रसुवा - नेपाल कम्युनिष्ट पार्टी समाजवादी रसुवा जिल्ला आयोजक समितिको बिस्तारित बैठक रसुवाको कालिकस्थानमा सम्पन्न भएको छ । उक्त बैठकले इन्चार्जमा पुर्ण तामाङ,सह इन्चार्जमा पशुपति देवकोटा चयन भएका छन् । यसैगरी सचिवमा छिरिङ दर्के तामाङ (किप्पा तामाङ) सहित ७१ जनाको जिल्ला कार्यसमिति गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी समाजवादीका प्रवक्ता मान बहादुर तामाङले बताए ।
साथै बैठकले युवा समाजवादीको अध्यक्षमा राजु तामाङ ग्लान, अखिल नेपाल किसान महासंघको अध्यक्षमा मेघ नाथ आचार्य, अखिल समाजवादीको अध्यक्षमा राजेन्द्र न्यौपाने, अखिल नेपाल समाजवादी ट्रेडयुनियन महासंघको अध्यक्षमा बिष्णु न्यौपाने, अखिल समाजवादी खेलकुद महासंघको अध्यक्षमा विकास तामाङ, कृषि विभागको अध्यक्षमा निशान परियार, समाजवादी जन सस्कृति महासंघको अध्यक्षमा आषिश बिश्वकर्मा, दलित समाजको अध्यक्षमा भोजराज विश्वकर्मा, समाजवादी निर्माण व्यवसायी महासंघको अध्यक्षमा ईन्द्र सापकोटा चयन गरिएको छ ।
पार्टीको नौकुण्ड गाउँपालिकाको इन्चार्जमा कुमार स्याङतान, उत्तरगया गाउँपालिकाको इन्चार्जमा दिनेश बहादुर थापा, कालिका गाउँपालिका इन्चार्जमा सुरेश मगर र आमाछोदिङमो गाउँपालिका इन्चार्जमा दावा नुर्पु तामाङलाई जिम्मेवारी तोकिएको छ। कार्यक्रममा केन्द्रीय अध्यक्ष राजु कार्की, प्रवक्ता मान बहादुर तामाङ, के.स. अजय खडका, ईन्द्र तिमिल्सिना, मनबिर बि क, केन्द्रिय सदस्य तथा कलाकार संयोजक दावा फिन्जो तामाङ, धदिङ जिल्ला इन्चार्ज दिनेश तामाङले र गोविन्द मगरले सम्बोधन गरेका थिए ।नेकपा समाजवादी युवा शक्तिहरुलाई अघि बढाउदै "कार" चुनाव चिन्ह लिएर अाउदाे निर्वाचनमा सहभागी हुने तयारी रहेको छ ।
Comments