Skip to main content

हाइकु-श्रीराम श्रेष्ठ,जमेको पानी…✍️

हाइकु
श्रीराम श्रेष्ठ 

१,
जमेको पानी 
गुम्सेर बस्दा बस्दै
खोज्यो आफन्त ।
२,
मनले खोज्यो
भावनाको चौतारी 
भेट्नै मुस्किल ।

३,
घमण्ड गर्‍यो 
आफ्नो गल्ती छोपेर
चरित्रहीन ।
४,
साँझ ढल्किंदा
ओईलिएको घाम
चिसो उज्यालो ।
५,
कालो कपडा 
विश्वास गर्दै जाँदा
बने पोखरी ।
६,
स्वर्गको बाटो 
भेट्टाउन गाह्रो छ
देख्दै सपना ।

Comments