बुसाेकुसेकिंकाहरु
एक)
अँध्यारो काेठा
प्रेमकाे डाेब बन्दै
सन्तुष्ट अाेँठ
पल्टिँदा यताउता
छिचोल्दै नियन्त्रण
अलि बढी भएछ ।
दुई )
मनकामना
वार्तालाप हुँदाे हाे
कहिलेकाही
बन्द भा वाक्यहरु
मनमनैकाे गन्थन्
उकुसमुकुसमा ।
तीन)
बैना बिहिन
लालपुर्जा उधारो
खाली जमिन
नामसारी भैसक्याे
बुझाए दस्तावेज
दलालकाे जमात ।
चार)
काखी च्यापेर
बाँदर सज्जन रे
पक्ष विपक्ष
भर्त्सना उत्रिएका
खडामा काँडेतार
लुला ति चुच्चाहरु ।
पाँच )
उनी पुजारी
फूलपाती र धूप
बिछट्टै प्रेम
खाेल्ने रसिला अाेँठ
वाचन मेरो नाम
गर्दा शुभ-अारम्भ ।
छ)
कडा मस्यौदा
चुनाैतीनै नठानी
छैन करिश्मा
बेग्लै नीतिमा ताज
गलैँचा बुट्टाहरु
पुस्ता पुस्ता जलेको ।
बेलकाेटगढी नगरपालिका -४ सालखर्क नुवाकोट
करण तामाङ घ्लान सायर
Comments