सिजो
१,
पल्टाए  प्रेमपत्र आफैंदेखि लाज भयो
नजिक हुन खोज्दा भकानिदै मन रोयो
विश्वास गुमाएपछि चिनाजान पराई ।
२,
लिएर चोखो माया तिमीलाई साच्दै राखे
निस्ठुुरी बनेपछि एकलब्य बन्दै गए
मनमा सपना बुन्दै कुर्दै बसे टोलाई ।
३,
सम्झेको तिमीलाई बिस्तारमा पल्टेपछि 
नजिक हुँदा खेरी वेवस्तामा बित्यो दिन
तड्पिई  बाँचिरहदा जीवन नै भार भो ।
४,
सम्झेको तिमीलाई आफ्नो मान्छे दिलैदेखि
एक्लैले चाहदामा पूरा हुन्न मनोइच्छा
बुझेर बुझपचायौं आफैं पर्यो फन्दामा ।
५,
सुन्दर उपहार उनीलाई साची राखे
अडिग भएर नै खुसी साट्दै बाच्दै थिए 
समय अपत्यारिलो निम्त्याएछ सुनामी ।
६,
बितेको पलपल नाचिदिन्छ आँखाभरी 
बिर्सन खोजिदिंदा गाठो पर्छ मनमुटु
सम्झना ताजा बनेर आँखामा नै टासिन्छ ।

Comments