बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१.
आँखा चिम्लेर
अँध्यारो चुम्न खोज्दा
आफैं फन्दामा
कालो मन लिएर
जीवन डोर्याउँदा
कान्ला मुनीको बाँस ।
२.
एक्लिएको आवाज
मन नै ढक्क
चारैतिर अँध्यारो
आत्तिदै लुक्न खोज्यो
पर्खाइ उज्यालोको ।
३.
बरफ जम्यो
आपतविपतमा
चिसो शरीर
हरायो तातोपन
समस्याको पसारो
पसिनाले भिजेछ ।
४.
अल्लारे मन
व्यवहारिक बन्दा
चिन्ताले ग्रस्त
आँखाले तर्साएको
सुखले जिस्क्याउदा
बुझ्न खोजे जीवन ।
५.
छोटो समय
तर्साउने बनेर
आँखा चिम्लदै
खराव षड्यन्त्र
पोखरी नै तर्सेको
घोप्टाएर लुकेको ।
६.
भड्केको मन
मायाले तान्दातान्दै
खुसी बनेको
सपना बुन्दै जाँदा
जिन्दगीको गोरेटो
रहस्यमय यात्रा ।
Comments