बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१,
नेपाली युवा
बेरोजगारी हुँदा
सस्तो जीवन
हाडछाला घोटेर
पसिना बेचिदिँदा
पहाडै ठूलो बन्यो ।
२,
आकाश हेर्दा
च्वास्स बिझेको मन
चुहिने छानो
आँधिबेरी च्यापेको
आफैसँग विद्रोह
दु:ख बिर्सन खोज्छ ।
३,
मन भित्रको
पीडा छचल्केपछि
वर्षा भएथ्यो
आगो ओकल्ने मन
समयले धकेल्दा
जिउदो लास तङ्ग्रिदै ।
४,
जीवनव्यथा
गुम्सिएको रहर
खिल बनेर
पीडा थप्छ समय
अडिन नसकिने
भीरको गाई जस्तै ।
५,
भड्केको मन
रुन्चे स्वर निकाल्दै
आत्तिदै दौड्यो
खुम्चेको मनभित्र
बिरानो अनुहार
गुफा खोज्दै लुकेको ।
६.
एकान्त साँझ
उत्तेजित बनेर
बैंसको गन्ध
आधीहुरी बनेर
ध्स्केलिँदा टाँसेको
हुत्तिदा अँगालोमै ।
७.
मान्छेको रुप
बुझ्नलाई कठिन
छेपारोजस्तै
लुकेर झम्टिएको
दाउ हेर्दै कुरेको
स्वार्थ लुट्ने दाउमा ।
८.
चर्केको घाम
पाइला सार्न खोज्दा
लागेको अल्छि
लम्बेतान गन्तव्य
थकाइले लछार्दा
आँखा चिम्लेको दृश्य ।
९.
बाहिरतिर
बराली बसिदिंदा
दु:ख बिर्सेको
रमाइलो अँगाल्दा
समय बित्दै खोज्दा
आफैलाई बिर्सेको ।
Comments