बेलकोटगढी।खेल प्रेमी सामाजिक कार्यमा अत्यन्तै जुझारु युवा चन्द्रबहादुर तामाङद्वारा बेलकोटगढि नगरपालिका वडा नम्बर ३ नयाँ बस्ती,नुवाकोटमा रहेको मम्मै देबि युवा क्लबलाई भलिबल खेलाडीहरुलाई पोशक साथमा भलिबल वितरण गर्नु भएको छ।समाजसेवी चन्द्रबहादुर तामाङ सोही स्थानका स्थानीय बासी समेत हुनुहुन्छ।खेल एक प्रतिभा र राष्ट्रका बिशेष गौरवको गाथा बोकेका धरोहर खेलाडी जन्माउने स्थितिका मुख्यतः विन्दु रहेका ले आफुले पनि सकेको सहयोग गरिएको उहाले बताउनु भयो।भोलिका दिनहरुमा पनि खेल जगतका लागि र हरेक समय साथमा साथ दिन सधैं आफू लागिरहेको हुनेछु भन्दै खेलाडीहरुमा निरन्तर अभ्यासमा लागिरहन समेत अनुरोध गर्दै शुभकामना समेत व्यक्त गरिएको छ।समाजसेवी तामाङलाई क्लबको टिमको तर्फबाट यी र यस्तै साथ सहयोग निरन्तर पाइरहने आशावादी रहेको भन्दै धन्यवाद व्यक्त गरिएको छ।
बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...
Comments