काठमाडौँ । अमेरिकी आर्थिक सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष फातिमा सुमारसहितको टोली र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष ओलीको निवास बालकोटमा दुई पक्षबीच आज करिब एक घण्टासम्म भेटवार्ता भएको हो ।
एमसीसीका उपाध्यक्ष सुमार सहितको टोलीले नेपाल आएपछि सबैभन्दा पहिले सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासँग भेट गर्नुभएको हो ।
दुई पक्षबीच एमसीसीलाई संसद्बाट पास गर्नुपर्ने विषयमा छलफल भएको छ ।
एमाले अध्यक्ष ओली एमसीसीबारे तत्काल धारणा नबनाउने बताउनुभएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले सत्तारुढ दलहरूले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र यस बारेमा के गर्ने भन्ने सम्बन्धमा पार्टीको तर्फबाट आफूहरूले धारणा बनाउने बताउनुभएको विदेश विभाग प्रमुख भट्टराईले बताउनुभयो ।
Comments