1, The game of war When defeating and winning The enemy increased! 2. Within ourselves There was a fight Both became losers! 3, Crisis Conflict of each other Searching the freedom! 4. Became a guest Penetrated inside the heart Set up a camp! 5. The River bank Relation of nail and flesh  The pain of every one! 6. Western countries They worship the work Witness being yourself! 7. With an open heart  If you live together  Happiness of  everyone! 8. The national festival Worship of Bhaitika Burden of happiness! 9. The myth of Devi Vedic and Tantric Goddess Durga being worshipped! - Trans. By Saroj Bogati

डोडोइट्सु - श्रीराम श्रेष्ठ

 डोडोइट्सु   - श्रीराम श्रेष्ठ  १, गलत काम गर्दै खेलेको जुवा तास हारेर खल्ती रित्तो खरानी मन । २, असल बानी राम्रो सबैले गरे मान गर्भले छाती चौडा फ़ुर्तिलो सान । ३, बाँचेको आयुलाई बनाएको सार्थक  सोझो बाटो हिंडेर लुटियो खुसी । ४, हिमाली दृश्य हेर्दा मनोरम सौर्न्दर्य  आँखैमा टाँसिएर  मिलेको धोका । ५, बैगुनी माया तिम्रो आफै भित्र कोचिंदा बनिदिएँ बेनामी माया पराई । ६, सुन्दर देश हाम्रो घुसेको संघीयता सात वटा प्रदेश  रडाको सधैं । ७, पानीमा भिज्दा भिज्दै चिसिएको शरीर  खोजिएको तात्तिन एक्लिदो मन । ८, धुँवा धुलोको दृश्य  जिस्क्याउँछ रोगले मौन बस्न  खोजेको हासेछ लाज ।  - बट्टार,नुवाकोट

हाइकु - श्रीराम श्रेष्ठ

 हाइकु  - श्रीराम श्रेष्ठ  १. युद्धको खेल हारजित हुँदामा बढेछ शत्रु ! २. आफू आफूमा भएछ झैझगडा  हारे दुबैले ! ३, सङ्कटकाल आपसको द्वन्द्वले खोजेको मुक्ति ! ४. पाहुना बनी घुसेछ दिलभित्र जमाएँ डेरा ! ५. खोला किनार साइनो नङ-मासु व्यथा आ-आफ्नो ! ६. पश्चिमी देश गर्छन् कामको पूजा  साक्षी आफैं नै ! ७. दिल खोलेर  मिलिजुली बसेमा   सुख सबैको ! ८. चाड राष्ट्रिय भाइटीकाको पूजा भारी खुसीको ! ९. देवी पुराण वैदिक र तान्त्रिक  पुजिन्छ दुर्गा !   - बट्टार,नुवाकोट

प्रिय सरकार ! चुनाव आउन लाग्याे गाउँमा पार्टीको पर्चा भन्दा पहिले नुन पठाइदिनु : करण तामाङ

 नुवाकोटका युवा स्रष्टा करण तामाङ घ्लान सायरले मनछुने कवितात्मक लघुलेख यसरी लेखेर  सार्वजनिक गर्नुभएको छ ।  प्रिय सरकार !  चुनाव अाउन लाग्याे , अाफ्नाे दलकाे पर्चा भन्दा पहिले गाउँमा नुन पठाइदिनु , स्याबासी दिनेछन्  तिमीलाई  हलाे हँसिया समाउदा हातमा उठेका ठेलाहरुले ,  स्याबासी दिनेछन्  तिमीलाई  सुन्दर कुर्सीमा पुर्‍याउन  गाँस छाेडेर मत खसाल्न  पुगेका निर्दाेष मनहरुले । तिम्रो भाषामा दलित भन्छन्  उनीहरूसँग पानी साट्नु  स्याबासी दिनेछन् तिमीलाई , प्रिय सरकार !  राजधानीमै खाना नपाएर सडकमै लडेका भाग्यमानी  जनताहरुकाे अात्माले तिमीलाई स्याबासी दिनेछन्  , ती तनहरुलाई पनि मान्छे भनिदिनु , प्रिय सरकार ! तिमीलाई स्याबासी दिनेछन् । झुटाे सिंहदरबार भन्दा पानी पर्दा अडिने खरकाे बारमा स्वतन्त्रता दिनु झुटाे अाशा हैन प्रिय सरकार !

Tanka - Shreeram Stha

 Tanka  - Shreeram Stha 1. Riverbank of Taruka Seeing the smoke of funeral Broke up arrogance By uniting doing hand in hand Will live happily. 2. Bloomed flowers Kissing of bees Lost its aroma Pretty to watch The fragrance lost. 3. The ghost house At 12 in the noon Like surprising  Fearful sound Spoken the divine power. 4. Keeping dreams Near the candle The heat of fire Sorrow and pain of ever Guoding a life. 5. In Thansing Concealed greenery Heart became fresh Plain field valley Apile of money. 6. In Rishi panchami Society of balami Child marriage Lack of consciousness Embracing the crime. 7. Grown fortune Success in work Transient happiness The piles of sorrow Gloomy life. 8. Sea water Seeing neat and calm Swallowed spite At the time of thirst Satisfied by remembering. 9. Muddy water At the time of thirst Remenbered filtered Stuggling being thirsty Drank tears by closing eyes. - Trans.by Saroj Bogati

अाधा दर्जन बुसाेकुसेकिंकाहरु :- करण तामाङ घ्लान सायर

 बुसाेकुसेकिंकाहरु  एक) अँध्यारो काेठा प्रेमकाे डाेब बन्दै   सन्तुष्ट अाेँठ पल्टिँदा यताउता  छिचोल्दै नियन्त्रण  अलि बढी भएछ । दुई ) मनकामना  वार्तालाप हुँदाे हाे कहिलेकाही  बन्द भा वाक्यहरु मनमनैकाे गन्थन् उकुसमुकुसमा । तीन) बैना बिहिन  लालपुर्जा उधारो  खाली जमिन  नामसारी भैसक्याे बुझाए दस्तावेज  दलालकाे जमात । चार) काखी च्यापेर बाँदर सज्जन रे पक्ष विपक्ष  भर्त्सना उत्रिएका  खडामा काँडेतार लुला ति चुच्चाहरु । पाँच ) उनी पुजारी  फूलपाती र धूप बिछट्टै प्रेम खाेल्ने रसिला अाेँठ वाचन मेरो नाम गर्दा शुभ-अारम्भ । छ) कडा मस्यौदा  चुनाैतीनै नठानी छैन करिश्मा बेग्लै नीतिमा ताज गलैँचा बुट्टाहरु पुस्ता पुस्ता जलेको । बेलकाेटगढी नगरपालिका -४ सालखर्क नुवाकोट  करण तामाङ घ्लान सायर

Haiku-Shreeram Shrestha

 Haiku - Shreeram Stha 1, Curved look After becoming fascinated I connected the relationship! 2, Arjuna's vision Somehow it doesn't fail The mind contracts! 3, Greedy eye Staying up all night Hope is lost! 4, I saw  the dream To connect with oneself Confusion occurred 5, Speaking the truth Trying to stand  Slipped myself! 6, Being envious Trying to throw the mud Naked myself! 7, Staying by imagining Finishing  oneself The dream cried 8, Flood of happiness Life is passion Long live 9, They were joking Squeezing happiness and sorrow Rain of anger ! - Trans. By Saroj Bogati

Tanka - Shreeram Stha

 Tanka  - Shreeram Stha 1, After digested Rural villages Going on rituals Will be lived happily Standing in a dream. 2, Koshi barrage Dumping the rain water Sleeping disturbed Continues the problem No one speaks. 3, Fake smile While committing problem People will be identified To accompany in happiness Will run away in sorrow. 4, Roasted corn Heart tempting Seeing by eyes When it became delicious Eating in taunt. 5, Sandy soil With flood Will be Separated all Gathered on the edge Collecting happily. 6, Day and night Rotating cycle We are just spectator Cuests in life Dream is to conquer the world. 7, At midnight  Came out a loud voice Shame uncovered While saving prestige Ripped Sky. 8, Wheel of honey Saved to eat Incomplete desire Solitary path Eyes staring and staring. 9, Toxic mind How much will be lived God of fortune  Deliberately eating  Hope to afford life. - Trans.by Saroj Bogati