- श्रीराम श्रेष्ठ
१,
साँघुरो बाटो ठेल्दै अघि बढ्दा डरै डर
गन्तव्य पूरा गर्न आफैलाई हतार भो
रोकिदैन आधा बाटो अल्झिएछ छाँयामा ।
२,
बिपत्ति रोकिदैन खुट्टा चाल्दा कसै गरी
दु:खित भएपछि आत्मा बल तोडिजान्छ
भावना बाढ्दै गर्दामा आत्मीयता महान ।
३,
अन्याय सहदमा आफैलाई बोझ हुँदा
बिद्रोह गर्नलाई आट गर्न सकिएन
फुत्केको ढिकि सम्झेर पाखा लाग्दै बसेको ।
४,
लिएर आफ्नो जति बाढिचुढी सबैलाई
मिलेर अघिढ्दा स्वाभिमानी गीत गायौ
स्वार्थले भरिंदा गाग्रो चुहिएको एकता ।
५,
बितेका पलहरु टाँसिएर आँखामाझ
बिर्सन खोजे पनि ऐनाजस्तै भइदिन्छ
झस्किन्छ पलपलमा मरेजस्तै बिपना ।
६,
पर्खिएँ तिमीलाई आफ्नो मान्छे बनाउन
विश्वास गर्नुपर्थ्यो आफ्नै सम्झी नाता जोड्न
तड्पिएँ लामो समय आफ्नो मान्छे भइनौ ।
Comments