सिजो
१,
जिन्दगी क्षणिकता बाँच्नुपर्छ हासीखुसी
रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई
मिलेर बसिबियालो आत्मीयता सबैमा ।
२,
आशामा सधैं बसे इमान्दार सम्झीसम्झी
झुटमा बितिगयो सधैं भरी कालो मन
तड्पिए जीवम भर तिमीलाई सम्झेर ।
३,
मेलाम्ची पानीसङ्ग साटिएको चाहनामा
धेरै भो आशा गर्दै भरोसाले पर्खिएको
कहिले पाइने होला पानीसङ्ग मित्रता ।
४,
नेताले भाषणमा गफदिए पत्याइयो
समय बितिगयो बोली पुरा भएनछ
आक्रोश निस्किए पनि कुर्नु पर्यो चुनाव ।
५,
सन्देश शुभ हुँदै आत्मासाक्षी राख्दै हिडे
कामको भारलाई आफै बोकि आफ्नै ठाने
सपना बिउझेपछि कर्मठाने आफैको ।
६,
प्रक्रिया सही भए शासनको अनुभूति
आशङ्का आउँदैन संस्थागत हुँदै गर्दा
असल ब्यबस्थापन सबैतिर तारिफ ।
Comments