Skip to main content

डोडोइट्सु - श्रीराम श्रेष्ठ

 डोडोइट्सु

  - श्रीराम श्रेष्ठ 

१,

गलत काम गर्दै

खेलेको जुवा तास

हारेर खल्ती रित्तो

खरानी मन ।

२,

असल बानी राम्रो

सबैले गरे मान

गर्भले छाती चौडा

फ़ुर्तिलो सान ।

३,

बाँचेको आयुलाई

बनाएको सार्थक 

सोझो बाटो हिंडेर

लुटियो खुसी ।

४,

हिमाली दृश्य हेर्दा

मनोरम सौर्न्दर्य 

आँखैमा टाँसिएर

 मिलेको धोका ।

५,

बैगुनी माया तिम्रो

आफै भित्र कोचिंदा

बनिदिएँ बेनामी

माया पराई ।

६,

सुन्दर देश हाम्रो

घुसेको संघीयता

सात वटा प्रदेश 

रडाको सधैं ।

७,

पानीमा भिज्दा भिज्दै

चिसिएको शरीर 

खोजिएको तात्तिन

एक्लिदो मन ।

८,

धुँवा धुलोको दृश्य 

जिस्क्याउँछ रोगले

मौन बस्न  खोजेको

हासेछ लाज ।



 - बट्टार,नुवाकोट

Comments