Skip to main content
हाइकु -श्रीराम श्रेष्ठ ,नि:स्वार्थ माया
हाइकु
१,
नि:स्वार्थ माया
साँचेर राख्दा पनि
गुम्यो विश्वास !
२,
आफ्नो सम्झेर
सर्वश्व सुम्पिदिएँ
पाइयो धोका !
३,
सबैको प्रेम
अन्धविश्वासभित्र
जोडिन गाह्रो !
४,
इष् र्यालु मन
घृणाले हेरिदिँदा
एक्लिँदै आफू !
५,
ख्यालठट्टामा
नाता तोड्यौ तिमीले
मुटुमा किला !
६,
टाढाको साथी
सम्झनाले जिस्कायो
भुल्न कठिन !
Comments