नुवाकोटका युवा स्रष्टा करण तामाङ घ्लान सायरले मनछुने कवितात्मक लघुलेख यसरी लेखेर सार्वजनिक गर्नुभएको छ ।
प्रिय सरकार !
चुनाव अाउन लाग्याे ,
अाफ्नाे दलकाे पर्चा भन्दा पहिले गाउँमा नुन पठाइदिनु ,
स्याबासी दिनेछन् तिमीलाई
हलाे हँसिया समाउदा हातमा उठेका ठेलाहरुले ,
स्याबासी दिनेछन् तिमीलाई
सुन्दर कुर्सीमा पुर्याउन
गाँस छाेडेर मत खसाल्न
पुगेका निर्दाेष मनहरुले ।
तिम्रो भाषामा दलित भन्छन्
उनीहरूसँग पानी साट्नु
स्याबासी दिनेछन् तिमीलाई ,
प्रिय सरकार !
राजधानीमै खाना नपाएर सडकमै लडेका भाग्यमानी
जनताहरुकाे अात्माले तिमीलाई स्याबासी दिनेछन् , ती तनहरुलाई
पनि मान्छे भनिदिनु ,
प्रिय सरकार !
तिमीलाई स्याबासी दिनेछन् ।
झुटाे सिंहदरबार भन्दा
पानी पर्दा अडिने खरकाे बारमा
स्वतन्त्रता दिनु झुटाे अाशा हैन
प्रिय सरकार !
Comments