काठमाडौ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे प्रकाशनमा प्रकाशित दुई स्रष्टाकाे तीन कृतिहरु विमाेचन भएको छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालका प्रवक्ता , नेपाली हाँस्यटेली चलचित्र निर्देशक एवम् कलाकार करण तामाङ घ्लान "सायर"काे दाेस्राे काेसेली क्वारेन्टाइन डाेडाेइट्सु संग्रह साथै नुवाकोट साहित्य प्रतिष्ठान नेपालकै अध्यक्ष रामकृष्ण अमरकाे अाहुती बुसाेकुसेकिका संग्रह र काेराेनाकाे त्रास डाेडाेइट्सु संग्रह गरि तीनवटा कृति नुवाकोट अादर्श बहुमुखी क्याम्पस बट्टार बजार नुवाकोटमा साेमबार सार्वजनिक गरिएकाे हाे ।
कार्यक्रममा ने.का जिल्ला पार्टी प्रवक्ता राजु थापा , कवि शिव सुन्दर पुडासैनी , जुझारु युवा कवि श्रीराम श्रेष्ठ , कराँते जिल्ला प्रमुख प्रशिक्षक उत्तम राई लगायतका व्यक्तित्वहरुकाे अातिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियोे । कार्यक्रममा अामन्त्रित अतिथिहरुमा कृतिकार करण तामाङ घ्लान सायरले जापानी साहित्यकाे डाेडाेइट्सु विधा पहिलोपटक नेपालमा प्रकाशन भएको र याे कस्तो साहित्य हाे भनेर पुस्तककाे विषयमा प्रष्ट पार्दै स्वागत मन्तव्यले स्वागत गर्नुभएको थियोे । यसैगरी प्रकाशि कृतिकाे विश्लेषण शिव सुन्दर पुडासैनीले गर्नु भएको हाे । यस्तो काेभिड नाइन्टिन महामारीकाे समयलाई अाउने पुस्ताैपुस्ता सम्म अविस्मरणीय रहने गरि र नेपालमै पहिलोपटक जापानी डाेडाेइट्सु संग्रह प्रकाशन भएको कारण करण तामाङकाे क्वारेन्टाइन संग्रहले इतिहास रचेकाे र नेपाली साहित्यकाे इतिहासमा काेसेढुङ्गा थपेको कुरा शिव सुन्दर पुडासैनी र लाेक बहादुर पुडासैनीले मन्तव्यकाे क्रममा बताउनु भएको छ । यसैगरी युवा कवि श्रीराम श्रेष्ठले अाफ्नाे मन्तव्यकाे क्रममा जापानी साहित्यकाे विषयमा प्रस्ट्याउनु भएको छ उहाँ भन्नुहुन्छ " जापानी साहित्यकाे विभिन्न विधाहरुकाे अध्ययन अनुसन्धानकाे साथ नेपाली भाषामा लेख्दै जापानी साहित्यलाई नेपाल भित्र्याउन रामकृष्ण अमर , करण तामाङ घ्लान र म गरि हामी तीनभाइ एकसाथ अघि बढिरहेका छाैँ, हाइकु , तन्का, कटाैता , सेदाेका , डाेडाेइट्सु , बुसाेकुसेकिका मध्ये पछिल्लो समयमा डाेडाेइट्सु र बुसाेकुसेकिका नेपाल भित्र्याउन सफल भएका छाैँ, अहिले भने हाइबुन र साेमन्काकाे अध्ययन अनुसन्धानकाे क्रम जारी रहेको छ , याे पनि छिट्टै नेपाल भित्र्याउने तर्खरमा रहेको छ ।"
मन्तव्यकै क्रममा राजु थापाले जापानी साहित्य नेपाल भित्र्याउन सफल भएकोमा कविहरुलाई बधाई तथा खुसी व्यक्त गर्नु भएको छ । कार्यक्रममा मारामराजा तिमल्सिना , प्रदिक्षा वाईबा , शिरधर पाण्डे लगायतले रचना वाचन गरेका थिए ।
नुवाकोटका कुशल पत्रकार भगवती लामाकाे सञ्चालनमा भएको कार्यक्रम प्रतिष्ठान अध्यक्ष एवम् कार्यक्रम सभाध्यक्ष कृतिकार रामकृष्ण अमरले सबैलाई धन्यवाद ज्ञापन गर्दै बुसाेकुसेकिका र डाेडाेइट्सुकाे विषयमा प्रस्ट पार्दै कार्यक्रम समापन गर्नुभएको छ ।
Comments